समाज

    Showing १-१० of ११,१३० items.
  • शम्भुको सर्प संसार

    इटहरी। विराटनगरका नगर प्रहरी सहायक निरीक्षक शम्भु घिमिरेले पछिल्लो अढाई वर्षमा १,३४० भन्दा बढी सर्पको उद्धार गरेका छन्।सर्प उद्धारका क्रममा एक खतरनाक ‘मनोकल्ड स्पिटिङ कोब्रा’ले अनुहारमा विष फाल्दा गम्भीर घाइते भएका घिमिरे २८ घण्टा अस्पतालमा उपचाररत रहे। घिमिरेको सक्रियता र सचेतनाका कारण विराटनगरमा सर्पदंशबाट हुने मृत्युदर लगभग शून्यमा झरेको छ। विराटनगर । विराटनगर सहर र आसपासका बस्तीहरू मग्न निद्रामा रहँदा विराटनगर महानगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक शम्भु घिमिरे भने जागैजस्तै हुन्छन् ।उनको सिरानीमै रहेको मोबाइलका लागि कुनै पनि समय ‘असमय’ हुँदैन । मध्यरातमा फोन आउँछ । त्यसपछि उनी

    • प्रकाशित मितिः कार्तिक ३, २०८३
    • ७६ पटक पढिएको
  • रातोमाटो र कमेरोको ठाउँमा चुन र इनामेल

    इटहरी स् दसैँ–तिहार नजिकिएसँगै कुनै समय गाउँघरमा रातोमाटो र कमेरो खोज्ने चटारो सुरु हुन्थ्यो। चाडपर्व आउनुभन्दा सातादिन अघिदेखि नै गाउँका युवा माटो खोज्न टाढाटाढासम्म पुग्थे। कोही माटो खन्ने, कोही बोकेर ल्याउने त कोही घरघरमा पुर्‍याउने काममा जुट्थे।घरका भित्ता, पिँढी र आँगन लिपपोत गर्न बालबालिकादेखि वृद्धवृद्धासम्म सक्रिय हुन्थे। तर अहिले गाउँघरमा यो दृश्य विरलै देखिन्छ। रातोमाटो र कमेरोले सजिने घरको ठाउँ आधुनिक रङले लिन थालेका छन्। पाँचथरको तुम्बेवा गाउँपालिका–२, मौवाका ८८ वर्षीय हर्कध्वोज लावतीका लागि रातोमाटो र कमेरोले घर सजाउने चलन बितेको समयको सम्झना बनेको छ।दसैँ–तिहारअघि घर सफा गरेर

    • प्रकाशित मितिः कार्तिक ३, २०८३
    • ६३ पटक पढिएको
  • झापामा कटुवा पेस्तोलसहित लिम्बु पक्राउ

    इटहरी स् झापाको भद्रपुरबाट प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका–५ घर भई हाल भद्रपुर नगरपालिका–६, वधशालास्थित साजन होटल सञ्चालन गर्दै आएका ४४ वर्षीय मनकुमार लिम्बु छन्। लिम्बुको साथमा हतियार रहेको गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उनको कोठामा खानतलासी गरेको थियो।खानतलासीका क्रममा लिम्बु सुत्ने खाटमुनि लुकाइछिपाइ राखेको अवस्थामा एक थान कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

    • प्रकाशित मितिः कार्तिक ३, २०८३
    • ६२ पटक पढिएको
  • मानव अधिकार तथा शान्ति समाज झापाको नेतृत्वमा मोहन अधिकारी

    इटहरी स् मानव अधिकारको संरक्षण र सामाजिक न्यायका पक्षमा क्रियाशील मानव अधिकार तथा शान्ति समाजको झापा शाखाको नेतृत्व मोहन अधिकारीले पाएका छन्।सम्पन्न शाखाको साधारण सभाले अधिकारीको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको हो। नवनिर्वाचित समितिको उपसभापतिमा हिमा लुइटेल, सचिवमा प्रेमप्रकाश भण्डारी, सहसचिवमा राकेशप्रसाद शाह र कोषाध्यक्षमा निर्मला रिमाल चयन भएका छन्।त्यसैगरी, सदस्यमा लक्षेन्द्र यादव, रञ्जिता पुरी दाहाल, रेणुका कुँवर, हरिप्रसाद रिमाल, लक्ष्मी परियार र दिवाकर बराल चयन भएका छन्। समितिमा थप चार सदस्य मनोनयन गरिने जनाइएको छ। सभाले प्रकाश दाहाल, रमेशकुमार दाहाल र खड्गकुमारी तिम्सिन

    • प्रकाशित मितिः कार्तिक ३, २०८३
    • ६९ पटक पढिएको
  • दुहबीमा एम्बुलेन्सबाट ५७४ किलो गाँजा बरामद

    इटहरी स् सुनसरीको दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा बढी गाँजासहित एउटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार राति करिब १२ः३० बजे कोशी राजमार्ग हुँदै इटहरीबाट विराटनगरतर्फ नम्बर नखुलेको एम्बुलेन्समा गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले खोजतलास सुरु गरेको थियो।खोजतलासका क्रममा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले बूढी खोलाको किनारमा एम्बुलेन्सलाई बेवारिसे अवस्थामा फेला पारेको थियो। एम्बुलेन्स जाँच गर्दा ५७४ किलो ८७० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ। बरामद गाँजा र एम्बुलेन्स नियन्त्

