All Posts By कोशी प्रेस

    Showing १०१-११० of १३,५७२ items.
  • रातो माटोले घर पोत्ने प्रचलन हराउँदै

    इटहरी। नेपालीहरूको महान चाड दसैँ पर्व सुरु भएसँगै गाउँघरमा रातो माटो, खाटो र कमेरोले घर रंगाउने र पोत्ने प्रचलन रहिआएको छ । तर, पछिल्लो केही समययता गाउँघरमा घर रंगाउने र पोत्ने प्रचलन हराउँदै गएको छ।आधुनिक शैलीमा सिमेन्ट, कंक्रिटबाट निर्माण गरिएका घरहरूमा रङरोगन लगाउन थालेपछि घर पोत्ने प्रचलन हराउँदै गएको हो । दसैँ सुरु हुनुअगावै अथवा सुरु भएपश्चात् परापूर्वकालदेखि नै आ–आफ्ना घर सिंगार्ने, लिपपोत गर्ने काम सुरुमा गर्ने प्रचलन चलिआएको थियो । त्यसो त परम्परागत शैलीका ढुंगा, माटो तथा काठ प्रयोग गरी बनाइएको घरमा रंगरोहन र लिपपोत गर्ने चलन रहेको थियो । पछिल्लो समय गाउँघरमासमेत सिमेन्ट प्रयोग गरेर घ

    • प्रकाशित मितिः असोज २७, २०८३
    • ९४ पटक पढिएको
  • इलाममा ७१औँ प्रहरी दिवसको अवसरमा डायलाइसिस गराइरहेका बिरामीका लागि रक्तदान कार्यक्रम

    इटहरी। जिल्ला प्रहरी कार्यालय इलामले ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा इलाम अस्पतालमा उपचाररत डायलाइसिस गराइरहेका बिरामीका लागि रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा १५ जनाले रक्तदान गरेका छन्।जिल्ला प्रहरी कार्यालय इलामले नेपाल रेडक्रस सोसाइटी र इलाम अस्पतालको समन्वयमा उक्त कार्यक्रम आयोजना गरेको हो। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० कुलदीप चन्दका अनुसार यस वर्ष विपद्का कारण धेरै प्रहरी जवान बेपत्ता भएकाले प्रहरी दिवस भव्य रूपमा मनाउन नसकिएको हो।दिवस भव्य रूपमा मनाउन नसके पनि बिरामीका लागि रक्तदान गर्न पाउँदा खुसी लागेको चन्दले बताए। प्रहरी दिवसको अवसरमा आगामी असोज २८ गते जिल्

    • प्रकाशित मितिः असोज २७, २०८३
    • ७८ पटक पढिएको
  • कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

    इटहरी। ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ । भदौको तेस्रो सातादेखि सुरु भएको यस वर्षको पर्यटकीय याममा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो ।कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को घुन्सास्थित पर्यटन जाँच चौकीका अनुसार यस याममा हालसम्म १७० जना विदेशी पर्यटक कञ्चनजङ्घा क्षेत्र पुगेका छन् । पर्यटन सहायक टासी तेन्जिङ शेर्पाका अनुसार सोमबारसम्म उनीहरू आधार शिविर पुगेका हुन् । केही पर्यटक भने घुन्सा क्षेत्रमा विश्राम गरिरहेका छन् । यसपटक फ्रान्स, अस्ट्रेलिया, जर्मनी र अमेरिकालगायत देशबाट पर्यटक आएका छन् । गत वर्षको तुलनामा यस वर्ष प

    • प्रकाशित मितिः असोज २७, २०८३
    • १०७ पटक पढिएको
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    इटहरी स् सुनसरीको कोशी गाउँपालिका–२ स्थित काली मन्दिरनजिक मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा कोशी गाउँपालिका–२ की ४५ वर्षीया कौसिला यादव रहेकी छन् । सोमबार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को २७ प २८५५ नम्बरको १५० सिसीको बजाज मोटरसाइकलले सडक पार गर्दै गरेकी यादवलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी यादवलाई उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा ल्याइएको छ ।दुर्घटनापछि इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल र चालक बराहक्षेत्र नगरपालिका–७ निवासी करिब

    • प्रकाशित मितिः असोज २७, २०८३
    • ९७ पटक पढिएको
  • तीन तहका सरकारबीचको सम्बन्ध बलियो बनाए मात्रै संघीयता प्रभावकारी हुन्छ स् सभामुख विष्ट

    इटहरी स् कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले तीन तहका सरकारबीचको सम्बन्धलाई बलियो र प्रगाढ बनाएर मात्रै संघीय व्यवस्थालाई प्रभावकारी बनाउन सकिने बताएका छन्।मंगलबार विराटनगरमा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा मन्तव्य राख्दै सभामुख विष्टले संविधानको पूर्ण कार्यान्वयन गर्दै प्रदेश सरकारलाई अधिकारसम्पन्न र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। उनले प्रदेशसभालाई बलियो नबनाई प्रदेश सरकार प्रभावकारी हुन नसक्ने स्पष्ट पारे। प्रदेश सरकारले गरेका कामको निगरानी, मूल्यांकन र आवश्यक खबरदारी गर्न प्रदेशसभा तथा त्यसअन्तर्गतका समितिहरू सक्षम हुनुपर्ने उनको भनाइ थियो।प्रदेश सरकारलाई जिम्मेवार र जवाफद

