All Posts By कोशी प्रेस

    Showing १३,०३१-१३,०४० of १३,७४९ items.
  • थारु समुदायमा जुरशितल र सिरुवा मेलाकाे उत्सव

     "चैत गेलै बैशाख येलै….यैलै सिरुवा धाम हौ …भौजि चढतै बैल गडी.. ददा बहलमान हौ .... १ बैखाख २०७९ विश्वभरी महामारीको रुपमा फैलिएकाे कोरोना भाइरसका कारण करिब दुई बर्षदेखि स्थगित भएकाे सिरुवा मेला यस बर्ष धुमधामका साथ लाग्ने भएकाे छ । यस अवसरमा थारु समुदायका वस्ती-वस्तीमा खुशयाली छाएकाे छ । वसन्त ऋतु संगै बैशाख महिनाकाे आगमन अगाडि थारु समुदायको वस्तीमा खुशीयाली प्रत्येक नयाँ बर्षको जुर शितल तथा सिरुवा पर्वकाे मेलाले लिएर आउने गर्दछ । खेतवारीमा भएको दाल गहुँ, काट्ने भिञ्याउने चटारो हुन्छ । घर आङ्गनलाई माटोको सेतो, पहिलो र रातो रङ्गले लिपपोत गरिन्छ । घरको भित्तामा रङ्गी विरङगी थारु कोह

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • ६६ पटक पढिएको
  • प्रदेश १ मा ३२१ मतदानस्थल ‘अति संवेदनशील’

    विराटनगर । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रदेश १ मा ३ सय २१ मतदानस्थल ‘अति संवेदनशील’ रहेको सुरक्षा विश्लेषण गरेको छ ।जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा निर्वाचन आयोगले मतदानस्थललाई ३ तहमा वर्गीकरण गरेको छ । सो वर्गीकरण अनुसार १४ जिल्ला रहेको प्रदेशमा ४ हजार ५१ वटा मतदान केन्द्र र १ हजार ८ सय ७७ मतदानस्थलमध्ये ३ सय २१ मतदान केन्द्र अति संवेदनशील वर्गीकरण गरिएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए । उनका अनुसार  प्रदेशमा  ८ सय ४९ वटा संवेदनशील र ७ सय ७ वटा सामान्य रहेको बताए ।प्रदेशको सबैभन्दा बढी झापाका मतदानस्थल ‘अति स

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • ११५ पटक पढिएको
  • मारिओपोल सहरमा १ हजार युक्रेनी सेनाले गरे आत्मसमर्पण

    मस्को / रुसले रणनीतिक बन्दरगाह सहर मारिओपोलमा एक हजार युक्रेनी सेनाले आत्मसमर्पण गरेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले बुधबार पूर्वीयुक्रेनको रणनीतिक बन्दरगाह सहर मारिओपोलमा एक हजारभन्दा बढी युक्रेनी सैनिकले आत्मसमर्पण गरेको जनाएको हो ।सो सहरलाई मस्कोले एक महिनाभन्दा बढी समयदेखि घेरा हालेको छ । ‘मारिओपल सहरमा ३६ औँ मरिन ब्रिगेडका १ हजार २६ युक्रेनी सैनिकहरूले स्वेच्छाले आफ्नो हतियार त्यागे र आत्मसमर्पण गरे’, मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • १८५ पटक पढिएको
  • झुम्का कारागारमा दुई समूहबीच झडप

    इटहरी : झुम्का कारागारमा दुई समूहबीच झडप भएको छ । कारागारका ‘ए ब्लग’का चौकीदार जोन नाल्बो र ‘बी ब्लग’का चौकीदार खड्गबहादुर राईको सरुवा भएपछि को चौकीदार बन्ने भन्ने विषयमा झडप भएको हो ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाले घटनाको कारणबारे आफूलाई थाहा नभएको भएपनि दुई समूहबीच झडप भएको जानकारी दिए ।‘घटनाको कारणबारे मलाई पनि सबै जानकारी भएन, तर दुई समूहबीच झडप भएको हो,’ उनले टाकुरासँग फोन सम्पर्कमा भने, ‘घटनामा ६ जना घाइते भएकाले उपचारका लागि वीपी प्रतिष्ठान धरान पठाइएको छ ।’यता, झुम्का कारगारका जेलर प्रदीप शाहका अनुसार बुधबार दिउँसो ‘ब्लग बी’ का कैदीबन

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • ५९ पटक पढिएको
  • कास्की कांग्रेसका नेताहरूलाई देउवाले भने- गठबन्धनमा पाेखरा महानगरबारे छलफल नै भएको छैन

    पोखरा / नेपाली कांग्रेस कास्कीका प्रतिनिधि टोलीले सभापति शेरबहादुर देउवासँग भेटेका छन् । पोखरा महानगरको मेयर पद छोड्न नहुने मागसहित उनीहरूले देउवाको ध्यानाकर्षण गराएका हुन् ।भेटमा कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले आफूहरू पोखरामा एक्लै बलियो रहेको भन्दै चुनावी तालमेल गरे मेयर पद कांग्रेसले पाउनुपर्ने बताए । सहमहामन्त्री जीवन परियारले पोखरा अहिले कांग्रेसको अनुकुलमा रहेको रिपोर्टिङ गरेका छन् । तर, अर्काथरिले भने मेयर समाजवादीलाई दिन सकिने रिपोर्टिङ पनि गरेको श्रोतले बतायो । विशेषगरी व्यापारिक घरानाले यस्तो छलफल गरेका हुन् ।भेटमा सभापति देउवाले महानगरको गठबन्धनबारे छलफल नै अघि नबढेको प्रत

