समाज

    Showing १-१० of २,२११ items.
  • दोस्रो ओखलढुङ्गा महोत्सव सम्पन्न

    ओखलढुंगा / दोस्रो ओखलढुङ्गा महोत्सव सम्पन्न भएको छ । गत वैशाख ५ गतेबाट जिल्ला सदरमुकाममा सञ्चालन भएको दोस्राे ओखलढुङ्गा महोत्सव–२०८१ सम्पन्न भएको हो । जिल्लाको आर्थिक, सामाजिक, कृषि, पर्यटन, जडीबुटीसहित समग्र उद्योग व्यवसायको प्रवद्र्धनका लागि आयोजित महोत्सव १२ दिन सञ्चालन गरिएको थियो । ओखलढुङ्गा उद्योग वाणिज्य सङ्घको आयोजना तथा एआइके ग्रुप काठमाडौंको सह आयोजनामा १० दिनका लागि आयोजना गरिएको महोत्सवको दुई थप गरेर सोमबार समापन गरिएको उद्योग बाणिज्य सङ्घका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताए ।कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री प्रदीपकुमार सुनुवारको प्रमुख आतिथ्यमा महोत्सव समापन भएको अध्

    • प्रकाशित मितिः बैशाख १९, २०८१
    • ३८ पटक पढिएको
  • कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर परिसरमा नव निर्मित वाधापारको समुदघाटन

    विराटनगर / कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको परिसरमा नव निर्मित वाधापारको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले समुदघाटन गर्नु भएको छ । आज बिहान तालिम केन्द्र परिरमा भएको एक कार्यक्रमका विच प्रदेश प्रहरी प्रमुख खापुङले नव निर्मित वाधापारको समुदघाटन गर्नुका साथै वाधापारको निरीक्षण तथा प्रहरी कर्मचारीहरुद्वारा गरिएका वाधापारको नमुना प्रदर्शनीको समेत अवलोकन गर्नु भएको थियो । वाधापारको निरीक्षण अवलोकन पश्चात कार्यक्रमलाई सम्वोधन गर्नु हुदै प्रदेश प्रहरी प्रमुख खापुङले स्थापनाकाल देखिनै दक्ष प्रहरी जनशक्ति उत्पादन गर्दै आएको यस प्रहरी तालिम केन्द्रले प्रशि

    • प्रकाशित मितिः बैशाख १९, २०८१
    • ५६ पटक पढिएको
  • भोजपुरको अन्नपूर्णमा चार लाख बढी ब्यक्तिगत लगानीमा प्रतिक्षालय निर्माण

    भोजपुर / भोजपुरको टेम्केमैयुङ गाउँपालिका ३ अन्नपूर्णको स्वास्थ्य चौकीमा निर्माण भएको प्रतिक्षालय हस्तान्तरण गरिएको छ ।ब्यक्तिगत चार लाख आठ हजार लागतमा निर्माण भएको (विष्णु विसौनी) प्रतिक्षालयको विष्णुदेवि बान्तावाले स्वास्थ्य चौकी अन्नपूर्णलाई बुधबार हस्तान्तरण गर्नु भएको हो । छोराहरु रामकाजी बान्तावा, नेत्रध्वज बान्तावा, ताराध्वज बान्तावा र राजेन्द्र बान्तावाले आमा विष्णुदेवी बान्तावाको नाममा ब्यक्तिगत लागतमा उक्त प्रतिक्षालयको निर्माण गरिदिनु भएको हो ।स्वास्थ्य चौकीमा आउने विरामीहरुलाई सहजता होस् भन्ने उद्देश्यले आमा विष्णु देवि बान्तावाको सम्मानमा प्रतिक्षालय निर्माण गरिदिएको पूर्व एआइजी तथ

    • प्रकाशित मितिः बैशाख १९, २०८१
    • ६८ पटक पढिएको
  • रामप्रसादराई गाउँपालिकाद्धारा भोजपुरका कैदीबन्दीलाई सोलार सेट हस्तान्तरण

    भोजपुर / जिल्ला कारागार कार्यालय भोजपुरका कैदीबन्दी रामप्रसादराई गाउँपालिकाले सोलार सेट हस्तान्तरण गरेको छ । कारागारमा रहेका कैदीबन्दीको सहजता साथै  विद्युत् अवरोध भएको समयमा वैकिल्पिक श्रोत लागि गाउँपालिकाले रु.७० हजार बराबरको सोलार सेट वितरण गरिएको छ । कैदीबन्दी तथा कारागार कार्यालयले गाउँपालिकामा माग गरे अनुसार राम्रो क्षमताको सोलार सेट वितरण गरेको गाउँपालिका अध्यक्ष थामबहादुर राई निर्माणले जानकारी दिनुभयो । वितरण गरिएको सोलारको सहिपदुयोगको लागि ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।गाउँपालिकाले आवश्यकताको आधारमा माग भएअनुसार विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः बैशाख १९, २०८१
    • ५६ पटक पढिएको
  • मेची राजमार्गमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

    इलाम / इलामको रोङ गाउँपालिका -४ बाघखोरस्थित मेची राजमार्गमा भ्यान दुुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार (आज)बिहान झापाबाट इलामतर्फ जाँदै गरेको मे १ ज ३२६३ नम्बरको मारुती भ्यान अनियन्त्रित भई राजमार्गबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटना भएको हो ।मृत्यु हुनेमा देउमाई नगरपालिका ६ इलामका २५ वर्षीय दिपेश राई छन् ।जिल्ला प्रहरी कार्यालय इलामका अनुसार देउमाई नगरपालिका ६ कै अन्दाजी २० वर्षीय विश्वास राई गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि झापा पठाइएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः बैशाख १९, २०८१
    • ६० पटक पढिएको
  • सुन्दरहरैँचाका कर्मचारी ढकाल र चाैधरीकाे बिदाई

