All Posts By कोशी प्रेस

    Showing १२१-१३० of १२,६७१ items.
  • इटहरीमा २० करोडभन्दा बढी लगानीमा अत्याधुनिक सिडीजी मल निर्माण हुँदै

    इटहरी । सुनसरीको इटहरीमा निजी क्षेत्रको करिब २० करोड रुपैयाँभन्दा बढी लगानीमा अत्याधुनिक व्यापारिक मल निर्माण भइरहेको छ। इटहरीको मुख्य बजार पश्चिम लाइनमा राजनीतिकर्मी तथा व्यवसायी राजकुमार गिरीको लगानीमा सिडीजी मल निर्माण भइरहेको हो।इटहरीलाई किनमेल तथा व्यावसायिक गतिविधिको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले मल निर्माण गरिएको गिरीले बताए। मल निर्माणमा हुने कुल लगानीको यकिन विवरण तयार भइनसके पनि करिब २० करोड रुपैयाँ हाराहारी वा केही बढी लगानी पुग्ने अनुमान गरिएको उनको भनाइ छ। निर्माण सामग्रीको मूल्यवृद्धि, लागत बढ्दै जानु तथा प्राविधिक कारणले प्रारम्भिक अनुमानभन्दा लगानी केही बढ्न सक्

    • प्रकाशित मितिः भदौ २, २०८३
    • २३ पटक पढिएको
  • जुटको भाउ बढेपछि सुनसरीका किसानलाई चटारो, एक बिघाबाटै ३ लाखसम्म आम्दानी

    इटहरी : भोक्राहा नरसिंह गाउँपालिका–३ का तारा मण्डलले एक बिघा क्षेत्रफलमा जुटखेती गरेका छन् । अहिले उनी जुट काटेर डाँठबाट रेसा निकाल्न व्यस्त छन् । उनको खेतमा दैनिक सात जना श्रमिक ज्यालादारीमा काम गरिरहेका छन् ।मण्डलका अनुसार जुटखेतीमा श्रम र समय दुवै धेरै लाग्छ । चैत–वैशाखमा बीउ छरेपछि मल हाल्ने, गोडमेल गर्ने तथा झारपात हटाउने काम गर्नुपर्छ । त्यसपछि जुट काटेर करिब एक सातासम्म पानीमा डुबाएर राखिन्छ । डाँठबाट रेसा निकालेर घाममा सुकाएपछि भोजा बनाएर मात्रै बजारमा बिक्रीका लागि तयार हुन्छ । मेहनत धेरै भए पनि पछिल्लो समय जुटको मूल्य राम्रो भएकाले आम्दानीसमेत बढेको मण्डल बताउँछन् । उनले वार्षिक १५ द

    • प्रकाशित मितिः भदौ २, २०८३
    • ६७ पटक पढिएको
  • कोशी बाढीको १८ वर्ष : घर बनाउने काठकै पर्खाइमा पीडित

    इटहरी  : विसं २०६५ भदौ २ गते कोशी नदीको पूर्वी तटबन्ध भत्किँदा सुनसरीका बस्तीमा आएको बाढीको घाउ अझै पुरिएको छैन। विपद्को १८ वर्ष पूरा भइसक्दा पनि त्यसबेला विस्थापित भएका धेरै परिवार स्थायी बसोबासको टुंगो लाग्ने र घर बनाउन सरकारले दिने भनेको काठ पाउने प्रतीक्षामै छन्।१८ वर्षअघि कोशी नदीले तटबन्ध भत्काएर बस्ती पस्दा सुनसरीको साविक श्रीपुर, हरिपुर, लौकही र पश्चिमकुशहालगायत क्षेत्रका हजारौं परिवार प्रभावित भएका थिए। बाढीले घर, खेतबारी र पशुचौपायासहित ठूलो मात्रामा धनसम्पत्ति बगाएको थियो। उर्वर कृषि भूमि लामो समयसम्म बगरमा परिणत भयो भने ठूलो संख्यामा मानिस विस्थापित भए। त्यसबेला सरकारले बाढीपी

