इटहरी / जनता बहुमुखी क्याम्पसको कक्षा १२ इकाई समितिले कक्षा ११ मा अध्ययन गर्न आएका नवआगन्तुक विद्यार्थीहरूको सम्मानमा स्वागत तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।कार्यक्रमका प्रमुख अतिथि अखिल (क्रान्तिकारी) का वर्तमान अध्यक्ष नवीन दाहाल रहेका थिए। विशेष अतिथिहरूमा जनता क्याम्पसका सहायक क्याम्पस प्रमुख इन्द्र प्याकुरेल र +2 इनचार्ज उपेन्द्र राई रहनुभएको थियो। त्यसैगरी, कार्यक्रममा क्याम्पसका प्राध्यापक, शिक्षकगण, अखिल क्रान्तिकारी जनता क्याम्पस कमिटीका अध्यक्ष सुवास खत्री, ईटहरी नगर कमिटीका अध्यक्ष सुगम सुवेदीलगायत अन्य पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।कार्यक्रममा विद्यार्थीहरूले
झापा । झापाको दमकमा भ्यू टावरको आइतबार उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको डिम प्रोजेक्टको रुपमा रहेको उक्त टावर ओलीकै प्रमुख आतिथ्यतामा उद्घाटन भएको हो ।दमक नगरपालिका–३ दापगाछी स्थित दमक व्यापारिक कम्प्लेक्सको उद्घाटनसँगै सन्चालनमा आएको छ । मुख्य बजार क्षेत्रबाट चार किमी दूरीमा पर्ने सो १८ तले कम्प्लेक्स एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा निर्माण भएको हो ।कूल चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा छ । भव्य जनसहभागितामा भएको उद्घाटन कार्यक्रममा प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं
विाटनगर/ कम्युनिष्ट आन्दोलनका सुरुवाती समयका अग्रणी व्यक्तिहरुको खोजी गरि इतिहास प्रकाशन गरिने भएको छ । बिहिबार नेकपा (एमाले) कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागको पहिलो बैठकले प्रदेशभरीका न्युनतम ५० जना अगुवाहरुको इतिहास लेखन तथा प्रकाशन गर्ने लगायतका विभिन्न निर्णयहरु गरेको छ । कम्युनिष्ट पार्टी स्थापना पछि असहज अवस्थामा पार्टी निर्माण र समाज रुपान्तरणको आन्दोलनमा भूमिका निर्वाह गरेर योगदान गरेका तर पार्टी नेतृत्वमा नदेखिएका, राजकीय र लाभको पदमा कहिल्यै नगएका गुमनाम योद्धाहरुको खोजी गरि दस्तावेज प्रकाशन गर्न लागिएको प्रचार विभागका प्रमुख लक्ष्मण तिवारीले जानकारी गराउनुभयो ।
इटहरी । कोशी प्रदेशमा स्वीस सरकारको सहयोगमा पदमार्गमा आधारित पर्यटन विकास परियोजना शुरु गरिएको छ । बिराटनगरमा आइतवार आयोजित एक कार्यक्रमका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्र्की र नेपालका लागि स्वीस राजदुत डा. डानियेल म्युवलीले संयुक्त रुपमा पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको शुभारम्भ गर्नुभएको हो । स्थानीय संस्कृतिको संरक्षण र प्रवद्र्धनका साथै पर्यटनको माध्यमबाट आयआर्जन र रोजगारी सिर्जना गर्ने उद्देश्यले शुरु गरिएको यो परियोजना अन्र्तर्गत करिब ४ सय किलोमिटरको ४ वटा पदमार्गमा पूर्वाधार निर्माण तथा पुनर्निर्माण गरिने बताइएको छ । नेपाल सरकारको १९ करोड ९२ लाख, कोशी प्रदेश सरक
इटहरी । भुवाराम सुतार कार्की स्मृति प्रतिष्ठानद्वारा शुक्रबार बराहक्षेत्रस्थित कोकाह र कोशी नदीको संगमस्थलमा सामूहिक त्रिपिण्डी श्राद्ध र लाख बत्ति प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ ।कार्यक्रममा भुवाराम सुतार कार्कीका ३ सय भन्दा बढी परिवारका सदस्यहरूको सहभागिता थियो । स्मृति प्रतिष्ठानले पितृ प्रति श्रद्धा प्रकट गर्दै सन्तानहरूलाई एकीकृत गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरेको हो । सामूहिक त्रिपिण्डी श्राद्धको माध्यमबाट पितृ प्रति कृतज्ञता व्यक्त गरिनुका साथै लाखबत्ति प्रज्वलन गरी धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गरिएको भुवाराम सुतार कार्की स्मृति प्रतिष्ठानका सल्लाहकार मदन सुतार क
