All Posts By कोशी प्रेस

    Showing १२,३४१-१२,३५० of १३,७४६ items.
  • धरानमा ३ सय मत गणना हुँदा गठबन्धनको अग्रता

    धरान : धरान उपमहानगरपालिकामा ३ सय मत गणना हुँदा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार किशोर राईको अग्रता रहेको छ । धरान १, २ र ३ नम्बर वडाको मत गणनाको क्रममा धरान स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङ दोस्रो स्थानमा छन् भने नेकपा एमालेका उम्मेदवार मञ्जु भण्डारी तेस्रो स्थानमा रहेकी छिन् । अहिले सम्मको ३ सय मत गणना हुँदा मेयरमा नेपाली काँग्रेसका किशोर राईले १ सय १६, स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङले ७९ र नेकपा एमालेका मञ्जु भण्डारीले ५३ मत प्राप्त गरेका छन् । त्यसै गरी उपमेयरमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्र इन्द्रविक्रम बेघाले १ सय २५ र नेकपा एमालेका पदम इस्बो लिम्बुले

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • ४९ पटक पढिएको
  • शुरू भयो पोखरा महानगरको मतगणना

    पोखरा महानगरको मतगणना बल्ल सुरू भएको छ। मतगणना तयारीका लागि शनिबार दिउँसो बसेको सर्वदलीय बैठकले २ बजेदेखि मतगणना शुरू गर्ने निर्णय गरे पनि ढिला गरी मतगणना थालिएको हो।साना दलका प्रतिनिधि मतगणनामा आउन ढिलाई गरेकाले निर्धारित समयभन्दा ढिलो शुरू भएको निर्वाचन कार्यालयले जनाएको छ। पोखरा उपत्यका नगर विकास समितिको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला समन्वय समितिको सभाहलमा मत गणना थालिएको छ। पोखरा महानगरको वडा नम्बर १, १२, र २३ को मत गणना थालिएको मुख्य निर्वाचन कार्यालयका अधिकृत निलप्रसाद पनेरुले जानकारी दिए। उनका अनुसार मत गणना गर्न दुई ठाउँमा ६ वटा खाल बनाइएको छ। देश

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • ५२ पटक पढिएको
  • मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमाले विजयी

    मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रिङजीन नामगेल गुरुङ विजयी भएका छन्।उनी ८ सय ७६ मतसहित निर्वाचित भएका हुन्।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आङ्जेन गुरुङले ५ सय ७७ मत प्राप्त गरेका छन्।यस्तै उपाध्यक्षमा पनि नेकपा एमालेकै ढिकि गुरुङ निर्वाचित भएकी छिन्। उनी नेपाली कांग्रेसकी धेच आङमो गुरुङलाई पछि पार्दै विजयी भएकी हुन्।ढिकीले ७ सय ४९ मत प्राप्त गर्दा आङमोले ६ सय ७७ मत पाएकी छन्।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • ६९ पटक पढिएको
  • भरतपुरमा १५० मत गन्दा एमालेका सुवेदी अग्रना

    चितवनको भरतपुरमा नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले अग्रता कायम राखेका छन्।१५० मत गणना हुँदा सुवेदीले ६६ मत पाएका छन् भने गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले ५१ मत ल्याएकी छन्।स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ मत पाएका छन्।मतगणना जारी छ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • ७२ पटक पढिएको
  • दमकमा एमाले अग्रता कायमै

    झापा । झापाको दमक नगरपालिकामा महागठबन्धनबाट राप्रपाका उमेदवारलाई पछि पार्दै एमाले अग्रता लिएकी छिन् ।राप्रपाका राम थापालाई १९ मतले पछि पार्दै एमाले उमेदवार गीता अधिकारीले ३८० मत प्राप्त गरेकी छिन् । थापाले ३६१ मत पाएका छन् ।उपमेयरमा काँग्रेसका उमेदवारले ३५८ र एमाले उमेदवार ३४० मत छ ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • ८४ पटक पढिएको
  • ५२९ मत गन्दा ३४ प्रतिशत मतसहित बालेन अगाडि

