All Posts By कोशी प्रेस

    Showing १२,२७१-१२,२८० of १३,७४६ items.
  • खोटाङको जन्तेढुङ्गा गाउँपालिको अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी अरूणादेवि राई विजयी

    खोटाङः खोटाङको जन्तेढुङ्गा गाउँपालिको अध्यक्षमा गठबन्धनको तर्फबाट गाँउपालिका अध्यक्ष उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी अरूणादेवि राई निर्वाचित भएकी छन् ।गाउँपालिका अध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेकी राई २८८१ मत पाएर निर्वाचित भएकी हुन् । उनले निवर्तमान गाउँपालिका अध्यक्ष नेकपा एमालेका शंकरबहादुर राईलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएको गाउँपालिकाका निर्वाचन अधिकृत मानबहादुर मगरले जानकारी दिए । पराजित शंकरले २५७५ मत प्राप्त गरेका छन् ।गाउँपालिका उपाध्यक्ष नेपाली काँग्रेसका खेमबहादुर खड्का २८१२ मतसहित निर्वाचित भएका छन् । उनले गाउँपालिको निवर्तमान उपाध्यक्ष रहेकी विमला राईलाई पर

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५१ पटक पढिएको
  • इनरुवा वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानलै विजयी

    इटहरीः इनरुवा नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रमोद पोखरेल प्यानल सहित विजयी भएका छन् ।आइतबार दिउँसो सकिएको मतगणनामा नेपाली कांग्रेसका पोखरेलले १ सय २७ मतले नेकपा एमालेका उम्मेदवारलाई हराउँदै विजयी भएका हुन् । इनरुवा एकबाट एमालेका वडा अध्यक्ष उम्मेदवारले ६८६ मत ल्याउँदा पोखरेलले ८१३ मत ल्याएका थिए ।महिला वडा सदस्यमा नेपाली कांग्रेसले ९५८ मत ल्याएको छ भने एमालेले ६५८ मत पाएको छ । यसैगरी दलित महिला सदस्यमा कांग्रेसकी उम्मेदवारले ९४२ मत पाउँदा एमालेकी उम्मेदवारले ६४० मत पाएकी छन् । यसैगरी खुल्ला सदस्यमा नेपाली कांग्रेसमा उम्मेदवारले ९०३ र ९६५ मत ल्याएर विजयी बनेका छन् ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५५ पटक पढिएको
  • उदयपुरका निर्वाचन अधिकृतले राजीनामा दिए

    काठमाडौं । उदयपुरका मुख्य निर्वाचन अधिकृत दिपक खनालले राजीनामा दिएका छन्। जिल्लामा पूण रूपमा मतगणना सुरु नहुँदै उनले आफ्नो स्वास्थ्यमा समस्या आएको भन्दै राजीनामा दिएका हुन्।शनिबार अचानक वेहोस भएका खनालले आइतबार मुख्य निर्वाचन अधिकृतबाट राजीनामा दिएका हुन्। उनले निर्वाचनको बाँकी काम गर्न नसक्ने भन्दै निर्वाचन आयोगमा राजीनामा पठाएको सहायक निर्वाचन अधिकृत दिलिप मगरले जानकारी दिए। उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ स्थित जनप्रेमी आधारभूत विद्यालय पुरानो गाईघाटमा निर्वाचनबारे विवाद भएकोले समाजवादी र माओवादी केन्द्रले पुनः मतदानको माग गरिरहेका छन्।  त्यहाँ सो विवाद कायमै रहेको छ भने

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५३ पटक पढिएको
  • इटहरीमा ६ वटा मतदान केन्द्रको मतगणना सकियो, १० वटा केन्द्रको गणना जारी

    इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको ६ वटा मतदान केन्द्रको मतगणना सकिएको निर्वाचन कार्यालय इटहरीले जानकारी दिएको छ । कार्यालयले दिएको जानकारी अनुसार वडा नम्बर २ को शान्ति आधारभूत विद्यालय, शान्तीनगर ‘क’ र ‘ख’ र वडा नम्बर २० को जनसहयोग माध्यमिक विद्यालय, तरहराको ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ को मतगणना सकिएको हो । अहिलेसम्म इटहरीमा ३५ सय २६ मत गणना सकिएको कार्यालयले जानकारी दिएको छ । इटहरीमा अहिले वडा नम्बर १, २, १९ र २० को मतगणना जारी रहेको छ । अहिले यी ४ वटा वडाको १० वटा मतदान केन्द्रको मतगणना जारी रहेको कार्यालयले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५० पटक पढिएको
  • लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका राई विजयि

