इटहरी : काठमाडौंका विभिन्न स्थानबाट चोरी भएका दुई मोटरसाइकल झापाको बुद्धशान्तिमा फेला परेका छन् । इलाका प्रहरी कार्यालय बुधबारेको सक्रियतामा फेला परेका मोटरसाइकलमध्ये एक सम्बन्धित धनीलाई बुझाइएको छ भने अर्काे मोटरसाइकल नक्कली नम्बर प्लेट प्रयोग गरी चलाउने दुई जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौं पठाइएको छ ।इलाका प्रहरी कार्यालय बुधबारेका इन्चार्ज चन्द्र राउतको कमान्डमा खटिएको प्रहरी टोलीले केही दिनअघि बुद्धशान्तिका विभिन्न स्थानबाट दुवै मोटरसाइकल नियन्त्रणमा लिएको हो । काठमाडौंको थलीबाट करिब चार महिनाअघि चोरी भएको बागमती प्रदेश ०२–०३–०४६ प ४५४६ नम्बरको बुलेट मोटरसाइकल बुद
इटहरी : कोशी प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्यले मन्त्री नियुक्त भएको भोलिपल्टै इटहरी–१९ स्थित सहिद स्मृति आवासीय विद्यालय पुगेर वृक्षारोपण गरेका छन्।सोमबार कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त भएका आचार्य मंगलबार बिहान विद्यालय पुगेका हुन्। विद्यालय परिसरमा आयोजित कार्यक्रममा उनले वृक्षारोपण गर्दै वातावरण संरक्षणसँगै सहिद परिवारका सन्ततिको शिक्षाका विषयमा पनि चासो व्यक्त गरेका थिए। मन्त्री आचार्यले विद्यालयमा अध्ययनरत सहिद, बेपत्ता तथा घाइतेका सन्ततिसँग भेटघाट गरेका थिए।उनीहरूसँगको भेटमा आचार्यले सहिद तथा बेपत्ता परिवारका सन्ततिलाई राज्यले
इटहरी/ सौन्दर्य पेसामा आबद्ध महिलाहरूको प्रतिभा, सीप र आत्मविश्वासलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित कोशी प्रदेशमै पहिलो पटक सुरु भएको ‘द फेस अफ ब्युटिसियन’ पहिलो संस्करणको दोस्रो अडिसन इटहरीमा सफलतापूर्वक सम्पन्न भएको छ । सोमबार अर्थात् भदौ १ गते दिउँसो १२ बजेबाट इटहरीको आइतबारेस्थित ‘आरोमा बाई ओसियन रेस्टुरेन्ट’मा आयोजित अडिसनले सौन्दर्यकर्मी महिलाहरूमा नयाँ उत्साह थपेको छ ।आयोजक कुजु मोटर्स र प्रस्तुतकर्ता सुजुकी मोटरसाइकल इटहरीको सहकार्यमा भइरहेको यस कार्यक्रमले समावेशितालाई उच्च प्राथमिकता दिएको छ । सबैलाई समान अवसर प्रदान गर्ने उद्देश्यले यस प्रतियोगितामा उमेरको कुनै हदबन्दी राखिएको छ
इटहरी । ‘रक्तदान जीवनदान’ भन्ने सन्देशसहित ब्रह्माकुमारी समाज सेवा प्रभागले ‘विश्व बन्धुत्व रक्तदान महाअभियान’ सञ्चालन गर्ने भएको छ। राजयोगिनी दादी प्रकाशमणिज्यूको १९औँ पुण्यतिथिको अवसर पारेर आयोजना गर्न लागिएको अभियानअन्तर्गत इटहरी र तरहरामा बृहत् रक्तदान कार्यक्रम हुने भएको हो।सोमबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले भदौ ६ गते शनिबार इटहरी केन्द्र र भदौ ७ गते आइतबार तरहरा केन्द्रमा बिहान ८ बजेदेखि रक्तदान कार्यक्रम आयोजना गरिने जानकारी दिएको छ। अभियानअन्तर्गत नेपाल, भारत, भुटानलगायत विभिन्न देशमा रहेका ब्रह्माकुमारी केन्द्रहरूमा समेत एकैसाथ रक्तदान कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। इ
इटहरी । सुन्दरहरैंचा नगरपालिकाका नगरवासीले विभिन्न स्वास्थ्य संस्थामा उपचार गराउँदा सहुलियत पाउने भएका छन्। यसका लागि सुन्दरहरैंचा नगरपालिका र नोबेल मेडिकल कलेजबीच स्वास्थ्य उपचारमा छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ।सोमबार नोबेल मेडिकल कलेजका कार्यकारी प्रमुख दिपेश राई र सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौताअनुसार सुन्दरहरैंचा नगरवासीले नोबेल मेडिकल कलेजमा उपचार गराउँदा २० प्रतिशतसम्म छुट पाउनेछन्। यस्तै, सिनामंगलस्थित केएमसीमा उपचार गराउँदा २५ प्रतिशतसम्म तथा भक्तपुरको दुवाकोटस्थित केएमसीमा उपचार गराउँदा ५० प्रतिशतस