सुनसरी— इटहरीमा आयोजित कोशी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। चन्द्रमा तेक्वान्दो डोजाङको आयोजनामा गत शुक्रबारदेखि सुरु भएको यस प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाबाट ४ सयभन्दा बढी खेलाडीहरूले उत्साहजनक सहभागिता जनाएका थिए।प्रतियोगितामा चन्द्रमा तेक्वान्दो डोजाङले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गर्यो। यस टिमले १५ हजार रुपैयाँ नगद पुरस्कारका साथै ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्यो। दोस्रो स्थान राजदेवी तेक्वान्दो डोजाङ इटहरीले पाएको छ, जसले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो। तेस्रो स्थानमा पाथीभरा तेक्वान्दो डोजाङ इटहरीले ५ हजार रुपै
इटहरी / इटहरी वडा नं. १ मा एक दिने निःशुल्क आँखा शिविरबाट १ सय २६ जना बढीले जनाले सेवा लिएका छन् ।लायन्स क्लव अफ ईटहरी स्मार्टसिटी र वडा नं. १ कार्यालयको सहकार्यमा आयोजित यस शिविरमा रामलाल गोल्छा आई हस्पिटल फाउण्डेशन विराटनगरका दक्ष चिकित्सकहरूको टोलीद्वारा आँखा सम्बन्धी विभिन्न सेवाहरू प्रदान गरिनेछ। आँखा शिविरबाट १ सय २६ जना बढीले सेवा लिएका छन् ।स्थानियवासीहरूलाई आफ्नो आँखा जाँच गराउन र शिविरमा प्रदान गरिने सेवाहरूको लाभ उठाउन कार्यक्रम आयोजना गरिएको लायन्स क्लव अफ ईटहरी स्मार्टसिटीका अध्यक्ष शिव प्रसाद भट्टराईले बताउनुभयो ।कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा नम्बर १ का
बराहक्षेत्र | बराहक्षेत्र नगरपालिका वडा-१० मा रहेको रामधुनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आफ्नो २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। यस सहकारी संस्थाको बिगत आर्थिक बर्षको वार्षिक कारोबार ,लेखा र लेखा प्रतिबेदन समेतको अध्ययनपबाट आर्थिक बर्ष २०८०/०८१ को आयकर अघिको खुद नाफा रु .१,५५,७१,७१५।६५ संस्थाले आर्जन गर्न सफल भएको छ । आर्थिक बर्ष २०८१/०८२ को मोटामोटि अनुमानीत बचत रु. १,५५,०२,५९८।०४ रहेकोे वार्षिक प्रतिबेदनले देखाएको छ । यस सहकारीको २७औं वार्षिक साधारणसभाको अवसरमा मासिक बचत तर्फ उत्कृष्ट सेयर सदस्य जम्मा ३४ जना सेयर सदस्यहरुलाई पुरस्कार तथा संमान गरेको छ भने उधमी संमान तर्फ ५
इटहरी । पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा मन्दिरमा सङ्कलन भएका पुराना घण्टी बिक्री प्रक्रिया स्थगित गरिएको छ । घण्टी बिक्रीको विषयलाई लिएर विभिन्न टिप्पणी आएपछि समितिले घण्टी बिक्री प्रक्रिया स्थगन गरेको हो । समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले भक्तजन, बुद्धिजीवी, सरोकारवाला र समुदायबाट प्राप्त सुझावका आधारमा घण्टी लिलामी रोक्ने निर्णय गरिएको जानकारी दिनुभयो । लिलामी प्रक्रिया स्थगित भए पनि यसबारे थप निर्णय आउँदो बैठकमा गरिने समितिले विज्ञप्तिमार्फत जनाएको छ । समितिले यही मङ्सिर १४ गते गोखखापत्र दैनिक पत्रिकामा पुराना घण्टी लिलामी बिक्रीका लागि सर्वजनिक सूचना प्रकाशित गरेको थि
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाले नेपाली कांग्रेस र नेकपा एमालेको वर्तमान गठबन्धन सरकारले राम्रो काम गरिरहेको बताउनुभएको छ । शनिबार विराटनगरमा नेपाली कांग्रेस कोशीको प्रथम प्रदेश सम्मेलनको उद्घाटन गर्दै सभापति देउबाले राजनैतिक स्थायीत्व र सरकारको स्थिरताका लागि वर्तमान गठबन्धन बनाइएकाले यसलाई २०८४ सम्म निरन्तरता दिइने समेत बताउनुभयो । उहाले नेपालले कुनै पनि मुलुक संग ऋण लिन नहुने जिकिर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा कुनै ऋण सम्झौता नगरेकोमा धन्यवाद समेत दिनुभयो । सभापति देउबाले वडा वडामा पार्टीको संगठन निर्माण गर्न कार्यकर्ताहरुलाई निर्देशन दिदै प्रदेश सम्मेलन
Copyright © 2021/2024 - Koshi Press - All Rights Reserved.