All Posts By कोशी प्रेस

    Showing ११,९०१-११,९१० of १३,७४६ items.
  • दशैंमा भारी बर्षाको सम्भावना, नवमीदेखि द्वादशीसम्म पानी पर्ने

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले यस वर्षको विजया दशमी (दशैं) मा भारी वर्षाको प्रक्षेपण गरेको छ । महाशाखाले मनसुनको उत्तरार्धमा भारतको आन्ध्र प्रदेशको तट तथा पश्चिम–मध्य बंगालको खाडीको तल्लोतटीयमा बनेको सामुद्रिक आँधीका कारण नेपालमा नवमी अर्थात् १८ असोजबाट मनसुनी वर्षा हुने प्रक्षेपण गरेको हो ।‘न्यून चापीय रेखा उत्तर–पश्चिमतर्फ सरिरहेको छ, नेपालमा यसको अवसरका कारण नवमीबाट वर्षा हुने देखिएको छ,’ महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले भने, ‘विजया दशमीको दिन देशभर वर्षा हुने देखिएको छ ।’ महाशाखाले शुक्रबार ‘दशैंका लागि विशेष मनसुन बुलेटिन’ जारी गर्दै २१ असोज द्वादशीसम्म वर्षाको प्रक्षेपण ग

    • प्रकाशित मितिः असोज १५, २०७९
    • ७७ पटक पढिएको
  • भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोह सक्रिय, सचेत रहन झापा प्रशासनको आग्रह

    झापा । जिल्ला प्रशासन कार्यालय, झापाले ‘भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने’ भन्दै रकम असुल्ने गिरोहबाट सचेत रहन र यस्तो गैरकानुनी कार्यमा संलग्न नहुन पुनः सूचना जारी गरेको छ ।‘हालैका दिनमा नेपाली नागरिकलाई शरणार्थी परिचयपत्र बनाएर अमेरिका, अस्ट्रेलियालगायत विभिन्न मुलुकमा पठाउने झुटा आश्वासन दिई विभिन्न गैर शरणार्थीबाट मोटो रकम असुल्ने गरेको भन्ने विषयमा ध्यानाकर्षण भएको’ जनाउ दिँदै प्रशासन कार्यालयले यस्तो दण्डनीय कार्यमा नफस्न आग्रह गरेको छ ।झापा–मोरङमा रहेका केही शरणार्थी र केही स्थानीयवासी समेतलाई नक्कली शरणार्थी परिचयपत्र बनाएर अमेरिका लगिने भन्दै एउटा गिरोहले करोडौँ रुपैयाँ असुल गरिरहे

    • प्रकाशित मितिः असोज १५, २०७९
    • ६७ पटक पढिएको
  • झापा मेचिनगरका बिजयलाइ आइलाग्याे दशैंकाे मुखमा दशा : आगलागीमा घर र पशल दुवै जले

    झापा । शुक्रबार झापा मेचीनगर नगरपालिका - ६ कालीमन्दिरका विजय राजवंशीको घरमा आगलागी भएको छ ।आगलागीमा परी घरधनी विजय घाइते भएका छन् । पसल समेत रहेको ४ कोठे पक्की जलेको छ । आगलागीका कारण १७ लाख रुपैयाँ बढीको क्षति भएको प्रहरीले जनाएको छ । उपचारपछि स्वास्थ्य अवस्था सामान्य रहेका राजवंशीले प्रहरीले भने भन्दा धेर क्षति भएको दाबी गरे । स्वास्थ्य केन्द्र लगिएको थियो । खाना पकाउने ग्यास चुहिएर आगलागी भएको हो ।  आगलागीबाट एउटा मोटरसाइल, फ्रिज, लत्ताकपडा, फर्निचरका सामान, साइकल, भाँडाकुँडा लगायतका सामान जलेर नष्ट भएका छन् ।  मेचीनगर नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयबासीले आगो निय

    • प्रकाशित मितिः असोज १५, २०७९
    • ८५ पटक पढिएको
  • निर्वाचन खर्च नबुझाउने तेह्रथुमका चार सय ६७ उम्मेदवार कारबाहीमा

