All Posts By कोशी प्रेस

    Showing ११,५७१-११,५८० of १३,७४५ items.
  • प्रदेश १ मा सहिद परिवारलाई एक लाख रुपैयाँ दिइने

    इटहरी : प्रदेश नम्बर १ सरकारले द्वन्द्वकाल, मधेस आन्दोलन, दोस्रो जनआन्दोलन र आदीवासी जनजाति आन्दोलनमा परि सहिद भएका व्यक्तिका परिवारलाई राहत दिने भएको छ ।प्रदेश १ का स्थायी बसोबास गर्ने यस्ता परिवारलाई सरकारले एक लाख रूपैयाँ दिन लागेको हो ।चालू आर्थिक वर्षको प्रदेश १ को बजेटमा जनयुद्ध, दोस्रो जनआन्दोलन, मधेस आन्दोलन र आदिवासी जनजाती आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने परिवारलाई रकम उपलब्ध गराउने उल्लेख छ ।सोही अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कार्यविधि समेत तयारी पारिसकेको छ । यसका लागि ३० दिनभित्र जिल्ला प्रशासन कार्यालयमा निवेदन पेस गर्न आह्वान गरिएको छ ।प्रदेश १ का सबै जिल्

    • प्रकाशित मितिः मंसिर २८, २०७९
    • १३७ पटक पढिएको
  • निर्वाचन आयोगद्वारा समानुपातिकतर्फको अन्तिम नतिजा प्रकाशन, बिहीबार राष्ट्रपतिसमक्ष बुझाइने

    इटहरी : निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको परिणाम घोषणा गरेसँगै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा प्रकाशन गरेको छ ।आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष र प्रदेशसभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधान छ ।सोही बमोजिम यही मङ्सिर २९ गते बिहीबार राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोगले जनाएको हो ।यसैगरी आगामी पुस २ गते प्रदेशसभा

    • प्रकाशित मितिः मंसिर २८, २०७९
    • ११५ पटक पढिएको
  • पाँचथरमा आगलागीमा परेर एक वृद्धाको मृत्यु

    पाँचथर : पाँचथरमा आगलागी हुँदा ९१ वर्षीया वृद्धाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा लुङरुपा निवासी सुखरानी नेम्वाङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।घरमा एक्लै बसिरहेकी नेम्वाङको आज (बुधबार) निधन भएको बताइएको छ । अगेनाबाट सल्केको आगो शरीरमा सल्किँदा उनको ज्यान गएको स्थानीयले जनाएका छन् ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

    • प्रकाशित मितिः मंसिर २८, २०७९
    • ६६ पटक पढिएको
  • मोरङको सुन्दरहरैँचामा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्‍यु

    सुन्दरहरैँचा : मोरङको सुन्दरहरैँचा नगरपालिकामा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्‍यु भएको छ ।                     मृत्यु हुनेमा सुन्दरहरैँचा ४ बस्ने ९ वर्षीय मिलन सरदार रहेका छन् ।दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २ त ३०५४ नम्बरको ट्याक्टरले उत्तरबाट पश्चिमतर्फ बाटो क्रस गर्दै गरेको साइकललाई ठक्कर दिदाँ सरदारको मृत्‍यु भएको प्रहरीले जनाएको छ ।ठक्करबाट गम्भीर घाइते भएका सरदारको उपचारको क्रममा विराट नर्सिङ अस्पताल विराटनगरमा मृत्‍यु भएको हो ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर २८, २०७९
    • ६९ पटक पढिएको
  • खोला पैनी मिचेर बनाइएका संरचना हटाउन इटहरी उपमहानगरपालिकाको निर्देशन

    इटहरी :  इटहरी उपमहानगरपालिकाले सूचना प्रकाशित गरेर खोला पैनी मिचेर बनाइएका संरचना हटाउन निर्देशन दिएको छ । "भवन अनुमति तथा मापदण्ड कार्यान्वयन शाखा" को समस्या समाधान समिति" को निर्णय अनुसार खोला पैनी तथा बाटोमा निर्माण भएका संरचना हटाउनुपर्ने बताएको हो । प्रमुख प्रशासकीय अधिकृत रामचरीत्र मेहताले सूचना प्रकाशित गर्दै  टेङ्ग्रा खोला, खेती खोला लगायत नगर क्षेत्र भित्रका अनधिकृत रूपमा निर्मित भवन हटाउनुपर्ने जनाएका छन् ।  नगरको दिगो विकासको अवधारणालाई व्यवहारमा नै रूपान्तरण गर्ने गरी महत्त्वपूर्ण अभियान सञ्चालन गरिएको जारी सूचनामा उल्लेख छ ।साथै सूचनाको बेवास्ता गरी भवन संरचना

    • प्रकाशित मितिः मंसिर २८, २०७९
    • १८६ पटक पढिएको
  • वराहक्षेत्रको पर्यटन प्रवर्द्धनलाई योजना बनाएर विकास गर्छौं : नगर प्रमुख कार्की

    चतरा : धार्मिक पर्यटकीय नगरीको रूपमा रहेको वराहक्षेत्रको पर्यटन प्रवर्द्धनलाई योजना बनाएर विकास गरिने भएको छ । वराहक्षेत्र नगरपालिका धार्मिक, ऐतिहासिक एवम् पुरातात्त्विक हिसाबले महत्त्वपूर्ण स्थलको रूपमा रहेको छ । वराहक्षेत्र नगरपालिका वडा नं.१ स्थित संसारको चारधाम मध्ये एक धामको रूपमा रहेको धर्तीको पहिलो तीर्थ वराहक्षेत्र धामको पर्यटन प्रवर्द्धनको लागि नगरपालिकाले योजना बनाए काम गर्ने नगर प्रमुख रमेश कार्कीले बताए । मङ्गलवार सङ्घीय सरकार अन्तर्गत सहरी विकास र अन्तर्राष्ट्रिय सहयोगी संस्था एसियाली विकास बैकका प्रतिनिधि र नगरपालिकाका प्राविधिक सहित वराहक्षेत्र धाम पुगेका नगर प्रमुख का

