माेरङ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि मोरङमा महिला उम्मेदवारको सङ्ख्या न्यून रहेको छ ।मोरङमा रहेको कूल छ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि आइतबार विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरी जम्मा एक सय आठ जनाको उम्मेदवारी कायम रहेको छ ।उम्मेदवार मध्ये प्रतिनिधिसभा सदस्य पदका लागि राजनीतिक पार्टी र स्वतन्त्रबाट गरी जम्माजम्मी १२ जना महिलाको मात्र उम्मेदवारी परेको छ ।प्रदेश निर्वाचन कार्यालय मोरङका अनुसार मोरङ निर्वाचन क्षेत्र नं. १ बाट राजनीतिक दल र स्वतन्त्रबाट १० पुरूष र पाँच जना महिला गरी कूल १५ जनाले उम्मेदवारी दर्
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–५ बिरेन्द्र चोकमा रहेको अम्वर श्रेष्ठले सञ्चालन गरेको कन्चन मनि ट्रान्सफरमा डकैती गर्ने समुहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मुख्य योजनाकार फुङलिङ नगरपालिका–२ का २९ बर्षीय राजन पर्तेल, शिवसताक्षी नगरपालिका–१ झापाका २६ बर्षीय चुनबहादुर सुनार, अर्जुनधारा–१० झापाका २५ बर्षीय मणिराज पर्तेल र सिदिङवा गाउँपालिका ५ ताप्लेजुङ घर भई फिदिम–१ पाँचथर बस्दै आएका २७ बर्षीय टाईगर भन्ने गजेन्द्र लिम्बू रहेका छन् ।गत असोज १७ गते बिहान कञ्चन मनि ट्रान्सफरमा चार जनाको समुह पेस्तोलसहित प्रवेश गरी मनि ट्रान्सफरका कर्मचारी ३३ बर्षीया आशामाया प्रधानलाई कु
इटहरी । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधी सभा निर्वाचनकालागि सुनसरीको ४ वटै निर्वाचन क्षेत्रमा उल्लासमय ढंगबाट उम्मेद्वारहरूले उम्मेद्वारी दर्ता गराएका छन ।राजनीतिक दलबाट टिकट पाएका , पार्टिको निर्णयबाट असन्तुस्ट बनी बागि बनेका र स्वतन्त्रबाट उठेका उम्मेद्वारहरूले सुनसरीको चारै वटा निर्वाचन क्षेत्रहरूमा रहेका निर्वाचन अधिकृितको कार्यालय पुगेर आ आफ्नो उम्मेद्वारी दर्ता गराएका हुन ।सुनसरीका चारवटै निर्वाचन क्षेत्रहरूबाट २१२ जनाले उल्लासका साथ उम्मेद्वारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । निर्वाचन कार्यालय सुनसरीका अनुसार क्षेत्र नं १ बाट प्रदेश तथा प्रतिनि
काठमाडाैं । नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा बिहीबार पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइँदैछ । बिदाका कारण अदालत बन्द रहेका कारण सोमबार मात्र म्याद थपका लागि अदालत लाग्न लागिएको हो । प्रहरी स्रोतका अनुसार आज दिउँसोसम्ममा लामिछानेलाई अदालत लैजाने तयारी गरिएको छ ।कतारको दोहाबाट बिहीबार बिहान ११ बजे काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि प्रहरीले सन्दीपलाई पक्राउ गरेको थियो । गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो । त्यसलगत
सङ्खुवासभा । सङ्खुवासभामा आसन्न निर्वाचनका लागि प्रतिनिधिसभा सदस्यका लागि १२ जनाको उम्मेदवारी परेको छ। प्रतिनिधिसभा सदस्यका लागि एक निर्वाचन क्षेत्र रहेको सङ्खुवासभामा दुई स्वतन्त्र र १० दलको आइतबार उम्मेदवारी परेको छ।प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका दीपक खड्का, नेकपा (एमाले)का राजेन्द्रप्रसाद गौतम, , राष्ट्रिय स्वतन्त्र पार्टीबाट भक्तनारायण श्रेष्ठ, मङ्गोल नेशनल पार्टीबाट देवेन्द्रकुमार घले र राष्ट्रिय जनमुक्ति पार्टीबाट कृष्णकुमार राईले उम्मेदवारी दर्ता गराएका छन्।त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट टीकाराम शाही, जनता समाजवादी पार्टीबाट दीपक
