All Posts By कोशी प्रेस

    Showing १२,४६१-१२,४७० of १३,७४९ items.
  • डाेटीमा बस दुर्घटना, कम्तिमा २५ जना घाइते

    धनगढी / डाेटीकाे पूर्वीचाैकी गाउँपालिका-४ सानागाउँमा बस दुर्घटना हुँदा कम्तिमा २५ जना घाइते भएका छन् । कैलालीकाे धनगढीबाट बाजुराका लागि छुटेको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस बिहीबार बिहान दुर्घटनामा परेकाे हाे ।जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी भोलाप्रसाद भट्टका अनुसार घाइतेमध्ये पाँच जनालाई अस्पताल पुर्‍याइएकाे छ । कम्तिमा २५ जना घाइते भएकाे र अन्यलाई पनि अस्पताल ल्याउन थालिएको भट्टले बताए । दुर्घटनाकाे कारण खुल्न सकेकाे छैन ।

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • ४९ पटक पढिएको
  • राष्ट्र बैंकले बैंकहरूलाई साढे ४ खर्ब सापटी

    बैंकहरूसँग अहिले लगानीयोग्य रकम अभाव छ। बैंकहरूले आफ्नो रकम भरथेग गर्न राष्ट्र बैंकबाट पाउने अल्पकालीन सुविधाहरू प्रयोग गरिरहेका छन्।यस्ता विभिन्न सुविधाबापत उनीहरूले साढे चार खर्ब रूपैयाँ लिएका छन्। यो सापट रकम उनीहरूले  ढुक्कसँग चलाउन पाइरहेका छन्।यसमध्ये स्थायी तरलता सुविधाअन्तर्गत मात्र बैंकहरूले राष्ट्र बैंकबाट पाउने २ खर्ब रूपैयाँ अहिले चलाइरहेकै छन्। यो वर्ष हालसम्म स्थायी तरलता सुविधाअन्तर्गत मात्र बैंकहरूले चलाएको रकम ६७ खर्ब ६५ अर्ब पुगिसकेको छ।बैंक तथा वित्तीय संस्थालाई सरकारी ऋणपत्रको धितोमा राष्ट्र बैंकबाट ७ दिनका लागि दिइने रकमलाई

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • १३९ पटक पढिएको
  • सरकारी साधनको दुरूपयोग गरी भोट मागेको भन्दै प्रचण्ड र केही मन्त्रीविरूद्ध उजुरी

    मौन अवधिमा आचारसंहिता उल्लंघन गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'विरूद्ध दिइएको लिखित उजुरी दरपीठ भएको छ। सरकारी साधनको दुरूपयोग गरी मतदातालाई प्रभाव पार्ने काम गरेको भन्दै नेकपा एमालेका कार्यकर्ता अस्मिन घिमिरे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गर्न पुगेका थिए। प्रचण्ड, महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठ, राज्यमन्त्री उमेश श्रेष्ठ लगायतले आचार संहिताको कुनै प्रवाह नगरी भरतपुर महानगरपालिका र माडी नगरपालिकाका मतदाताको घर-घरमा पुगेर प्रभाव पार्न खोजेको आरोप उजुरीमा उल्लेख  थियो।  श्रममन्त्

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • ४९ पटक पढिएको
  • संवेदनशील मतदानस्थलमा थप सुरक्षाका लागि हेलिकप्टर तैनाथ, थप मद्दत चाहिए १० मिनेटमै सुरक्षाकर्मी पुग्ने

    विराटनगर । प्रदेश १ का अति संवेदनशील र संवेदनशील मतदान केन्द्रमा सुरक्षाकर्मीले विशेष निगरानी बढाइएको छ । प्रदेशमा ३ सय २१ मतदानस्थल ‘अति संवेदनशील’ रहेका छन् ।अति संवेदनशील रहेको मतदानस्थलमा विशेष तालिमप्राप्त सुरक्षाकर्मीलाई खटाइएको हो । मतदानस्थल र मतदान केन्द्रको संवेदनशीलतालाई ध्यानमा राखेर सुरक्षा प्रबन्ध मिलाइएको सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।‘विगतको निर्वाचनमा भएका झडप तथा आपराधिक क्रियाकलापका आधारमा हामीले मतदानस्थलहरूलाई तीन चरणमा विभाजन गरेका छौं, संवेदनशील र अति संवेदनशील मतदानस्थलमा सोहीअनुसारको सुरक्षा व्यवस्था मिलाएका छौं’ उनले भन

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • ५२ पटक पढिएको
  • सिमा नाका किन सिल गरिन्छ ?

    विराटनगर । हरेक निर्वाचनमा मतदान गर्ने दिनभन्दा ७२ घण्टाअगाडि सरकारले नेपाल–भारतको सीमा नाका सिल गर्ने गरेको छ । आवत–जावत ठप्प हुने गरी प्रत्येक निर्वाचनमा सीमा नाका सिल गर्ने गरेको हो ।भयरहित एवम् शान्तिपूर्ण तरिकाले निर्वाचन सफल बनाउन, चुनावमा धाँधली हुन नदिन र कुनै पनि आपराधिक क्रियाकलाप हुन नदिन तीन दिन सीमा नाका सिल गर्ने गरेको सुरक्षाकर्मीले बताएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै प्रदेश १ का सीमा नाकाहरू सिल गरिएको छ ।भारतसँग सीमा जोडिएका इलाम, झापा, सुनसरी र मोरङका प्रमुख सीमा नाकाहरू मङ्गलबार राति १२ बजेदेखि सिल गरिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • ५७ पटक पढिएको
  • धनकुटामा ७७७ कर्मचारी खटिए