    तेह्रथुम । तेह्रथुम जिल्लाको स्थानीय तहबाट उम्मेदवार बनेर निर्वाचन खर्च विवरण नबुझाउने चार सय ६७ उम्मेदवारलाई जरिवाना तोकिएकोे छ । निर्वाचन कार्यालयले स्थानीय तहको उम्मेदार भएर निर्वाचित भएका वा नभएका उक्त सङ्ख्याका उम्मेदवारले निर्वाचन खर्च नबुझाएको भन्दै जरिवाना गर्ने भएको हो ।जरिवाना बुझाउनेमा निर्वाचितभन्दा पराजित बढी छन् । निर्वाचन खर्च नबुझाउने उम्मेदवारबाट रु आठ करोड ६० लाख ५० हजार राजस्व सङ्कलन हुने उक्त कार्यालयले जनाएको छ ।निर्वाचन खर्च बुझाउन आयोगले पटक–पटक अनुरोध गरी सूचना प्रकाशित गर्दा पनि नबुझाएकाले जरिवाना गर्ने निर्णय गरेको जनाइएको छ ।आयोगले छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लि

    • प्रकाशित मितिः असोज १४, २०७९
    • १४८ पटक पढिएको
  • नवरात्रकाे पाँचाैं दिन : आज स्कन्द माताकाे पूजा आराधना गरि मनाइदै

    इटहरी । नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा कथा वर्णन गरिएको छ । कुनै समय शिव र पार्वती ऋषिहरूका सभामा जाँदा सबैले उठेर स्वागत गरे । ऋषि सनतकुमार ध्यानमा मग्न भएकाले उठेनन् । यो पार्वतीलाई मन परेन ।पार्वतीले ऋषिलाई ‘तिमी ऊँट बन’ भनी श्राप दिइन् । ऋषि ऊँट बने । शिवले पार्वतीलाई ‘ज्ञानीलाई कुनै श्रापले स्पर्श गर्न सक्दैन, यसैले ऊँटका योनीमा पनि आफ्नो ब्रह्मस्वरुप ज्ञानले आ

    • प्रकाशित मितिः असोज १४, २०७९
    • ७६ पटक पढिएको
  • तीव्र गतिमा थपिँदै डेंगु संक्रमित, एकै दिन चारजनाको मृत्यु

    इटहरी । लामखुट्टेको टोकाइबाट फैलिने डेंगुबाट पछिल्लो २४ घण्टाभित्र नेपालमा चारजनाले ज्यान गुमाएका छन्। मंगलबारसम्म डेंगुबाट ज्यान गुमाउनेको संख्या ३२ रहेकोमा पछिल्लो २४ घण्टायता मात्रै थप चारजनाको मृत्युपछि यो संख्या ३६ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको अपडेट अनुसार  साउनदेखि हालसम्म देशभर ३६ संक्रमितको मृत्यु भएको हो।मन्त्रालयका अनुसार २७ हजार ५६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। सबैभन्दा धेरै बागमती प्रदेशमा २१ हजार ५८९ जनामा डेंगु देखिएको छ। लुम्बिनीमा ३ हजार ५०, सुदूरपश्चिममा ८२१, प्रदेश १ मा ८१५ गण्डकीमा ६५३, मधेश प्रदेशमा ४०५ र कर्णाली प्रदेशमा २

    • प्रकाशित मितिः असोज १३, २०७९
    • १०० पटक पढिएको
  • अनुगमन टोली पुग्दा भागे काठमाडाैंका व्यापारी, उपमेयर सुनीता डंगोल भन्छिन् : गलत गर्नेलाई जरववाना र कार्वाहि दुइटै हुन्छ

    काठमाडाैं । दसैँ नजिकिएसँगै काठमाडौँ महानगरले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिएको छ। काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नेतृत्वमा हिजोबाट सुरु चाडपर्व लक्षित बजार अनुगमनलाई निरन्तरता दिइएको छ। महानगरपालिकाले बुधबार कालिमाटीस्थित फलफूल तथा तरकारी बजारलगायतको अनुगमन गरेको छ भने खाद्यन्न पसलहरुमा पनि अनुगमन गरेको छ।उपेमयर डंगोलले अनुगमनका क्रममा उपभोक्ताले ठगिएको महसुस गरेको अवस्थामा वा अखाद्य वस्तु बेचिरहेको भेटिएमा हटलाइन ११८० र १६६००१०५५११ मा खबर गर्न पनि आग्रह गरिन्। उनले अनुगमनलाई दसैँ अघि र पछि पनि निरन्तरता दिने बताएकी छन्। उपमेयर डंगोलले कालिमाटी र कुलेश्

