भोजपुर / बेलायतलाई कार्य क्षेत्र बनाउनु भएका पूर्व गोर्खा सैनिक एवम् साहित्यकार काङमाङ नरेश राईको निवन्धात्मक पुस्तक ‘पानी पतिया’ का बिषयमा भोजपुरमा परिचर्चा गरिएको छ ।

प्रगतिशील लेखक संघ भोजपुरले शनिवार जिल्ला सदरमुकाममा काङमाङले गोर्खा भर्तीबारे लेखिएको ऐतिहासिक तथा अनुभूतिपरक निबन्धात्मक पुस्तका बिषयमा परिचर्चा कार्यक्रमको आयोजना गरेको हो ।

लेखक काङमाङको उपस्थितीमा आयोजित परिचर्चा कार्यक्रममा धनकुटा बहुमुखी क्याम्पसका उपप्राध्यापक इच्छा पूर्ण राई, पत्रकार राजन समिप र जनसांस्कृतिक महासंघ भोजपुरका अध्यक्ष बिरोध बस्नेतले पुस्तक र समेटिएका बिषयमा चर्चा गर्नु भएको थियो ।

पुस्तकका बिषयमा चर्चाकारहरुले काङमाङको पुस्तक अध्ययन, अनुभव र अनुभूतिको त्रिवेणी भएको बताउँर्दै पुस्तकले गोर्खा भर्तीको इतिहास मात्र नभई भर्ती भएर जानेहरूले बेहोरेको पिडा र दुःखलाई पनि समेटेकोमा जोड दिनुभयो ।

नेपाली समाजमा आर्थिक दृष्टिले समृद्ध मानिने लाहुरे समुदायले गोर्खा भर्तीका क्रममा भोग्नु परेको विभेद र अन्याय नै पानी पतियाको मुख्य विषय हो । भर्ती लागेका आदिवासी जनजातिको धर्म, संस्कार र संस्कृतिमाथि लादिएको हिन्दुकरण र पानी पतियाजस्तो सांस्कृतिक विभेदजन्य इतिहासमाथि काङमाङले प्रश्न गर्नु भएको छ । पुस्तकमा १५ शीर्षकहरु समावेश छन । १९१ पुष्ठको यो पुस्तकलाई फिनिक्स बुकले बजारमा ल्याएको हो ।

यस्तै गोर्खा सैनिकहरुले बिकास निर्माणका बिषयमा खेलेको भुमिकाहरुका बिषयमा पनि कार्यक्रममा चर्चा गरिएको थियो । प्रगतिशील लेखक संघ भोजपुरका अध्यक्ष अमृतका ताम्राकारको अध्यक्षतामा आयोजित परिचर्चा कार्यक्रममा आफनो धारणा राख्नु हुदै पुस्तकका लेखक काङमाङले गोर्खा भर्ती अहिले बैदेशिक रोजगारी जस्तै भएको बताउँदै गोर्खा सैनिकका बिषयलाई समेटिएर लेखिएको पुस्तक सवैका लागि उपयोगी हुने बताउनुभयो ।

पुस्तकमा गोर्खा भर्तीको इतिहास मात्र नभएर उनीहरूले अहिले संगठित हुनुपरेको अवस्था र मागका विषय पनि किताबमा आएको छ । परिचर्चाका सहभागि बत्ताहरुले पुस्तकमा पिडाका अनुभव समेटिएको बताउँदै यस्ता इतिहास मुलक पुस्तकहरु कमै मात्र प्रकाशन हुने गरेको बताउनु भएको थियो ।

लेखक स्वयं पुर्ब गोर्खा सैनिक भएकोले यस विषयमा अति संवेदनशील भएर अध्यन अनुसन्धान गरी लेखिएको  पानी पतियामा गोर्खा लाहुरेको बिगत देखि बर्तमान सम्मका इतिहास पाइन्छ । हिन्दु संस्कारअनुसार ठूलो जात भनिनेहरुले छुवाछुत भएमा सुनपानीले छर्किएर चोख्याउने चलनलाई ‘छोइछिटो’ भनिन्थ्यो । राणा कालमा हिन्दु संस्कारअनुसार ठूलो जात भनिनेहरुले छुवाछुत भएमा सुनपानीले छर्किएर चोख्याउने चलनलाई ‘छोइछिटो’ भनिन्थ्यो ।1717912947280