    सुन्दरहरैँचा /  मोरङको सुन्दहरैँचा नगरपालिकाले अवकाश भएका दुई  कर्मचारी पुण्यप्रसाद ढकाल र भीमकुमार चौधरीलाई बिदाई गरेको छ । उनीहरूलाई कार्यक्रममा  नगर प्रमुख  केदारप्रसाद गुरागाईं,उपप्रमुख अकली चौधरी,प्रमुख प्रशासकिय अधिकृत  विनोदकुमार न्यौपाने लगायतले मायाको चिनो, प्रशंसापत्र, टिका तथा खादा लगाएर बिदाई गरेका छन् ।  लामाे समय देखि राष्ट्रसेवामा समर्पित नगरपालिकामा लेखा अधिकृतको रूपमा कार्यरत  ढकालले स्वेच्छिक अवकाश लिएका थिए । चौधरी उमेरहदका कारण अवकाश भएका   हुन् । विधिवत रूपमा  सेवानिबृत्त जीवन जिउन सुन्दरहरैँचा नगरपालिकावाट बिदाई

    • प्रकाशित मितिः बैशाख १९, २०८१
    • ४९ पटक पढिएको
  • झलनाथ लक्षित ओलीको टिप्पणी–एमाले हराउन बेस्सरी लागेका थिए

    इलाम / सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी साझा नाम भएको बताएका छन् । इलाम–२ बाट नव निर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङको विजय सभालाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष ओलीले कोशी सबैको साझा नाम भएकाले कोही भुलभुलैयामा पर्न नहुने बताए ।‘हामी कयौं जात, कयौं धर्म, वर्ण, मिलेर बसेका छौं । यसरी नै समाज र देश बनेको छ,’ ओलीले भने, ‘त्यसैले हामी सबैको पहिलो पहिचान नेपाल हो, नेपाली हो ।’ ओलीले कोशी प्रदेशको नामका विषयमा भएको आन्दोलन र विवाद आवश्यक नभएको बताए । ओलीले सुहाङ नेम्बाङलाई जिताउने इलामका मतदातालाई धन्यवाद दिएका छन् । उनले पार्टीगत रूपमा साथ दिने नेकपा माओवादी केन्द्र

    • प्रकाशित मितिः बैशाख १८, २०८१
    • ६३ पटक पढिएको
  • बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी

    काठमाडौँ / महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।सामाजिक  सुरक्षा  नागरिक समाज  सञ्जालले आज काठमाडौँमा आयोजना गरेको ‘नेपालमा सामाजिक सुरक्षा र बाल अनुदान’ विषयक नीतिगत बहस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । सरकारले नीतिगत रूपमा नै सामाजिक सुरक्षाको विषयमा केही महत्त्वपूर्ण व्यवस्था गरी काम गरिरहेको  बताउँदै मन्त्री चौधरीले ती व्यवस्थाहरू सबै जनताको पहुँचमा भने पुग्न नसकेको बताउनुभयो । 'सरकारले नीतिगत रूपमा नै सामाजिक सुरक्षाको विषयमा

    • प्रकाशित मितिः बैशाख १८, २०८१
    • ९७ पटक पढिएको
  • नोवेलको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ५ सय बढी विरामीको निःशुल्क उपचार

    विराटनगर / विराटनगर स्थीत नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले भोजपुर जिल्लाको षडानन्द नगरपालिकाको दिङ्ला बजार, धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकाको उत्तरपानी र धनकुटाकै चौविसे गाउँपालिकाको बुधबारेमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरको छ । उक्त शिविरमा ३५२८ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार भएको हो ।संघिय सांसद डा. सुनिल कुमार शर्माको विशेष पहल तथा भोजपुर जिल्लाको प्रदेश सभा सांसद विनोद वान्तावाको समन्वयमा षडानन्द नगरपालिकाको आयोजना र अरुण गाउँपालिका, सल्पासिलिछो गाउँपालिकाको सहयोगमा दिङ्ला बजार स्थीत गान्धी अस्पतालमा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको विशेषज्ञ चिकित्सक सहितक

    • प्रकाशित मितिः बैशाख १८, २०८१
    • ७४ पटक पढिएको
  • दुर्घटनाका घाइते भन्छन् – गाडी पार्किङ गर्न खोज्दा पल्टियो

    धरान / धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शय्यामा भोजपुर आमचोक–१० की सरस्वती राई उपचार गराइरहेका छन् । सोमबार पारकुवामा भएको दुर्घटनामा उनको खुट्टा र निधारमा चोट लागेको छ ।उनी भोजपुरबाट धरान फर्कने क्रममा जीपमा सवार थिए । “गाडीमा समस्या थियो जस्तो लाग्दैन, पारकुवामा चालकले पार्किङ गर्न खोज्दा खै के भयो गाडी पल्टियो”, शय्याबाटै उनले सुनाए, “पार्किङ गर्न लागेको गाडी एक्कासी पल्टिएर तल खस्यो । हाम्रो होस हवास गुम्यो ।”हिजो बिहान भोजपुरको आमचोक गाउँपालिका बालङ्खाबाट पारकुवा मैयुङटार आउँदै गरेको बोलेरो जिप पारखुवामा पार्किङ गर्न खोज्दा पौने १० बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु

    • प्रकाशित मितिः बैशाख १८, २०८१
    • ८६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]