मिलन अधिकारी

सुनसरी / सुनसरीमा सम्बन्ध विच्छेद गर्नेको संख्या बढेको पाइएको छ । जिल्ला अदालत सुनसरीकोे तथ्यांक अनुसार आर्थीक वर्ष २०८० साउन १ देखि २०८१ जेठ सम्ममा १ हजार ४२ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । 

जिल्ला अदालतमा दर्ता भएको सम्बन्ध विच्छेदको संख्या हेर्दा समाज र परिवारमा पति–पत्नीबीचको सम्बन्ध नाजुक अवस्थामा रहेको देखाउँछ । अदालतले ती १ हजार ४२ वटा मुद्दा मध्ये ७ सय ७९ वटा मुद्दाको फैसला गरेको छ भने, बाँकी २ सय ६३  वटा मुद्दा विचाराधीन अवस्थामा रहेका छन् ।

२०७३ को ८ महिनामा ३ सय २२ मुद्दा दर्ता गरिएका थिए । यसको तुलना गरेर र्हेदा ८ बर्षको अवधी अर्थात २०८१ सम्म आउदाँ तेब्बर रुपमा मुद्दा दर्ता भएका छन् । सुनसरी जिल्लामा सम्बन्ध बिच्छेद गर्नेको संख्या बढ्दो छ । 

सुनसरी जिल्ला अदालतका स्रेस्तेदार नारदप्रसाद भट्टराईका  अनुसार बढ्दो सहरीकरण, सँगै जनसंख्या वृिद्ध र नयाँ कानुन बनेर आएकाले देशै भरी सम्बन्ध विच्छेदका घट्ना बढ्दो क्रममा देखिएको र महिलाहरुले धेरै सम्बन्ध विच्छेदका मुद्दा दर्ता गराएको भट्टराईले बताउनुभयो  ।

सम्बन्ध विच्छेद बढ्नुका मुख्य कारण समाजशास्त्री प्रा. डा.गिता अधिकारी सञ्जूको भनाइ अनुसार सामाजिक आर्थीक रूपमा आत्मनिर्भर महिला आत्मसम्मान र स्वतन्त्रताको नाममा सामान्य विवाद र झगडामा पनि सम्बन्ध विच्छेद गर्ने अधिकारीले बताउनुभयो ।

सम्बन्ध वच्छिेदले बालबालिकाको भविष्यमा नकरात्मक असर पर्ने गरेको बताउदै, सम्बन्ध विच्छेद गर्न नहुने टिप्पणी गर्दै सम्बन्ध विच्छेद गर्नु भन्दा पनि आपसी सहमतीमा सम्बन्ध जोड्नु पर्ने समाजशास्त्री प्रा.डा. अधिकारीले जोड दिनुभयो । 

समाज परिवारमा अनुशासन नभएको साथै सचेतना बृद्धी नभएकाले सम्बन्ध विच्छेदका घट्ना बढेको उल्लेख गर्दै नेपालमा सम्बन्ध विच्छेद सम्बन्धी कानुनी व्यावस्था समेत फितलो भएकाले कानुन निर्माण दुई प्रकारको  हुनु पर्ने र सम्बन्ध विच्छेद गर्नु हुन्न भन्ने धारण व्यक्त गर्दै कानुन नै संसोधन हुनुपर्ने, समाजमा सचेतना बृद्धि गर्नु पर्ने अधिवक्ता सुरेन्द्र गौतमाले तर्क गर्नुभयो । 

विवाह गरिसकेका महिलालाई माइतीले पनि कमै सरोकार राख्ने र सामाजिक संरचनाले सम्बन्ध विच्छेद भएको पुरुषलाई सहज रूपमा स्वीकारे पनि महिलालाई सहज रूपमा स्वीकार्ने संस्कार नबसिसकेकाले सम्बन्ध विच्छेदले महिलालाई समाज र परिवारमा घर नघाटको अवस्थामा पुर्याउने गरेको छ ।

अहिले हरेक दृिष्टकोणबाट महिलाहरु आत्मनर्भिरता तर्फ केन्द्रित भएका छन् भने निर्णय गर्न सक्ने क्षमतामा वृद्धि भएको छ । आर्थीक, सामाजिक, पारिवारीक रूपमा आत्मनर्भिरतामा वृद्धि भएकाले श्रीमान–श्रीमतीबीच सानो खटपट उत्पन्न भएमा स्वतन्त्र रूपमा बस्न सक्छु भन्ने आत्मवश्विास बढेकाले पनि सम्बन्ध वच्छिेदका घटना सामान्य हुन थालेको छ ।