    • प्रकाशित मितिः भदौ २, २०८३
    • ६६ पटक पढिएको
  • माईखोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयलाई राहत, आउजाउ सहज

    इटहरी। इलामको माईखोलामा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासी खुसी भएका छन्। इलाम नगरपालिका–८ र १० जोड्ने काइलाटारमा उक्त पुल निर्माण गर्न ८४ लाख ७१ हजार ४६० रुपैयाँ खर्च भएको छ।आर्थिक वर्ष २०८२/०८३ मा कोशी प्रदेश सरकारको लगानीमा १७९ मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण भएपछि आवतजावत सहज बनेको छ। तिल्केनी-सिलपुर सडकअन्तर्गत पर्ने काइलाटारमा पुल निर्माण भएपछि स्थानीयलाई आवतजावतमा सहजता मिलेको पूर्वाधार विकास कार्यालय इलामका प्रमुख रञ्जय सिंहले जानकारी दिए। पुल निर्माण भएसँगै राजदुवाली र सिमलगोलाईको बाटो घण्टौँ यात्रा गर्नुपर्ने बाध्यता हटेको स्थानीयले बताएका छन्। हिउँदयाममा खोला तरेर वारिपारि गर

    • प्रकाशित मितिः भदौ २, २०८३
    • ६२ पटक पढिएको
  • भोजपुरमा बाँदरको आतंक : पाक्न लागेको मकै जोगाउन किसान दिनरात खेतमै

    इटहरी : भोजपुरमा बाँदरको बढ्दो उपद्रोका कारण किसानको वर्षभरको मेहनत जोखिममा परेको छ । मकैलगायत अन्नबाली पाक्ने समयमा खेतबारीमा बाँदरको झुन्ड पस्न थालेपछि किसानलाई बालीनाली जोगाउन मुस्किल भएको हो ।विशेषगरी अहिले मकै पाक्ने समय भएकाले जिल्लाका विभिन्न क्षेत्रमा बाँदरको आतङ्क बढेको किसानले बताएका छन् । तल्लो भेग तथा वनजङ्गल आसपासका बस्तीमा बाँदरको उपद्रो बढी देखिएपछि किसानलाई अन्नबाली जोगाउन समस्या भएको हो । भोजपुरका नौवटै स्थानीय तहका अधिकांश भू–भागमा बाँदरको समस्या देखिएको छ । मकै पाक्ने समयमा खेतबारीमा बाँदरको हुल पस्ने र केही समयमै बालीनाली नष्ट गर्ने गरेको किसानको गुनासो छ । भोजपुर नगरप

    • प्रकाशित मितिः भदौ २, २०८३
    • २३ पटक पढिएको
  • बर्खामा हिलो, हिउँदमा धुलोः दमक–चिसोपानी सडक

    इटहरी।  झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको ३४ वर्ष बितिसक्दा समेत कालोपत्र हुन सकेको छैन । झापा, इलाम र पाँचथरलाई जोड्ने महत्त्वपूर्ण पहुँच मार्गको रुपमा २०४९ सालमा निर्माण थालिएको सडक अझै अधुरै रहँदा स्थानीयले वर्षौंदेखि सास्ती खेप्नुपरेको छ ।झापाको दमकस्थित जिरो प्वाइन्टदेखि पाँचथरको चिसोपानी पञ्चमीसम्म ३३ किलोमिटर सडकमध्ये करिब साढे पाँच किलोमिटर मात्र कालोपत्र भएको छ । एक किलोमिटर कालोपत्रको चरणमा छ भने करिब २६ किलोमिटरको यात्रा अझै सहज छैन । जिरो प्वाइन्टदेखि माङसेबुङ गाउँपालिका–४ मार्च

    • प्रकाशित मितिः भदौ २, २०८३
    • १६ पटक पढिएको
  • सफल बन्दै ‘ड्र्यागन फ्रुट’ खेती

