All Posts By कोशी प्रेस

    Showing १-१० of १२,६८८ items.
  • बजाजले नेपालमा चेतक C2501 र C3503 सार्वजनिक गर्दै विद्युतीय सवारीको पोर्टफोलियो विस्तार गर्‍यो

    इटहरी । बजाज अटो लिमिटेडले नेपालमा आफ्नो विद्युतीय सवारीको पोर्टफोलियो विस्तार गर्दै चेतक इलेक्ट्रिक स्कुटरका दुई नयाँ मोडल चेतक C2501 र चेतक C3503 सार्वजनिक गरेको छ।बजाजका दुईपांग्रे सवारीसाधनको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडसँगको सहकार्यमा इटहरीको अटोसिटी, मिलनचोकमा आयोजित कार्यक्रममा यी दुई मोडल सार्वजनिक गरिएको हो।नयाँ मोडलले नेपालमा दिगो, आकर्षक तथा उत्कृष्ट प्रदर्शनयुक्त सहरी मोबिलिटीलाई थप विस्तार गर्ने बजाजको प्रतिबद्धतालाई बलियो बनाउने कम्पनीले जनाएको छ।चेतक C2501 पूर्ण मेटल बडीसहित तयार गरिएको स्कुटर हो। २.५ किलोवाटआवर लिथियम–आयन ब्याट्रीबाट सञ्चालन

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • ५२ पटक पढिएको
  • पथरी शनिश्चरेमा लागुऔषधविरुद्ध महाअभियान सुरुः सामूहिक प्रयासमा जोड

    इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा लागुऔषध तथा दुव्र्यसनविरुद्धको महाअभियान सुरु गरिएको छ। सिन भिलेज पार्टी प्यालेसमा आयोजित कार्यक्रममा नगरप्रमुख मोहनप्रसाद तुम्वापो र प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले संयुक्त रूपमा दीप प्रज्वलन गरी अभियानको उद्घाटन गर्नुभएको हो। कार्यक्रममा बोल्दै नगरप्रमुख तुम्वापोले लागुऔषध दुव्र्यसन वर्तमान समयको एक जटिल समस्या बनेको बताउनुभयो। यसले समाजको तल्लो तहसम्म असर पारिरहेको उल्लेख गर्दै उहाँले समस्या नियन्त्रणका लागि सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो। प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले लागुऔषध विरुद्धको यो अभियानलाई थप प्रभावकारी बनाइने बताउनु

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • ३८ पटक पढिएको
  • बजाजले नेपालमा चेतक सी २५०१ र सी ३५०३ सार्वजनिक गर्दै विद्युतीय सवारीको पोर्टफोलियो विस्तार ग¥यो

    इटहरी । बजाज अटो लिमिटेडले नेपालमा आफ्नो विद्युतीय सवारीको पोर्टफोलियो विस्तार गर्दै चेतक इलेक्ट्रिक स्कुटरका दुई नयाँ मोडल चेतक सी २५०१ र चेतक  सी ३५०३ सार्वजनिक गरेको छ।बजाजका दुईपांग्रे सवारी साधनको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडसँगको सहकार्यमा इटहरीको अटोसिटी, मिलनचोकमा आयोजित कार्यक्रममा यी दुई मोडल सार्वजनिक गरिएको हो । नयाँ मोडलले नेपालमा दिगो, आकर्षक तथा उत्कृष्ट प्रदर्शन युक्त सहरी मोबिलिटीलाई थप विस्तार गर्ने बजाजको प्रतिबद्धतालाई बलियो बनाउने बजाज शो रुम इटहरीका सञ्चालक जयन्त सन्थलियाले बताउनुभयो । चेतक सी २५०१ पूर्ण मेटल बडी सहित तयार गरिएको स

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • ४२ पटक पढिएको
  • इटहरीमा टिभिएसको ‘अपग्रेड हुनेलाई आफ्नै डील मेलामा ग्राहकको उल्लासमय उपस्थिति

    इटहरी । इटहरीस्थित टिभिएसको आधिकारिक विक्रेता पारस अटोमोबाइल्समा  टिभिएसकामा अपग्रेड हुनलेलाई आफ्नै डील विशेष एक्सचेन्ज मेला सञ्चालन भइरहेको छ। मेलामा ग्राहकहरूको उल्लासमय सहभागितासँगै सवारीसाधन बिक्री वितरण भइरहेको छ। भदौ ७ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने मेलामा ग्राहकले आफ्ना पुराना मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गरी नयाँ टिभिएस मोटरसाइकल तथा स्कुटर खरिद गरिरहेका छन्। मेलामा पुरानो सवारीसाधनको उच्च मूल्यांकन, आकर्षक नगद छुट तथा सहज फाइनान्स सुविधा उपलब्ध गराइएको छ। मेलाको चौथो दिनसम्ममा २० वटा भन्दा बढी टिभिएस सवारीसाधन बिक्री भइसकेको पारस अटोमोबाइल्सले जनाएको छ। मेलाअन्तर्गत फाइना

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • ३५ पटक पढिएको
  • इटहरीस्थित तिरुपती अटोे सिटीद्वारा तीज विशेष कार्यक्रम सम्पन्न

    इटहरी । आउँदै गरेको नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा इटहरीस्थित तिरुपती अटो सिटीले तीज विशेष कार्यक्रम आयोजना गरेको छ । नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको संरक्षणसँगै महिला दिदीबहिनीबीच आत्मीयता र मनोरञ्जन आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा विभिन्न संघ–संस्था तथा सामाजिक क्षेत्रमा आबद्ध महिला प्रतिनिधि, स्थानीय महिला तथा स्कुटर पारखीहरूको उत्साहजनक सहभागिता रहेको थियो। तीजको अवसरमा आयोजित कार्यक्रममा सहभागी महिलाहरूले आपसमा शुभकामना आदानप्रदान गर्दै नाचगान तथा मनोरञ्जन समेत गरेका थिए। कार्यक्रममा चर्चित लोकदोहोरी गायिका गंगा गौतम आचार

