All Posts By कोशी प्रेस

    Showing १२,२८१-१२,२९० of १३,७४६ items.
  • भोलि मतदान हुने धनकुटाका ३ मतदान केन्द्रको सुरक्षा व्यवस्था मजबुत

     बैशाख ३० गते स्थगित भएको भएको शहिदभूमी गाउँपालिकाको वडा न ६ का ३ वटा मतदान केन्द्रमा सुरक्षा व्यावस्था मजबुत बनाएको जिल्ला प्रशासन कार्यलय धनकुटाले जनाएको छ ।निर्वाचन अधिकृतको कार्यलयले बैशाख ३० गते स्थगित भएको मतदान जेठ २ गते गर्ने निर्णय गरे संगै सुरक्षाका लागि नेपाल प्रहरी, सशत्र प्रहरी र बाहिरी सुरक्षाका लागि नेपाली सेना समेत लाई परिचालन गर्ने गरि सुरक्षा ब्यावस्था मिलाईएको जिल्ला प्रसाशन कार्यलय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले जानकारी दिनु भयो ।बैशाख ३० गते करिब १९ प्रतिशत मतदान भई सके पछि राजनैतीकदलका कार्यकर्ता विच विवाद कारण स्थगित भएको मतदान पुन भोली हुन

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५० पटक पढिएको
  • धनकुटा नगरपालिका वडा नं १ अध्यक्षमा एमालेका तामांग विजयी

    धनकुटा । धनकुटा जिल्लाको धनकुटा नगरपालिका वडा नं १ को अन्तिम मत परिणाम सार्वजनिक गरिएको छ ।जस अनुसार नेकपा(एमाले) का ओंग्द तामांग विजयी भएका छन् । तामांगले १,१६३ मत ल्याए भने वहांका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका अमित लो ले १,०२६ मत प्राप्त गरेका छन् ।खुला सदस्य,दलित महिला सदस्यमा एमालेकै उम्मेदवार विजयी भएका छन् भने महिला सदस्यमा भने नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएका छन् ।यस अघि नै वडा नं २ वडाबाट अध्यक्षमा एमालेका चन्द्रलाल तामांगले ९०३ मत प्राप्त गर्दै प्यानलै विजयी बनेका छन् । वहांका निकटतम प्रतिद्वन्दी कांग्रेसका राज कुमार राईले ७०३ मत प्राप्त गरेका छन् ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५६ पटक पढिएको
  • इलामको चुलाचुली गाउँपालिका १ वडाध्यक्षमा लिम्बुवान विजयी

    इलाम । इलामको चुलाचुलीमा ठूला दलहरूलाई पाखा लगाउँदै लिम्बुवानका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान र एकिकृत समाजवादी पार्टीको गठबन्धनले चुनाव जितेको हो । उनीहरू संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको खुकुरी चुनाव चिन्ह लिएर उम्मेदवार भएका थिए ।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका पुर्ण लावती वडाध्यक्षमा निर्वाचित भएका छन् । लावतीले ८५३ मत पाएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका मोती फागोले ५२७ मत प्राप्त गरेका छन् ।लावतीले यसअघि पनि सोही पार्टीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । खुल्ला सदस्यमा समरध्वज तामाङ्ग र लाल बहादुर च

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५३ पटक पढिएको
  • धरान-१न. वडाकाे मतगणना सम्पन्न, काँग्रेसको प्यानल विजयी

    धरान : धरान-१ को मतगणना सम्पन्न भएको छ । धरान-१ मा नेपाली काँग्रेसबाट वडाध्यक्षमा यज्ञमणि आचार्यले ७५७ मत प्राप्त गरेर विजयी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी राप्रपाका रोशन अधिकारीले ७०३ मत प्राप्त गरेका थिए । नेकपा एमालेका सुमन श्रेष्ठले १७७ र स्वतन्त्रबाट बिहानसिंह श्रेष्ठले ४७ मत प्राप्त गरेका छन् । यसै गरी वडा सदस्य तर्फ महिला सदस्यमा रहिसा कसजुले ८८९ मत, दलित महिला सदस्य रिता सुन्दासले ८६०, खुल्ला सदस्य तर्फ विनोद मानन्धरले ७८१ र उज्ज्वल बास्तोलाले ६९६ मत प्राप्त गरेर विजयी भएका छन् । ३१५० मतदाता रहेको वडानं. १ मा १९३२ मत खसेको थियो । 

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५२ पटक पढिएको
  • इटहरी उपमहानगरपालिकामा हेमकर्ण पौडेलको अग्रता कायमै उपमेयर तर्फ भने एमालेकी सङ्गीता चौधरी अगाडी

