All Posts By कोशी प्रेस

    Showing ११,६७१-११,६८० of १३,७४६ items.
  • सप्तरी–२ : सीके राउतले बनाए फराकिलो अग्रता

    सप्तरी । जनमत पार्टीका सीके राउतले आफ्नो अग्रतालाई कायम राखेका छन् । सप्तरी क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राउतले ३ हजार १६ मतसहित फराकिलो अग्रता कायम बनाएका हुन । उनलाई पछ्याइरहेका जनता समाजवादी पार्टीका उपेन्द्र यादवले १ हजार १७० मत प्राप्त गरेका छन् ।लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर ६६१ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

    • प्रकाशित मितिः मंसिर ६, २०७९
    • ५५ पटक पढिएको
  • मोरङ ६ : शेखरको अग्रता कायमै, लालबाबु पछ्याउँदै

    बिराटचाेक ।  मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधिसभा सदस्य तर्फ ६ सय मत गणना हुँदा काङ्ग्रेसका डा. शेखर कोइरालाले २४९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका लालबाबु पण्डितले १९६ मत प्राप्त गरेका छन् भने राप्रपाका गोपाल क्षेत्रीले ४४ मत पाएका छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका यादव प्रधानले ७४ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार सरोज नेपालले ९ मत प्राप्त गरेका छन् । 

    • प्रकाशित मितिः मंसिर ६, २०७९
    • १२३ पटक पढिएको
  • चौथो पटक संसद प्रवेश गर्दै प्रकाशमान सिंह

    झापा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १ बाट लगातार चौथो पटक विजयी हुनुभएको छ । प्रजातन्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहका छोरा सिंहले बुबाको राजनीतिक विरासतलाई कायम राख्दै आउनुभएको छ । सिंह यसअघि २०६४, २०७० र २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।कांग्रेसको साधारण सदस्य हुँदै राजनीतिमा प्रवेश गर्नुभएका सिंह नेपाली कांग्रेसको काठमाडौँ जिल्ला सभापति, केन्द्रीय सदस्य, महामन्त्री र उपसभापतिसम्मको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । कांग्रेसका शीर्ष नेतामध्येका एक सिंह तत्कालीन सुशील कोइरालाको सरकारमा उपप

    • प्रकाशित मितिः मंसिर ६, २०७९
    • ४६ पटक पढिएको
  • सुनसरी र माेरमा मतगणना सुरू गर्ने तयारी

    इटहरी । सुनसरी र माेरङ जिल्लामा केहि क्षेत्रका मतगणना सुरु गर्ने तयारी भएको छ । माेरङकाे ३ वटा क्षेत्र र सुनसरीकाे केहि क्षेत्रमा मतगणना सुरू गर्ने तयारी भइरहेकाे हाे । सुनसरीकाे क्षेत्र नं २ काे सर्दलीय बैठक अावहान गरिएकाे छ बैठक केहि क्षणमै सुरू हुने तयारी भइरहेकाे छ । माेरङकाे भने तिन वटा क्षेत्रकाे मतगणना सुरू हुने तयारी भइरहेकाे मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले जानकारी दिए । सोमबार बिहान सर्वदलिय बैठक पछि तीन वटा क्षेत्रको मतगणना सुरु गर्ने तयारी भएको हो । मोरङ  क्षेत्र नम्बर ४, ५ र ६ को मतगणना विराटनगरको आदर्श माविमा हुँदैछ । बैठकपछि गणना स

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • ४७ पटक पढिएको
  • बैतडीकाे निङलाडी खोलामा जिप दुर्घटना, तीन जना प्रहरीको मृत्युु

    बैतडी  । बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो ।मतपेटिका पु¥याएर फर्कदै गरेको नेपाल प्रहरी टोली सवार जिप दुर्घटनामा हँदा तीन प्रहरीको घटनास्थलमै मृत्युु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तीन जनाको मृत्युु भएको भन्ने खबर आको छ, उद्धार जारी रहेको आएको खबर छ, म आफैँ घटनास्थल जाँदैछु ।”जिप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाएको छ । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • १०५ पटक पढिएको
  • भोजपुरका सबै मतदानस्थलमा पुगे कर्मचारीसहितको टोली

