बिराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशको नामको विषयलाई लिएर आन्दोलनरत पक्षलाई वार्ताको माध्यमबाट टुंग्याउन सरकारसँग आग्रह गरेका छन् ।माओवादी केन्द्र संसदीय दलको आज सञ्चारकर्मीसँग कुरा गर्दै नामकरण नहुँदा असन्तुष्टि देखिनु स्वाभाविक रहेको उनले बताए । संविधान पनि संशोधन हुने भएकाले प्रदेशको नाम परिवर्तन नहुने भन्ने नरहेको उनले बताए। भने,‘पहिचान पक्षधरको प्रदेशसभामा बाहुल्यता हुँदा भोलि पनि नाम परिवर्तन हुन सक्छ ।संविधान जलाएका शक्तिहरू पनि अहिले संविधान मानेर नै आफ्नो मुद्दाहरू उठाइरहेको स्मरण गर्दै उनले आफ्ना मुद्दाहरूलाई शान्तिपूर्ण
इटहरी । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशमा तत्काल सरकार नछाडने भएको छ । सत्ता गठबन्धन भित्र भागवण्डाको मोडालिटी तयार नभएसम्म हिक्मतकुमार कार्की नेतृत्वको सरकार नछाड्ने भएको हो ।हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकारमा माओवादी केन्द्रका दुई जना मन्त्री छन् । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने र सरकार पनि नछाड्ने बताए । गठबन्धन भित्र सत्तासमिकरणको मोडालिटी तयार गरेपछि मात्रै सरकारलाई दिएको समर्थन फिर्ता गर्ने विषयमा छलफल हुने उनले बताए ।‘प्रदेश सरकारका विषयमा माथि (केन्द्रमा) छलफल भएको छैन
इटहरी । चैत ५ गते भएको आन्दोलनमा पदम लिम्बूको मृत्यु भएसँगै पहिचानवादी संघर्ष समितिले थप आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्।कोशी प्रदेशको नामकरणको विरोध गरिरहेको संयुक्त संघर्ष समितिको शुक्रबार बसेको आपतकालीन बैठकले ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामांकनको माग सम्बोधन नगरुञ्जेल आन्दोलन गर्ने निर्णय गरेको हो । आन्दोलनकारी लिम्बू ९लाजेहाङ०लाई शहीद घोषणा गरी क्षतिपूर्ति नदिएसम्म शव जिम्मा नलिने पनि बताएको छ ।यस्तै बैठकले मृतक परिवारलाई तत्कालका लागि प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिको तर्फबाट नगद एक लाख ५० हजार राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ ।संयुक्त राष्ट्
काठमाडौं : नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना ०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।सार्वजनिक भएको पूर्णविवरण अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । विक्रम सम्वत् २०६८ मा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार थियो ।राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर ९ गते) नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रत
झापा । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आम निर्वाचनमा एमाले एक्लैले कम्तीमा ५१ प्रतिशत बहुमत सिट जित्ने लक्ष्यका साथ पार्टीले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको बताएका छन् ।झापामा सञ्चालन भइरहेको ‘मिसन ग्रासरुट’ अभियानको आज आयोजित मध्यावधि समीक्षा भेलालाई सम्बोधन गर्दै उनले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अनुशासित, विनम्र र साथी बनेर गाउँमा जान निर्देशन दिए ।‘आगामी चुनावमा एमाले एक्लैले बहुमत हासिल गर्ने उद्देश्य सफल बनाउन यो अभियान सुरु गरिएको हो,’ उनले भने, ‘तपाईँहरू ग्रासरुट अभिायनमा कार्यकर्ताको घरआँगनमा पुग्दा तपाईँहरूको व्यवहार मालिकज
