धनकुटा । कुनै समय जिल्लाकै बाक्लो बस्ती रहेको धनकुटाको चौबिसे गाँउपालिकाको कुरुले बन्दुके डाँडा पछिल्लो समय रित्तिदै गएको छ। अबसर र सुबिधाको खोजीमा बसाइसराईको क्रम बढी रहँदा भारतिय मुलका अमेरीकन नागरीक राजिव गोयल सहित स्थानीयले तमोर पर्माकल्चर सञ्चालनमा ल्याएपछि स्थानीयलाई सिकाइको केन्द्र सहित बसाँइसराइँ रोक्ने माध्यम बनेको छ । बसाइँसराइँ बढीरहँदा विदेशी नागरिक सहित कुरुलेका स्थानीय लोकेन्द्र कुमार याखा, भोजकुमार काफ्ले, गोपि कृष्ण भण्डारी, दीर्घमान तामाङले २०७३ सालमा तमोर पर्माकल्चर नामक कम्पनी दर्ता गर्नुभयो। त्यही कम्पनीले कुरुलेमा गरेको कार्य देखेपछि कुरुलेमा बसाइसराइ गर्नेको संख्या घट्दै गएको छ। अमेरीकन नागरिक राजिब गोयल आफ्नै कामको सिलसिलामा धनकुटा आउदा कुरुलेमा कसरी बसाइसराइ रोक्न सकिन्छ भनेर पटक पटक स्थानिय संग छलफल गर्नुभएको थियो। उहाँकै योजना अनुसार काम गर्दा स्थानीयले बसाइसराइको कुरा सोच्न छाडेका स्थानीय चिरञ्जीबी अधिकारीले बताउनु भयो।
तमोर पर्माकल्परले कुरुलेको करीब १०३ रोपनी क्षेत्रफलमा बिभिन्न जातका स्याउ, आरुवखडा, ओखर लगायत ३५ प्रजाती भन्दा बढि फलफूल लगाएको छ। साथै नर्षरी पनि गरिएको छ। पहिले बसाइसराईले उजाड भएको कुरुलेमा अहिले पुन हराभरा हुन थालेको छ। पर्माकल्चरले मात्रै होइन स्थानियले पनि स्याउ फलाएर बिक्रि गर्न थालेका छन्। फलफुल र बिरुवा बिक्नलाई कुनै समस्या नरहेको कम्पनीका ब्यबस्थापक भोज कुमार काफ्ले बताउनु हुन्छ। तमोर पर्माकल्पर नाफा वितरण नगर्ने एक कम्पनी हो। पर्माकल्चरमा भएको कमाइ पहिले कम्पनीको लागि खर्च गरेर बाँकि रहेको यस्तै क्षेत्रको लागि खर्च गर्ने गरिएको छ। पर्माकल्चरमा आएर सिक्न चाहनेहरुको लागि सिकाउने समेत व्यवस्था पनि गरिएको छ। कम्पनीको लागि प्राविधिक र आर्थिक सहयोग गोयलको संस्था केटीके बेल्टले उपलब्ध गराउदै आएको छ।