खेलकुद

    Showing १-१० of ७७९ items.
  • तरहरामा मंसिर २४ गतेदेखि तेस्रो तरहरा गोल्डकप हुने

    सुनसरी | सुनसरीको तरहरामा मंसिर २४ गतेदेखि तेस्रो तरहरा गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिताको आयोजक योङ्ग ब्वाइज फुटबल क्लबले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो।प्रतियोगितामा कोशी प्रदेशका पाँच जिल्लाका फुटबल क्लबहरूको सहभागिता रहने क्लबका अध्यक्ष मोहन लिम्बूले जानकारी दिनुभयो। झापा, मोरङ, सुनसरी, धनकुटा र उदयपुरका क्लबहरूले प्रतियोगितामा सहभागिता जनाउने उहाँले बताउनुभयो।प्रतियोगिताको विजेता टोलीले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेता टोलीले १ लाख १ हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने खेल संयोजक मनोज तामाङले पत्रकार सम्मेलनमा जानकारी दिनुभ

    • प्रकाशित मितिः कार्तिक २, २०८३
    • ६५ पटक पढिएको
  • मूलखर्कमा प्रथम मझिया स्मृति कप महिला फुटबल प्रतियोगिता हुँदै, विजेतालाई ३ लाख

    संखुवासभा । संखुवासभाको मादी नगरपालिका–३, मूलखर्कमा प्रथम मझिया स्मृति कप–२०८३ आमन्त्रित ९-ए साइड महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। स्वर्गीय मझिया मानबहादुर जिमीको स्मृतिमा आयोजना हुन लागेको प्रतियोगिता कार्तिक ८ गतेदेखि १३ गतेसम्म मूलखर्क खेल मैदानमा सञ्चालन हुनेछ ।मझिया मानबहादुर जिमी स्मृति प्रतिष्ठानको आयोजनामा तथा हाङ्थुम क्लबको सह-आयोजनामा हुने प्रतियोगितामा विभिन्न जिल्लाका आठ महिला फुटबल टोली सहभागी हुनेछन्। प्रतियोगितामार्फत महिला फुटबलको विकास, स्थानीय खेलाडीलाई प्रोत्साहन तथा खेलकुदका माध्यमबाट मादी क्षेत्रको पहिचान स्थापित गर्ने लक्ष्य आयोजकले लिएको छ । प्रतिष्ठानका अध्यक

    • प्रकाशित मितिः असोज ३०, २०८३
    • २०८ पटक पढिएको
  • इटहरीमा अन्तर सदस्य ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, ए डिभिजनमा जितबहादुर र विशालको जोडी प्रथम

    इटहरी । इटहरी ब्याडमिन्टन क्लब इटहरी–५, सुनसरीको आयोजनामा ‘इटहरी उपमहानगरपालिका अन्तर सदस्य ब्याडमिन्टन प्रतियोगिता २०८३’ सम्पन्न भएको छ । प्रतियोगितामा क्लबका सदस्यसहित करिब १०० जना खेलाडीको सहभागिता रहेको थियो। क्लबका अध्यक्ष हरि तिम्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री तथा कोशी प्रदेशसभा सदस्य रेवतीरमण भण्डारी प्रमुख अतिथि र पूर्वअध्यक्ष एवं संरक्षक मणिराज गुरुङ विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रमबारे बोल्दै क्लबका अध्यक्ष हरि तिम्सिनाले सदस्यहरूबीचको आपसी सम्बन्ध अझ गाढा बनाउन र खेलकुदप्रतिको रुचिलाई प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। य

    • प्रकाशित मितिः असोज २७, २०८३
    • १९७ पटक पढिएको
  • भोजपुरको च्याङ्ग्रे क्षेत्रमा पर्यटकीय तथा पूर्वाधार विकासको लहरस् च्याङ्ग्रे पोखरीको पुनःनिर्माण र बोटिङ सञ्चालनसँगै तिवारीभञ्याङ(च्याङ्ग्रे सडक कालोपत्रे

