All Posts By कोशी प्रेस

    Showing १३,४७१-१३,४८० of १३,७४९ items.
  • किसान कल्याण सहकारी सस्थाको रक्तदान कार्यक्रम सम्पन्न

    इटहरी, सुनसरीको इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी सस्थाको आयोजनामा बृहत  रत्तदान कार्यक्रम सम्पन्न भएको छ । बढ्दो कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव भइरहेको बेला रत्तदान जिवनदान भन्ने उदेश्यले उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको हो । पछिल्लो समय रगत अभावका कारण ज्यान गुमाएका घटनाहरु बृद्धि भएको अवस्थामा  कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको सस्थाका अध्यक्ष शालिग्राम ढकालले बताउनु भएको छ ।हिजोको दिनमा रेडक्रसबाट मात्र यस्ता अभियान सन्चालन भैरहेकोमा अहिले विभिन्न गैर सरकारी संघसस्थाहरुको समेत सहभागितामा रक्तदान कार्यक्रमहरुको आयोजना गरि रग

    • प्रकाशित मितिः माघ १५, २०७८
    • १२७ पटक पढिएको
  • बुबाले चलाएको ट्र्याक्टरले किचेर दुई वर्षीया बालिकाको मृत्यु

    झापा / झापाकाे कनकाई नगरपालिका–७ दुर्गापुरमा ट्र्याक्टरले किचेर आज दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा आरुची दुलाल रहेकी छिन् । बुबा बालकृष्णले चलाएको मे १ त ७५९ नम्बरको ट्र्याक्टरले किच्दा उनी गम्भीर घाइते भएकी थिइन् । घरअगाडि पार्किङ गरेर राखिएको ट्रयाक्टर स्टाट गर्ने क्रममा ट्र्याक्टरमुनि खेल्दै गरेकी आरुची घाइते भएकी थिइन् । उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।

    • प्रकाशित मितिः माघ १५, २०७८
    • ७५ पटक पढिएको
  • महिला भगाउँदै गरेका एक व्यक्ति पक्राउ

    बैतडी ।  महिलालाई भगाएर लैजाँदै गरेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको डिलाशैनी गाउँपालिका-१ का ३२ वर्षीय मनोज धामी रहेका छन् । बिहीबार महिलासहित पक्राउ परेका उनलाई आज आफन्तको जिम्मा लगाइएको छ । मुद्दा दर्ता गर्ने सहमतिपछि आज धामीलाई आफन्तको जिम्मा लगाएको सिमार प्रहरी चौकीले जनाएको छ । आइतबार जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिने प्रहरी सहायक निरीक्षक दिलीप कार्कीले बताए। आरोपित धामीलाई २७ वर्षीय एक महिलालाई भगाएर लैजाँदै गरेको अवस्थामा बिहीबार राती साढे ११ बजे सेला भन्ने ठाउँबाट नियन्त्रणमा लिइएको थियो । धामीले भगाएर लैजाँदै गरेको महिलाका आफन्तले प्रहरीलाई

    • प्रकाशित मितिः माघ १४, २०७८
    • ८१ पटक पढिएको
  • एक हप्ताभित्र व्यवसाय सञ्चालन गर्न नदिए लाखौंलाई सडकमा उतार्ने ; रात्रिकालीन व्यवसायीको चेतावनी

    काठमाडौं । रात्रिकालीन व्यवसायीहरुले एक हप्ताभित्र व्यवसाय सञ्चालन गर्न नदिए लाखौंलाई सडकमा उतार्ने चेतावनी दिएका छन् ।शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै व्यवसायीहरुले स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न नदिए १ लाख व्यवसायी र ३ लाख मजदूरसहित सडक संघर्षमा उत्रने चेतावनी दिएका हुन् ।पत्रकार सम्मेलनमा रात्रिकालीन मनोरन्जन व्यवसायी संघको अध्यक्ष आशिष खड्काले सरकारले तत्काल व्यवसाय सञ्चालन गर्न नदिए सडकमा उत्रन बाध्य हुने चेतावनी दिए । जिम्मेवार निकायमा पुग्दा आफूहरुले व्यवसाय तत्काल सञ्चालन गर्न पाउनेमा ढुक्क नभएको खड्काले बताए ।उनले अन्य पेशा व्यवसायल

    • प्रकाशित मितिः माघ १४, २०७८
    • १५५ पटक पढिएको
  • नेवि सङ्घले कीर्तिपुर स्थित त्रिवि व्यवस्थापन सङ्कायमा गर्‍यो तालाबन्दी

    नेपाल विद्यार्थी सङ्घले कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायमा तालाबन्दी गरेको छ । विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने सहमति कार्यान्वयन नगरे पछि बाध्य भएर तालाबन्दी गरेको ने.वि.सङ्घ नेता दीपक ओझाले बताएका छन् ।आर्थिक अभावका कारण विद्यार्थीहरूमा गरिएको विभेद अन्त्य गर्न र महँगो कोर्स पढ्न नसक्ने विद्यार्थीहरूको लागि प्रत्यक्ष लाभान्वित गर्न सम्पूर्ण विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीहरूलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गर्न ने.वि.सङ्घ र त्रिवि बिच भएको सहमति कार्यान्वयन नभएको आरोप ने.वि.सङ्घ ले लगाएको छ ।नेविसंघ र त्रिविबिच २०७६ साल साउन २४ गते

    • प्रकाशित मितिः माघ १४, २०७८
    • १६८ पटक पढिएको
  • पथरीमा अन्तर्राष्ट्रिय स्कुल अवार्ड पाउने पहिलो विद्यालय रेडस्टार मावि

