इटहरी । धनकुटा नगरपालिका–५ स्थित तल्लो र माथिल्लो कोप्चेछेउमा साप्ताहिक रूपमा बिहीबारे हटिया लाग्ने गर्छ । हटिया भर्न धनकुटा नगरपालिकालगायत अन्य छिमेकी पालिकाबाट समेत स्थानीय आउने गरेका छन् । हटियामा आउने अधिकांश महिला नै हुने गरेका छन् । धनकुटा नगरपालिका–५ स्थित खनियाँबासकी थाममती राई हरेक बिहीबारे हटिया भर्न आउनुहुन्छ । ११ वर्षको उमेरदेखि हटिया आउन थालेका राई उमेरले ८२ वर्ष पुग्नुभयो । उहाँ आफ्नो करेसाबारीमा सिजन अनुसार उत्पादन हुने दाल, साग, अम्बा, बोडी, सजिवन, सालका पात, दाउरा, फलफूल र अन्नपात बेच्नका लागि हप्तैपिच्छे बिहीबारे हाट पुग्नुहुन्छ । त्यसो त घरबाट ल्याएर बेचेको पैसाले घरखर
इटहरी : जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका लागूऔषध मुद्दाका एक कैदीलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–९ का ३५ वर्षीय भूपाल राई रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले शनिबार राति ११ः५० बजेतिर धरान उपमहानगरपालिका–११ स्थित सगरमाथा टोलबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार राई झुम्का कारागारको लगत नं. ४०६८ तथा मुद्दा नं. ०८१ (सीएल) १३५६ को लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका थिए। उनी २०८२ साल भदौ २४ गते जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका थिए।फरार राईको खोजी गर्ने क्रममा पक्राउ ग
इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित श्रीलंका टापुका स्थानीय पदम राई भन्छन् । विसं २०७४ देखि सपरिवार यहाँ बसोबास गर्दै आएका राईले एक बिघा जमिनमा धान र मकै खेती गर्नुका साथै केही गाई भैँसी पालेर जीविकोपार्जन गर्दै आएका छन् । वर्षभरि दुःख गरेर खेतीपाती गरेर आम्दानी गर्नुभन्दा पनि बर्सेनि नजिकिँदै आएको सप्तकोशीले उनलाई बढी चिन्तित बनाएको छ ।वर्षभरको खेतीपाती र पशुपालनबाट परिवारको गुजारा चल्ने भए पनि प्रत्येक बर्खामा बाढी तथा कटानले सबै मिहिनेत बगाइदिने चिन्ता भने उस्तै रहने गरेको उनी सुनाउँछन् । हरेक वर्ष बर्खा सुरु भएसँगै देशभर बाढी पहिरो र डुबानका घटना दोहोरिन्छन् । अ
इटहरी । फालेलुङ गाउँपालिकामा स्थानीय कला, साहित्य र सङ्गीतको अभिलेख समेटिएका दुईवटा कृति (पुस्तक) विमोचन गरिएको छ । फालेलुङ गाउँपालिका–६ सेमिच्योङ भवनमा आयोजित कार्यक्रममा फालेलुङ वाङ्मय प्रतिष्ठान विद्वतसभाले प्रकाशन गरेको ‘फालेलुङका कला, साहित्य र सङ्गीतकर्मीहरू’ स्रष्टा अभिलेखीकरण पुस्तक र साहित्यकार पूर्ण परिचित जबेगूको गजल सङ्ग्रह ‘शब्दहरूको माङघेन्ना’ विमोचन गरिएको हो । पूर्वमन्त्री तथा कोशी प्रदेशका सांसद कमलप्रसाद जबेगू र फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगू फुङनिमाले संयुक्त रूपमा दुवै कृति विमोचन गर्नुभयो । ‘फालेलुङका कला, साहित्य र सङ्गीतकर्मीहरू’
इटहरी। माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा बेचेर रु तीन लाख १५ हजार हात पार्नुभयो । अदुवाको मुख्य उत्पादन (बच्चा) प्रतिमन ९४० केजी० रु चार हजार ५०० का दरले बिक्री गर्नुभएको हो । “गत वर्ष अदुवाको मूल्य थियो, उत्पादन पनि मनग्य भएकाले आम्दानी पनि प्रशस्त भयो,” उहाँले भन्नुभयो । पाँच रोपनीमा अदुवाखेती गरी ९० मन उत्पादन गर्नुभएका उहाँले २० मन बीउ राखेर बाँकी बेच्नुभयो । उहाँले १२० मन उत्पादन हुने अपेक्षाका साथ यस वर्ष २० मन बीउ रोप्नुभएको छ । उहाँले भन्नुभयो माङसेबुङ–२ का अर्का किसान राजकुमार राईले गत वर्ष अदुवा बेचेर रु दुई लाख बढी आम्दानी गर्नुभयो । पचास
इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न हुन सक्ने आशंकामा साउन २३ गते पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले दिनुभएको जानकारी अनुसार घटनामा संलग्न भएको हुनसक्ने आशंकामा सनिबार पाँच जनालाई पक्राउ गरेको हो । डिजे काण्डदेखि गोलीकाण्डसम्ममा र त्यस पछिल्लो परिस्थितिमा विभिन्न तोडफोडमा संलग्न भएको हुनसक्ने आशंकामा नेपाल–भारत सीमा पार गर्ने क्रममा चार जना र सीमावर्ती क्षेत्रमा लुकिछिपि बसेका एक जनालाई पक्राउ गरि सोधपुछ र अनुशंधान प्रारम्भ गरेको जानकारी दिनु भएको छ ।यस्तै, घटनामा
सङ्खुवासभा । सङ्खुवासभाको सदरमुकाम नजिकै ड्रोन क्यामराबाट देखिएको खाँदबारी नगरपालिका-९ स्थित तुम्लिङटार विमानस्थल, अरुण नदी तथा आसपासको अरुण उपत्यका ।अरुण उपत्यका समुद्री सहतबाट ४५७ मिटर उचाइमा अवस्थित छ।
ताप्लेजुङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासी परिवारहरूलाई निस्सा वितरण गरेको छ । जग्गा व्यवस्थापन प्रक्रियाअन्तर्गत गाउँपालिकाले १ सय ८ घरपरिवारलाई निस्सा वितरण गरेको हो । गाउँपालिकामा १ सय २० जनाले आवेदन फाराम भरेका थिए । तीमध्ये १२ घरपरिवारको कागजी तथा प्राविधिक प्रक्रिया पूरा नभएकाले हाल १ सय ८ घरपरिवारलाई सामूहिक रूपमा निस्सा प्रदान गरिएको गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन) जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं। १ निगुरादिनमा ११ भूमिहीन सुकुम्बासी र १ अव्यवस्थित बसोवासी, वडा २ फुलवारीमा २६ भूमिहीन सुकुम्बासी र ५ अव्यवस्थित, वडा
इटहरी । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) कोशी प्रदेशको आयोजनामा अङ्ग्रेजी भाषा शिक्षणलाई थप प्रभावकारी, सरल र गुणस्तरीय बनाउने उद्देश्यका साथ विराटचोकस्थित उद्योग वाणिज्य संघको सभाहलमा एक दिवसीय ‘फोनिक्स ध्वनि प्रशिक्षण’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नेशनल प्याब्सन कोशी प्रदेशका अध्यक्ष कमल खनालको अध्यक्षतामा सञ्चालन भएको थियो। उक्त समारोहमा सुन्दरहरैंचा नगरपालिकाकी नगर उपप्रमुख अकलि चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने नेशनल प्याब्सनका केन्द्रीय सदस्य नारायण ढकाल विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। तालिममा मुख्य प्रशिक्षक राजेन्द्र
इटहरी — रोट्रयाक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापन कार्यक्रम इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न भएको छ। कार्यक्रममा निवर्तमान अध्यक्ष शीतल धितालले नवनियुक्त अध्यक्ष अनुप्रास बिष्टलाई अध्यक्षको पदभार हस्तान्तरण गरेका छन्।कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट गवर्नर नोमिनी रोटरियन अमित गिरी रहेका थिए। विशेष अतिथिका रूपमा जेडआरआर प्रेम पारख, ब्रह्माकुमारी राजयोग इटहरीकी प्रमुख शारदा दिदी, रोटरी क्लब अफ इटहरीका अध्यक्ष चेतन धमला, रोटरी क्लब अफ इटहरीका पूर्वअध्यक्षहरू,रोट्रयाक्ट क्लब अफ इटहरीका पूर्वअध्यक्षहरू, विभिन्न रोट्र्याक्ट क्लबका अध्यक्षहरू तथा स्थानीय समाजसेवी र बुद्धिजीवीह
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.