काठमाडौं / शनिबार बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने भनिएको काठमाडौं महानगरपालिकामा अहिलेसम्म सुरु हुन सकेको छैन् । उम्मेदवारहरूका प्रतिनिधि राख्ने विषयमा सहमति नजुट्दा मतगणना कार्यमा ढिलाई भएको थियो ।काठमाडौं / शनिबार बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने भनिएको काठमाडौं महानगरपालिकामा अहिलेसम्म सुरु हुन सकेको छैन् । उम्मेदवारहरूका प्रतिनिधि राख्ने विषयमा सहमति नजुट्दा मतगणना कार्यमा ढिलाई भएको थियो ।
काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत उदयपुरमा करिब ५५ प्रतिशत खसेको छ ।मुख्य निर्वाचन अधिकृत दीपक खनालका अनुसार जिल्लामा हालसम्म ५५ प्रतिशत मत खसेको छ । उनले जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको बताए ।जिल्लाका २५८ मतदान केन्द्रबाट मतदान भइरहेको छ । केही मतदान स्थलमा वर्षाले केही मतदान प्रभावित भए पनि मतदान कार्य रोकिएको छैन ।उदयपुरमा २ लाख २३ हजार १३८ मतदाता छन् । जसमध्ये महिला एक लाख १० हजार दुई सय ५१ पुरुष र एक लाख १२ हजार आठ सय ८५ महिला छन् । यसैगरी तेश्रो लिङ्गी (अन्य) मतदाता पनि दुई जना रहेका छन् ।
वीरगञ्ज । पर्सामा ७० प्रतिशत मत खसेको अनुमान गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय वीरगञ्जले साँझ ५ बजेसम्मा ७० प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी दिएको छ ।मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलल कतिपय स्थानमा मतदान जारी रहेपनि औसतमा ७० प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी दिए ।कतै ७० प्रतिशत भन्दा बढी मत खसेको छ, कतै कम खसेको होला,’ उनले भने, ‘औसतमा ७० प्रतिशत मत खसेको अनुमान गरेका छौं । यकिन तथ्यांक आउन बाँकी छ । ’मतदान केन्द्रमा प्रवेश गरिसकेकाहरुलाई पाँच बजेपछि पनि मतदान गर्न दिन आयोगले निर्देशन दिएको छ ।पर्सा जिल्लाका १४ वटै स्थानीय तहमा गरेर ३ लाख ३९ हजार ८ सय ३६ मतदाता छन् । जि
निर्वाचन आयोगको प्रारम्भिक तथ्यांक अनुसार देशैभर ६५ प्रतिशत मत खसेको छ। शुक्रबार ७५३ स्थानीय तहमा भएको निर्वाचनमा आयोगले ६५ प्रतिशत मत खसेको हुन सक्ने बताएको छ।देशैभर खसेको मतको तथ्यांक संकलन गर्ने कार्य भइरहेकाले त्योभन्दा बढी पनि हुन सक्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। ‘अहिलेसम्मको प्रारम्भिक अनुमान देशैभर ६५ प्रतिशत मत खास्यो कि भन्ने छ। कतै मतदान हुन बाँकी छ त्यो हुँदा बढ्न पनि सक्छ’ रातोपाटीसँग कुरा गर्दै अर्यालले भने,‘दशैभर तथ्यांक लिनेक्रम जारी छ। सबै तथ्यांक आएपछि विस्तृत जानकारी बेलुका ६ बजेको पत्रकार सम्मेलनमा दिने छौ।’ यसअघिको निर्वाचन जति मत खस्ने अनुमान गरिएको छ।
पोखरा / पोखरामा करिब ६० प्रतिशत मत खसेको छ । २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये ६० प्रतिशतले मतदान गरेका हुन् । अघिल्लो निर्वाचनमा पोखरामा १ लाख ६८ हजार मतदातामध्ये १ लाख २५ हजार ८ सय ५३ मत खसेको थियो । ७४ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।अघिल्लो निर्वाचनमा अन्नपूर्णको अध्यक्ष बाहेक सबैमा एमालेका प्रमुख र उपप्रमुखमा एमालेले जितेका थिए । अन्नपूर्णका अध्यक्ष भने कांग्रेसले जितेका हुन् ।अहिले अझै कडा प्रतिस्पर्धा हुने बताइएको छ । मतपेटिका आउने क्रम सुरु भैसकेको र राती १२ बजेसम्म सबै संकलन भइसक्ने निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । उनका अनुसार शनि
