इटहरी। प्रदेशहरूबीच प्रतिस्पर्धाभन्दा आर्थिक सहकार्यलाई प्राथमिकता दिँदै एउटा प्रदेशको उत्पादन अर्को प्रदेशको बजार बन्ने गरी सातै प्रदेशलाई एउटै आर्थिक सञ्जालमा जोड्ने प्रस्ताव अघि सारिएको छ ।विराटनगरमा मंगलबारदेखि सुरु भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा प्रस्तुत दुई कार्यपत्रले प्रदेशका आर्थिक सम्भावनालाई एकअर्कासँग जोडेर उत्पादन, प्रशोधन, बजारीकरण र निर्यातलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन् । पूर्वराष्ट्रिय सभा सदस्य तथा संघीयताविद् डा। खिमलाल देवकोटा र अनुसन्धानकर्ता डा। दिपेश घिमिरेले प्रदेशहरूबीच साझा पूर्वाधार निर्माण, स्रोतको उपयोग र आर्थिक साझेदारी विस्तार गर्नुपर्ने प्रस
इटहरी। सुनसरीको देवानगन्जमा प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट ५७ किलो गाँजा बरामद गरेको छ ।प्रहरीलाई देखेपछि मोटरसाइकल चालक र गाँजा बोकेका व्यक्ति फरार भएका छन् । देवानगन्ज गाउँपालिका–४ मेहता टोलबाट मंगलबार राति ५१ किलो र वडा नम्बर ६ स्थित रासी–साहेवगन्ज भित्री सडकखण्डबाट ६ किलो गाँजा बरामद भएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए ।उनका अनुसार इलाका प्रहरी कार्यालय देवानगन्ज र प्रहरी चौकी कप्तानगन्जबाट खटिएको संयुक्त टोलीले राति साढे ८ बजे मेहता टोलमा चेकजाँच गर्ने क्रममा भारततर्फ जाँदै गरेको बीआर ५० एएच १९१३ नम्बरको मोटरसाइकल रोकेको थियो । प्रहरी टोलीलाई देख्नासाथ
इटहरी। अटम सिजन सुरु भएसँगै सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत मनोरम हिमशृङ्खलाहरूको दृश्यावलोकन गर्न आउने पर्यटकको सङ्ख्या बढेसँगै यहाँका पदमार्गमा चहलपहल बढेको हो ।भदौको अन्त्यदेखि छिटफुट रूपमा सुरु भएको पर्यटक आगमन अहिले बाक्लिन थालेको लुक्लाका होटल व्यवसायी तोया श्रेष्ठले बताउनुभयो । हवाईमार्गबाट आउने पर्यटकको सङ्ख्या बढेसँगै तेन्जिङ हिलारी विमानस्थल, लुक्लामा उडानको सङ्ख्या पनि दिनप्रतिदिन बढिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको लुक्लास्थित कार्यालयले जनाएको छ । सीता, तारा, समिट र नेपाल वायुसेवा निगमका उडानमार्फत पर्यटकहरू लुक्ल
इटहरी। ओखलढुङ्गामा सार्वजनिक यातायात सेवालाई व्यवस्थित र यात्रुमैत्री बनाउन जिल्लाका विभिन्न गन्तव्यको भाडादर निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको संयोजकत्वमा यातायात व्यवसायी तथा सरोकारवालाबिच भएको छलफलपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा विभिन्न सडकखण्डको भाडादर निर्धारण गरिएको हो ।निर्धारित भाडादरअनुसार ओखलढुङ्गाबाट मानेभञ्ज्याङ, रुम्जाटार, निशङ्खे, कुइभिर, जन्तरखानी, खिजीदेम्बा, माम्खा, कुन्तादेवी र घोराखोरीलगायतका गन्तव्यमा यात्रा गर्ने यात्रुले तोकिएको भाडादरअनुसार मात्रै भाडा तिर्नुपर्ने व्यवस्था गरिएको छ । यात्रुसँग तोकिएकोभन्द
इटहरी। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा निर्माण गर्न सुरु भएको केबुलकारको काम छ महिनादेखि ठप्प छ । केबुलकारको विषयमा विवाद चुलिँदै गएपछि निर्माणको काम ठप्प भएको हो ।पाथीभरा देवी दर्शन केबुलकार प्रालिले यहाँ केबुलकार निर्माण गर्न सुरु गरेको हो । केबुलकार परियोजनाको पक्ष र विपक्षबिचको विवाद चुलिँदै गएपछि गत वैशाख दोस्रो सातापछि निर्माणको काम रोकिएको हो । केबुलकार परियोजनाको काम निरन्तर गर्न नपाएपछि निर्माण पक्षलाई घाटा भएको छ । केबुलकार परियोजना सञ्चालक समितिका सदस्य रुद्र पौडेलका अनुसार करिब छ महिनादेखि निर्माण रोकिएको छ । सदस्य पौडेलका कुनै बाधा अवरोध नभई निरन्तर काम गर्न पा