    • प्रकाशित मितिः मंसिर २८, २०७९
    • १३३ पटक पढिएको
  • इटहरी लेडी जेसिजको अध्यक्षमा सुमित्रा घिमीरे भट्टराई

    इटहरी । इटहरी लेडी जेसिजको २१औं अधिवेशनले वर्ष २०२३का लागि सुमित्रा घिमीरे भट्टराई अध्यक्षमा चयन गरेको छ ।    सर्वसम्मत रुपमा सम्पन्न अधिवेशनले कार्यकारी उपाध्यक्षमा रिता राउत,  रजिना तिम्सिना ,उपाध्यक्षमा सर्मिला थापा,  लक्ष्मि ढुङ्गाना,  कबिता खड्का , यमुना बुढाथोकीलाई चयन गरेको हो । त्यसै गरी  सचिबमा  निर्मला कट्टेल चयन भएकी छन । इटहरी लेडि जेसिजकी सस्थापक मिना भण्डारी पुर्व अध्यक्षहरु उर्मिला कटुवाल , मिनु न्यौपानेको सहभागिता रहेको अधिवेशनको  निर्वाचन आयुक्त  रोशना थापा रहेको वर्ष २०२२की अध्यक्ष दुर्गा खड्का आचार्यले जानकारी दिइन

    • प्रकाशित मितिः मंसिर २८, २०७९
    • ७४ पटक पढिएको
  • मोरङ सुनसरीका उद्योगी व्यावसायीले प्रतिकूल बैंकिङ नीति र चर्को ब्याजदर विरुद्ध निर्णयक आन्दोलन गर्ने चेतावनी दिए

    मोरङ । मोरङ  सुनसरीका उद्योगी व्यावसायीले प्रतिकूल बैंकिङ नीति र चर्को ब्याजदर विरुद्ध निर्णयक आन्दोलन गर्ने  चेतावनी दिएका छन् ।  चर्को ब्याजदरका कारण पलायन हुन लागेको भन्दै मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा उद्योगधन्दा चलाइरहेका उद्योगी व्यवसायीहरूले आन्दोलनको तयारी गरिएको बताएका छन् । विगतमा पनि बैंकको चर्को ब्याजदरविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायीहरूले चार दिनभित्र निर्णायक आन्दोलन घोषणा गर्ने बताए । सरकारको प्रतिकूल नीतिका कारण मुलुकभरका उद्योगी व्यवसायीहरू पीडित बन्नु परेको भन्दै आन्दोलनको विकल्प नभएको निष्कर्षमा उनीहरू पुगेका छन् । राष्ट्र बैंकले

    • प्रकाशित मितिः मंसिर २८, २०७९
    • १३४ पटक पढिएको
  • अनलाइनबाट हुने बाल यौन दुव्र्यवहार न्युनिकरण सम्बन्धि कार्यशाला

    इटहरी ।  इटहरीमा अनलाइनबाट हुने बाल यौन दुव्र्यवहार न्युनिकरण सम्बन्धी कार्यशाला आयोजना गरिएको छ छ । भ्वाइस अफ चिल्ड्रेनको आयोजना,इटहरी उप महानगरपालिकाको समन्वय र केएनएच जर्मनीको साझेदारीको आयोजना भएको कार्यक्रममा विद्युतिय सामाग्रीहर फेसबुक, टुइटर, भाइबर जस्ता मध्यमबाट पनि हिसां हुने र बाल बालिका माथि हुने हिसालाइं घरबाट नै अन्त्य गर्नु पर्ने र यसमा स्थानिय सरकार ,स्कुल,कलेजले सहयोग गर्नुपर्ने लगायतका विषयमा कार्यशालामा सहजिकरण  गराइएको थियो । यस प्रकारका कार्यक्रमले अनलाइनबाट हुने वालयोन दुव्यवाहार र लैंगिक हिसां विरुद्ध कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने कुरामा थप पहल

    • प्रकाशित मितिः मंसिर २७, २०७९
    • १७८ पटक पढिएको
  • आतंकीत पार्ने गरी अनुगमन गरेको भन्दै इटहरीका व्यवसायीहरु विरोधमा

    इटहरी । विभिन्न कारणले व्यवसायीहरुमा मारमा परिरहेको समयमा आन्तरिक राजस्व कार्यालय इटहरीले समेत व्यवासायीहरुलाई आतंकीत पार्ने गरी अनुगमन गरेको भन्दै इटहरीका व्यवसायीहरु विरोधमा उत्रिएका छन ।   आन्तरिक राजस्व कार्यालयले इटहरीको संगित चोक क्षेत्रमा कपडा तथा जुत्ता पसलहरुमा अनुगमन गर्न थालेपछि व्यवसायीहरु भेला भएर विरोध जनाएका हुन ।   कपडा तथा जुत्ता पसलहरुमा राजस्वको टोलीले नियमति अनुगमन गरिएको भन्दै संगित चोक क्षेत्रका व्यवसायीहरुका पसलमा पुगेर खातापाता खोल्ने  स्ट्रोक गन्ने , स्टोर देखाउ भन्ने जस्ता कार्य गरेपछि व्यवसायीहरु भेला भएर विरोध जनाका हुन । राजस्वले छापाम

    • प्रकाशित मितिः मंसिर २७, २०७९
    • १३७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]