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • ११३ पटक पढिएको
  • म्यानचेस्टर सिटी सेमिफाइनलमा

    काठमाडौं। दस खेलाडीमा सीमित एट्लेटिको मड्रिडसँग युइएफए च्याम्पियन्स लिगअन्तर्गत दोस्रो लेगमा बुधबार राति गोलरहित बराबरी खेल्दै म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ। समग्रमा इंग्लिस क्लब सिटीले स्पेनिस क्लब मड्रिडलाई १-० अन्तरले पराजित गर्यो। दोस्रो लेगमा एट्लेटिको १० खेलाडीमा सीमित भएको थियो।घरेलु मैदानमा बनाएका केही अवसर सदुपयोग गर्न नसक्दा एट्लेटिको सेमिफाइनल पुग्न सफल भयो । बुधबार नै भएको खेलमा लिभरपुल र बेन्फिकाले ३-३ गोलको बराबरी खेलेपनी समग्रमा ६-४ले विजयी हुँदै सेमिफाइनलको टिकट काट्यो। फाइनल प्रवेशका लागि सिटीले अर्को स्पेनिस क्लब रियल मड्रिडसँग खेल्नेछ ।

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • १३६ पटक पढिएको
  • भ्रष्टाचार आरोपमा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराका तत्कालीन प्रमुखसहित सातजनाविरुद्व अख्तियारमा मुद्वा दायर

    इटहरी : इटहरीको तरहरामा रहेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्रका कर्मचारीले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा मुद्वा दायर भएको छ ।कृषि अनुसन्धान केन्द्रको बंङ्गुर अनुसन्धान इकाईका तत्कालीन इकाई प्रमुख, हाल अवकाश प्राप्त रामदेव पण्डित, तत्कालीन क्षेत्रीय अनुसन्धान केन्द्र, तरहराका निर्देशक कृष्णहरि श्रेष्ठ, लेखा एवं प्राविधिक अधिकृतसहित सातजनामाथि सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्वा दायर गरिएको हो ।अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार बंङ्गुर अनुसन्धान इकाईमा प्रमुखको रूपमा कार्यरत रामदेव पण्डित, सहायक कर्मचारीहरूमा शकुन्तला राई र

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • ५७ पटक पढिएको
  • मियाँ गाउँको कथा : धरापमा छन् ओत लाग्ने घरहरू

    तनहुँ / भिमाद नगरपालिका–१ हुक्कास्थित मियाँ गाउँका मोहमद अलीको घर २०७२ सालमा आएको शक्तिशाली भूकम्पले चर्कायो । भूकम्पले चर्काएको घर निजी आवास पुनर्निर्माणका लागि सरकारले अनुदान दिने लाभग्राहीको सुचीमा परेन । भूकम्पले चर्काएको घर अहिले पनि धरापमै छ ।भूकम्प पीडितको लाभग्राही सूचीमा पर्नलाई मोहमदले पुनरावेदनका लागि आठ हजार रुपैयाँ खर्चिए पनि उनी लाभग्राहीको सूचीमै परेनन् । बर्खामा आकाश गर्जिन थालेपछि त्रासैत्रासमा बित्यो अली परिवारको ६ वर्ष । हावाहुरी र पानी पर्दा चर्किएको घरमा बस्नलाई जोखिम भएपछि उनले नयाँ एक कोठे घर बनाउँदैछन् । ‘दिन राम्रै हुँदा त यहीँ घरमा बस्छौँ । हावाहुरी र पानी पर्न थालेपछ

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • ५० पटक पढिएको
  • डलर खाता खोल्न र लगानी गरी सहयोग गरिदिन एनआरएनहरुलाई अर्थमन्त्रीकाे आग्रह

     अर्थमन्त्री जनार्दन शर्माले संसारभर रहेका नेपालीलाई नेपाली बैंकमा डलर खाता खोल्न र लगानी गरी सहयोग गरिदिन आग्रह गरेका छन् ।गैर आवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले प्रवासी नेपालीहरुले डलर खाता खोल्दा नेपालको अर्थतन्त्रलाई मद्दत पुग्ने बताएका हुन् । ‘१ लाख एनआरएनले १० हजार डलरका दरले खाता खोलिदिनुस् । बैंकहरुमा तरलताको अभावमा मद्दत नै पुग्ला,’ अर्थमन्त्री शर्माले आग्रह गरे ।‘६, ७ महिनाको वस्तु र सेवा किन्ने विदेशी मुद्रा छ । राष्ट्र बैंकले हिजो मात्रै प्रकाशित गरेको प्रतिवेदन अनुसार ९ अर्ब ५८ करोड डलर छ,’ उनले भने, ‘पेट्रोलक

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • १२३ पटक पढिएको
  • यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२२ रुपैयाँ १९ पैसामा रहेको छ । यस्तै युरोपियन युरो एकको खरिददर १३१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसा रहेको छ भने युके पाउन्डस्टललिङ एकको खरिददर १५८ रुपैयाँ १५ पैसा र बिक्रीदर १५८ रुपैयाँ ९३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।यस्तै, अस्ट्रेलियन डलर आज एकको खरिददर ९० रुपैयाँ २७ पैसा र बिक्रीदर ९० रुपैयाँ ७१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ १३ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६० पैसा रहेको छ । यता जापानी यन आज १० बराबर नेपाली ९ रुपैयाँ ६५ पैसा

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • १२५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]