इटहरी । इटहरी ब्याडमिन्टन क्लब इटहरी–५, सुनसरीको आयोजनामा ‘इटहरी उपमहानगरपालिका अन्तर सदस्य ब्याडमिन्टन प्रतियोगिता २०८३’ सम्पन्न भएको छ । प्रतियोगितामा क्लबका सदस्यसहित करिब १०० जना खेलाडीको सहभागिता रहेको थियो। क्लबका अध्यक्ष हरि तिम्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री तथा कोशी प्रदेशसभा सदस्य रेवतीरमण भण्डारी प्रमुख अतिथि र पूर्वअध्यक्ष एवं संरक्षक मणिराज गुरुङ विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रमबारे बोल्दै क्लबका अध्यक्ष हरि तिम्सिनाले सदस्यहरूबीचको आपसी सम्बन्ध अझ गाढा बनाउन र खेलकुदप्रतिको रुचिलाई प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। य
इटहरी । मोरङको बुढीगंगा गाउँपालिकाको नवनिर्मित सुविधा सम्पन्न प्रशासनिक भवन सोमबार देखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। गाउँपालिका–५ स्थित ९ कठ्ठा २ धुर क्षेत्रफलमा बनेको उक्त भवनको गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले उद्घाटन गरी प्रशासनिक सेवा सुरु गर्नुभएको हो । भवन उद्घाटन गर्दै अध्यक्ष थापा मगरले आफ्नै आधुनिक भवनबाट सेवा प्रवाह गर्न पाउनु गाउँपालिकाका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो। नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले शिलान्यास गर्नुभएको उक्त आयोजना डा. कोइरालाकै पहलमा सङ्घीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत साझेदारीमा सम्पन्न भएको हो। गाउँपालिका
इटहरी । कोशी प्रदेश सरकारको आयोजनामा आजदेखि विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु भएको छ । उद्घाटन समारोहमा मुख्यमन्त्रीहरूले मन्तव्य राख्दै सहकार्य, समन्वय र सहअस्तित्वलाई जोड दिनुभएको छ ।सम्मेलनमा कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले संघीयताबाट प्राप्त उपलब्धिको रक्षा गर्दै लोकतन्त्रलाई बलियो बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले कतिपय पूरा हुन नसकेका जनअपेक्षामा टेकेर भ्रम सिर्जना गरिएको बताउँदै तथ्यगत रूपमा भ्रमलाई चिर्दै समृद्धिको बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले नेपालको संविधानले निर्दिष्ट
इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित ज्ञानज्योति इङ्लिस स्कुलले प्रिस्कुलका बालबालिकालाई नेपाली मौलिक संस्कृतिसँग जोड्ने उद्देश्यले दसैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। दसैँको टीकाको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा बालबालिकालाई टीका–जमरा लगाइदिनुका साथै चाडपर्वको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्वबारे जानकारी गराइएको हो । बालबालिकाले गीत, संगीत र नृत्य प्रस्तुत गर्दै शुभकामना साटासाट गरेका थिए । कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल देवी सिटौलाले औपचारिक शिक्षासँगै असल संस्कार, नैतिक मूल्य र सामाजिक व्यवहार सिकाउनु विद्यालयको महत्त्वपूर्ण जि
इटहरी । मानव बेचबिखनविरुद्धको अभियानलाई सशक्त बनाउँदै जोखिममा रहेका तथा प्रभावित व्यक्तिलाई आत्मनिर्भर बनाउने उद्देश्यले माइती नेपाल तथा पुनःस्थापना गृह इटहरी, सुनसरीले सिलाईकटाई तालिम लिएका पाँच जनालाई सिलाई मेसिन हस्तान्तरण गरेको छ। ‘हाम्रो आवाज, चेलीबेटी बेचबिखनबाट मुक्ति समाज’ भन्ने मूल नाराका साथ माइती नेपाल सुनसरीको आयोजना तथा प्रोफिलाको सहयोगमा सञ्चालित छ महिने जीवनोपयोगी सीप विकास कार्यक्रम अन्तर्गत तालिममा सहभागीलाई मेसिन हस्तान्तरण गरिएको हो। इटहरी उपमहानगरपालिका–२० स्थित जनसहयोग मा.वि का प्रधानाध्यापक धर्म भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमु
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.