इटहरी। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको राष्ट्रिय वन अतिक्रमणको चपेटामा परेको छ । एकपछि अर्को गर्दै निजी प्रयोजनका घरटहरा र सार्वजनिक संरचना तथा अन्य आयोजना कार्यान्वयनका क्रममा राष्ट्रिय वन अतिक्रमणको चपेटामा पर्दै आएको हो । हालसम्म यकिन तथ्याङ्क नभए पनि पाथीभराको वनक्षेत्र धेरै अतिक्रमण भएको छ । करिब तीन दशकभन्दा पहिलेदेखि नै पाथीभरा क्षेत्रको वन अतिक्रमण हुन सुरु भएको र राष्ट्रिय वन तथा सरकारी जग्गा अतिक्रमण हुने क्रम अहिले पनि रोकिएको छैन । पछिल्लो समय पाथीभरा क्षेत्रको काफ्लेपाटी, बलुडाँडा, गुराँसेलगायतका स्थानमा अतिक्रमण भइरहेको छ । फुङलिङ नगरपालिका–१०, फुरुम्बु र
इटहरी। दसैँ नजिकिँदै जाँदा नेपालीहरू नयाँ लुगा किन्ने, मिठा मिठा परिकार बनाउने र परिवारसँग भेटघाट गर्ने तयारीमा जुटेका छन् । घरआँगन सजाउने र रङरोगन गर्ने चटारो पनि बढेको छ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारका अग्निपीडितलाई भने यस वर्षको दसैँले खुसी ल्याउन सकेको छैन । आगलागीमा घर, पसल र बर्सौंको कमाइ गुमाएका उनीहरूलाई चाडपर्व मनाउनेभन्दा पनि कसरी सामान्य जीवनमा फर्किने भन्ने चिन्ताले सताएको छ । दोभान बजारमा छ वर्ष नपुग्दै दुई पटक भएको भीषण आगलागीले करिब ५६ करोड रुपियाँभन्दा बढीको क्षति पुर्याएको थियो । पछिल्लो पटक गत असोज ८ गते भएको आगलागीमा १० घर पूर्ण रूपमा जलेर नष्ट भ
इटहरी। धनकुटा नगरपालिका–८ स्थित तमोर नदीको किनारमा ढुङ्गामा फसेका एक युवकको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय युवाको सहयोगमा सकुशल उद्धार गरिएको छ । मोरङको ग्रामथान गाउँपालिका–१ निवासी २९ वर्षीय अर्जुन सरदारको सोमबार राति उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।प्रहरीका अनुसार दसैँ बिदामा घर जाने क्रममा मूलघाट निस्किन खोजेका सरदार पौडी खेलेर तमोर नदी पार गरेपछि बाटो नभेट्दा नदी किनारको ढुङ्गामा अलपत्र परेका थिए । नदी किनारमा मानिस फसेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीको कमान्डमा १५ जना प्रहरी र सशस्त्र प्रहर
इटहरी। ताप्लेजुङकै एक दुर्गम क्षेत्र मिक्वाखोला गाउँपालिकाको पापुङमा प्रसूति केन्द्र ९बर्थिङ सेन्टर० सञ्चालनमा ल्याइएको छ । मिक्वाखोला–५ पापुङमा नयाँ प्रसूति केन्द्र भवन निर्माण गरिएसँगै केन्द्र सञ्चालनमा ल्याइएको हो ।पापुङका वडाध्यक्ष ग्यान्जे लामा शेर्पाका अनुसार प्रसूति केन्द्र सञ्चालनका लागि करिव एक करोड ४३ लाख रुपियाँको लागतमा भवन निर्माण गरिएको हो । कोशी प्रदेश सरकार र मिक्वाखोला गाउँपालिकाको लागत साझेदारीमा निर्माण गरिएको प्रसूति केन्द्र भवनको सोमबार उद्घाटन गरिएको वडाध्यक्ष शेर्पाले जानकारी दिनुभयो । मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की र उपाध्यक्ष डण्डु लामा शेर्पाले प्रसूत
इटहरी। उत्पादन लागत घटाउने, बन्द उद्योग पुनः सञ्चालन गर्ने र निर्यातका लागि नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाउने नीतिगत व्यवस्था गर्न उद्योगीले सरकारसँग माग गरेका छन् ।प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिका सभापति रहबर अन्सारीसँग उद्योग सङ्गठन मोरङको कार्यसमितिले गरेको छलफलमा उद्योगीले औद्योगिक विकासका लागि विद्यमान नीतिगत र प्रक्रियागत समस्या समाधान गर्नुपर्नेमा जोड दिएका हुन् । उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले नयाँ लगानी भित्र्याउन र सञ्चालनमा रहेका उद्योगको क्षमता विस्तार गर्न उद्योगमैत्री नीति आवश्यक रहेको बताउनुभयो । उहाँले विद्यु
