All Posts By कोशी प्रेस

    Showing १२,३०१-१२,३१० of १३,७४६ items.
  • भाेजपुरकाे षडानन्द नगरपालिकामा गठबन्धनकाे अग्रता

    सुनसरी/भाेजपुर षडानन्द नगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बीरबल राईले अग्रता कायम राखेका छन् ।पछिल्लो मतगणना अनुसार उनले १३२३ मत ल्याई अग्रता कायम गरेका हुन् । र, एमाले उम्मेदवार सुरेन्द्रकुमार उदासले १२५९ मत प्राप्त गरेका छन् ।पमेयरमा गठबन्धनबाट नेपाल कम्यूनिष्ट पार्टी माओवादीकी प्रमिला राईले १३२३ मत ल्याई अग्रता कायम गरेकी छिन् । यस्तै, उपमेयरमा एमाले उम्मेदवार मेरीका राईले ९४९ प्राप्त गरेकी छन् ।नगरपालिकाको उमेदवारहरुको मतगणना जारी छ

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५४ पटक पढिएको
  • भोजपुरको पौवादुङमा गाउँपालिकामा एमालेको अग्रता कायमै

    इटहरी । भोजपुरको पौवादुङमा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार किरण राईको अग्रता कायम नै रहेको छ ।पछिल्लो मतगणना अनुसार उनले ११५२ मत ल्याई अग्रता कायम गरेका हुन् । उनले यसअघि पनि गाउँपालिकाकाे अध्यक्ष भइ काम गरिसकेका छन् ।उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार टेक नरसिंह कार्कीले ९७२ मत ल्याएका छन् भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार नगेन्द्रबाहादुर भुजेलले हालसम्म ९७२ मत ल्याएका छन् ।यस्तै, एमालेकी उपमेयरकी उम्मेदवार ज्योत्सना राईले १०९४ मत ल्याई अग्रता कायम गरेकी छिन् । उपमेयरमा माओवादी उम्मेदवार सम्झना राईले १००७ मत प्राप्त गरेकी

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५६ पटक पढिएको
  • भाेजपुरकाे ट्याम्केमयुङ गाउपालिका ८ बाट एमालेका वानिया निर्बाचित

    सुनसरी । भाेजपुर ट्याम्केमयुङ गाउपालिका वडा नम्बर ८ एमालेका वड अध्यक्ष उम्मेदवार कृष्ण बहादुर बानिया बिजयी भएका छन । गोगने बाट खसेको ९२० मत मध्य ४४१ मत प्राप्त भएको छ । उनका बिपक्षी नेकपा माओवादी केन्द्रका तर्फबाट ३९६ मत प्राप्त भएको छ ।बानिया २०७४ सालमा पनि वडा अध्यक्षको पदमा निर्बाचित भएका थिए ।यस्तै वडा सदस्य मा एमालेकै गिता खत्री ,सुस्मिता सार्की बिसुन्के,गङ्गा बहादुर तामाङ र दिलकुमार राई निर्बाचित भएका हुन ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५३ पटक पढिएको
  • संखुवासभाको चिचिला गाउँपालिकाको वडा नं. १ र २ मा कांग्रेस विजयी हासिल गरेकाे छ

    संखुवासभाको चिचिला २ का वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार दिनेश कुमार मेवाहाङले ४०२ मत ल्याई बिजयी भएका छन । उनको निकटकतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका विकास राईले ३३३ ल्याएका छन भने नेकपा एमालेका किपा शेर्पाले १९३ मत ल्याएका छन ।वडा नं. १ मा पनि नेपाली कांग्रेका पुर्णकुमार राई विजयी भएका हुन् । उनी सहित प्यानल नै कांग्रेसले विजय प्राप्त गरेका हुन् ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५४ पटक पढिएको
  • धरानमा ३५ सय मत गणना हुँदा मञ्जु भण्डारी भन्दा हर्क साम्पाङ २१६ मतले अगाडी मेयर र उपमेयरमा गठबन्धनकै अग्रता कायमै

    धरान : धरानमा अहिले सम्म ३५ सय मत गणना भइसकेको छ । ३५ सय मतगणना सम्पन्न हुँदा सम्म मेयरमा गठबन्धनको तर्फबाट किशोर राई र उपमेयरमा आइन्द्रविक्रम बेघाको अग्रता कायमै रहेको छ । मेयर तर्फ नेकपा एमाले भन्दा स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङ अगाडी रहेका छन् । अहिले सम्मको मत परिणामलाई हेर्ने हो भने गठबन्धनतर्फबाट मेयरका उम्मेदवार नेपाली काँग्रेसका किशोर राईले १३४० मत प्राप्त गरेर अग्र स्थानमा रहेका छन् भने स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङले ९२२ मतका साथ दोस्रो स्थानमा रहेका छन् । नेकपा एमालेका मञ्जु भण्डारीले ७०६ मत ल्याएका छन् । यसैगरी उपमेयर तर्फ पनि गठबन्धनका उम्मेदवार नेकपा माओव

