इटहरी / हामी सुधार्छौं हाम्रो विद्यालय राष्ट्रिय अभियान सुनसरीको इटहरी बाट शुभारम्भ भएको छ । सुनसरीका सामुदायिक विद्यालयका प्रधानाध्यापक र सामुदायीक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हरुले विद्यालय सुधारका लागि सामूहिक प्रतिवद्धता जनाएका छन् । प्रतिनिधी सभा सदस्य तथा शिक्षा विज्ञान तथा प्रविधि समिती सभापती अम्बरबहादुर थापा र पूर्व शिक्षा क्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको उपस्थीतीमा सुनसरीका सबै सामुदायीक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र प्रधानाध्यापकद्वारा व्यक्त प्रतिबद्धता व्यक्त गरेका हुन । नेपाल शिक्षक महासंघ र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले संयुक्त अगुवाईमा विद्यालयको व्यवस्थापन सुधार गर्ने उद्देश्यका साथ ‘हामी सुधार्छौं हाम्रो विद्यालय’ राष्ट्रिय अभियानमा २५ बुदे संकल्प पत्र सार्वजानिक गरिएको छ । संकल्प पत्रमा प्रत्येक विद्यालयमा विद्यालय सुधारको लागि १० वर्षे रणनीतिक योजना निर्माण गरी रणनीतिक योजनाको आधारमा अभिभावकहरुसँग संवाद, छलफल तथा अन्तरक्रिया गर्ने र समुदायसँग मिलेर विद्यालयको आवधिक कार्ययोजना बनाउने लगाएत २५ वटा बुदा उल्लेख गरीएको छ । कार्यक्रममा पुर्वमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको नीति तथा कार्यक्रम आफु मन्त्री भएको बेलामा सार्वजनिक गरेका स्मरण गर्दे विगतका नीति तथा कार्यक्रमहरूको निरन्तरताले मात्र सार्वजनिक शिक्षामा रुपान्तरण कठिन रहेको भन्दै यो राष्ट्रिय अभियान सार्थक बनाउन सबै एक हुनु पर्ने बताएका छन ।

सोही कार्यक्रममा सामुदायिक विद्यालयलाई बालबालिका र अभिभावकको आकर्षणको केन्द्र बनाउन आफु लागी परेको प्रतिनिधी सभा सदस्य तथा शिक्षा विज्ञान तथा प्रविधि समिती सभापती अम्बरबहादुर थापाले बताए । उनले सामुदायिक विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिहरुमा रहेका सम्पूर्ण पदाधिकारीहरुले विद्यालय उमेर समूहका बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने बताए । उनले शिक्षा क्षेत्रमा उपलब्धि मुलक सुधारका लागि काम गर्न प्रतिवद्ध रहेको बताए । आफ्नो विद्यालय आफैले बनाउनु पर्ने उनले बताएका छन । प्राथमिक देखी कलेज सम्म उनले कानुन बनाउन आफु लागी परेको उनले बताए । दलिए करण बाट शिक्षा क्षेत्रलाई मुक्त राख्नु पर्ने उनको भनाइ छ । 

सो कार्यक्रममा सुनसरीका दुइ नमुना सामुदायिक विद्यालय जनता माध्यमिक विद्यालय इटहरी र पब्लीक हाइस्कुल धरानको सफलताको वृतचित्र प्रस्तुत गरिएको थियो । विद्यालयलाई सामाजिक रुपान्तरण र जागरणको केन्द्र बनाउन सबै एक हुनु पर्ने कार्यक्रममा सहभागीहरुले बताएका छन । हामी सुधार्छौं हाम्रो विद्यालय’ भन्ने मुल नारा बोकेर महासंघ अघि बढेको र सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार्न शिक्षक, विद्यार्थी, अविभावक, व्यवस्थापन समिति र नियामक निकाय सबैको सहकार्य आवश्यक रहेको सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका अध्यक्ष गुणराज मुक्तानले बताए  ।

   ‘हामी सुधार्छौं हाम्रो विद्यालय’ राष्ट्रिय अभियान शुभारम्भ कार्यक्रम   मा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र प्रधानाध्यापकद्वारा व्यक्त प्रतिबद्धता 

नेपाल शिक्षक महासंघ र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले संयुक्त अगुवाईमा विद्यालयको व्यवस्थापन सुधार गर्ने उद्देश्यका साथ सुरुवात गरेको ‘हामी सुधार्छौं हाम्रो विद्यालय’ राष्ट्रिय अभियानको सन्दर्भमा सामुदायिक विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरु निम्न अनुसारको कार्य गरी विद्यालय सुधार गर्न तथा बालबालिकाको मन र आभिभावकको विश्वास जित्ने विद्यालय बनाउन सामुहिक रुपमा संकल्प गर्दछौँ । 

१. प्रत्येक (साधारण, प्राविधिक तथा व्यावसायिक) विद्यालयमा विद्यालय सुधारको लागि १० वर्षे रणनीतिक योजना निर्माण गर्नेछौँ । 

२. रणनीतिक योजनाको आधारमा अभिभावकहरुसँग संवाद, छलफल तथा अन्तरक्रिया गर्ने र समुदायसँग मिलेर विद्यालयको आवधिक कार्ययोजना बनाउछौँ । विद्यालयलाई भौतिकरुपमा सुविधा सम्पन्न बनाउन विभिन्न तहको सरकार समक्ष सहकार्य गर्नेछौँ । 

