All Posts By कोशी प्रेस

    Showing १,१५१-१,१६० of १३,५८३ items.
  • ओखलढुङ्गाको डाँडाखर्कमा दुई दशकदेखि निरन्तर पहिरो, पाँच परिवार उच्च जोखिममा

    इटहरी।   सिद्धिचरण नगरपालिका–५ डाँडाखर्क गाउँ मुनिबाट दुई दशकदेखि निरन्तर झरिरहेको पहिरो नियन्त्रण हुन नसक्दा पाँच घरपरिवार उच्च जोखिममा छन् । सिस्नेखोलाको निरन्तर कटानका कारण सुरु भएको पहिरो दिनप्रतिदिन फैलिँदै जाँदा स्थानीय बासिन्दा जोखिम मोलेरै गाउँमा बस्न बाध्य छन् । डेढ दशकअघि सोही वडाको चुप्लु गाउँमा पहिरोले घरखेतै सखाप पारेपछि स्थानीय राईबहादुर राई लखेटिएर डाँडाखर्क पुग्नुभएको थियो ।  दुःखसुख गरेर डाँडाखर्कमा नयाँ ओत त हाल्नुभयो, तर नियति फेरि दोहोरिएको छ । अहिले सिस्ने खोलाको कटानले सुरु भएको विशाल पहिरो उहाँकै आँगनसम्म आइपुगेको छ । डाँडाखर्कको पहिरोले घरबास मात्र ह

    • प्रकाशित मितिः साउन २७, २०८३
    • १०३ पटक पढिएको
  • दुर्घटनामा घाइतेको मृत्यु

    मोरङ। मोरङको लेटाङ नगरपालिका–२, बुधबारेस्थित भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते हुनु भएकी ८३ वर्षीया कौशिलादेवी खतिवडाको मृत्यु भएको छ।लेटाङ २ का वडाध्यक्ष तेजप्रसाद तिम्सिनाका अनुसार गत साउन २५ गते बिहान करिब १०ः३० बेलबारीबाट लेटाङतर्फ जाँदै गरेको मे १ च २२८२ नम्बरको म्याजिक गाडीले बाटो काट्दै गरेको प्र.१–०२–००४ ह ७८८० नम्बरको सिटी सफारीलाई ठक्कर दिएको थियो । म्याजिकको ठक्करबाट सिटी सफारीमा सवार कौशिलादेवी खतिवडाको टाउकोमा गम्भीर चोट लागेको थियो । उहाँलाई उपचारका लागि विराटनगरस्थित आर्या न्युरो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचाररत खतिवडाको मङ्गलबार राति २ बजे घर

    • प्रकाशित मितिः साउन २७, २०८३
    • ११७ पटक पढिएको
  • इलाम यातायात कार्यालयले एक वर्षमा उठायो १४ करोड ६३ लाख राजस्व

    इटहरी : यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३ मा रु १४ करोड ६३ लाख ९६ हजार १४४ राजस्व सङ्कलन गरेको छ ।कार्यालयले अघिल्लो आवभन्दा गत आवमा रु ८१ लाख ९२ हजार ६२७ ले बढी राजस्व सङ्कलन गरेको लेखा शाखा प्रमुख पूर्ण राईले जानकारी दिए । यो अघिल्लो आवको तुलनामा पाँच दशमलव छ प्रतिशतले बढी हो । कार्यालयले अघिल्लो आव ०८१/८२ मा रु १३ करोड ८२ लाख तीन हजार ५१७ राजस्व सङ्कलन गरेको थियो । त्यसअघि आव ०८०/८१ मा रु ११ करोड ३२ लाख ६१ हजार ६७८ मात्र राजस्व उठाएको थियो । कार्यालयले सबैभन्दा धेरै सवारीसाधन करबाट रु १० करोड ९३ लाख ९१ हजार १८४ राजस्व सङ्कलन गरेको छ । सवारी चालक अनुमति पत्र, सवा

