इटहरी। पिङवा खोला कलकलाउँदै बगिरहेको छ । छेउमै रहेको बेंसीको फाँटमा मंसिरे धानका बाला हावासँगै लहराइरहेका छन् । टाढाबाट हेर्दा खेत सुनौलो देखिन्छ । मिहिनेतले फलाएको धान घर भिर्त्याउने किसानका आँखामा पनि त्यही सुनौलो भविष्यको सपना छ । तर, यही सपनाको बीचमा पछिल्ला वर्षदेखि एउटा नयाँ चुनौती थपिएको छ-बाँदरको आतंक।तेह्रथुमको छथर गाउँपालिका–५ ओख्रेमा पर्ने पिङवा खोला दोभानको खेत लामो समयदेखि स्थानीय किसानका लागि अन्न उत्पादनको महत्वपूर्ण क्षेत्र हो । खोलाको पानी, उर्वर बेंसी जमिन र अनुकूल वातावरणका कारण यहाँ धान खेती राम्रो हुने गरेको छ । एउटै जमिनमा दुई सिजनसम्म खेती गर्न सकिने भएकाले यो क्षेत्र कि
इटहरी : पाँचथरको हिलिहाङ गाउँपालिकाले अपाङ्गता भएका ३० जना नागरिकलाई विभिन्न प्रकारका सहायक सामग्री वितरण गरेको छ।गाउँपालिकाले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत सोमबार सेवाग्राहीलाई उनीहरूको आवश्यकता र अवस्थाका आधारमा सहायक सामग्री वितरण गरेको हो। गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीको उपस्थितिमा सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख चन्द्र घिमिरेका अनुसार तीन थान ह्विलचेयर, एक थान सेतो लठ्ठी, नौ थान ट्वाइलेट चियर, दुई थान ब्याक सपोर्ट बेल्ट, छ थान हियरिङ एड र १५ थान हिँड्ने छडी वितरण गरिएको छ।सहायक सामग्री वितरण गर्दै अध्यक्ष अधिकारी
इटहरी : मिटरब्याजबाट पीडित किसान तथा मजदुरले जिल्ला प्रशासन कार्यालय झापामा धर्ना दिएका छन् । किसान मजदुर आन्दोलन संघर्ष समितिको आयोजनामा सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना दिइएको हो । समितिका अध्यक्ष लालबहादुर मगरको नेतृत्वमा करिब ७० जना सहभागी भएको धर्नामा मिटरब्याजविरुद्ध नाराबाजी गरिएको थियो ।प्रदर्शनकारीले मिटरब्याजमा संलग्न साहुलाई कारबाही गर्नुपर्ने, कालोसूचीको व्यवस्था बन्द गर्नुपर्ने, पक्राउ पुर्जी खारेज गर्नुपर्ने, भूमाफियामाथि कारबाही गर्नुपर्ने र पीडितलाई न्याय दिनुपर्नेलगायत माग राखेका थिए । ‘मिटरब्याज साहुलाई कारबाही गर’, ‘कालोसूची बन्द गर’
इटहरी : काठमाडौंका विभिन्न स्थानबाट चोरी भएका दुई मोटरसाइकल झापाको बुद्धशान्तिमा फेला परेका छन् । इलाका प्रहरी कार्यालय बुधबारेको सक्रियतामा फेला परेका मोटरसाइकलमध्ये एक सम्बन्धित धनीलाई बुझाइएको छ भने अर्काे मोटरसाइकल नक्कली नम्बर प्लेट प्रयोग गरी चलाउने दुई जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौं पठाइएको छ ।इलाका प्रहरी कार्यालय बुधबारेका इन्चार्ज चन्द्र राउतको कमान्डमा खटिएको प्रहरी टोलीले केही दिनअघि बुद्धशान्तिका विभिन्न स्थानबाट दुवै मोटरसाइकल नियन्त्रणमा लिएको हो । काठमाडौंको थलीबाट करिब चार महिनाअघि चोरी भएको बागमती प्रदेश ०२–०३–०४६ प ४५४६ नम्बरको बुलेट मोटरसाइकल बुद
इटहरी : कोशी प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्यले मन्त्री नियुक्त भएको भोलिपल्टै इटहरी–१९ स्थित सहिद स्मृति आवासीय विद्यालय पुगेर वृक्षारोपण गरेका छन्।सोमबार कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त भएका आचार्य मंगलबार बिहान विद्यालय पुगेका हुन्। विद्यालय परिसरमा आयोजित कार्यक्रममा उनले वृक्षारोपण गर्दै वातावरण संरक्षणसँगै सहिद परिवारका सन्ततिको शिक्षाका विषयमा पनि चासो व्यक्त गरेका थिए। मन्त्री आचार्यले विद्यालयमा अध्ययनरत सहिद, बेपत्ता तथा घाइतेका सन्ततिसँग भेटघाट गरेका थिए।उनीहरूसँगको भेटमा आचार्यले सहिद तथा बेपत्ता परिवारका सन्ततिलाई राज्यले