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५७ पटक पढिएको
  • धरानमा ३९ सय मत गन्दा एमाले भन्दा गठबन्धनबाट ७ सय मतले अगाडी धरान-२ को मतगणना सकियो, एमालेबाट वडाध्यक्षमा रमेश राई विजयी

    धरान : धरान उपमहानगरपालिकामा ३९ सय मत गणना हुँदा मेयरका उम्मेदवार नेकपा एमालेकी मञ्जु भण्डारी भन्दा ७ सय मतान्तरले गठबन्धनबाट नेपाली काँग्रेसका किशोर राई अगाडी छन् । धरान १,२ र ३ नम्बर वडाको मत गणनाको क्रममा अहिले सम्म ३९ सय मत गणना भइसक्दा सम्म गठबन्धनबाट नेपाली काँग्रेसका मेयरका उम्मेदवार किशोर राईले १४८९ मत प्राप्त गरेर अग्रस्थानमा रहेका छन् भने स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङले १०२८ मतका साथ दोस्रो स्थानमा रहेका छन् । नेकपा एमालेकी मञ्जु भण्डारी सुबेदीले ७८९ मत प्राप्त गरेकी छिन् भने राप्रपाबाट नरेश शाक्यले १८७ मत प्राप्त गरेका छन् । यसै गरी उपमेयर तर्फ गठबन्धनबाट नेकपा माओवाद

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५३ पटक पढिएको
  • आमचोक गाउँपालिकामा माओवादी केन्द्रको अग्रता

     भोजपुर/ भोजपुर  आमचोक गाउँपालिकामा नेकपा माओवादी केन्द्रका  उम्मेदवार अशोक राईले अध्यक्ष पदमा अग्रता लिनु भएको छ । पछिल्लो मत गणना अनुसार माओवादी केन्द्रले १ हजार ७ सय २० मत प्राप्त गरेको छ ।एमालेका बसन्त राईको  १ हजार  २ सय ९५ मत रहेको छ । उपाध्यक्षमा माओवादी केन्द्रकी सीता राईको  १ हजार २२ मत रहेको छ । नेपाली कांग्रेसका छिरिङ शेर्पाको  १ हजार ६७  रहेको छ । सो गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन रहेको छ । वडा नं.  १  मा  नेपाली कांग्रेसका निम्नुरी शेर्पा ४ सय १६ मत ल्याएर वडाध्यक्ष निर्वाचित हुनु भएको छ । माओवा

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५३ पटक पढिएको
  • खोटाङमा नेकपा एसका दुई वडाध्यक्ष निर्वाचित

    खोटाङ / खोटाङका दुई वडामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वडाध्यक्ष चुनिएका छन् । केपिलासगढी गाउँपालिका-२ खार्ताम्छामा मिलन राई र केपिलासगढी गाउँपालिका-३ बासपानीमा तुलाराम राई विजयी भएका हुन् । माओवादी केन्द्र र जसपासँगको गठबन्धनमा उनीहरु वडाध्यक्ष चुनिएका हुन् ।बासपानीमा दुई खुला सदस्य माओवादी केन्द्रको र दलित महिला सहित दुई महिला सदस्य नेकपा एकीकृत समाजवादीको निर्वाचित भएका हुन् । खुला दुई सदस्य पनि महिला छन् । बासपानीमा वडाध्यक्ष पुरुष र चार सदस्य महिला भएका छन् ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५० पटक पढिएको
  • २ वटा वडामा कांग्रेस, एमाले र माओवादीको एक-एक वडाध्यक्ष निर्वाचित

    इलाम / इलामको सूर्योदय नगरपालिका-१ मा नेपाली कांग्रेसका उम्मेद्वार वडाध्यक्षमा निर्वाचित भएका छन् । वडाध्यक्षसहित पाँचै पदमा कांग्रेसका उम्मेद्वार विजयी भएका हुन् । कांग्रेसका राजकुमार लिम्बूले एकीकृत समाजवादीका दिपेश राईलाई हराउँदै अध्यक्ष निर्वाचित भएका हुन् ।लिम्बूले ८७३ मत पाउँदा राईले ८४७ मत पाए । तेस्रो भएका एमालेका उम्मेदवार धनकुमार तामाङले ७४५ मत प्राप्त गरे । खुल्ला महिला सदस्यमा मुन्ना कुमारी राई, दलित महिला सदस्य चन्द्रकला बिक, खुला सदस्यमा डिकबहादुर मगर र रोशन बुढाथोकी निर्वाचित भए ।माङसेबुङ गाउँपालिका-१ मा भने एमाले-माओवादी केन्द्र गठबन्धनका उम्मेदवार अध्यक्षमा निर्वाचित भएका छन्

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५१ पटक पढिएको
  • रसुवाको उत्तरगया गाउँपालिका ३ को वडाध्यक्षमा एमाले विजयी

    रसुवा / रसुवाको उत्तरगया गाउँपालिका ३ को वडाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका लालबहादुर तामाङले ४ सय ५१ मत ल्याएर विजयी भएका हुन् ।उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ४ सय २१ मत ल्याए । रसुवाको उत्तरगया गाउँपालिका– ३ को वडा सदस्यमा भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]