    • प्रकाशित मितिः साउन २७, २०८३
    • १०२ पटक पढिएको
  • ताप्लेजुङ गोल्डकपको टिकट दर घट्यो

    इटहरी। अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप चौथो संस्करणको टिकट दर घटाइएको छ । लाखेजात्रा सञ्चालन समितिले आगामी भदौ १२ गते देखि सञ्चालन गर्ने प्रतियोगिताको टिकट दर घटाएको हो ।समितिका अध्यक्ष सागर मादेनका अनुसार क्वाटरफाइनमा दुई सय रुपियाँ, सेमिफाइनलमा तीन सय रुपियाँ र फाइनलका लागि पाँच सय रुपियाँ टिकट दर निर्धारण गरिएको छ। समितिको आधिकारिक अफिसियल फेसबुकमार्फत अध्यक्ष मादेनले श्रव्य दृश्य सार्वजनिक गर्दे टिकट दर घटाइएको जानकारी दिनुभएको हो ।  यसअघि समितिले क्वाटरफाइनमा तिन सय रुपियाँ, सेमिफाइनलको लागि पाँच सय रुपैयाँ र फाइनलका लागि एक हजार रुपियाँ टिकट दर तोकेको थियो । सो टिकट प्रति

    • प्रकाशित मितिः साउन २७, २०८३
    • ८९ पटक पढिएको
  • झापाको कनकाईका ९७ जनाले लिए भूमिसम्बन्धी सेवा

    इटहरी: झापाको कनकाई नगरपालिकाबाट हालसम्म ९७ जनाले भूमि प्रशासनसम्बन्धी सेवा लिएका छन् ।नगरपालिकाले गत असार ८ गतेदेखि स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेपछि जग्गापास, रोक्का, कित्ताकाट तथा धनीपुर्जा वितरणको काम हुँदै आएको हो । नगरपालिकाको भूमि प्रशासन शाखाका प्रमुख बद्रीकुमार दाहालका अनुसार सेवा सञ्चालनमा आएयता हालसम्म ९७ वटा जग्गापास तथा रोक्कासम्बन्धी काम सम्पन्न भएका छन् । स्थानीय तहबाटै सेवा उपलब्ध हुन थालेपछि सेवाग्राहीलाई मालपोत कार्यालय धाउनुपर्ने बाध्यता घटेको छ । ‘भूमि प्रशासन तथा मालपोत सेवाअन्तर्गत धनीपुर्जा वितरण, कित्ताकाट तथा जग्गापाससम्बन्धी काम भइरहेको छ । नगर

    • प्रकाशित मितिः साउन २७, २०८३
    • १०० पटक पढिएको
  • दमकमा ६ ग्रामभन्दा बढी ब्राउन सुगरसहित युवक पक्राउ

    झापा : झापाको दमकमा प्रहरीले ६ ग्रामभन्दा बढी लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।दमक नगरपालिका–२ का २९ वर्षीय सन्तोष थापालाई लागूऔषध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब निरीक्षक खगेन्द्र डाँगीको कमाण्डमा खटिएको प्रहरी टोलीले थापाको कोठामा खानतलासी गर्दा प्लास्टिकसहित १० ग्राम ९२० मिलिग्राम र प्लास्टिकबाहेक ६ ग्राम १७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला पारेको जनाएको छ ।प्रहरीका अनुसार कोठाबाट डिजिटल तराजु एक थान र नगद १४ हजार ५ सय रुपैयाँसमेत बरामद भएको छ । थापालाई नियन्त्रणमा लिएर इलाका प्रह

    • प्रकाशित मितिः साउन २७, २०८३
    • ६३ पटक पढिएको
  • ओखलढुङ्गामा ग्यासको आपूर्ति नियमित