    • प्रकाशित मितिः असोज १३, २०७९
    • ७० पटक पढिएको
  • दशैंकाे सुरूवात संगै सप्तकाेशीमा पुन:जेटबाेट सञ्चालन

    इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ चतराघाटदेखि कोप्चेसम्म जेटबोट सञ्चालनमा आएको छ । सप्तकोशी नदीमा हिउँदको समयमा बराहक्षेत्र मरिन एन्ड रिसोर्ट, सप्तकोशी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिसहित चार वटा कम्पनीले तीन वटा लामो दूरीका र चार वटा छोटो दूरीका जेट बोट सञ्चालनमा ल्याएको बराहक्षेत्र मरिन एन्ड रिसोर्ट जेट बोटका सञ्चालक नवीन पौडेलले जानकारी दिन ।हिउँदको बेला चाडपर्वमा स्थानीयवासीलाई आवतजावत गर्नका लागि सहज होस् भने उद्देश्यले जेटबोट सञ्चालनमा ल्याएको उनले बताए । सप्तकोशी किनारस्थित बराहक्षेत्र मन्दिरबाट जेटबो

    • प्रकाशित मितिः असोज १३, २०७९
    • १६० पटक पढिएको
  • आज नवरात्रको चौंथो दिन : कुष्माण्डा देवीको उपासना गरि मनाइदै

    इटहरी । नवरात्रको आज चौथो दिन । कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरी मनाइन्छ । कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आठ भुजा भएकी कुष्माण्डा देवीलाई अष्ठभुजा पनि भनिन्छ । देवीको अष्ठभुजामा कमण्डलु, धनुष बाँण, गधा, चक्र, अमृत, कलश र माला रहेको छ । मन्द हाँसोसहित ब्रह्माण्डको उत्पति गरेकाले देवीको नाम कुष्माण्डा रहेको उल्लेख छ ।सुरासम्पूणर्कलशं रुधिराप्लुतमेव च ।दधाना हस्तपद्माभ्यां कुष्माण्डा शुभदास्तुमे ।।कुष्माण्डाको अर्थ कुभिण्डो हो । गर्मी मौसममा फल्ने फल भए पनि फलको भित्री भाग शीतल हुने भएकाले कुष्माण्डा देवीलाई पनि शान्सारिक दुःख कष्ट त

    • प्रकाशित मितिः असोज १३, २०७९
    • ६५ पटक पढिएको
  • गठबन्धनमा सहमति : प्रदेश १ कुन क्षेत्रमा कसले पाए टिकट ?

    इटहरी । मंसिर ४ को निर्वाचनका लागि पाँच दलीय गठबन्धनले सीट बाँडफाँटको काम करिब टुंग्याएको छ ।वर्तमान सत्ता गठबन्धनमा आवद्ध यी दलहरुले धेरैजसो ठाउँमा कसले टिकट पाउने टुंगो लगाइसकेको स्रोतले जनाएको छ । बाँकी रहेका ठाउँमा सहमति जुटाउन दलहरुबीच छलफल जारी छ ।असोज १६ भित्र समानुपातिकतर्फका उम्मेदवारको प्रारम्भिक सूची संशोधनको अन्तिम समयसीमा रहेकोले त्यसअघि नै बाँडफाँट टुंगो लगाउने तयारीमा नेताहरु छन् । असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन गर्नुपर्ने भएकोले गठबन्धनका मुख्य दलहरू पूर्ववत् अडानबाट पछि हट्दै सहमतिनजिक पुगेका हुन् ।प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये गठबन्धनको सबैभन्दा ठूलो द

    • प्रकाशित मितिः असोज १३, २०७९
    • १८० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]