    उदयपुर ।  उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नेता मेजर कुमार राई निर्वाचित भएका छन् ।आइतबार(आज) सम्पन्न मतगणनामा राईले २ हजार ५१ मत ल्याएर भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राज कुमार राईले १ हजार ५८९ मत पाए ।यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका पुष्पलाल राई निर्वाचित भएका छन् । उनले एक हजार ९३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी देव कुमारी कार्कीले एक हजार ७३ मत पाइन् ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५७ पटक पढिएको
  • बराहक्षेत्र नगरपालिकाकाे मतगणना स्थगित, मतगणना स्थल बाहिर प्रदर्शन

    इटहरी / सुनसरिको बराहक्षेत्र नगरपालिकाकाे मतगणना स्थगित भएकाे छ । मतगणनामा विबाद देखिए पछि मतगणना स्थगित गरिएकाे हाे ।मतगणना स्थगित भएपछि नेता कार्यकर्ता सहित मतगणना स्थल बाहिर प्रदर्शन गरिरहेका छन् ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५४ पटक पढिएको
  • विराटनगर महानगरपालिकामा नागेशकाे अग्रता बढ्याे

    विराटनगर महानगरपालिकामा नागेश काेइरालाले अग्रता बढाएका छन् । पछिल्लो मत परिणाम अनुसार नागेशले ३१३० मत पाएका छन् । एमाले उम्मेदवार सागर थापाले २२६२ मत पाएका छन् ।उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्की ११३० मतले अग्रता बनाएकी छन् । कार्कीले २७६२ मत पाएकी छन् । जसपा उम्मेदवार अमरेन्द्र यादवले १६६२ मत पाएका छन् ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ६२ पटक पढिएको
  • स्थानीय तह निर्वाचन : २२ पालिकाको नजिता आउँदा एमाले अगाडि

    स्थानीय तह निर्वाचनमा २३ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजा सार्वजनिक भएका मध्ये नेकपा एमालेले बढी पालिका जितेको छ । पछिल्लो मत परिणाम अनुसार  नेकपा एमाले १० पालिका प्रमुख जितेको छ ।नेपाली काङ्ग्रेसले ८, माओवादी केन्द्रले ३ र नेकपा एसले २ पालिका जितेको छ । एमाले१. से फोक्सुण्डो गाउँपालिका – डोल्पा२. चामे गाउँपालिका – मनाङ३. ङिस्याङ गाउँपालिका– मनाङ४. घेकर दामोदरकुण्ड गाउँपालिका – मुस्ताङ५. लोमन्थाङ गाउँपालिका–मुस्ताङ६. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका–मुस्ताङ७. खुम्बु पासाङल्हामु गाउँपालिका–सोलुखुम्बु८. साइपाल गाउँपालिका–बझाङ९.  बौदीकाली गाउँपालिका१०, थलारा गाँउप

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५४ पटक पढिएको
  • विवादपछि भरतपुर महानगरपालिकाको मतगणना रोकियो

    काठमाडौँ -भरतपुर महानगरपालिकाको मत गणना गर्न रोकिएको छ । मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको हो ।५१ सय ७७ मत गणना सकिँदा मेयरकी उम्मेदवार रेनु दाहालले १८६६ मत पाएर अग्रता कायम राखेकी छन् । यस्तै विजय सुवेदीले १८१४ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले ६१९ मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले भारी मतान्तर बनाएका छन् । उनले २०५० मत पाउँदा राप्रपाकी हिमला गुरुङले १४५१ मत पाएकी छन् । 

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५३ पटक पढिएको
  • लेटाङ ९ मा वडाध्यक्षमा गठबन्धन, ४ जना सदस्यमा एमाले विजयी

    लेटाङ । मोरङको लेटाङ नगरपालिकामा वडा नम्बर ९ मा मिश्रित नतिजा आएको छ । वडाध्यक्ष पदमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नन्द प्रसाद खतिवडा विजयी हुँदा अन्य ४ जना सदस्यमा भने नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । वडाध्यक्ष पदमा निवर्तमान वडाध्यक्ष समेत रहेका नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद लुइँटेललाई ८६ मतले पराजित गर्दै खतिवडा विजयी हुनु भएको हो । खतिवडा ११५२ मतदका साथ विजयी हुँदा पराजित हुने लुइँटेलले १०६६ मत प्राप्त गर्नुभयो । यता वडासदस्यहरुमा भने ४ जना नै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । महिला सदस्यमा ११२५ मतका साथ कमला राई, दलित महिला सदस्यमा १०९५ मतका साथ हरिमाया विक, खु

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]