इटहरी/ सौन्दर्य पेसामा आबद्ध महिलाहरूको प्रतिभा, सीप र आत्मविश्वासलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित कोशी प्रदेशमै पहिलो पटक सुरु भएको ‘द फेस अफ ब्युटिसियन’ पहिलो संस्करणको दोस्रो अडिसन इटहरीमा सफलतापूर्वक सम्पन्न भएको छ । सोमबार अर्थात् भदौ १ गते दिउँसो १२ बजेबाट इटहरीको आइतबारेस्थित ‘आरोमा बाई ओसियन रेस्टुरेन्ट’मा आयोजित अडिसनले सौन्दर्यकर्मी महिलाहरूमा नयाँ उत्साह थपेको छ ।आयोजक कुजु मोटर्स र प्रस्तुतकर्ता सुजुकी मोटरसाइकल इटहरीको सहकार्यमा भइरहेको यस कार्यक्रमले समावेशितालाई उच्च प्राथमिकता दिएको छ । सबैलाई समान अवसर प्रदान गर्ने उद्देश्यले यस प्रतियोगितामा उमेरको कुनै हदबन्दी राखिएको छ
इटहरी । ‘रक्तदान जीवनदान’ भन्ने सन्देशसहित ब्रह्माकुमारी समाज सेवा प्रभागले ‘विश्व बन्धुत्व रक्तदान महाअभियान’ सञ्चालन गर्ने भएको छ। राजयोगिनी दादी प्रकाशमणिज्यूको १९औँ पुण्यतिथिको अवसर पारेर आयोजना गर्न लागिएको अभियानअन्तर्गत इटहरी र तरहरामा बृहत् रक्तदान कार्यक्रम हुने भएको हो।सोमबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले भदौ ६ गते शनिबार इटहरी केन्द्र र भदौ ७ गते आइतबार तरहरा केन्द्रमा बिहान ८ बजेदेखि रक्तदान कार्यक्रम आयोजना गरिने जानकारी दिएको छ। अभियानअन्तर्गत नेपाल, भारत, भुटानलगायत विभिन्न देशमा रहेका ब्रह्माकुमारी केन्द्रहरूमा समेत एकैसाथ रक्तदान कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। इ
इटहरी । सुन्दरहरैंचा नगरपालिकाका नगरवासीले विभिन्न स्वास्थ्य संस्थामा उपचार गराउँदा सहुलियत पाउने भएका छन्। यसका लागि सुन्दरहरैंचा नगरपालिका र नोबेल मेडिकल कलेजबीच स्वास्थ्य उपचारमा छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ।सोमबार नोबेल मेडिकल कलेजका कार्यकारी प्रमुख दिपेश राई र सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौताअनुसार सुन्दरहरैंचा नगरवासीले नोबेल मेडिकल कलेजमा उपचार गराउँदा २० प्रतिशतसम्म छुट पाउनेछन्। यस्तै, सिनामंगलस्थित केएमसीमा उपचार गराउँदा २५ प्रतिशतसम्म तथा भक्तपुरको दुवाकोटस्थित केएमसीमा उपचार गराउँदा ५० प्रतिशतस
इटहरी। समुदायमा हुने विपद्का घटना तथा जोखिमलाई तत्काल न्यूनीकरण गर्दै विपद्को समयमा आवश्यक सहयोग पुर्याउने उद्देश्यले लियो क्लब अफ बाँसबारीले विपद् व्यवस्थापनका सामग्री हस्तान्तरण गरेको छ।लायन्स क्लब अफ बाँसबारीको सहयोगमा आयोजित कार्यक्रममा विपद्का समयमा उद्धार तथा राहत कार्यमा प्रयोग हुने आवश्यक सामग्री हस्तान्तरण गरिएको हो। हस्तान्तरण गरिएका सामग्रीले समुदायमा विपद्का घटना हुँदा तत्काल उद्धार तथा राहत कार्यमा सहयोग पुग्ने विश्वास गरिएको अध्यक्ष देभ न्यौपानेले जानकारी दिए।
इटहरी । रोटरी क्लब अफ इटहरीले बालबालिकाको आँखा परीक्षण तथा उपचार अभियान सुरु गरेको छ। विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको अभियानअन्तर्गत पहिलो दिन इटहरी–७ स्थित लक्ष्मी माध्यमिक विद्यालयका १७९ जना विद्यार्थीको आँखा परीक्षण गरिएको कार्यक्रम संयोजक अन्जु शाक्यले जानकारी दिनुभयो।परीक्षणका क्रममा करिब १० प्रतिशत बालबालिकामा आँखासम्बन्धी समस्या देखिएको छ। समस्या देखिएका विद्यार्थीको थप परीक्षण तथा उपचार भदौ ६ गते इटहरी आँखा अस्पतालमा गरिने जनाइएको छ। ‘आँखाको समस्याका कारण कुनै पनि बालबालिकाको भविष्य अन्धकार नहोस्’ भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको रोटरी क्लब अफ इटहरीका अध्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.