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • ४७ पटक पढिएको
  • भन्सार एजेन्टको ‘पेन डाउन’ आन्दोलन फिर्ता, जोगबनी नाकाबाट आयात–निर्यात सुचारु

    इटहरी । जोगबनी भन्सारका क्लियरिङ एजेन्टहरूले भदौ ८ गतेदेखि सुरु गरेको ‘पेन डाउन’ आन्दोलन फिर्ता लिएसँगै बुधबारदेखि जोगबनी नाकाबाट आयात–निर्यात पुनः सुचारु भएको छ ।ल्यान्ड पोर्ट अफ इन्डिया (एलपीआई) र भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग सम्बन्धित विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका एजेन्टहरू उद्योग संगठन मोरङको पहलमा भएको वार्तापछि काममा फर्किएका हुन्। उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीको नेतृत्वमा गएको टोली र सम्बन्धित भारतीय निकायबीच भएको छलफलपछि सीमा नाकाबाट हुने व्यापार सामान्य अवस्थामा फर्किएको हो । वार्ताका क्रममा अध्यक्ष राठीले आन्दोलनका कारण ७ सयभन्दा बढी मालवाहक ट्रक सीमामा रोक

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • ८८ पटक पढिएको
  • बरुण नदीमा जलविद्युत आयोजना रोक्न जिससले पठायो प्रधानमन्त्री कार्यालयमा पत्र

    इटहरी। सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्याक्सिलास्थित मकालु–बरुण राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रभित्र पर्ने बरुण नदीमा जलविद्युत आयोजना निर्माण नगर्न जिल्ला समन्वय समितिले आग्रह गरेको छ।समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाउँदै १३२ मेगावाट क्षमताको तल्लो बरुण खोला जलविद्युत आयोजना निर्माणको अनुमति नदिन आग्रह गरेको हो। जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले बरुण नदी धार्मिक तथा सांस्कृतिक आस्थाको महत्वपूर्ण केन्द्र भएकाले यसको संरक्षण आवश्यक रहेको बताउनुभएको छ। भोटखोला गाउँपालिकाको १३औँ कार्यपालिका बैठकले समेत वडा नम्बर ४ मा पर्ने बरुण नदीलाई धार्मिक सम्पदाका

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • ६२ पटक पढिएको
  • ओखलढुंगाको चार्खुमा आगलागी हुँदा दुई घर जलेर नष्ट, २६ लाख बराबरको क्षति

    इटहरी । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मंगलबार साँझ विद्युत् सर्ट भएर आगलागी हुँदा दुई घर जलेर पूर्ण रूपमा नष्ट भएको छ ।स्थानीय कोटमाया कार्कीको ढुङ्गामाटोको गारो र खरको छानो भएको दुईतले घरमा बिजुलीको तार सर्ट भएर आगलागी भएको थियो ।उक्त आगो फैलिएर उनकी बुहारी ज्ञानकुमारी कार्कीको दुईतले घरमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखरकुमार साहले जानकारी दिए । आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, सिद्धिचरण नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा तीन घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीबाट कोटमाया कार्कीको घरसँगै अन्नपात, भाँडाबर्तन, लत्ताकपडा, एक तोला सुनजस्तो

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • ३४ पटक पढिएको
  • झापा जिल्ला अदालतबाट ३ वर्ष कैदको फैसला, मोरङमा लुकेर बसेका राजवंशी पक्राउ

    इटहरी  :  झापा जिल्ला अदालतबाट कैद तोकिए पनि सजाय भुक्तान नगरिकन फरार रहेका एक व्यक्तिलाई मोरङमा प्रहरीले पक्राउ गरेको छ । मोरङको कानेपोखरी गाउँपालिका–५ का ४४ वर्षीय सुरेन्द्रप्रसाद राजवंशीलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो । सवारी अंगभंग मुद्दामा दोषी ठहर भई कैद सजाय तोकिएका उनी लामो समयदेखि फरार रहँदै आएका थिए ।मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार राजवंशीलाई साँझ करिब ७ बजेतिर कानेपोखरी–५ स्थित आफ्नै घरबाट नियन्त्रणमा लिइएको हो । पक्राउपछि उनलाई अड्डासार गरी झापा लगिएको छ ।  झापा जिल्ला अदालतले २०८१ साल पुस १६ गते राजवंशीलाई सवारी अंगभंग मुद्दामा दोषी ठहर ग

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • ३१ पटक पढिएको
  • सुनसरीमा साइकल सिक्ने क्रममा लडेका युवकको घटनास्थलमै मृत्यु

    इटहरी : सुनसरीको बराहक्षेत्रमा साइकल चलाउन सिक्ने क्रममा लड्दा एक युवकको मृत्यु भएको छ।बराहक्षेत्र नगरपालिका–१० का करिब २३ वर्षीय खगेन्द्र दर्नाल आफ्नै घरको आँगनमा साइकल चलाउने क्रममा मंगलबार साँझ अचानक लडेका थिए। प्रहरीका अनुसार साँझ करिब ५ः३० बजे भएको घटनामा साइकलको पाइडलको फलामे चुच्चो भाग उनको छातीको बायाँतर्फ घुसेको थियो। गम्भीर चोट लागेका दर्नालको घटनास्थलमै मृत्यु भएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए।घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा पठाए

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • २६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]