सिमा बस्नेत

    एउटा भनाइ छ, भिडमा बसेर पनि कसैले थाहा नपाउने गरि अनि आफ्नो धित मर्ने गरि रुनु छ भने बर्षातमा रुज्नु रे।

 हुनत  आसु लुकाउन मात्र हैन वर्षातमा रुज्नुको अरु पनि धेरै फाइदा छन धेरै जनामा गरिएको सर्बेक्षण अनुसार बर्षातको पानीमा रुज्दा मुड तुरुन्त रीफ्रेश हुन्छ र यो  पानीमा सुक्ष्मजिब हुने भयेकोले हाम्रो शरीरको भिटामिन बि 12 उत्पादनमा मद्दत पनि पुग्छ।

मानब जिबनलाइ मात्र हैन यो बर्षातको पानीमा कयौ पोषक तत्व पाइन्छ जसले बोटबिरुवा फूल तथा सम्पुर्ण बनस्पतीलाइ नै धेरै नै फाइदा पुग्छ। बर्षाको पानीमा रुज्नु भनेको हाम्रो शरीरको हर्मोनलाइ सन्तुलित गर्ने एक उत्तम उपाय पनि हो, एतिमात्र हैन बर्षातमा  रुज्दा शरीरबाट एंडोर्फिन र सेरोटोनिन जस्ता  हैप्पी हार्मोन निस्कने गर्छ जसले हाम्रो चिन्ता र तनाबलाइ हटाएर हाम्रो मुडलाइ खुशी बनाउन मद्दत गर्छ। एति भनिरहदा बर्सातमा रुज्ने मन नहुनेलाइ पनि रुज्न मन लाग्न सक्छ तर...... 

धेरै मानिसलाइ यो मनसुन मनपर्ने समय  भएपनि यसले आफु सगसगै कयौ विमारीहरु पनि साथमा लियेर आउछ र सबै भन्दा बढी  विमारी हुने मौसम यसैलाइ मानिन्छ। 

बर्षातको यो मौसममा विशेषत हाम्रो देशमा बाढीपहीरोको जोखिम उच्च रहने र यसैका कारण विभिन्न स्थानमा जनधनको क्षति हुने अप्रिय घटनाहरू त वर्षेनि सुन्दै र देख्दै पनि आएका छौ यो सगसगै यो मनसुनका कारणले कयौ बिमारीहरू समेत बोकेर आउने र कहीलेकाहि त महामारीको रूपमा फैलने समेत हुन्छ तसर्थ यो मौसममा पानीमा रूज्नु,यसको मज्जा लिनु त छदै नै छ सगसगै आफ्नो र आफ्नाको विशेष ख्याल राख्नु पनि अति अनिवार्य छ।

वर्षामा धेरै समय रूज्नु हुदैन र हामी रूज्यौ भने मनतातो पानीले तुरून्त नुहाउदा फाईदा पुग्छ।यो मौसममा रूघाखोखी,ज्वोरो ,झाडापखाला ,वान्ता जस्ता समस्या हुन सक्छ ,बच्चा देखी वृद्ध सम्म हरेक उमेर समुहका मानिसलाइ यो सिजनल बिमारले छुन सक्छ र यो सगसगै यो वर्षातको मौसममा हाम्रो घर वरपर या खेतबारी या सडक किनारमा भएका खाल्डाखुल्डीमा फोहोर पानी जम्ने हुदा डेङ्गु जस्तो घातक रोग सार्ने लामखुट्टे बढ्ने र बिमार फैलाउने हुन्छ यतिमात्र हैन यो मौसममा छाला सम्बन्धी पनि विभिन्न समस्याहरू हुन सक्छ  जस्तै छाला चिलाउने ,डाबर आउने,घाऊखटिरा आउने ,सुन्निने आदि। तसर्थ यो वर्षातको बेला आफ्नो स्वाश्थको ख्याल राख्न एकदमै जरूरी छ।