विराटनगर महानगरपालिकामा आजैबाट मतगणना हुने सम्भावना न्यून भएको छ । मतपेटिका सङ्कलनपछि सर्वदलीय छलफल गर्नुपर्ने भएका कारण आजबाट मतगणना हुने सम्भावना न्यून रहेको हो ।मतदानस्थलबाट मतपेटिका सङ्कलनपछि सर्वदलीय छलफल गर्ने र छलफलपछि मतगणनाको समय निर्धारण गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर ढुकाथोकीले बताए । उनका अनुसार मतपेटिका सङ्कलनपछि आजै सर्वदलीय बैठक बस्ने छ ।मतपेटिका सङ्कलनपछि सर्वदलीय छलफल हुन्छ,’ उनले भने,‘ आजैबाट गणना हुने सम्भावना न्यून छ ।’ विराटनगरको मतगणना आदर्श स्कुलमा हुने छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आजै मतगणनाका लागि स
विराटनगर । प्रदेश १ की प्रदेशसभा सदस्य सावित्राकुमारी रेग्मीले मतदान गर्न पाइनन् । निर्वाचन आयोगले उनको नामावली सुन्दरहरैचा नगरपालिकामा सारिदिएपछि उनले भोट हाल्न नपाएकी हुन् ।२०४५ सालदेखि विराटनगर बस्दै आएकी उनले यसअघिका निर्वाचनमा पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर ३ स्थित पुसेट कलेज मतदान केन्द्रबाट मतदान गर्दै आएकी थिइन् । तर यो पटक मतदान गर्न नपाएको उनले बताइन् ।वर्षौदेखि यहीबाट भोट हालेको, हिजो हेर्दा नाम भेटिन’ उनले भनिन्,‘ निर्वाचन आयोगले सुन्दरहरैचा नगरपालिका–९ मा सारिदिएको रहेछ ।’उनले आयोगको लापरबाहीका कारण मतदान गर्न नपाएको उनको भनाइ छ । ‘सुन्दरहरैचामा न माइती न मावली’ उ
गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–२ ताराखसे मतदान केन्द्रमा गोली चलेको छ ।नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता बीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा मतदान केन्द्रमा खटिएकी स्वयंसेविका मनिषा थापा घाइते भएकी हुन् । उनको तिघ्रामा गोली लागेको र उपचारका लागि अस्पताल लगिएको सहायक निर्वाचन अधिकृत चित्र अधिकारीले जानकारी दिए ।गोरखाका एसपी केदार खनालले भने, ‘ माओवादी र कांग्रेस कार्यकर्ताहरु हानाहान गर्दै मतपेटिका राखेको कोठामै छिरे । झडपलाई नियन्णत्रमा लिन फायर खोल्दा थापाको खुट्टामा गोली लाग्न पुग्दा उनी घाइते भएका हुन् ।’ मतपेटिका भने सुरक्षित रहेको सहायक निर्वाच
काठमाडौं । पाँच स्थानको स्थानीय तह निर्वाचन आज स्थगित भएको छ ।काभ्रेको पाँचखाल नगरपालिका वडा नं. १३, रामेछापको खाँडादेवी–१ राँकाथुम, रौतहटको फतुवा विजयपुर नगरपालिकाको शितलपुर मतदान केन्द्र, सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नं. २ र जुम्लाको गुठीचौर गाउँपालिका–३ गज्याङमा निर्वाचन स्थगित गरिएको हो ।
अछाम / अछामका दुई ठाउँमा मतदान स्थगित भएको छ। पञ्चदेवल विनायक नगरपालिका-५ लयाटीमा स्वतन्त्र उम्मेदवार पक्ष र कांग्रेस माओवादी गठबन्धनका उम्मेदवारबीच झडप भएपछि मतदान स्थगित भएको हो।लयाटीमा भएको झडपमा मतपेटिका तोडफोड गरेर मतपत्र च्यातिएका छन् भने चारजना घाइते भएका छन्। यस्तै साँफेबगर नगरपालिका- १३ बाब्लामा पनि मतदान स्थगित भएको छ। कांग्रेस-नेकपा एकीकृत समाजवादी गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको हो।मतदान सञ्चालन गर्ने विषयमा अहिले सर्वदलीय बैठक बसिरहेको छ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.