खेलकुद

    Showing १-१० of ७६८ items.
  • तरहरामा आर्म रेस्लिङ प्रतियोगिता, मौसम लिम्बू बने सिओसी विजेता

    इटहरी । लागूऔषधविरुद्ध चेतना फैलाउँदै युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले तरहरा स्पोट्र्स क्लब इटहरी–२० को आयोजनामा शनिबार ‘तरहरा आर्म रेस्लिङ कम्पिटिसन’ सम्पन्न भएको छ । इटहरी–२० स्थित तरहरा साझा लाइनको रिजन होटल बाँसघारी कटेजमा  से नो टु ड्रग्स्, वि आर अगेन्स्ट ड्रग्स् भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताले युवाहरूलाई कुलतबाट टाढा राख्दै स्वस्थ तथा सकारात्मक गतिविधिमा जोड्न सहयोग पुग्ने आयोजकको विश्वास छ। तरहरा स्पोट्र्स क्लबका अध्यक्ष विभश विष्ट (राजा)को अध्यक्षतामा भएको कार्यक्रममा धरान एकता समाजका संस्थापक संरक्षक तथा नेपाली कांग्रेसका युवा न

    • प्रकाशित मितिः भदौ २८, २०८३
    • १०३ पटक पढिएको
  • प्रथम प्रदीप राई स्मृति प्रकाशपुर गोल्ड कप असोज २३ देखि, विजेतालाई सवा दुई लाख बढी पुरस्कार

    इटहरी । “स्मृतिलाई सम्मान, युवालाई अवसर, खेलकुदलाई प्रोत्साहन” भन्ने मूल नाराका साथ सुनसरीको बराहक्षेत्र–१०, प्रकाशपुरमा ‘प्रथम प्रदीप राई स्मृति प्रकाशपुर गोल्ड कप–२०८३’ रात्रिकालीन फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रकाशपुर युवा जमातको आयोजना तथा प्रकाशपुर फुटबल क्लबको प्राविधिक सहयोगमा आगामी असोज २३ गतेदेखि प्रतियोगिता सुरु हुन लागेको हो। वडा कार्यालयको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको उद्देश्य, तयारी र खेल व्यवस्थापनबारे जानकारी दिइएको छ । आयोजक संस्थाका अध्यक्ष मनिस मगरको सभापतित्व तथा बराहक्षेत्र–१० का वडा अध्यक्ष तेजबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनक

    • प्रकाशित मितिः भदौ २२, २०८३
    • ११९ पटक पढिएको
  • इन्टर जिम फुटसल टुर्नामेन्टमा ओएसिस फिटनेस च्याम्पियन

    इटहरी । इटहरीमा आयोजित इन्टर जिम ५ ए साइड फुटसल टुर्नामेन्टको उपाधि आयोजक ओएसिस फिटनेसले जितेको छ । शनिबार एसडी फुटसलमा सम्पन्न एकदिने प्रतियोगिताको फाइनलमा ओएसिस फिटनेसले तरहरा फिटनेसलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। प्रतियोगितामा न्युट्री हब फिटनेस तेस्रो भएको छ । ओएसिस फिटनेसको आयोजनामा भएको प्रतियोगितामा विभिन्न जिम तथा फिटनेस सेन्टरका १२ टोलीको सहभागिता रहेको थियो। उपाधि विजेता ओएसिस फिटनेसले नगद २५ हजार रुपैयाँ तथा उपविजेता तरहरा फिटनेसले १५ हजार रुपैयाँ प्राप्त गरेका छन्। दुवै टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र समेत प्रदान गरिएको थियो। व्यक्तिगत विधातर्फ ओएसिस फिटनेसका

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • ९६ पटक पढिएको
  • इटहरीलाई ‘स्पोर्ट्स सिटी’ नबनाउँदा अवसर गुमेको खेलकुद अगुवाहरूको निष्कर्ष

