काठमाडौं / काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् । एमालेका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका स्थापितले काठमाडौं–२८ बागबजारस्थित मतदानस्थलबाट बिहान ७ बजेपछि मतदान गरेका हुन् । शुक्रबार बिहान ७ बजेबाट देशभर मतदान सुरु भइसकेको छ । स्थापितले मतदान सुरु भएलगत्तै मत दिएका हुन् ।
काठमाडौं / गृहमन्त्री बालकृष्ण खाणले मतदान गरेका छन् । उनले रुपन्देहीको तिलोत्तमा नगरपालिका –८ ज्योति मावि ज्योतिनगर मतदान केन्द्रमा मतदान गरेका हुन् । उनी मतदानतका लागि बिहीबार नै पुगेका उनको प्रेस सल्लाहकार मधुसुधन भट्टराईले जानकारी दिए ।
सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिकाकी ११३ वर्षीया महेश्वरा अधिकारीले मतदान गरेकी छन् । आज बिहान उनले सुन्दरहरैँचा–७ स्थित पञ्चायत मावि केन्द्रबाट मतदान गरेकी हुन् । केन्द्रमा पहिलो मत नै अधिकारीले खसालेपछि मतदान सुरु गरिएको थियो ।उनी परिवारका सदस्यको सहयोगमा अटोरिक्सामा चढेर मतदान केन्द्रसम्म पुगेकी थिइन् । उनका नाति खेम केसीले हजुरआमाको उमेर ११३ वर्ष पुगेको बताए ।
रामधुनी : रामधुनीमा नेपाली काङ्ग्रेस तर्फबाट मेयरका उम्मेदवार सुदीप अधिकारीले मत लगाएका छन् ।रामधुनी ३ को जनता माध्यमिक विद्यालयको मतदान केन्द्रबाट अधिकारीले मत लगाएका हुन् ।नेपाली कांग्रेस रामधुनीका नगरसभापति समेत रहेका अधिकारीले मत लगाएपछि रामधुनी नगरवासी विकास प्रेमी युवाको खोजीमा रहेकाले आफ्नो जित सुनिश्चित भएको बताए छन्।“नगरमा युवा नेतृत्व आवश्यक परेकोले गर्दा नेपाली काङ्ग्रेसको सबै उम्मेद्बार युवा भएकोले रामधुनीमा विकासको लागि आफुहरु लाइ विजय गराउने मा आफू ढुक्क रहेको उहाले बताए ।
झापा : १ नं. प्रदेश सुरक्षा समितिद्वारा झापामा अनुगमन गरिएको छ ।प्रदेश प्रमुख सचिव डा. रामप्रसाद घिमिरेको संयोजकत्वमा प्रदेश सुरक्षा समितिका पदाधिकारीहरूबाट झापाको कचनकवल गाउँपालिका र हल्दीवारी गाउँपालिका क्षेत्रका अति संवेदनशील मतदानस्थल तथा मतगणनास्थलहरूको स्थलगत अनुगमन गरिएको हो ।आन्तरिक मामिला मन्त्रालयका सचिव कालीप्रसाद पराजुली, प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण कुमार बिसी, सहायक प्रहरी नायब महानिरीक्षक कमल गिरी, राष्ट्रिय अनुसन्धानका अनुसन्धान निर्देशक, नेपाली सेना २ नं. बाहिनी इटहरीका निमित्त बाहिनिपति सहितको टोलीले अनुगमन गरेको हो ।अनुगमनपश्चात जिल्ला सुरक्षा समिति
इटहरी : बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै प्रदेश १ मा २८ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्त (एसपी) नवीनराज राईका अनुसार प्रदेश १ का १४ वटै जिल्लामा १० हजार ५९१ प्रहरी र १७ हजार ४ सय २८ म्यादी प्रहरी परिचालन गरिएको हो ।निर्वाचनलाई लक्षित गरि मंगलबार राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्म नेपाल भारत सीमा बन्द रहने जनाइएको छ । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वतावरणमा सम्पन्न गर्न विशेषगरी सुनसरी, मोरङ, झापाका सीमा नाकामा कडाइ गरिएको एसपी राईले जानकारी दिए ।सुनसरीका प्रमुख जिल्ल
