काठमाडाै । आगामी पाँच वर्षभित्र विद्युत् उत्पादन क्षमता छ हजार पाँच सय मेगावाट बराबर पु¥याउने लक्ष्यसहित नेकपा(एमाले)ले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।‘सबैलाई बिजुली बत्ती, विद्युत्बाटै देशको उन्नति’ भन्ने नारा दिएको सो दलले आगामी दुई वर्षभित्र विद्युत्मा पहुँच हुने जनसङ्ख्या शतप्रतिशत पु¥याउने योजना अगाडि सारेको छ ।सबै परिवारलाई गार्हस्थ्य उपभोगका लागि वर्षायाममा मासिक ५० युनिट र हिउँदयाममा ३० युनिट विद्युत् निःशुल्क उपलब्ध गराउने विषयलाई सो दलले घोषणापत्रमा समावेश गरेको छ । त्यस्तै, प्रतिव्यक्ति विद्युत् खपत सात सय किलोवाट प्रतिघण्टा पु¥याउने लक्ष्य राखेको छ ।स्वदेशी कच्चा पदार्थमा आधारि
इटहरी । मोरङको बेलबारीमा पाँचौं संस्करणको बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै छ । बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित लक्ष्मी माध्यमिक विद्यालयको मैदानमा दिउँसो ३ बजे प्रतियोगिताको उद्घाटन हुने छ ।डाँगीहाट युथ क्लबले आयोजना गरेको गोल्डकपको उद्घाटन बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले गर्ने छन् । उद्घाटन खेलमा पेम्बा युथ क्लब विराटनगर र रोलिङ एफ सी झापाबीच प्रतिस्पर्धा हुनेछ । गोल्डकपका प्रवक्ता नरेन्द्र बस्नेतका अनुसार आगामी २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका ७ र विदेशका ३ गरेर १० वटा टिमको सहभागिता छ ।
कञ्चनपुर । खेलकुद क्षेत्रमा पछिल्लो समय उदीयमान खेलाडीका रूपमा आफूलाई स्थापित गरेकी कुस्ती खेलाडी सङ्गीता धामी मङ्सिर ४ गते हुने चुनावमा सुरक्षामा खटिन म्यादी प्रहरीमा भर्ना भएकी छिन् ।पारिवारिक आर्थिक अवस्था नाजुक हुँदा आफू म्यादी प्रहरीमा भर्ना भएको धामीको भनाइ छ । भर्खरै सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता धामी १३ औँ दक्षिण एसियाली खेलुकद प्रतियोगिता (साग) मा पहिलो पटक स्वर्ण जित्ने नेपाली महिला खेलाडी हुन् ।‘हामीले खेलकुदका माध्यमबाट देश चिनाएर आफ्नो कर्तव्य पूरा र्गयौँ’, अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा म्यादी प्रहरीमा कार्यरत धामीले भनिन्, ‘तर राज्यल
काठमाडाै । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणी (बलात्कार)को मुद्दामा आज (मंगलबार)देखि थुनछेक बहस हुँदैछ ।जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सोमबार अभियोगपत्र दायर भएको र मंगलबारदेखि थुनछेकबहस हुने भएको हो ।सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३)को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ । दफा २१९ को उपदफा (३)को देहाय (घ) मा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्
झापा । सिटी सफारी दुर्घटनामा परेर दमक–५ का ४८ वर्षीय रणबहादुर खड्काको मृत्यु भएको छ ।आइतबार बेलुकी ७ बजे शिवसताक्षी– १ धरमपुरका कुशल लिम्बूको घरमा मे१ह ७२६० नम्बरको सिटी सफारीमा दमकबाट फर्निचरको सामान लिएर पुगेका सफारी चालक खड्काले पुगेका थिए ।सामान झार्ने क्रममा एक्कासि सिटी सफारी गुडेर सफारी चालक खड्कालाई किचेको थियो ।सिटीले किचेर बेहोस भएका उनको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
इलाम । रोङ गाउँपालिका–६ मा रहेको झन्डीडाँडा पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदैछ । करसोङ पदमार्गले छोएको, तराई र पहाडको पायक पर्ने स्थानमा रहेकाले पनि झन्डीडाँडामा पर्यटकको आउ–जाउ बाक्लिएको छ ।‘गाजलेथुम्का’ पनि भनिने झन्डीडाँडालाई करसोङ पदमार्गको मुख्य पर्यटकीय केन्द्रका रूपमा विकास गरिँदैछ । १ हजार ३ सय ९६ मिटर उचाईमा रहेको यो डाँडाबाट सूर्याेदयको दृश्य चित्ताकर्षक देखिन्छ । कञ्चनजंघा, कुम्भकर्णलगायत दर्जनौं हिमशृंखला नियाल्न सकिने यो डाँडाबाट हिमालदेखि पहाड र तराईसम्मको भू–भागको दृश्य सुन्दर देखिन्छ । स्थानीय होमस्टे व्यवसायी विशाल राईले झन्डीडाँडामा अचेल इलाम, झापा र
इटहरी । सुनसरीको क्षेत्र नम्बर १ मा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँग निकट रहेका व्यक्तीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवार भएर मेयरमा निर्वाचित भएका साम्पाङ निकट रहेका तीन जनाले प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिएका हुन् । धरानमा एमाले र नेपाली कांग्रेसको आफ्नो उम्मेदवार छैनन् । गठबन्धन गर्दा एमालेले जसपा नेता अशोक राईलाई समर्थन गरेको छ । कांग्रेसले माओवादी नेता मुक्साहाङ मेन्याङ्बोलाई सहयोग गरेको छ । यो क्षेत्रबाट दर्ता भएको २० जनाको उम्मेदवारीमा ११ जना स्वतन्त्र उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवारी दिएर मेयर जितेका हर्क साम्पाङ
इटहरी । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नोपाल एयरलाइन्स)को भारतको नयाँदिल्लीको उडान कटौती भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सको आइतबार विहान तय भएको दिल्ली उडान कटौती गरेको हो ।भारतका तीन गन्तव्यमा उडान गरिरहेको नेपाल एयरलाइन्सलाई कारबाही स्वरुप नयाँ दिल्ली गन्तव्यको उडान सङ्ख्यामा केही कटौती भएको निगमको वाणिज्य विभागले जनाएको छ ।नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी उडान गरिरहेका एयरलाइन्सलाई भैरहवाबाट कम्तीमा पनि एक उडान गर्नुपर्ने व्यवस्थासहित लिखित निर्देशन दिएको थियो । काठमाडौँ विमानस्थलको विद्यमान हव
इटहरी । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ ।उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ ।यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ ।पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरि
इटहरी । श्रद्धा र निष्ठाका साथ विगत ३३ वर्ष देखि इटहरीमा पनि मनाइदै आएको छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको छ । कार्तिक शुक्ल चर्तुदसी देखि सप्तमी चार दिन सम्म मनाइने छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाइएको हो ।समानता र एकताको पर्वको रुपमा रहेको छठपर्व मनाउनेहरुको संख्या दिनप्रतिदिन वढी रहेको र पहाडी समुदायका मानिसहरु पनि पछिल्लो समयमा छठ पर्व उत्साहपुर्वक मनाउन थालेको छठ सेवा समिति इटहरीका उपाध्यक्ष बासुदेव कर्ण वताउछन । उनले यस वर्षका ४सय ५० पुजा घाट वनाइएको र एक सय पुजा घाट पहाडी समुदायका बतालुहरुले बुक गरिसकेको समेत जानकारी दिए । सुर्य देवताको&
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.