विराटनगर । कोशी प्रदेश नामांकन खारेजीको मागसहित चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते भएका धरान–१५ का पदम लिम्बू लागेहाङको मृत्यु भएको छ । उनको उपचारका क्रममा मृत्यु भएको हो । टाउकोमा चोट लागेका उनी मंगलवार राति अचानक बेहोस भएपछि उपचारार्थ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। लिम्बुको बिहीवार राति २ बजे उपचारको क्रममा मृत्यु भएको पदमका भाइ समेत रहेका बेलबारी नगरपालिका–२ का वडा सदस्य दिपेन्द्र खजुम लिम्बुले बताए । विराटनगरको प्रदर्शनमा सशस्त्र प्रहरीले आन्दोलनकारीमाथि निषेधित क्षेत्रनजिक अश्रुग्
विराटनगर । ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान आज सुरु हुँदैछ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमान समुदायले उर्दू क्यालेण्डरअनुसार पहिलो दिन बिहान ४ः१० बजेदेखि बेलुका ६ः२० बजेसम्म निराहार (रोजा) बस्नुपर्छ । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिक पनि परिवर्तन भइरहन्छ ।रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्वत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमान समुदायको सबैभन्दा ठूलो ग्रन्थ कुरा
इटहरी : इटहरीको नरबहादुर कर्माचार्य प्राविधिक शिक्षालयले होटल तथा हस्पिटालिटी क्षेत्रका लागि औद्योगिक प्रशिक्षार्थी तालिममार्फत ४० जना जनशक्ति तयार गरेको छ ।कोसी प्रदेशसहित ३ प्रदेशका ३३ स्थानीय तहमा सञ्चालित औद्योगिक प्रशिक्षार्थी अप्रेन्टिससीप तालिम अन्तर्गत इन्स्योर परियोजनामा हेल्भेटासको प्राविधिक सहयोगमा सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेको कार्यक्रममा नरबहादुर कर्माचार्य प्राविधिक शिक्षालयले ४० जना जनशक्ति तयार गरेको हो ।आफूसँग रहेका ४० जना विद्यार्थी आगामी बैशाख महिनाको १५ गतेसम्ममा होटलमा काम गर्नका लागि तयार हुने शिक्षालयका अध्यक्ष निर्मल बरालले बताए ।शिक्षालयले सुनसरी त
खोटागं । कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले खोटागंको दिक्तेलमा रहेको सरस्वती माध्यमिक विद्यालयको अनुगमन गरेका छन । सरकारी स्तरबाट सञ्चालन भइरहेको सामुदायिक विद्यालयको भौतिक प्रगती र पठन पाठनका विषयमा मन्त्री राजभण्डारीले अनुगमन गरेका हुन ।अनुगमनका क्रममा विद्यालयमा विद्यार्थी संख्या पनि धेरै र भौतिक प्रगति र विद्यार्थी विद्यार्थी संख्या पनि राम्रो रहेको आफुले जानकारी पाएको मन्त्री भण्डारीले जानकारी गराए ।विद्यालयले आफुसंग साइन्स ल्यावको माग गरेको र आफुहरु रहिरहेर बजेट ल्याउन पाए साइन्स ल्यावका लागि सहयोग गर्ने प्रतिवद्धता समेत मन्त्री राजभण्डार
सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकाको एतिहासिक तथा सांस्कृतिक पहिचान देश व्यापी परिचित गराउने उद्धेश्यले रन सुन्दरहरैँचाको आयोजना हुने भएको छ । इन्द्रपुर जुनियर जेसिजको आयोजनामा २०८० वैसाख १६ गते उक्त प्रतियोगिता हुने भएको मंगलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । तिन वटा बुदामा सम्पन्न हुने कार्यक्रममा ५ किलोमिटर नन प्रोफेसनल स्थानिय शैक्षिक संस्था तथा स्थानियवासी र २१ किलोमिटर महिला हाफ म्याराथोन र २१ किलोमिटर पुरुष हाफ म्याराथोन हुने जनाइएको छ । प्रतियोगितामा विभिन्न क्षेत्रबाट प्रतिस्पर्धा गर्न प्रोफेसनल सय जना एथलेटिक्स खेलाडी तथा नन प्रोफेसनल ५सय जनाबिच प्रतिस्पर्ध
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.