    धनकुटा । वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनमा धनकुटामा ७ सय ७७ जना कर्मचारी परिचालन भएका छन् । स्थानीय तह निर्वाचनका लागि धनकुटामा शिक्षक, करारका कर्मचारी र ट्रेड युनियनमा आबद्ध पदाधिकारी नखटाइने भएको छ ।धनकुटामा १ सय १८ मतदानस्थलमा १ सय ५९ मतदान केन्द्र तोकिएको छन् । निष्पक्षताका लागि भन्दै सरकारी शिक्षक, स्थानीय तहमा रहेका करारका कर्मचारी र टे«ड युनियनमा आबद्ध कर्मचारी नखटाउने निर्णय गरिएको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ ।धनकुटामा १ सय ५९ मतदान अधिकृतले मतपत्र बुझिलिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए । धनकुटा जिल्लाका १ सय ५९

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • ४९ पटक पढिएको
  • निर्वाचनमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मी तैनाथ

    सुनसरी । स्थानीय तह निर्वाचनमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सुनसरीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । शुक्रबार हुने निर्वाचनलाई लक्षित गर्दै सीमा नाका बन्द गर्दै सीमामा सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ ।निर्वाचन शान्तिपूर्ण, भयरहित सम्पन्न गर्न र अबाञ्छित गतिविधि नियन्त्रण गर्न मङ्गलबार रातिदेखि मतदान अवधिभर सीमा सील गरिएको सुनसरी प्रशासनले जनाएको छ । सीमा सिल भएको अवधिमा कसैलाई पनि सीमावर्ती क्षेत्र भएर आवत–जावत गर्न पूर्णरूपमा रोक लगाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।निर्वाचनलाई लक्षित गरेर जिल्लाको ६२ किलोमिटर सीमा क्षेत्र मङ्गलबार राति

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • ४७ पटक पढिएको
  • हिउँ छिचोल्दै पैदल हिडेर पुगे लिमी क्षेत्रका मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी

    हुम्ला । हुम्लामा कर्मचारीलाई मतदान केन्द्रमा पुग्नै सकस भएको छ । सदरमुकामबाट चार दिन लाग्ने विकट लिमी क्षेत्रमा सास्ती खेप्दै कर्मचारीहरू मतदान केन्द्र पुगेका छन् ।अन्य विकट हिमाली क्षेत्रमा हेलिकप्टरबाट मतदान सामग्री पुर्‍याए पनि लिमी क्षेत्रमा हेलिकप्टर नपठाउँदा समस्या भएको हो । दार्चुलाको तिंकर क्षेत्रमा हेलिकप्टरको प्रयोग भए पनि हुम्लाको नाम्खा गाउँपालिका- ६ को लिमीमा प्रयोग भएन ।हेलिकप्टर नभएपछि ४८०० मिटर उचाइमा रहेको नारा लेकबाट हिउँ छिचोल्दै लिमी पुग्न बाध्य भएको हिमशिखर प्राथमिक विद्यालय तिल मतदान केन्द्रका मतदान अधिकृत विस्न रोकायाले गुनासो गरे ।नाम्खा गाउँपालिका ६ मा रहेका तीन

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • ४८ पटक पढिएको
  • भरतपुरको मतगणनास्थलमा फलामको बार

     चितवन । चितवनको भरतपुर महानगरपालिकाको मतगणनास्थलमा फलामको तारजाली लगाइएको छ ।३० वैशाखमा हुने स्थानीय तह निर्वाचको मतगणना गर्ने ठाउँमा मतको सुरक्षाका लागि फलामको तारजाली लगाइएको निर्वाचन आयोगले जनाएको छ । भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धन र विपक्षी दलले प्रतिष्ठाको विषय बनाएका छन् ।चितवन उद्योग संघभित्र रहेको औद्योगिक प्रदर्शनी केन्द्रमा यसपटक मतगणना गर्ने व्यवस्था मिलाइएको छ । प्रदर्शनी केन्द्रको ‘सी’ ब्लकमा मतगणना गर्ने ठाउँ बनाइएको छ ।मतगणना स्थलमा सिसी क्यामरा र फलामको तारजालीको व्यवस्था गरिएको मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी पुरूषोत्तम पौडेलले जानकारी दिए । ०७४ सालमा भरत

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • ४७ पटक पढिएको
  • आन्तरिक उडानमा भैरहवा विमानस्थललाइ मुलुककै दोस्रो हब बनाउँदै वायुसेवा कम्पनी

    काठमाडौं । नयाँ विमानस्थल सञ्चालनमा आएसँगै वायुसेवा कम्पनीहरुले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई दोस्रो हव विमानस्थल बनाउने भएका छन् ।काठमाडौंबाहेक अहिले वायुसेवा कम्पनीको प्राथमिकतामा पोखरा हवका रुपमा रहेको थियो । बुद्ध एयरले पोखरा विमानस्थललाई एयरले सबै प्रदेशसँग जोडेको छ ।अब भैरहवा विमानस्थलाई समेत सबै प्रदेशमा जोड्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । बुद्ध एयरले बिहीबार एक विज्ञप्ति निकाल्दै गौतमबुद्ध विमानस्थललाई आन्तरिकतर्फ दोस्रो हबको रुपमा सबै प्रदेशबाट जोड्न लागेको जनाएको हो । भैरहवाबाट पोखरा र भरतपुरको उडान अहिले पनि सञ्चालनमा छ ।निकट भविष्यमा भैरहवाबाट विराटनगर, भऽ

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • ४९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]