मनसुनको यो समयमा यदी हामी या परीवारका कोही सदस्य भिजीहालेमा तुरून्त कपडा बदलेर शरीरलाई राम्ररी पुछेर बस्नुपर्छ र सकेसम्म केही तातो झोलिलो खानेकुरा खानुपर्छ र सकेसम्म यो मौसममा घर बाहीर निस्कदा छाता या रेनकोट साथमा बोक्न छुटाउन हुन्न।यो वर्षातको समयमा हुने अर्को समस्या भनेको पेट सम्बन्धि हो,वर्षातको  मौसममा हाम्रो पाचन कृया कमजोर हुन सक्छ जसको कारण पेटको समस्या भै वान्ता हुनु,डायरीया हुनु या अपच भै उदैउवै पनि हुन सक्छ यसबाट बच्न हामिले खानपानमा विशेष ध्यान पुर्याउन जरूरी छ।यो समय पानी पर्दा केही शितलताको आभाष भएता पनि गर्मीको मौसम भएकाले बाहिर राखिएका खानाहरू छिटै बिग्रने ,खानामा झिंगा बसि फोहोर पार्ने रोग विमार सार्ने हु्न सक्छ तसर्थ सकेसम्म लामो समय  बाहिर राखिएका खानेकुरा नखाने,झिंगा भन्किएका या बासि खानेकुरा नखाने यसको सट्टा घरमा या घर जस्तै गरी बनाईएको ताजा खानेकुरा मात्र खाने,खाना खाईसकेपछी तुरून्तै आराम नगर्ने आफ्नो स्वाश्थ स्थिति अनुसार खाना खाईसकेपछि हल्का हिडडुल गर्ने बानी बसाल्दा यी बिभिन्न स्वाश्थ समस्याहरू घटाउन सकिन्छ,हटाउन सकिन्छ।

यो वर्षातको मौसममा फोहोर पानी जमेका कारण लामखुट्टे तिब्र गतिमा फैलने हुनाले आफ्ना घर वरपर पानी जमेका खाल्डाखुल्डी पुर्ने या सफा गर्ने ,साना केटाकेटीलाई त्यस्ता पानी जमेका स्थान वरपर खेल्नकुद गर्न  नदिने , भरसक यो वर्षातको मौसममा नानीहरूलाई घर भित्रै बसेर खेल्ने माहोल बनाईदिने। घरका झ्याल ढोका लामखुट्टे या अन्य किराकिरी पस्न नसक्ने गरी जाली लाउने या थुन्ने ,बिशेष सरसफाइमा ध्यान दिने अनि लामखुट्टे भगाउने दबाईको समेत प्रयोग गर्न सकिन्छ।यो मौसममा हामीले आफ्नो रोग प्रतिरक्षा प्रणाली मजबुत बनाउन यो सिजनका फलफुलहरू जामुन ,लिची,आरूबखडा,आरू,मेवा,नाशपाती अनार र स्याऊ जस्ता फलहरूक नियमित आफ्नो खानामा समावेश गर्नुपर्दछ र यसको सगसगै बिशेषत यो बर्षाको बेला हामीले खाने सलाद काचै भन्दा पनि यसलाई बाफमा पकाएर खानु राम्रो मानिन्छ।र सबैभन्दा महत्वपुर्ण कुरा हामिले घरमा होस या बाहीर सधै सबैले  फिल्टर गरिएको या उमालिएको शुद्ध पानी प्रशस्त पिउने बानी बसाल्यौ भने हामी वर्षातको मौसममा मात्र हैन हरेक मौसममा नै त्यो मौसमको मज्जा लिदै स्वस्थसग रहन सक्छौ,आफ्नो परिवारलाई स्वस्थसग राख्न सक्छौ।

(यो लेख मेडीकल रिपोट्स र स्वास्थ्य विशेषज्ञहरूको सुझावको आधारमा तयार गरेको हो)