इटहरी। समुदायमा हुने विपद्का घटना तथा जोखिमलाई तत्काल न्यूनीकरण गर्दै विपद्को समयमा आवश्यक सहयोग पुर्याउने उद्देश्यले लियो क्लब अफ बाँसबारीले विपद् व्यवस्थापनका सामग्री हस्तान्तरण गरेको छ।लायन्स क्लब अफ बाँसबारीको सहयोगमा आयोजित कार्यक्रममा विपद्का समयमा उद्धार तथा राहत कार्यमा प्रयोग हुने आवश्यक सामग्री हस्तान्तरण गरिएको हो। हस्तान्तरण गरिएका सामग्रीले समुदायमा विपद्का घटना हुँदा तत्काल उद्धार तथा राहत कार्यमा सहयोग पुग्ने विश्वास गरिएको अध्यक्ष देभ न्यौपानेले जानकारी दिए।
इटहरी । रोटरी क्लब अफ इटहरीले बालबालिकाको आँखा परीक्षण तथा उपचार अभियान सुरु गरेको छ। विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको अभियानअन्तर्गत पहिलो दिन इटहरी–७ स्थित लक्ष्मी माध्यमिक विद्यालयका १७९ जना विद्यार्थीको आँखा परीक्षण गरिएको कार्यक्रम संयोजक अन्जु शाक्यले जानकारी दिनुभयो।परीक्षणका क्रममा करिब १० प्रतिशत बालबालिकामा आँखासम्बन्धी समस्या देखिएको छ। समस्या देखिएका विद्यार्थीको थप परीक्षण तथा उपचार भदौ ६ गते इटहरी आँखा अस्पतालमा गरिने जनाइएको छ। ‘आँखाको समस्याका कारण कुनै पनि बालबालिकाको भविष्य अन्धकार नहोस्’ भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको रोटरी क्लब अफ इटहरीका अध्
इटहरी । सुनसरीको इटहरीमा निजी क्षेत्रको करिब २० करोड रुपैयाँभन्दा बढी लगानीमा अत्याधुनिक व्यापारिक मल निर्माण भइरहेको छ। इटहरीको मुख्य बजार पश्चिम लाइनमा राजनीतिकर्मी तथा व्यवसायी राजकुमार गिरीको लगानीमा सिडीजी मल निर्माण भइरहेको हो।इटहरीलाई किनमेल तथा व्यावसायिक गतिविधिको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले मल निर्माण गरिएको गिरीले बताए। मल निर्माणमा हुने कुल लगानीको यकिन विवरण तयार भइनसके पनि करिब २० करोड रुपैयाँ हाराहारी वा केही बढी लगानी पुग्ने अनुमान गरिएको उनको भनाइ छ। निर्माण सामग्रीको मूल्यवृद्धि, लागत बढ्दै जानु तथा प्राविधिक कारणले प्रारम्भिक अनुमानभन्दा लगानी केही बढ्न सक्
इटहरी : भोक्राहा नरसिंह गाउँपालिका–३ का तारा मण्डलले एक बिघा क्षेत्रफलमा जुटखेती गरेका छन् । अहिले उनी जुट काटेर डाँठबाट रेसा निकाल्न व्यस्त छन् । उनको खेतमा दैनिक सात जना श्रमिक ज्यालादारीमा काम गरिरहेका छन् ।मण्डलका अनुसार जुटखेतीमा श्रम र समय दुवै धेरै लाग्छ । चैत–वैशाखमा बीउ छरेपछि मल हाल्ने, गोडमेल गर्ने तथा झारपात हटाउने काम गर्नुपर्छ । त्यसपछि जुट काटेर करिब एक सातासम्म पानीमा डुबाएर राखिन्छ । डाँठबाट रेसा निकालेर घाममा सुकाएपछि भोजा बनाएर मात्रै बजारमा बिक्रीका लागि तयार हुन्छ । मेहनत धेरै भए पनि पछिल्लो समय जुटको मूल्य राम्रो भएकाले आम्दानीसमेत बढेको मण्डल बताउँछन् । उनले वार्षिक १५ द
इटहरी : विसं २०६५ भदौ २ गते कोशी नदीको पूर्वी तटबन्ध भत्किँदा सुनसरीका बस्तीमा आएको बाढीको घाउ अझै पुरिएको छैन। विपद्को १८ वर्ष पूरा भइसक्दा पनि त्यसबेला विस्थापित भएका धेरै परिवार स्थायी बसोबासको टुंगो लाग्ने र घर बनाउन सरकारले दिने भनेको काठ पाउने प्रतीक्षामै छन्।१८ वर्षअघि कोशी नदीले तटबन्ध भत्काएर बस्ती पस्दा सुनसरीको साविक श्रीपुर, हरिपुर, लौकही र पश्चिमकुशहालगायत क्षेत्रका हजारौं परिवार प्रभावित भएका थिए। बाढीले घर, खेतबारी र पशुचौपायासहित ठूलो मात्रामा धनसम्पत्ति बगाएको थियो। उर्वर कृषि भूमि लामो समयसम्म बगरमा परिणत भयो भने ठूलो संख्यामा मानिस विस्थापित भए। त्यसबेला सरकारले बाढीपी
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.