    इटहरी । भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र पञ्चकन्या मन्दिर आसपासको क्षेत्र फेरिँदै गएको छ । उपयुक्त पूर्वाधार विकाससँगै स्थानीय क्षेत्र पर्यटकीय तथा व्यापारिक केन्द्रका रूपमा रूपान्तरण हुन थालेको हो ।  स्थानीय तह, प्रदेश सरकार तथा विभिन्न सरोकार भएका निकायको सक्रियतामा सञ्चालित विकास निर्माणका योजनाहरू सम्पन्न हुने क्रमसँगै च्याङ्ग्रेको स्वरूप फेरिएको स्थानीय बताउँछन् । विशेष गरी बजारको मुख्य भागमा अवस्थित ऐतिहासिक ‘च्याङ्ग्रे पोखरी’ को व्यवस्थित पुनःनिर्माण र सौन्दर्यीकरण गरिएको छ । पोखरीको चारैतिर पक्की पर्खाल तथा सुरक्षा घेराबारा लगाइएको छ भने किनारै(

    • प्रकाशित मितिः असोज २४, २०८३
    • १०७ पटक पढिएको
  • एनआरटी काठमाडौँ सेमिफाइनलमा, डिफेन्डिङ च्याम्पियन सहलेस युवा क्लब पराजित

    इटहरी । मोरङको पथरी शनिश्चरेमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरी शनिश्चरे गोल्डकप अन्तर्गत भएको दोस्रो क्वार्टरफाइनल खेलमा एनआरटी काठमाडौँले डिफेन्डिङ च्याम्पियन सहलेस युवा क्लब सिरहालाई ३–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । पथरी शनिश्चरे–१ स्थित प्रस्तावित रङ्गशालामा भएको खेल सुरुदेखि नै प्रतिस्पर्धात्मक बनेको थियो। पहिलो हाफमा सहलेस युवा क्लबका जर्सी नम्बर १० का निङमा घिसिङले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि एनआरटीले १–० को अग्रता बनाएको थियो। दोस्रो हाफमा एनआरटीले आक्रमणलाई थप तीव्र बनाउँदै खेलको ७९ औँ मिनेटमा जर्सी नम्बर १४ का कृष्ण आलेले गोल गरे। उनको गोलसँगै एनआरटी

    • प्रकाशित मितिः असोज १९, २०८३
    • १६२ पटक पढिएको
  • इटहरीमा ‘कर्पोरेट सुपर सिक्स इन्डोर क्रिकेट प्रतियोगिता २०८३’ आयोजना हुँदै

    इटहरी । इटहरी आदर्श जायन्ट्सको आयोजनामा ’कर्पोरेट सुपर सिक्स इन्डोर क्रिकेट प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ। प्रतियोगिताको औपचारिक घोषणा तथा विस्तृत जानकारी गराउने उद्देश्यले ‘रमाडा बाई विन्डम इटहरी’मा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । कर्पोरेट क्षेत्रका विभिन्न संस्था, व्यावसायिक प्रतिष्ठान तथा सङ्घ–संस्थामा कार्यरत कर्मचारीहरूलाई क्रिकेटमार्फत एउटै मञ्चमा जोड्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको हो। खेलकुदको माध्यमबाट आपसी सम्बन्ध, नेटवर्किङ विस्तार, टोली भावनाको विकास र स्वस्थ प्रतिस्पर्धात्मक खेलकुद संस्कृति प्रवद्र्धन गर्ने लक्ष्य आयोजकले राखेको छ। सुनसरी जिल्ल

    • प्रकाशित मितिः असोज १७, २०८३
    • १८३ पटक पढिएको
  • पथरीमा असोज १७ देखि तेस्रो पथरी शनिश्चरे गोल्डकप, थ्री स्टार र पुलिससहित ८ टोली मैदानमा

    इटहरी । मोरङको पथरी शनिश्चरेमा आगामी असोज १७ गतेदेखि आयोजना हुने ’तेस्रो पथरी शनिश्चरे गोल्डकप’ फुटबल प्रतियोगिताको तयारी ७५ प्रतिशत पूरा भई अन्तिम चरणमा पुगेको छ ।  पथरी–११ फुटबल क्लबको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन खेलमैदान व्यवस्थापन, घाँस काट्ने, सम्याउने तथा दर्शकका लागि अस्थायी प्यारापिट निर्माणको कामलाई तीव्र पारिएको हो।   आयोजक क्लबका अध्यक्ष सुमन विकका अनुसार दैनिक ३ देखि ५ हजारसम्म दर्शकले खेलको प्रत्यक्ष अवलोकन गर्न सक्ने अनुमान गरिएको छ। प्रतियोगितामा आयोजक पथरी–११, भारतको युनाइटेड कुर्सेओङ फुटबल क्लब, ललितपुरको थ्री स्टार क्ल