    पथरी । मोरङको पथरीशनिश्चरे-२ शान्तिचौकमा रहेको रेडस्टार माविले पथरीमै पहिलो पटक अन्तराष्ट्रि स्कुल अवार्ड प्राप्त  गर्न सफल भएको छ ।ब्रिटिश काउन्सिलले शिक्षा जीवन उपभयोगी, विश्वव्यापीकरण हुनुपर्ने र कितावबाट मात्र नभएर परियोजना मूलक सिकाइ हुनुपर्ने मान्यता राखेर बार्षिक रुपमा विश्वको बिभिन्न विद्यालयहरुलाई ‘इन्टरनेशनल स्कुल अवार्ड’ प्रदान गर्दछ ।काउन्सिलले नेपाल सरकार शिक्षा मन्त्रालय र शिक्षा विभाग समेतको सहभागिता अवार्ड प्रदान गर्दछ । यो वर्ष मोरङको पथरीशनिश्चरेको रेडस्टार बोर्डिङ स्कुलले आईएसए (इन्टरनेशनल स्कुल अवार्ड) प्राप्त गरेको हो ।सन् २०२१ को अवार्ड काउन्सिलले मंगलबार (पुस १

    • प्रकाशित मितिः माघ १४, २०७८
    • १३३ पटक पढिएको
  • भोजपुरमा ब्राउन सुगरसहित दुई ट्रक चालक पक्राउ

    भोजपुर / जिल्ला प्रहरी कार्यालय भोजपुरले खैरो हेरोइन (ब्राउन सुगर)सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले दुईवटा मालबाहक ट्रकमा खैरो हेरोइन भेटिएपछि दुवै चालकलाई नियन्त्रणमा लिएको हो । भोजपुर सदरमुकाम नजिकैको दुम्सिकास्थित को. १ ख ६२३२ र ना. ६ ख ७४७८ नम्बरको ट्रकमा ब्राउन सुगर लुकाएर लाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी अर्जुनकुमार अधिकारीले बताए ।              उनीहरूको साथबाट करिब दुई ग्राम एक मिलिग्राम ब्राउन सुगर र रु.८३ हजार ६ सय नगद बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ट्रक चालक धनकुटा

    • प्रकाशित मितिः माघ १४, २०७८
    • ८४ पटक पढिएको
  • उदयपुरमा नाला खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

    उदयपुर / नाला खन्ने क्रममा माटोको ढिस्काेले पुरिएर उदयपुरमा एक जनाको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका-१० बोक्सेस्थितमा नाला खन्ने क्रममा ५६ वर्षीय झर्कबहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए ।नाला खन्ने क्रममा माटोको ढिस्को झर्दा उनकाे शरीरका विभिन्न भागमा चोट लागेकाे थियाे । गम्भीर घाइते भएका सार्कीको कोशी अस्पताल विराटनगरमा उपचारकाे क्रममा मृत्यु प्रहरीले जनाएकाे छ।

    • प्रकाशित मितिः माघ १४, २०७८
    • ७७ पटक पढिएको
  • खोटाङमा वडा कार्यालय र विद्यालयमा तोडफोड

    खोटाङ / खोटाङको ऐसेलुखर्क गाउँपालिका-३ वडा कार्यालय र त्रिभुवन माबिको कार्यालय तोडफोड भएको छ । बिहीबार राति वडा कार्यालय ऐसेलुखर्क र त्रिभुवन माविको कार्यालय तोडफोड भएको हो । वडा कार्यालय र विद्यालय तोडफोड गर्नेको पहिचान हुन सकेको छैन । वडा कार्यालयको घेराबारको तालाचाबी, अध्यक्षको कार्यकक्ष, वडा सचिवको कोठा र सभाहलको चाबी तोडिएको छ । ढोका फाेडेर भित्र प्रवेश गरेर कार्यालयभित्रका सबै घर्रा खोलेको पाइएको छ । क्षतिको बारेमा अनुसन्धान भइरहेको वडाध्यक्ष राजेशकुमार राजभण्डारीले बताए । वडा कार्यालयले थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय ऐसेलुखर्कमा उजुरी दिएको छ ।विद्यालयको मूल ढोका र तीनवटा दरा

    • प्रकाशित मितिः माघ १४, २०७८
    • १३८ पटक पढिएको
  • उदयपुरगढीले गाउँगाउँमा माटो परीक्षण

    उदयपुर / उदयपुरको उदयपुरगढी गाउँपालिकाले कृषिलाई व्यवसायिकरूप अघि बढाउन गाउँगाउँमा माटो परीक्षण अभियान थालेको छ । शिविरमा आलु खेतीका लागि किासनले खेतबारीको माटोको परीक्षण गर्न पाएका हुन् ।गाउँपालिकाले प्रदेश १ को माटो तथा मल परिक्षण प्रयोगशाला झुम्का सुनसरीको प्राबिधिक सहयोगमा माटो परीक्षण शिविर सम्पन्न गरिसकेकाे छ । उदयपुरगढी गाउँपालिका-४ ढुग्रेका ६४ किसानको माटो परीक्षण गरिएकाे हाे । परीक्षणबाट त्यस क्षेत्रमा आलु खेतीका लागि उपयुक्त रहेको पाइएपछि किसान खुसी भएका छन् ।चिसो मौसम, मलिलो माटो भएको त्यस क्षेत्रमा आलु खेती गर्न सकिने भएकाले ढुग्रेका कृषक समूहको माग अनुसार पालिका कृषि विकास शाखाले

    • प्रकाशित मितिः माघ १३, २०७८
    • २६३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]