    • प्रकाशित मितिः कार्तिक ३, २०८३
    • ४५ पटक पढिएको
  • मोरङमा मोटरसाइकलको ठक्करबाट पुरुषको मृत्यु, तीन घाइते

    इटहरी स् मोरङको धनपालथान गाउँपालिका–३ स्थित भित्री सडकमा मोटरसाइकलको ठक्करबाट घाइते एकको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा एक बालकसहित तीन जना घाइते भएका छन्।२०८३ असोज ३० गते साँझ भारतीय नम्बर प्लेटको बीआर ३८ एएच ०३६६ नम्बरको मोटरसाइकलले बाटो छेउमा बसिरहेका मानिसलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा धनपालथान–३ की ४० वर्षीया प्रीति चन्द राजवंशी, उनका करिब चार वर्षीय छोरा राज रिसिदेव र ५५ वर्षीय चाहारु रिसिदेव घाइते भएका थिए। उनीहरूलाई रंगेली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको थियो।घाइते प्रीति चन्द राजवंशीको विराटनगरस्थित जीवन विकास अस्प

    • प्रकाशित मितिः कार्तिक ३, २०८३
    • ४० पटक पढिएको
  • सतिघाटको फेरीु

    इटहरी। भोजपुरको षडानन्द नगरपालिका र सङ्खुवासभाको खाँदबारी नगरपालिकाको सिमानामा पर्ने अरुण नदीको सतिघाटमा फेरीमार्फत सवारीसाधन वारपार गराइँदै।बर्सातका कारण गत जेठदेखि बन्द रहेको फेरी सेवा दसैँ–तिहारलाई लक्षित गरी बुधबारदेखि पुनः सञ्चालनमा आएपछि भोजपुरको उत्तरी क्षेत्रका नागरिकलाई आवतजावत तथा दैनिक उपभोग्य वस्तुको ओसारपसारमा सहज भएको छ।  सतिघाटमा पक्की पुल नहुँदा स्थानीयवासी वर्षेनि फेरी सेवामा निर्भर हुँदै आएका छन्।

    • प्रकाशित मितिः कार्तिक ३, २०८३
    • ५४ पटक पढिएको
  • सप्तकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता युवा मृत फेला

    इटहरी स् सुनसरीको बराहक्षेत्र नगरपालिका–१० स्थित च्यानडाँडा नोजमा सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका २३ वर्षीय युवा मृत फेला परेका छन्।बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचाप निवासी ओसन कोइराला आइतबार साँझ करिब ५ः२० बजे नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। बेपत्ता कोइरालाको खोजी गर्ने क्रममा सोमबार बिहान गोताखोर टोलीले नदीबाट मृत अवस्थामा निकालेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताए।मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा पठाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगर, चक्रघट्टीले जनाएको छ।

    • प्रकाशित मितिः कार्तिक ३, २०८३
    • ३७ पटक पढिएको
  • विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

    इटहरी स् विराट सुपर लिगको उपाधि बिराट र्‍याप्टर्सले जितेको छ । बिहीबार भएको रोमाञ्चक फाइनलमा र्‍याप्टर्सले पेनाल्टी सुटआउटमा ९औँ ब्याचलाई ४–३ गोलले पराजित गर्दै उपाधि जितेको हो ।निर्धारित समयमा दुवै टोलीबीच निर्णायक नतिजा ननिस्किएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । सुटआउटमा उत्कृष्ट प्रदर्शन गरेको र्‍याप्टर्सले एक गोलको अन्तरले जित निकाल्यो । लिग चरणका सबै खेलमा अपराजित रहेको र्‍याप्टर्सले अघिल्लो संस्करणको फाइनलमा व्यहोरेको हारको बदला लिँदै उपाधि उचालेको हो । उपाधिसँगै र्‍याप्टर्सले नगद ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । उपविजेता ९औँ ब्याचले २० हजार रुपैयाँ, प्रमाणपत्र र मेडल

    • प्रकाशित मितिः कार्तिक २, २०८३
    • १७८ पटक पढिएको
  • सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

    इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित अमाहा सामुदायिक वनमा लुकाएर राखिएको कटुवा पेस्तोल र एक राउन्ड गोली प्रहरीले बरामद गरेको छ ।हातहतियार लुकाएर राखिएको विशेष सूचनाका आधारमा शनिबार दिउँसो साढे ३ बजे खटिएको प्रहरी टोलीले वनमा खोजतलास गर्ने क्रममा हतियार फेला पारेको हो ।जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी भरौलबाट संयुक्त रूपमा खटिएको टोलीले सामुदायिक वनभित्र पिठारीको रूखको फेदमा रहेको झ्यासघारीमा लुकाएर राखिएको अवस्थामा कटुवा पेस्तोल एक थान र त्यसमा प्रयोग हुने एक राउन्ड गोली बरामद गरेको प्रहरीले जनाएको छ ।बरामद हतियार र गोली इलाका प्रहरी कार्

    • प्रकाशित मितिः कार्तिक २, २०८३
    • ५२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]