विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र १३ नम्बर वडाका वडाध्यक्ष सूर्यलाल यादवबीच मंगलबार प्रमुखको कार्यकक्षमा निकैबेर नोकझोंक चल्यो । वडा कार्यालयको कामलाई व्यवस्थित गर्न कर्मचारी अभाव भएको भन्दै यादवले प्रमुख कोइरालासँग केही कर्मचारी थप्नुपर्ने माग राखेका थिए ।वडाध्यक्ष यादवको माग सम्बोधन गर्न कोइराला तयार थिएनन् । त्यसै विषयमा दुई जनप्रतिनिधिबीच नोकझोंक भएको हो ।नयाँ जनप्रतिनिधि आएपछि जनताको तहबाट र आफ्ना कार्यकर्ताहरुबाट जागिरका लागि आएको दबाबका कारण वडाध्यक्षहरु कर्मचारी भर्ना गर्ने मुडमा छन् । त्यसका लागि उनीहरुले नगरप्रमुखसमक्ष विभिन्न ढंगले दबाब पनि बढाएका छन् ।
इटहरी । मोरङको बूढीगङ्गामा मङ्गलबार साँझ दुर्घटना हुँदा वृद्ध पुरुषको मृत्यु भएको छ । कोसी लोकमार्गअन्तर्गत बूढीगङ्गा गाउँपालिका–३ शान्ति चोकमा साँझ ७ बजेतिर दुर्घटना भएको हो । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार पिकअप भ्यानको ठक्करबाट स्याङजा घर भएका ७० वर्षीय पदमबहादुर बस्नेतको मृत्यु भएको छ । सडक क्रस गर्दै गरेको अवस्थामा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ४६९८ नम्बरको पिकअपले वृद्धलाई ठक्कर दिएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा बूढीगङ्गाकै विराट शिक्षण अस्पतालमा ७ः५० बजेतिर मृत्यु भएको हो । प्रहरीका अन
काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र आगामी असोज १ गतेदेखि धुमपान निषेध गरेको छ। महानगरपालिकाले बिहीबार एक सूचना निकाल्दै यस्तो जानकारी दिएको हो । असोज १ गतेदेखि सार्वजनिक स्थल, चुरोट, बिडी, सिगार,तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको सूचनामा उल्लेख छ । कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले काठमाडौं महानगरपालिकालाई धुमपान तथा सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउनको लागि जारी भएको सूचना अटेरी गर्नेलाई कारबाही तथा जरिवाना तिराइने चेतावनी महानगरले दिएको छ । सूर्तिजन्य पदार्थ (नि
झापा ।पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आन्दोलन स्थगित गरेको छ ।देशभरका डिपोबाट पीडीओ (प्रोडक्ट डेलिभरी अर्डर) नलिएर आन्दोलनमा रहेको महासंघले नेपाल आयल निगमसँग तीन बुँदे सहमतिपछि आन्दोलन स्थगित गरेको हो ।बुधबार भएको सहमति र आउँदै गरेको ठूला चाडपर्वका कारण आम जनताको आवागमनलाई ध्यानमा राखेर आन्दोलन स्थगित गरिएको महासंघका अध्यक्ष खगेश्वर बोहराले जानकारी दिए ।नेपाल आयल निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइत र महासंघका अध्यक्ष बोहराले संयुक्त विज्ञप्ति जारी गर्दै सहमतिबारे जानकारी गराएका छन् ।व्यवसायीको माग अनुरुपको भाडा वृद्धिसम्बन्धी सञ्चालक समितिमा पेश भएको प्रतिवेदन आगामी अस
इटहरी । इटहरी लेडी जेसीजको विभिन्न कार्यक्रम गरी जेसीज सप्ताह सम्पन्न भएको छ । जेसीजको सचिवालयमा सम्पन्न कलेज स्तरीय वक्तृत्वकला प्रतियोगिता सहित जेसीज सप्ताह सम्पन्न भएको हो । उक्त वक्तृत्वकला प्रतियोगितामा ग्रिनपिस एकेडेमीका सिदार्थ कट्वाल प्रथम भएका छन ।तेस्तै कस्तुरी कलेजका आयुष कट्वाल दोस्रो र ग्रिनपिस एकेडेमीबाटै सुजित सापकोटा तेस्रो भए भने कोशी कलेजकी सरस्वती ढकालले सान्तोना भएकी थिन ।प्रतियोगिताका प्रथम, दोस्रो,तेस्रो हुने लाईे नगद सहित प्रमाण पत्र, शिल्ड र मेडल वितरण गरेका थिए ।प्रतियोगिताको निर्णायकहरुमा वरिष्ठ पत्रकार किष्ण विनोद लम्साल, गंगा घिमिरे, रामचन्द्र भटराइ, पद्म