    • प्रकाशित मितिः असोज २७, २०८३
    • ११४ पटक पढिएको
  • धनकुटामा आगलागी हुँदा पाँच लाखको क्षति

    इटहरी स् धनकुटाको महालक्ष्मी नगरपालिका–४, चनुवामा विद्युत् सर्ट भएर आगलागी हुँदा एक घर र घरभित्र सञ्चालित कस्मेटिक पसलका सामान जलेर नष्ट भएका छन्। आगलागीबाट करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार मंगलबार बिहान ९ः१० बजे स्थानीय योगेश अधिकारीको टिनको छानो र टिनकै बेरासहित काठपातबाट बनेको एकतले घरमा आगलागी भएको हो।आगलागीबाट घरसँगै भित्र रहेका लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न तथा कस्मेटिक पसलका विभिन्न सामान पूर्ण रूपमा जलेर नष्ट भएका छन्। प्रहरीको प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ। प्रहरी चौकी चन

    • प्रकाशित मितिः असोज २७, २०८३
    • ४१ पटक पढिएको
  • विभिन्न मुद्दाका फरार ७ प्रतिवादी पक्राउ

    इटहरी स्  विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका सात जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङका ६ जना र उदयपुरका एक जना रहेका छन्।चाडपर्व लक्षित विशेष सुरक्षा योजनाअन्तर्गत परिचालित प्रहरी टोलीले खोजतलास गर्ने क्रममा असोज २६ गते उनीहरूलाई पक्राउ गरेको हो। अपराध नियन्त्रण, शान्तिसुरक्षा कायम तथा कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको अभियानका क्रममा पक्राउ परेका प्रतिवादीबाट ६ महिना १५ दिन कैद सजाय कार्यान्वयन गरिएको छ। उनीहरूबाट १८ हजार रुपैयाँ जरिवानासमेत असुल गरिएको प्रहरीले जनाएको छ।पक्राउ परेका सातै जनालाई कैद भुक्तानका लागि कार

    • प्रकाशित मितिः असोज २७, २०८३
    • ४३ पटक पढिएको
  • संरक्षण र पूर्वाधार विकाससँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

    इटहरी स् भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल महादेव थान संरक्षण र पूर्वाधार विकाससँगै धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ।प्राकृतिक सौन्दर्य, गुफा, विभिन्न देवीदेवताका मूर्ति र धार्मिक आस्थासँग जोडिएको यस स्थलको विकासमा स्थानीय तहले पहल गरेसँगै यहाँ पुग्ने भक्तजनलाई सहज भएको छ। हतुवागढी, रामप्रसादराई र पौवादुङमा गाउँपालिकाको सङ्गमस्थलमा रहेको महादेव थान धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो।गाउँपालिकाले पछिल्ला वर्षमा देवस्थलको संरक्षणसँगै आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएपछि यसको महत्त्व थप बढ्दै गएको छ। गाउँपा

    • प्रकाशित मितिः असोज २७, २०८३
    • ४४ पटक पढिएको
  • अडिओ प्रकरणमा कठघरामा उभिएर जवाफ दिन तयार छु स् खगेन्द्र सुनार

    इटहरी स् राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद खगेन्द्र सुनारले आफ्नो नाम जोडेर सार्वजनिक गरिएको अडिओ प्रकरणमा निष्पक्ष छानबिनका लागि सहयोग गर्न तयार रहेको बताएका छन्। उनले उक्त अडिओ कृत्रिम बुद्धिमत्ता ९एआई० लगायत प्रविधिको प्रयोग गरेर तयार पारिएको दाबीसमेत गरेका छन्।मंगलबार बिहान भिडिओ सन्देश जारी गर्दै सुनारले आफूविरुद्ध सार्वजनिक भएका आरोपको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारलाई आग्रह गरेका हुन्। उनले छानबिनका क्रममा उठ्ने हरेक प्रश्नको जवाफ दिन र अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताएका छन्। ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न गरेपछि ममाथि निरन्तर प्रहार भइरहेको छ। विभिन्न आर

    • प्रकाशित मितिः असोज २७, २०८३
    • ५५ पटक पढिएको
  • अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन विराटनगरमा सुरु

    इटहरी। सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउँदै प्रदेशहरूबिच विकास साझेदारी र सहकार्यका साझा आधार तय गर्ने उद्देश्यले अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३ मङ्गलबार विराटनगरमा सुरु भएको छ ।कोशी प्रदेश सरकारको आयोजनामा सुरु भएको दुईदिने सम्मेलनको उद्घाटन मुख्यमन्त्रीहरूले संयुक्त रूपमा गर्नुभयो । सम्मेलनमा प्रदेशहरूबिच समन्वय, आर्थिक एकीकरण, प्राकृतिक स्रोतको उपयोग तथा साझा विकास योजनाका विषयमा छलफल हुने कार्यक्रम छ । सम्मेलनको पहिलो दिन सातै प्रदेशका उपलब्धि र सफल अभ्यासबारे अनुभव आदानप्रदान गरिनेछ । सङ्घीयताको सबलीकरण, संस्थागत विकास तथा अन्तरप्रदेशीय आर्थिक साझेदारीका विषयमा कार्यपत्र प्रस

    • प्रकाशित मितिः असोज २७, २०८३
    • ५९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]