    भोजपुर । आसन्न मङ्सिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरका सबै मतदानस्थलमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरमार्फत निर्वाचनका लागि आवश्यक पर्ने मतपेटिकालगायतका सामग्रीसहित कर्मचारी सम्बन्धित मतदानस्थलमा पठाइएको भोजपुरका मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेले जानकारी दिए । दुई नगरपालिका र सात गाउँपालिका रहेको जिल्लाका ८७ वटा मतदानस्थलका एक सय ५७ वटै मतदान केन्द्रमा आवश्यक सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीको टोली पुगिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको हो ।भोजपुरमा निर्वाचनका लागि सरकारी कर्मच

    • प्रकाशित मितिः मंसिर ३, २०७९
    • ५३ पटक पढिएको
  • सोलुखुम्बुमा मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिए

    सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ स्थित एक मतदान केन्द्रका अधिकृत सुतेकै ठाउँमा मृत फेला परेका छन् । फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय शनिबार बिहान सुतेकै ठाउमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ ।प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनीलजङ्ग शाहका अनुसार मतदान केन्द्रमै सुतेका राय आज बिहान अन्दाजी ४ बजे अन्य कर्मचारीले उठाउन खोज्दा ओछ्यानमै मृत भेटिएका हुन् ।घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमान्डमा प्रहरी घटनास्थल पुगिसकेको छ । सर्लाही हरिपुर्वा नगरपालिका–५ स्थायी ठेगाना भएका राय आयु

    • प्रकाशित मितिः मंसिर ३, २०७९
    • ५१ पटक पढिएको
  • उर्लाबारीको क्याफेमा दुई समूहबीच झडप, तीन घाइते : एमाले उपाध्यक्ष सहित तीन पक्राउ

    बिराटचाैक । मोरङको उर्लाबारी रहेको तरल क्याफेमा दुई समूहबीच झडप भएको छ । शुक्रबार साँझ दुई समूहबीच झडप भएको हो । झडपमा एक जना गम्भिर घाइते भएका छन् । २ जना सामान्य घाइते छन् ।  उर्लाबारी–६ स्थित तरल क्याफेमा उर्लाबारी–४ आइतबारेका कुमार लिम्बूको समूह र उर्लाबारी—६ का रजत थापा समूहबीच झडप भएको थियो । कुमार लिम्बू नेकपा एमाले उर्लाबारीका नगर उपाध्यक्ष हुन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार झडपमा उर्लाबारी—४ का गौतम तामाङ गम्भीर घाइते छन् । उनको बिर्तामोड स्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उर्लाबारी–७ का नितम चौहान र उर्लाबारी–८ का मिलन श्

    • प्रकाशित मितिः मंसिर ३, २०७९
    • ५२ पटक पढिएको
  • विराटनगरकाे पुष्पमार्गमा बम जस्तै शंकास्पद वस्तु भेटियो

    बिराटनगर । शनिबार बिहान  विराटनगर महानगरपालिका–३ पुष्प मार्गमा बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको छ । सडकको छेउमा बिहान ६ः२५ बजे शंकास्पद भेटिएको हो । शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार रातो झोलाभित्र बट्टा राखेर बाहिरदेखि प्लाष्टिकले बेर्दै बट्टाबाट तार बाहिर निकालेर सडकको छेउमा छाडिएको छ । शंकास्पद वस्तु भेटिएको स्थान वरपर सर्वसाधारण तथा सवारीसाधनको आवतजावतमा रोक लगाउँदै प्रहरीले घटनास्थलाई सुरक्षित राखेको श्रेष्ठले बताए । उक्त वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ जाँदै छ । सेनाको टो

    • प्रकाशित मितिः मंसिर ३, २०७९
    • ४८ पटक पढिएको
  • निर्वाचनका लागि देशभर ३४ हजार आठ सय ३८ सशस्त्र प्रहरी परिचालन

    काठमाडाैं । आगामी मङ्सिर ४ गते देशभर हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ३४ हजार आठ सय ३८ सशस्त्र प्रहरी परिचालन हुने भएको छ । निर्वाचनमा दोस्रो घेरामा रहने सशस्त्र प्रहरीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, शान्त र भयरहित रूपमा सम्पन्न गर्नका लागि देशभर उक्त सङ्ख्यामा जनशक्ति परिचालन गरेको हो ।सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक पुरुषोत्तम थापाले मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा देशभरका एक सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रहरी नायब उपरीक्षक (डिएसपी)को कमान्डमा निर्वाचन क्षेत्र सुरक्षा बेस तयार गरे

    • प्रकाशित मितिः मंसिर ३, २०७९
    • ४४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]