हिमाली र पहाडी क्षेत्रका स्थानीय तहका निर्वाचनको नतिजाहरू प्राप्त हुन थालेका छन्। अहिलेसम्म ३० स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। जसमध्ये १३ वटा स्थानीय तहमा नेकपा एमाले विजयी भएको छ भने नेपाली कांग्रेसले ९ वटा स्थानीय तहमा जित हात पारेको छ। त्यस्तै माओवादी केन्द्रले ६ वटा र एकीकृत समाजवादीले २ वटा पालिकामा जित हात पारेका छन्।नेकपा एमाले विजयी भएका पालिकाहरु:• मनाङको मनाङ ङिस्याङ गाउँपालिका: अध्यक्ष कान्छा घले विजयी• मनाङको चामे गाउँपालिका: अध्यक्ष लोकेन्द्रबहादुर घले विजयी• मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका: अध्यक्ष लोप्
काभ्रेको खानीखोला गाउँपालिकामा वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका सन्तमान थिङ विजयी भएका छन्।थिङले एमालेका आशाराम गोलेलाई १ भोटले हराएका हुन्। माओवादीका थिङले ५ सय ४८ मत ल्याउँदा एमालेका गोलेले ५ सय ४७ मत ल्याएका छन्।
झापाको हल्दिबारी, वडा नम्बर १ मा राप्रपाका उम्मेदवार विजयी भएका छन् । वडा अध्यक्षमा देवी बहादुर थापासहित प्यानल नै निर्वाचित भएको हो । हल्दिबारी लिङ्देनको वडा हो ।आफ्नो वडामा राप्रपा विजयी भएपछि लिङ्देन विजय जुलुसमा सहभागी भएका छन् । यस्तै गाउँपालिका अध्यक्षमा रवीन्द्र लिङ्देनको अग्रता कायम छ । लिङ्देन चुनावपछि पनि झापामै रहेका छन् ।
काठमाडौं, /काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ठूलो अन्तरको अग्रता बनाएकी छन् ।निर्वाचन आयोगका अनुसार हालसम्म डंगोलले २ हजार ८८४ मत प्राप्त गरेकी छन् । यो मत उनको निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठले ल्याएकोेभन्दा तीन गुनाभन्दा बढी हो ।एकीकृत समाजवादीका उम्मेदवार श्रेष्ठले ८२३ मत प्राप्त गरेका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट श्रेष्ठले उम्मेदवारी दिएका थिए ।यस्तै, काठमाडौं महानगरको उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिनिता मगैयाले ६७० मत प्राप्त गरेकी छन् ।
खोटाङको जन्तेढुंगा गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार अरुणादेवी राई र उपाध्यक्षमा कांग्रेसका खेमबहादुर खड्का विजयी भएका छन् । अरुणादेबीले २८ सय ८१ मत र खड्काले २८ सय पाँच मत पाएर विजयी भएका हुन् ।निटकतम प्रतिद्धन्द्धी नेकपा एमालेका अध्यक्षका उम्मेदवार शंखरबहादुर राईले २५ सय ७५ मत र उपाध्यक्षका उम्मेदवार विमला राईले २४ सय ९५ मत पाएका छन् ।२०७४ सालको स्थानीय तहको निर्वाचनमा विजयी भएका शंखबहादुर र विमलालाई एमालेले पुःन दोस्रो कार्यकालका लागि यथास्थानमा टिकट दिएको थियो । जन्तेढुंगा गाउँपालिकाका–६ वडामध्ये एक वडामा मात्र एमालेको उम्मेदवार वडाध्यक्षमा विजयी भएको छ ।
इटहरीः इटहरी उपमहानगरको वडा नम्बर २० मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार मणिराम श्रेष्ठ जित नजिक देखिएका छन् ।४ हजार ९ सय १६ मत खसेको वडा नम्बर २० मा श्रेष्ठले हाल सम्म १ हजार ४०६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका राजकुमार राईले ९ सय ५० मत पाएका छन् ।हालसम्मको परिणाम हेर्दा नेपाली कांग्रेसको प्यानलनै अग्रस्थानमा छ । महिला सदस्यमा नेपाली कांग्रेसको १ हजार २७७ मत छ भने एमालेको १०४९ मत छ । उता दलित महिला सदस्यमा नेपाली कांग्रेसको १ हजार २६८ मत छ भने खुल्ला सदस्यमा क्रमश १ हजार १२५ र १ हजार २९० मत खसेको छ ।उता खुल्ला सदस्यमा नेकपा एमालेको ९९४ र ९५६ मत खसेको छ । २
इटहरीः रामधुनी नगरपालिकाकामा वडा नम्बर १, २ र ३ को मतगणना कार्यजारी छ ।वडा नम्बर २ मा कम मतदाता भएको कारण त्यहाँको मतगणना सकिने चरणमा रहेको छ भने सो वडाको सकिना साथ वडा नम्बर ४ को मतगणना शुरु हुने निर्वाचन अधिकृतको कार्यालय रामधुनीले बताएको छ ।वडा नम्बर १,२ र ३ को हालसम्मको मत परिणाम अनुसार नेकपा एमालेले मेयर र उपमेयरमा दुवैमा अग्रता देखाएको छ ।
इटहरीः सुनसरीको हरिनगर गाँउपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।सो वडाबाट नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका हाजी तैयव अन्सारीको प्यानल नै विजयी भएको हो । अन्सारीले ८०२ मत प्राप्त गरि विजयी हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्धन्दी एमालेका उम्मेदवारले ७६८ मत प्राप्त गरेका छन् ।
इटहरीः रामधुनी नगरपालिकामा ५ हजार १ सय मत गणना भइसक्दासम्म मेयर र उपमेयरमा नेकपा एमालेले अग्रता लिएको छ ।हालसम्मको ताजा मत परिणाम अनुसार मेयर पदका लागि नेकपा एमालेका उम्मेदवार शंकरलाल चौधरीले एक हजार मतले अग्रता लिएका छन् । शंकरलाल चोधरीले २ हजार ७११ मत ल्याउँदा नेपाली कांग्रेसमा मेयर पदका उम्मेदवार सुदिप अधिकारीले १ हजार ६५८ मत प्राप्त गरेका छन् ।यसैगरी उपमेयरमा पनि नेकपा एमालेकी तारा थापाले आफ्नो अग्रता बढाएकी छन् । ५ हजार २ सय मत गणनाा हुँदा थापाले २ हजार ३५२ मत पाएकी छन् भने नेपाली कांग्रेसकी उपमेयर उम्मेदवार आशा चौधरीले १ हजार ६७१ मत प्राप्त गरेकी छिन् ।मेयर पदमा नेकपा एकीकृत समाजवाद
दमकः झापाको कमल गाउँपालिकाको वडा नं २ को वडाअध्यक्षमा नेकपा एकीकृत समाजवादीले विजयी हासिल गरेको छ ।सो वडामा नेकपा एकीकृत( समाजवादी) सहित कांग्रेस, माओवादी, जसपाको गठबन्धन भएको थियो । गठबन्धनबाट वडा अध्यक्ष पदका साझा उम्मेदवार बनेका युवा नेता अशोक सुब्बाले विजयी हासिल गरेका हुन् ।उनले १ हजार ५ सय ८९ मत प्राप्त गरि विजयी हासिल गरेको निर्वाचन आयोगले जनाएको छ । उनका प्रतिद्धन्दी एमालेका ८०० सय मत मात्र प्राप्त गरेका छन् ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.