    इटहरी : इटहरी उपमहानगरपालिकामा नेपाली काँग्रेसका हेम कर्ण पौडेलले अग्रता कामय राखेका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा गठबन्धनको तर्फबाट उम्मेदवार भएका पौडेलले सुरुवात देखी नै अग्रता लिएका हुन् । नेकपा एमालेका यामकुमार सुब्बाले उनलाई पछ्याई रहेका छन्।वडा नम्बर २०, २, १ र १९ को ४९७८ गणना हुँदा पौडेलले २३४१ ल्याउँदा सुब्बाले १८२५ मत ल्याएका छन् । उता उपमेयरमा नेकपा एकीकृत समाजवादीका केशव कुमार विष्ट पछाडि परेका छन् । नेकपा एमालेकी सङ्गीता चौधरीले १९६५ मत ल्याउँदा विष्टले १५१७ मत पाएका छन् । विष्ट ५ दलीय गठबन्धनको तर्फबाट उपमेयरको उम्मेदवार हुन् ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५७ पटक पढिएको
  • धरान-३ मा वडाध्यक्षमा विद्या शाक्य सहित गठबन्धनको प्यानललै विजयी

    धरान : धरान-३ को मतगणना सम्पन्न भएको छ । धरान-३ वाट गठबन्धनबाट नेपाली काँग्रेसको प्यानललेनै विजयी हासिल गरेको छ । वडाध्यक्षमा गठबन्धनबाट विद्या शाक्यले १०८० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुयोग पाख्रिनले ६२५ मत प्राप्त गरेका छन् ।यसै गरी महिला सदस्यमा उषा सुब्बा श्रेष्ठले १०४२, दलित महिला सदस्यमा शोभा विकले ५७५, खुल्ला वडा सदस्यमा मनिष खड्गीले ११०६, र मिङ्मा भोटे शेर्पाले ९९९ मत प्राप्त गरेर विजयी भएका छन् । धरान २ र ३ को मतगणना सम्पन्न भइसकेको र अहिले धरान ४ र ५ को मतगणना सुरु भएको छ। 

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५५ पटक पढिएको
  • खोटाङको साकेला गाउँपालिकामा २८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

    टाङमा २८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित भएका छन् । साकेला –गाउँपालिका–५ मात्तिममा काँग्रेसकातर्फबाट जीवन न्यौपाने (खत्री) वडाध्यक्षमा विजयी भएका हुन् । उनले १९७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सन्तोष राईले १७३ मत पाएका छन् । आइतबार घोषित परिणामअनुसार न्यौपानेको प्यानलबाट जयप्रकाश कट्वाल, हरिहर ढकाल र महिला सदस्य निर्मला राई चुनिएका छन् । दलित महिला सदस्य कविता बिक भने एमालेकातर्फबाट विजयी भएका छन् । न्यौपाने नेबिसंघको जिल्ला सदस्य, जिल्ला उपाध्यक्ष हुँदै केही समयअघि भएको काँग्रेसको १४ राष्ट्रिय महाधिवेशनमा प्रदेश प्रतिनिधि बनेका थिए । 

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५३ पटक पढिएको
  • धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायमै

    कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार जम्मा २९५३ मत गणना हुँदा हमालले १३८६ मत प्राप्त गरेका हुन् । हमाल र नेपाली काँग्रेसका नृपबहादुर वडबीचको मतान्तर ५७९ रहेको छ । यसैगरी काँग्रेसका वडले ८०७ मत प्राप्त गरेका छन् । धनगढीमा नेकपा एमालेका रणबहादुर चन्दले १४३ मत प्राप्त गरेका छन् । उपमेयरतर्फ माओवादी केन्द्रकी शान्ति अधिकारीले ६८१ मत प्राप्त गरेकी छन् । एमालेकी कन्दकला रानाले ३८४ र स्वतन्त्र उम्मेदवारले ३४० मत प्राप्त गरेका छन् ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ६० पटक पढिएको
  • चितवनको माडीमा ५९०१ मत गन्दा एमालेकी ताराकाजी कुमारी महतोले ल्याइन् ३३५९ मत

    चितवनको माडी नगरपालिकामा ५९०१ मत गणना हुँदा एमालेले अग्रता लिएको छ।एमालेका ताराकाजीकुमारी महतोले ३३५९ मत ल्याएका छन् भने गठबन्धनबाट माओवादी केन्द्रका ऋषी काफ्ले २४३३ मत ल्याएका छन्।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ६२ पटक पढिएको
  • कलैया उपमहानगरमा ६ सय मतले एमालेको अग्रता बनाएकाे छ

    कलैया उपमहानगरपालिकाको मेयर उपमेयरमा एमालेले अग्रता लिएको छ।एमालेका मेयर उम्मेदवारनोद प्रसाद साहले  एक हज़ार पाँच सय ३०मत ल्याएका छन् भने उपमेयर उमेदवार रौसन प्रविनले एक हज़ार एक सय ३९उनीहरूका निकटतम प्रतिद्वन्दी सत्ता गठबन्धनका उम्मेदवार छन्। गठबन्धन तर्फबाट कांग्रेसका मेयर उम्मेदवार राजेश राय यादवले नौ सय ६ मत ल्याएका छन् भने जसपाका उपमेयर उम्मेदवार प्रमोद प्रसाद गुप्ताले एक हजार २३ मत प्राप्त गरेका छन्।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]