    • प्रकाशित मितिः असोज ११, २०८३
    • ३३७ पटक पढिएको
  • दीपेन्द्र धिमालको भावपूर्ण अन्त्येष्टिः हजारौँ मलामीको उपस्थितिमा जातीय परम्पराअनुसार अन्तिम संस्कार

    इटहरी । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य तथा पूर्वराष्ट्रिय फुटबल खेलाडी दीपेन्द्र धिमालको शनिबार अन्त्येष्टि गरिएको छ । पेटको क्यान्सरका कारण ५९ वर्षको उमेरमा निधन हुनुभएका धिमाललाई अन्तिम बिदाइ गर्न मोरङको उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयको खेलमैदानमा विशेष श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो । धिमालले आफ्नो खेलजीवनको सुरुवात गर्नुभएको सोही ऐतिहासिक मैदानमा पार्थिव शरीरलाई परिक्रमा गराएपछि अन्तिम यात्राका लागि अघि बढाइएको थियो। उक्त श्रद्धाञ्जली सभामा कोशी प्रदेशसभा सदस्यहरू भीम पराजुली, विद्या चाम्लिङ र शोभा चेम्जोङ पालुङ्वा, उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रस

    • प्रकाशित मितिः असोज १०, २०८३
    • १२५ पटक पढिएको
  • धनकुटामा तीन विधाको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, विजेताहरू पुरस्कृत

    इटहरी । शटल धनकुटा स्पोट्र्स क्लबको आयोजनामा धनकुटामा सञ्चालित तीन विधाको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता अन्तर्गत प्रदेशस्तरीय ‘बी लेभल’ पुरुष डबल्सको उपाधि प्रतिक विष्ट र कर्ण तामाङको जोडीले जितेको छ। उनीहरूले सञ्जोकहाङ लिम्बू र प्रकाश राईको जोडीलाई सोझो सेटमा पराजित गरे। यस विधामा अनमोल बुर्जा मगर र उत्सब उप्रेती तथा विशाल पराजुली र रोमिन राईको जोडी तेस्रो भएका छन्। यस्तै, राष्ट्रियस्तरीय भेट्रान्सतर्फ शिखर श्रेष्ठ र इन्द्रकुमार योङहाङको जोडीलाई पराजित गर्दै गणेश राई र दिपक आङ्दाम्बेको जोडीले उपाधि हात पारेको छ। यस विधामा मनोज लिम्बू र विजेन प्रधान तथा राम योञ्जन र श्रवण

    • प्रकाशित मितिः असोज ५, २०८३
    • ९८ पटक पढिएको
  • कानेपोखरीमा ‘जिल्लास्तरीय प्रथम वडा अध्यक्ष कप’ तेक्वान्दो आयोजना हुने

    इटहरी । मोरङको कानेपोखरीमा आगामी कात्तिक १३ र १४ गते ‘जिल्लास्तरीय प्रथम वडा अध्यक्ष कप’ तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ। मोरङ सीएचआईटीएफ तेक्वान्दो संघले शनिबार कानेपोखरीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे औपचारिक जानकारी दिएको हो। कानेपोखरी गाउँपालिका–६ स्थित जनसेवा माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना हुने प्रतियोगितामा कोशी प्रदेशका तीन जिल्लाका खेलाडीहरूको सहभागिता रहनेछ। संघका अध्यक्ष विधानन्द चौधरीका अनुसार स्वास्थ्य, अनुशासन र आत्मरक्षाका लागि खेलकुदको विकास गर्दै स्थानीयस्तरबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। दुईदिने प्रत

    • प्रकाशित मितिः असोज ४, २०८३
    • १३३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]