इटहरी। ड्राइभिङ स्कुल संघ नेपाल, कोशी प्रदेशको आयोजनामा बडादशैं, शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्वतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा यातायात व्यवस्था कार्यालय इटहरीका वरिष्ठ शाखा अधिकृत सुवास कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा ट्राफिक प्रहरी निरीक्षक राजु निरौला, यातायात व्यवस्था कार्यालय इटहरीका सवारी चालक अनुमतिपत्र अधिकृत ज्ञानु पोखरेलको उपस्थिति रहेको थियो।त्यसैगरी, ड्राइभिङ स्कुल संघ नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोपाल घिमिरे र केन्द्रीय उपाध्यक्ष बाबुराम प्रधानलगायतको विभिन्न ड्राइभिङ सङ्घका पदाधिकारी सदस्यहर
इटहरी। खेलकुद विकासका लागि प्रदेशहरूबीच सहकार्य, खेलाडी आदानप्रदान तथा संयुक्त प्रशिक्षणको नयाँ अभ्यास अघि बढाउने उद्देश्यले सातै प्रदेशका खेलकुद निकायका सदस्यसचिव पहिलोपटक कोशी प्रदेशमा भेला हुने भएका छन् ।कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा हुन लागेको अन्तरप्रदेश सदस्यसचिव सम्मेलनमा प्रदेशहरूबीच खेलकुद गतिविधि, प्रशिक्षण र प्रतियोगिताका अवसर आदानप्रदान गर्ने विषयमा छलफल हुनेछ । सम्मेलनमा सहभागी हुन सातै प्रदेशका सदस्यसचिव शुक्रबार विराटनगर आइपुग्नेछन् । विराटनगरमा शुक्रबार नै कोशी र मधेश प्रदेशबीच खेलकुदसम्बन्धी द्विपक्षीय समझदारी गर्ने तयारी छ । त्यसपछि शनिबार सुनसरीको प्रसिद्ध धार्मि
इटहरी स् झापामा आइतबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच वर्षीया बालिका र ७३ वर्षीय वृद्धको मृत्यु भएको छ ।कमल गाउँपालिका–५ टुकुरेमा आफ्नै बुवा डम्बर लिम्बूले चलाएको सिटी सफारीबाट लडेर चक्काले किच्दा उनकी पाँच वर्षीया छोरी लोजिना लिम्बूको मृत्यु भएको हो । दमकबाट पेल्टिमारीतर्फ जाँदै गर्दा साँझ करिब ५ः३० बजे लडेकी बालिकालाई आम्दा अस्पताल पुर्याइए पनि साँझ ६ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।त्यस्तै, दमक नगरपालिका–९ बुद्धचोकमा सुमोको ठक्करबाट पैदलयात्री ७३ वर्षीय माधवप्रसाद भट्टराईको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १–०१–०२५ च ४२०९ नम्बरको सुमोले ठक्कर दिँदा घाइते भएका
इटहरी स् कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट आगामी चार वर्षका लागि नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति चयन भएको छ ।शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा यादव ढकाल निर्विरोध निर्वाचित भएका छन् भने अन्य पदमा निर्वाचन भएको निर्वाचन समितिका संयोजक मेदानकुमार घिमिरेले बताए । उपाध्यक्षमा नगेन्द्रजंग थापा ६८१ मतसहित विजयी भएका छन् । खुला सञ्चालक सदस्यतर्फ विज्ञान ढुंगाना ८४६ मतसहित सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका छन् ।त्यस्तै, विनोद प्रसाद गुरागाईले ८३८, लोचन पौडेलले ७४८, राजेन्द्र अधिकारीले ६९२, धन बहादुर कटुवालले ६६४ र गोविन्द बहादुर बस्नेत
इटहरी। उदयपुरमा प्रहरीले ९४० केजी ४४० ग्राम गाँजासहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ भने १०० केजी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज सोमवार बिहानको राति करिब २ बजे चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडक खण्डमा गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले पार्किङ गरी राखेको बा १४ च २२५५ नम्बरको बोलेरो नियन्त्रणमा लिएको हो। उक्त बोलेरोबाट २९ वटा बोरामा राखिएको बोरा सहित ९४० केजी ४४० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।घटनामा संलग्न व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजतलास
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.