    इटहरी। मोरङको कानेपोखरी–४ को पौडेल बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फार्मले अहिले सिउँडी फलको व्यावसायिक उत्पादन गरिरहेको छ । किसान विष्णु पौडेलले सिउँडी फलमा सफलता प्राप्त गर्नुभएको हो । २०७८ सालभन्दा अघि पौडेलले २४ वर्ष हार्डवेयर व्यवसाय गर्नुभयो । दैनिक सिमेन्ट रड तथा निर्माण सामग्रीको ठुलो कारोबार हुन्थ्यो । व्यापार फस्टाइरहेको थियो । बजार विस्तारसँगै हरेक चोकमा हार्डवेयर पसल खुल्न थाले । बजारको चहलपहल व्रmमशः घट्दै गयो । यसैबिच २०७७ सालमा कोरोना महामारीले व्यापारमा ठुलो मन्दी ल्यायो । त्यसपछि २०७८ सालमा उहाँले फलाम, रड, सिमेन्ट र हार्डवेयर व्यवसायलाई बिट मार्दै आफ्नै माटोसँग भविष्य खो

    • प्रकाशित मितिः भदौ २, २०८३
    • ५२ पटक पढिएको
  • कोशी सरकारमा नेकपा सहभागी नयाँ मन्त्रीले लिए शपथ

    इटहरी। कोशी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी सहभागी भएको छ । नेकपा चार मन्त्रालयको जिम्मेवारीसहित सरकारमा सहभागी भएको हो । सरकारमा सहभागी हुने मन्त्री र मन्त्रालयको नाममा सहमति भएलगत्तै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ मन्त्री नियुक्त गर्दै सोमबार मन्त्रीपरिषद् विस्तार गर्नुभएको हो । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले सोमबार अपराह्न पद तथा गोपनीयताको शपथ लिनुभएको हो । मुख्यमन्त्री कार्कीले मन्त्रीपरिषद्मा नियुक्ति, हेरफेर तथा कार्यविभाजनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्नुभएको थियो । सिफारिस अनुसार नयाँ नियुक्ति र कार्यविभाजनसँगै कोशी प्रदेशको मन्त्रीपरिषद् ११ सदस्यीय ब

    • प्रकाशित मितिः भदौ २, २०८३
    • ६० पटक पढिएको
  • गौंथली भीरमा दुई दिनदेखि अड्किएको शव निकालियो

    इटहरी। धनकुटाको महालक्ष्मी नगरपालिका–२ स्थित गौंथली भीरमा दुई दिनदेखि अड्किएको एक पुरुषको शव निकालिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त शव निकालेको हो ।महालक्ष्मी–२ स्थित हिलेखर्क बस्ने ३५ वर्षीय ओमबहादुर रानाको पैदल यात्राका क्रममा लडेर मृत्यु भएको धनकुटाका प्रहरी उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिनुभयो । उहाँका अनुसार अप्ठ्यारो भूगोलका कारण शव घटनास्थलबाट निकाल्न कठिनाइ भएको थियो । दुई दिनपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले शव निकालेको हो । शव निकाल्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रयास गरे पनि सफल हुन नसकेपछि नेपाली सेना

    • प्रकाशित मितिः भदौ २, २०८३
    • ७५ पटक पढिएको
  • ट्राफिक प्रहरीलाई हातपात गरेको आरोपमा एकजना पक्राउ

    इटहरी। ट्राफिक प्रहरीलाई चेकिङका क्रममा हातपात गरेको आरोपमा धरान उपमहानगरपालिका–११ का ३८ वर्षीय सोमप्रसाद राई पक्राउ पर्नुभएको छ ।साउन ३० गते धरान–२, माछाभौडीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी, धरानबाट खटिएको टोलीले चेकिङ गर्ने क्रममा राईले ट्राफिक प्रहरी प्रहरी सहायक निरीक्षक (प्रसनि) सुवास बिकलाई हातपात गरेको आरोप छ । घटनाबारे जानकारी पाएपछि प्रहरीले राईलाई बागमती प्रदेश ०६००९ प ८८३ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक भीषणबाबु राईले जानकारी दिनुभयो ।पक्राउ परेका राईलाई अनुसन्धानका लागि जिल्ला अदालत सुनसरीबाट साउन ३० गतेदेख

    • प्रकाशित मितिः भदौ २, २०८३
    • ३२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]