    इटहरी। ओखलढुङ्गामा खाना पकाउने एलपी ग्यासको आपूर्ति नियमित रहेको पाइएको छ । बजारमा ग्यास अभाव भएको भन्दै उपभोक्ताबाट गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन तीव्र पारेको छ ।प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको नेतृत्वमा सदरमुकाम र मानेभञ्ज्याङ क्षेत्रमा गरिएको अनुगमनका क्रममा नौ वटा ग्यास डिलर तथा बिक्री केन्द्रको निरीक्षण गरिएको थियो । सदरमुकामको जिविस टोल, रमाइलोडाँडा र मिलनचोक तथा मानेभञ्ज्याङको केतुके र मानेभञ्ज्याङ बजारमा रहेका डिलर तथा बिक्री केन्द्रको अनुगमन गरिएको हो । अनुगमनका क्रममा जिल्लामा ग्यासको आपूर्ति नियमित रहेको र तत्काल

    • प्रकाशित मितिः साउन २७, २०८३
    • ५८ पटक पढिएको
  • सिद्धिचरण लोकमार्गका पुल निर्माण सुस्त

    इटहरी। सिद्धिचरण लोकमार्ग अन्तर्गत मिर्चैया–कटारी सडकखण्डमा निर्माणाधीन अवस्थामा रहेका विभिन्न चार वटा पक्की पुल निर्माणमा भएको ढिलासुस्तीले सर्वसाधारण यात्रुलाई सास्ती भएको छ । पूर्वनिर्धारित समयममा पुल बनाउने काम सम्पन्न नहुने निश्चित भएपछि  सडकबाट  कटारी हुँदै हिमाली जिल्ला सोलुखुम्बुलगायत उच्च पहाडी क्षेत्रमा अवस्थित ओखलढुङ्गा र खोटाङ जिल्लासम्म जाने जोसुकैलाई सडकयात्राका व्रmममा निकै सास्ती हुने गरेको हो ।  ठेक्काको म्याद थपिए पनि पर्याप्त बजेट नहुँदा पुल निर्माण सुस्त बनेको छ । बजेट अभावका कारण समयमा काम सम्पन्न गर्न आयोजना कार्यालयलाई अप्ठ्यारो भएको हो । सिद्धिचरण लो

    • प्रकाशित मितिः साउन २७, २०८३
    • ४९ पटक पढिएको
  • ग्यास आपूर्ति सहज बनाउन निरन्तर अनुगमन

    इटहरी। धनकुटामा ग्यासको अभाव देखिएपछि आपूर्तिलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालय धनकुटाले ग्यास डिलर तथा बिक्री केन्द्रको निरन्तर अनुगमन गरिरहेको छ । कालोबजारी हुन सक्ने र सेवाग्राहीलाई मार पर्ने भएकाले प्रशासनले निरन्तर अनुगमन गरिरहेको हो ।अनुगमन टोलीले धनकुटा बजारमा रहेका विभिन्न ग्यासका डिलर र बिक्री केन्द्रमा चार दिनदेखि लगातार अनुगमन गरिरहेको छ । धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपाने नेतृत्वमा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी हेमन्त भण्डारी क्षेत्रीसहितको प्रहरी टोली र कर्मचारीले संयुक्त रूपमा अनुगमन गरिरहेको हो । अनुगमनका क्रममा डिलरमा ग्यासको आपूर्

    • प्रकाशित मितिः साउन २७, २०८३
    • ६० पटक पढिएको
  • बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

     इटहरी। बालिकामाथि बलात्कार गरेको आरोपमा पाँचथर प्रहरीले ३२ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ । फाल्गुनन्द गाउँपालिका–२, इम्बुङका ती पुरुषमाथि भतिजी नाता पर्ने बालिकामाथि बलात्कार गरेको आरोप लागेको हो ।प्रहरीका अनुसार साउन २५ गते घटना भएको हो । पीडित बालिकाले दिएको उजुरीका आधारमा प्रहरीले आरोपित पुरुषलाई मङ्गलबार पक्राउ गरेको जनाएको छ ।पक्राउ परेका पुरुषमाथि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनीमाथि जबरजस्ती करणीसम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख अनिषकुमार कर्णले जानकारी दिनुभयो । पीडित बालिकाको पहिचान खुल्न सक

    • प्रकाशित मितिः साउन २७, २०८३
    • ८१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]