स्थानीय तह निर्वाचनको मतगणनास्थलमा सिसी क्यामेरा जडान गरिएको छ । मोरङका १७ वटै पालिकाको मतगणना स्थलमा सिसी क्यामेरा जडान भएको हो ।मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सबै पालिकाको मतगणनास्थलमा सिसी क्यामेरा जडान भएको बताए ।उनले मतगणनास्थल तारजालीले घेरेर सुरक्षित बनाइएको जानकारी दिए । ‘सिसी क्यामेरा केन्द्रबाट मनिटरिङ हुनेगरी जडान गरिएको छ,’ उनले भने,‘ मतगणनाको सबै तयारी पूरा भइसकेको छ ।’ उनका अनुसार शुक्रबार हुने मतदानका लागि मतदान केन्द्र निर्माणको काम पनि पूरा भएको छ ।
कानेपोखरी | मोरङको कानेपोखरी गाउँपालिकामा नेकपा एमाले र नेपाली काङ्ग्रेस कार्यकर्ताबीच झडप भएको छ । बुधबार राति साढे १० बजे कानेपोखरी गाउँपालिका २ स्थित दलेली बजार नजिकै दुई पक्षबीच झडप भएको हो । झडपमा युवासंघ मोरङका अध्यक्ष नवीन पौडेल घाइते भएका छन् । प्रहरी स्रोतका अनुसार दुवै समूह मध्यरातमा मतदातालाई प्रभावित पार्नका लागि दलेली बजार नजिक रहेको विपन्न बस्ती पुगेका थिए । दुई समूहबीच जम्काभेट भएपछि झडप भएको हो । झडपमा घाइते भएका पौडेलको टाउकोमा चोट छ । इलाका प्रहरी कार्यालय पथरीबाट पुगेको प्रहरी टोलीले घटना स्थलबाट एउटा मोटरसाइकल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय माेरङका प
बाग्लुङ । बागलुङको बडिगाड गाउँपालिकामा एमालेबाट अध्यक्ष पदका उम्मेदवार राजन कुमार पाईजामाथि हातपात भएको छ। बुधवार रातको पौने १ बजे हातपात भएको खार प्रहरी बिटका हवल्दार सुरेश पौडेलले जानकारी दिए ।प्रहरीले म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं १३ मा घर भएका २५ बर्षीय स्वदेश बुढाथोकी र बडिगाड गा पा वडा नं. ५ न्वार निवासी २३ बर्षका सन्दिप थापालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ ।एमाले उम्मेदवार पाईजाकाअनुसार ६ वटा बाईकमा करिब १२ जना जति धारिलो हात हतियार सहित आएर आक्रमण गरेका थिए । पाइजाका अनुसार समुहमा आएका अर्जुन पाईजा बडिगाड गाउँपालिका का कांग्रेस उप सभापति र उम्मेदवार पाइजाका भ
निर्वाचन आयोगले एम्बुलेन्स, खानेपानी ट्यांकर, दमकल, शव वाहन, दुरसंचार, दुग्ध संस्थान, अस्पताल, चिकित्सकले प्रयोग गर्ने सवारी साधन, फोहरमैला संकलन गर्ने सवारी साधन, कुटनीतिक निकाय सहितका लागि सवारी प्रेस पास आवश्यक नरहेको जनाएको छ।आयोगले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले यी निकायहरूका लागि पास आवश्यक नपर्ने जानकारी दिएका हुन् ।त्यसैगरी नेपाल सरकार वा प्रदेश सरकारको आधिकारिक निकायबाट जारी भएको प्रेस पास भएको संचारकर्मीलाई चुनावको दिन सवारी पास आवश्यक नपर्ने उनले बताए। प्रेस पास नभएका संचारकर्मीको हकमा सबन्धित संचार गृहको अनुरोधमा प्रमुख ज
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.