    काठमाडौं | काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन्।५२९ मत गन्दा शाहले १७८ मत पाएका छन्। उनले गणना भएको मतको ३४ प्रतिशत मत पाएका छन्। दोस्रोमा रहेकी कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १२० मत पाएकी छन् भने भने तेस्रोमा रहेका एमालेका केशव स्थापित ११० मत ल्याएका छन्।  अहिलेसम्म सिंहले २३ र स्थापितले २१ प्रतिशत मत पाएका छन्। अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ३० मत पाएका छन् भने राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले २३ मत ल्याएका छन्।अहिले मतगणना जारी छ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • ५४ पटक पढिएको
  • लेटाङमा एमालेको सुरुवाती अग्राता कायमै

    लेटाङ | लेटाङ अहिले मतगणना जारी रहेको छ । नगरको पहिलो ६०० मत गनिसक्दा नेकपा एमालेले सुरुवाती अग्राता लिएको छ ।एमालेले नगर प्रमुख र उपप्रमुख दुवैमा अग्रता लिएको छ । हालसम्मको ताजा मतपरिणाम अनुसार लेटाङ प्रमुखमा एमालेका उमेदवारले ३१४ मत प्राप्त गरेका छन् भने  गठबन्धनतर्फका  उम्मेदवारले २३७ मत ल्याएका छन् । त्यसतै उपप्रमुखमा एमालेले २९९ मत ल्याएको छ भने गठबन्धनले १९३ मत ल्याएर दोस्रो स्थानमा रहेको छ । अहिले मतगणना  जारी छ ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • ६८ पटक पढिएको
  • धरानमा गठबन्धनका उम्मेदवारको अग्रता दोस्रो स्थानमा स्वतन्त्र

    धरान / धरान उपमहानगर्पालिकाको मतगणननामा गठबन्धनका उमेदवारले सुरुवाती अग्रता लिएका छन । वडा नम्बर १को एक/एकसय मत गन्दा गठबन्धनका तर्फबाट कांग्रेसका मेयरका प्रत्यासी किसोर राइले ७१ मत प्रप्त गरि सुरुवाती अग्रता लिएका छन ।मेयरमा स्वतन्त्र उमेदवार बनेका हर्क सम्पाङ्ले ५८ मत प्राप्त गरेका छ्न, एमालेकी मन्जु भण्डारीले ३६ मत प्राप्त गरी तेस्रो स्थानमा छिन ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • ५६ पटक पढिएको
  • ८ बजेपछि बालेन शाहको चुरीफुरी समाप्त हुन्छ, केशव स्थापित

    काठमाडौँ / महानगरपालिकामा एमालेका मेयरका उम्मेदवार केशव स्थापितले साँझ ८ बजेपछि बालेन शाहको चुरीफुरी समाप्त हुने बताएका छन् । सुरुवाती मत परिणामबाट हौसिएका बालेन शाहका कार्यकर्ताहरुले साँझबाट राष्ट्रियसभा गृह वरपर मुख समेत देखाउन नसक्ने अवस्था आउने दावी गरेका हुन् ।सुरुवाती मत गणनामा केशव स्थापित दोस्रो स्थानमा छन् भने पहिलो स्थानमा बालेन शाह र तेस्रो स्थानमा काँग्रेसकी उम्मेदवार श्रृजना सिंह रहेकी छिन् ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • १०४ पटक पढिएको
  • लालीगुराँस नगरपालिका–१ को वडाध्यक्षमा एमालेका उम्मेदवार दान वहादुर खड्का विजयी

    तेह्रथुमको लालीगुराँस नगरपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार दान वहादुर खड्का विजयी भएका छन् । खड्काले ३ सय ९६ मत प्राप्त गरी विजयी भएका छन् ।उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार हिमचन्द्र गुरुङले २ सय ९८ मत प्राप्त गरे ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • ९९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]