३. हामीले हाम्रो विद्यालयको लक्ष्य र गुणस्तरीय शिक्षाको मानक र मापदण्ड तयार गर्नेछौँ र प्राप्तीको लागि प्रयास गर्नेछौँ ।

४. हाम्रो विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई तालिम प्रदान गर्नेछौं । प्रविधिमा न्यूनतम निपुण बनाउनुको साथै शिक्षकहरुको हातमा ल्यापटप पु¥याउनेछौँ । यसका लागि शिक्षक, स्थानीय तह तथा अन्य संस्थाहरुसँग सहकार्य र साझेदारी गर्नेछौँ ।

५. सामुदायिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको व्यक्तिगत प्रोफाइल तयार गर्नेछौँ र विद्यार्थीको क्षमता र प्रतिभा प्रस्फुटनको अवसर प्रदान गर्दै बालबालिकालाई हौसला प्रदान गर्नेछौँ ।

६. विद्यार्थीको प्रमाणपत्रमा प्राप्त गरेको अंक र विद्यार्थीले जानेको सीप समेत उल्लेख गरेर सिकाईलाई जीवनोपयोगी बनाउन विद्यार्थी र अभिभावकसँग छलफल गर्नेछौँ ।

७. सुशासन, पारदर्शीता र जवाफदेहिता सुनिश्चित गर्न विद्यालय व्यवस्थापन समिति, प्रअ र शिक्षकहरुलाई बालबालिका, अभिभावक र समुदाय प्रति उत्तरदायी बनाउनेछौँ । 

८. स्थानीय अभिभावक तथा समुदायलाई सिकाईको स्रोतको रुपमा ग्रहण गरी शिक्षकको अभावमा भएको खाली पिरियड पुर्ती गर्नेछौँ ।

९. स्थानीय समुदायलाई विद्यालयको लागि आवश्यक स्रोत संकलनमा सहभागी बनाउने छौँ ।  

१०. सामुदायिक विद्यालय सेवा क्षेत्रभित्रको सम्पुर्ण बालबालिकाको शैक्षिक अधिकार ग्यारेन्टी गर्न सबै बालबालिका विद्यालय भर्ना भएको, नियमित उपस्थित भएको र सिकाईमा सुधार भएको सुनिश्चित गर्दछौं ।

११. हाम्रो विद्यालयमा प्राचिन, परम्परागतका साथै आधुनिक प्राविधिक सीपमा आधारित शिक्षा दिनुका साथै सो विषयका अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दछौँ ।

१२. शिक्षण सिकाईको सुधारको लागि शिक्षक मूल्यांकनमा स्वमूल्यांकन अभ्यास र आफैँ अद्यावधिक गर्न प्रोत्साहन गर्नेछौँ ।

१३. विद्यार्थीहरुलाई गृहकार्यको साथमा परियोजना कार्यलाई जोड दिनेछौँ ।

१४. स्थानीय भाषालाई प्रबद्र्धन गर्नुका साथै स्थानीय पाठ्यक्रम निर्माण तथा कार्यान्वयनमा पहल कदमी लनेछौँ । 

१५. विद्यालय व्यवस्थापन समितिको बैठकमा भौतिक विषय मात्र नभई बालबालिकाको सिकाई र नतिजाको बारेमा छलफल गर्दछौँ ।

१६. सिकाई उपलब्धीको सुनिश्चितताको लागि विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापकसँग र प्रधानाध्यापकले शिक्षकहरुसँग नतिजामा आधारित कार्यसम्पादन सम्झौता गरी कार्यान्वयन गर्नेछौँ ।

१७. विद्यालय व्यवस्थापन समितिले विद्यालयको गुणस्तर विकासको लागि स्थानीय सरकारसँग संवाद र सहकार्य गर्ने ।

१८. गुणस्तरीय शिक्षालाई प्रत्याभूत गर्न सर्वप्रथम कक्षाकोठाको रुपान्तरणमा जोड दिनेछौँ । बालबालिकालाई सिर्जनात्मक र आलोचनात्मक बनाउन विशेष पहल गर्नेछौँ ।  

१९. सामुदायिक विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिहरुमा रहेका सम्पूर्ण पदाधिकारीहरुले विद्यालय उमेर समूहका बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा पढाउने छौं । 

२०. समुदायबाट आमा समूहहरु निर्माण गरी विद्यालयको रुपान्तरणमा समुदायमा स्वमित्वको लागि विशेष योजना ल्याउनेछौँ ।

२१. प्रत्येक विद्यालयमा पूर्व विद्यार्थीहरुको समूह बनाएर विद्यालय रुपान्तरण र सुधार अभियानमा संलग्न गर्नेछौँ ।

२२. प्राचिन ज्ञानको रुपमा रहेको योग र ध्यानमा आधारित जीवन पद्दतीको प्रवद्र्धन गर्न र योग तथा ध्यानका कक्षाहरु सञ्चालन गर्न प्रतिबद्ध रहनेछौँ । 

२३.बालबालिकाको सर्वांगीण विकासको लागि सञ्चालित प्रारम्भिक बाल विकास कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न चार वर्ष उमेरका बालबालिकाको लागि विद्यालयमा आधारित बालविकास केन्द्रलाई व्यवस्थित बनाउनेछौँ । 

२४. प्रत्येक विद्यालयमा विश्वव्यापी सोच र स्थानीय कार्य (....….....) व्यवाहारमा लागू गर्नेछौँ । 

२५. सर्वोपरी विद्यालयलाई सामाजिक रुपान्तरण र जागरणको केन्द्र बनाउनेछौँ।