    इटहरी । इटहरीलाई ‘स्पोट्स सिटी’ घोषणा नगर्दा धेरै अवसर गुमाउनुपरेको इटहरीका खेल क्षेत्रका अगुवाहरुले बताएका छन् । इटहरीलाई खेलकुदको माध्यमबाट छोटो समयमा विकास गर्न सकिने सम्भावना हुँदा हुँदै पनि स्थानीय सरकारको नेतृत्व क्षमताका कारण अवसरहरु गुमाउनुपरेको उनीहरुले बताएका छन् ।अब इटहरीको खेलकुद क्षेत्रको विकासका लागि स्थानीय सरकारले स्पष्ट नीति, पर्याप्त बजेट, पूर्वाधारको संरक्षण गर्दै नियमित प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्नुपर्ने उनीहरुले सुझाव दिएका छन् ।सञ्चारपाटी डटकमको आयोजना तथा राष्ट्रिय जागृति क्लब इटहरीको संयोजनमा आयोजित ‘इटहरीमा खेलकुदको भविष्य ः पूर्वाधार, नीति र गतिविधि’ विषयक अन्

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • २४३ पटक पढिएको
  • एभरेष्टको इन्ट्रा स्कुल पौडी प्रतियोगिता सम्पन्नः उत्कृष्ट खेलाडीलाई राष्ट्रिय प्रतियोगिताको लागि तयार गरिने

    इटहरी। शनिबारदेखि सुरु भएको विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलको इन्ट्रा स्कुल पौडी प्रतियोगिता आइतबार सम्पन्न भएको छ । सम्पन्न प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई नियमित प्रशिक्षण गराई राष्ट्रिय प्रतियोगिताको लागि तयार गरिने विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलले बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताको पहिलो दिन शनिवार विभिन्न स्पर्धामा खुला प्रतिष्पर्धा गराइएको थियो भने आइतबार विभिन्न समूहबिच प्रतिष्पर्धा गराइएको हो । आइतबार भएका विभिन्न २४ वटा इभेन्टबाट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कक्षा १० का धावा तामाङ छात्र तर्फ सर्वाधिक गोल्ड मेडल जित्दै खेलको म्यान अफ द म्या

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • १८३ पटक पढिएको
  • फिफा यू–१५ विश्वकपका लागि कोशी प्रदेशमा खेलाडी छनोट आजदेखि, धरानमा २७२ प्रतिभाको प्रतिस्पर्धा

    इटहरी । अजरबैजानमा आयोजना हुने फिफा यू–१५ विश्वकप एन्ड फेस्टिभल २०२६ का लागि नेपाली टोली छनोट प्रक्रिया अन्तर्गत कोशी प्रदेशस्तरीय खेलाडी छनोट धरानमा सुरु भएको छ । देशभरका जिल्ला छनोटबाट छनोट भएका युवा फुटबल खेलाडीमध्ये कोशी प्रदेशबाट २७२ जना  खेलाडी प्रदेशस्तरीय छनोटमा सहभागी भएका छन्। उनीहरूबीच धरानस्थित एन्फा एकेडेमीमा शनिबार सुरूभएको छनौट  प्रतियोगिता आइतबार  सम्म चल्ने छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ४९ जिल्लामा सञ्चालन गरेको खुला छनोटबाट उत्कृष्ट खेलाडीलाई प्रदेशस्तरीय छनोटमा पठाएको हो। कोशी प्रदेश अन्तर्गत सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, ध

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • २३६ पटक पढिएको
  • पूर्वाञ्चल सेकेन्डरी स्कुलले जित्यो स्वर्गीय बुद्धरानी चेम्जोङ लिम्बू स्मृति ७–ए साइड अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि

    इटहरी । सुनसरीको इटहरीमा आयोजित स्वर्गीय बुद्धरानी चेम्जोङ लिम्बू स्मृति चौथो अन्तरविद्यालय सेभेन–ए–साइड फुटसल प्रतियोगिताको उपाधि पूर्वाञ्चल सेकेन्डरी स्कुल, तरहराले जितेको छ । अल स्पोट्र्स कलेक्सनको आयोजनामा इटहरी–५, काव्यबाटिकास्थित पाथीभरा फुटसल प्रालिमा आइतबार देखि सुरु भएको दुईदिने प्रतियोगितामा सुनसरीका ३२ विद्यालयका टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिताको रोमाञ्चक फाइनल खेल पूर्वाञ्चल सेकेन्डरी स्कुल र सयपत्री सेकेन्डरी स्कुल, इटहरी–१९ बीच भएको थियो। निर्धारित समयमा दुवै टिमले एक–एक गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा सयपत्रीलाई ३–२ गोलले पराजित गर्द

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • १०५ पटक पढिएको
  • राष्ट्रिय टेबल टेनिसमा इटहरीका निहित कार्की च्याम्पियन

    इटहरी। इटहरी–६ निवासी बाल खेलाडी निहित कार्कीले काठमाडौंमा जारी १३औँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबल टेनिस च्याम्पियनसिप–२०२६ अन्तर्गत अन्डर–१० बालक एकलतर्फ च्याम्पियन बनेका छन्।काठमाडौंको डल्लुस्थित Earthquake Memorial Multipurpose Covered Hall मा जारी प्रतियोगितामा निहितले उत्कृष्ट खेल प्रदर्शन गर्दै अन्डर–१० बालक एकलको उपाधि हात पारेका हुन्।काठमाडौं जिल्ला टेबल टेनिस संघको आयोजनामा भदौ ७ देखि १३ गतेसम्म अर्थात् अगस्ट २३ देखि २९ सम्म सञ्चालन भइरहेको प्रतियोगितामा देशभरका खेलाडीहरूको सहभागिता रहेको छ।निहितले इटहरी टेबल टेनिस एकेडेमीबाट प्रशिक्षण लिँदै आएका छन्। सानै उमेरदेखि टे

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • १,१७८ पटक पढिएको
  • इटहरीमा आर्म रेस्लिङ राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट, नयाँ कार्यसमितिको पदभार तथा सम्मान समारोह सम्पन्न

    इटहरी । नेपाल आर्म रेस्लिङ डेभलपमेन्ट एसोसिएसन नाउडाको आयोजनामा इटहरीको क्लब केमा राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट, नयाँ कार्यसमितिको पदभार तथा सम्मान समारोह सम्पन्न भएको छ। इटहरीस्थित क्लब केमा आयोजित कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा आर्म रेस्लिङ खेलको विकास, स्थानीय खेलाडीको क्षमता अभिवृद्धि तथा खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर सिर्जना गर्ने विषयमा चर्चा गरिएको थियो ।  प्रतियोगितामा विभिन्न तौल समूहमा खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । ६० केजीमुनि रोहन लुइँट

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • २२५ पटक पढिएको
  • ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा आयोजक र जर्जियन युनाइटेड भिड्ने

    इटहरी। अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको खेल तालिका जिल्लाका पर्यटकीय स्थलबाट सार्वजनिक गरिएको छ। आगामी भदौ १२ गतेबाट सञ्चालन हुने चौथो संस्करणको प्रतियोगिताबाट पर्यटन प्रवर्धनका लागि ताप्लेजुङको पर्यटकीय क्षेत्रमार्फत खेल तालिका सार्वजनिक गरिएको हो। लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार फकताङलुङ गाउँपालिकाको ५ हजार ३ सय मिटरको उचाइमा रहेको स्याम्दो ताल, ४ हजार ७ सय मिटरको उचाइमा रहेको सिङजेमा ताल, ओलाङचुङगोलामा अवस्थित आठसय वर्ष पुरानो दिकिछ्योलिङ गुम्बा, मिक्वाखोला गाउँपालिकाको पर्यटकीय क्षेत्र लोदेन लगायतका क्षेत्रबाट एकसाथ खेल तालिका सार्वजनिक गरिएको हो।सार्वजनि

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • १५२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]