इटहरी । बैंकिङ कसुरमा सम्लग्न तत्कालीन कामना बैकका प्रदेश १ प्रमुख सुजन छाराहाङ राईसहित ३ जना पक्राउ परेका छन् ।गत शुक्रबार पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ। तत्कालीन प्रमुख राईसँग पक्राउ पर्ने दुईजना ऋणी भएको स्रोतले बतायो। तर, प्रहरीले त्यस विषयमा कुनै सूचना चुहाएको छैन। उनीहरूलाई कहाँबाट पक्राउ गरिएको हो, त्यो समेत गोप्य राखिएको छ। स्रोतले उनीहरू दमकबाट पक्राउ परेको दाबी गरेको छ। पक्राउ परेको ५ दिन भइसक्दा पनि प्रहरी कुनै सूचना नचुहाउनु र सार्वजनिक नगर्नुले घटनालाई रहस्यमय बनाएको छ। उनीहरू पक्राउ परेको विषय गुपचुप बनाउने सेटिङमा प्रहरी लागेको हुनसक्ने
पाचँथर । निरन्तरको वर्षापछी पहिरो खस्दा मेची राजमार्ग अवरुद्ध भएको छ । पाँचथरको हिलिहाङ गाउँपालिका-२ काबेली भन्ने स्थानमा पहिरो खसेर मेची राजमार्ग पूर्ण रूपमा अबरुद्ध भएको छ । केही घण्टा अघिदेखि पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेपनि सम्भव नभएको पाँचथर प्रशासनले जनाएको छ।हिले सडकमा ताप्लेजुङ जाने क्रममा रहेका र ताप्लेजुङबाट फर्किएका यात्रुबाहकर मालबाहक सवारी साधन रोकिएका छन् । यात्रु अलपत्र परेका छन् ।
इटहरी । आगामी मंसिर ४ मा हुने आम निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लाग्न र मनोनयन दर्ता हुन बाँकी नै छ । तर, चलचित्रमा ‘हिम्मतवाली’को परिचय बनाएकी नायिका रेखा थापालाई भने चुनाव लागिसकेको छ । राप्रपाबाट आफ्नो नाम सिफरिस भएसँगै रेखा मोरङ ३ मा चुनाव प्रचार गर्दै घरदैलो अभियानमा खटिएकी छिन् ।मोरङको क्षेत्र नम्बर ३ अन्तरगत पर्ने सुन्दर हरैंचा, बेलबारी, कानेपोखरी र पथरी शनिश्चरेका गाउँमा रेखाले चुनावी प्रचार शुरु गरेकी हुन् ।यसक्रममा उनले ज्येष्ठ नागरिकहरुबाट आशिर्वाद थाप्ने, वालवालिकालाई बोक्ने, महिला एवं किशोरीहरुसँग तस्वीर खिच्ने अनि चौतारो र टोल टोलमा मानिसहरुसँग सम्वाद गर्ने क्रम अगाडि
इटहरी । धरानका मेयर हर्क साम्पाङले चुनावमा गरेको प्रतिवद्धता पुरा गर्न सफल भएका छन् । खानेपानीको अभाव रहेको धरानमा बजारमा अब अभाव हट्ने भएको छ । धरानका मेयर साम्पाङले धरानमा पानी ल्याएको भिडियो सार्वजनिक गर्दै श्रमदान गर्ने सबैलाई धन्यवाद दिएका छन् ।मेयर साम्पाङले भने, ‘हाम्रो सानो प्रयासले पानी ल्याउन सफल भएका छौँ, यसलाई ठूलो काम गरेको रुपमा प्रचार गर्न आवश्यक छैन ।’ उनले अहिले ‘खर्दु र निशानेलाई मात्रै जोडेको र सर्दु जोड्न बाँकी रहेको भन्दै सर्दुपछि झन् ठूलो पानीको फोहोरा आउने बताए । धरान ल्याइएको पानीको फोहोराको भिडियो सामाजिक सञ्जालमा पोष्ट भएपछि धेरैले मेयर साम्पाङलाई बधाई दिएका छन् ।
इटहरी । सूचनाको हक नेपालको संविधानले नै निश्चित गरेको छ । तर, यही हकबाट विमुख हुँदा सबैभन्दा धेरै घाटा व्यहोर्ने पात्र बनेका छन् किसान । प्रदेश १ अन्नबालीका लागि मात्रै नभई बहुमुल्य नगदे बालीका लागि पनि चिनिएको क्षेत्र हो ।तर, सरकारले आफ्नै लागि अघि सारेका कर्जा, अनुदान जस्ता कार्यक्रमबारे कुनै जानकारी नहुँदा किसानले त्यसबाट लाभ उठाउनै सकेका छैनन् । यसै पनि लामो समयदेखि अपहेलित किसान आफ्नै लागि बनेका सरकारी योजनाबारे हम्मेसी थाहै पाउँदैनन् । थाहा पाइसक्दा योजना उनीहरुले पाउने सम्भावना उम्किसकेको हुन्छ ।सरकारले हरेक वर्ष घोषणा गर्ने किसान लक्षित अनुदान र सहुलियतपूर्ण कर्जा योजनामार्फ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.