ताप्लेजुङ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ताप्लेजुङमा २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभाका लागि ११ र प्रदेशसभाका लागि १७ जनाको उम्मेदवारी परेको छ ।आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि प्रतिनिधिसभाका लागि गठबन्धनकातर्फबाट नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री र नेकपा (एमाले) का योगेशकुमार भट्टराईको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याका अनुसार प्रतिनिधिसभामा सञ्जुहाङ पालुङ्वा र हरिप्रसाद बरालको स्वतन्त्र उम्मेदवारी परेको छ ।यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका इन्द्रकुमार लिम्बू, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका हो
हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–६ मा पहिरोले एक घर पुर्दा चार जनाको ज्यान गएको छ भने तीन जना घाइतेको उद्धार गरिएको छ । लगातारको बर्षाले घरमाथि पहिरो जाँदा घर पुरिएको स्थानीय ध्रुवकुमार शाहीले जानकारी दिएका छन् । उनका अनुसार मृत्यु हुने चारै जना बालबालिका हुन् ।घटनास्थलमा प्रहरी पुगिनसकेकाले के कति क्षति भएको हो यकिन विवरण आइसकेको छैन । घटनास्थलमा नजिकैको प्रहरी जाँदैछ । घटनास्थल पुग्न सदरमुकाम सिमकोटबाट तीन दिन हिँडेपछि मात्रै पुगिने जनाइएको छ ।स्थानीय शाहीका अनुसार घाइते तीन जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । अहिले पानी परिरहेकाले पुरिएकाको शव निकाल्न सकिएको छैन ।
इटहरी । प्रदेश १ का १४ जिल्लामा प्रतिनिधिसभाका २८ निर्वाचन क्षेत्र छन्। आइतबार भएको प्रतिनिधिसभाको उम्मेद्वारी दर्तापछि सबै क्षेत्रमा काँग्रेस नेतृत्वको सत्ता गठबन्धन र एमाले नेतृत्वको विपक्षी गठबन्धनबीच मुख्य प्रतिष्पर्धा हुनेछ।प्रदेश १ को झापा जिल्लाको क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले उम्मेद्वारी दर्ता गराएका छन्। एमाले–राप्रपा गठबन्धनबाट सो क्षेत्रमा अग्नि खरेल उम्मेद्वार बनेका छन्। शर्मा तेस्रोपटक चुनावी मैदानमा ओर्लँदा खरेल पहिलोपटक झापा १मा आएका हुन्।झापा २ मा सत्ता गठबन्धनबाट अघिल्लो दिनमात्रै एमाले त्यागेका हरि राना माओवादी उम्मेद्वारका रुपमा
इटहरी । धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडादसैँलाई बिदा गरेका छन् ।नेपालीले भव्यरूपमा मनाउने दुर्गापक्ष अर्थात् बडादसैँ पर्वको अन्तिम दिन आइतबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि १५ दिन लामो यो पर्व समापन गरिएको छ ।शास्त्रानुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम शनिबार नै समाप्त भएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि एक वर्षका लागि सकिएको छ ।आ
इटहरी ।सुनसरी क्षेत्र नं. ३ बाट नेकपा एमालेकी प्रभावशाली नेतृ भगबती चौधरीले उम्मेदवारी दर्ता गराएकी छिन् । आज अपरान्ह ३ बजे निर्वाचन अधिकृतको कार्यालय दुहवीमा चौधरीले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउँदै आफ्नो उम्मेदवारी समग्र जनताको आर्थिक विकासका लागि भएको बताइन् । उनले सुनसरी क्षेत्र नं. ३ मा विकास र समृद्धीको ढोका खोल्न आफ्नो उम्मेदवारी रहेको जिकीर गरिन् ।विगतमा निर्वाचन जितेर गएकाहरुले आफ्नो क्षेत्रको विकास र जनताका सवालमा सिन्को भाँच्न नसकेको दावी गर्दै मंसिर ४ गतेपछि सुनसरी क्षेत्र नं. ३ मा नयाँ सुर्योदय हुने बताइन् । प्रदेश सभा उम्मेदवारद्वय रोहित कार्की तथा रामदेव याद
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.