इटहरी । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । फुङलिङ नगरपालिका–२ शिक्षा लाइन क्षेत्रमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका दुई युवामाथि जाँच गर्ने क्रममा उनीहरूलाई लागुऔषधसहित पक्राउ गरिएको हो । जाँचका क्रममा सुनसरीको धरान उपमहानगरपालिका–६ स्थायी घर भई हाल फुङलिङ–२ बस्दै आएका २१ वर्षीय बिकेश लिम्बुको साथबाट ट्रामाडोल ३७ क्याप्सुल र ‘क्लेरियो’ लेखिएको ३८ ट्याब्लेट बरामद गरिएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक आशिष पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार फुङलिङ नगरपालिका–९ निवासी २१ वर्षीय फुपु शेराप शेर्पाको कोठामा गरिएको खानतलासीका क्रममा ट्रामाडोल २० क
इटहरी । पूर्वको प्रसिद्ध छिन्ताङदेवीको दिदी मानिने धर्मदेवी मन्दिर, तीन वटा आकर्षक झरना र याक्खा संस्कृतिको अनुपम सङ्गम रहेको धनकुटाको माझगाउँमा सम्भावनायुक्त पर्यटकीय गन्तव्य रहेको छ तर सडक, पूर्वाधार र प्रचारप्रसारको अभावले महालक्ष्मी नगरपालिका–२ रहेको यो क्षेत्र ओझेलमा परेको छ । छिन्ताङ मन्दिरमा दैनिक सयौँ भक्तजन पुग्दा धर्मदेवीमा भने स्थानीयबाहेकका भक्तजन पुग्ने गरेका छैनन् । धार्मिक मान्यता अनुसार धर्मदेवी जेठी, हुम्बुङ माहिली र छिन्ताङदेवी कान्छी देवीका रूपमा मानिन्छ र त्यही अनुसार सुरुमा बिहान धर्मदेवीमा, दिउँसो हुम्बुङ र साँझमा छिन्ताङदेवीमा पूजाआजा गर्ने तथा गर्नुपर्ने प्रचलन रहि
इटहरी । उदयपुरको त्रियुगा नगरपालिका–१२ बुद्धचोकस्थित भित्री सडकखण्डमा मङ्गलबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।जनप्रेमी स्कुलबाट बुद्धचोकतर्फ जाँदै गरेको स ९ प ८२५३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई स्थानीय बलदेव चौधरीको इँटाको पर्खालमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका त्रियुगा नगरपालिका–१२ निवासी २४ वर्षीय मोटरसाइकल चालक हेमन्त सदालाई उपचारका लागि तत्काल जिल्ला अस्पताल उदयपुर लगिएको थियो । उपचारकै क्रममा चिकित्सकले उहाँलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।उक्त मोटरसाइकलमा पछाडि सवार त्रियुगा नगरपालिक
सुन्दरहरैचा । सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा आमा समूहका सदस्यहरूलाई लक्षित गरी स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ। वडा नं. ५ को कार्यालयमा आयोजित कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न आमा समूहका सदस्यहरूको सहभागिता रहेको थियो।कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरी, वडा नं. ५ का अध्यक्ष गणेश चौधरी, स्वास्थ्य शाखाका प्रकाश पाठक र अर्जुन भट्टराई लगायत नगरपालिकाका पदाधिकारी तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहजकर्ताका रूपमा लिलामणि दाहाल तथा सुन्दरपुर स्वास्थ्य चौकीका प्रमुख डिल्लीराम कट्टेलले स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा सहजीकरण गर
इटहरी । भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका किसानलाई आधुनिक मौरीघार निर्माणसम्बन्धी तालिम सञ्चालन गरिएको छ । स्थानीयस्तरमै सीप विकास गरी व्यावसायिक मौरीपालनलाई प्रवर्द्धन गर्ने उद्देश्यले यहाँका २० किसानलाई तालिम दिइएको हो । हालै सम्पन्न तालिममा सहभागीलाई सात दिनसम्म आधुनिक प्रविधिमा आधारित मौरीघार निर्माण गर्ने विधि, मौरी व्यवस्थापन, मौरीका रोग तथा कीरा नियन्त्रण, मह उत्पादन र बजार व्यवस्थापनसम्बन्धी ज्ञान तथा सीप प्रदान गरिएको छ । तिम्मा क्षेत्र प्राकृतिक हिसाबले मौरीपालनका लागि उपयुक्त मानिन्छ । यहाँ नजिकै जङ्गल, विभिन्न प्रजातिका फूल, बिरुवा तथा स्वच्छ व
इटहरी । नेपाल–भारत खुला सिमानाबाट सरकारले एक सय रुपियाँभन्दा बढी मूल्यका सामान ल्याउन प्रतिबन्ध लगाए पनि नाकानाकाबाट ठूलो मात्रामा लागुऔषध तथा अन्य सामग्री भित्रिने गरेको पाइएको छ ।सोमबार साँझ ५ बजे कचनकवल गाउँपालिका–६ बनियानीमा भारतको किसनगञ्ज जिल्ला, दलेगाउँ पञ्चायत–१ बस्ने २० वर्षीय युवराजालाई जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले ६९ ग्राम ६०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।उहाँको साथबाट ६९ ग्राम ६०० मिलिग्राम ब्राउन सुगर ९प्लास्टिकसहित०र बीआर ३२ भी ६९०९ नम्बरको मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ । उहाँलाई नियन्त्रणमा ल
इटहरी। पाँचथरको फिदिम नगरपालिकाले चालु आर्थिक वर्षमा किसानलाई दुई करोड ६० लाख ५७ हजार २ सय ९३ रुपियाँ बराबरका कृषि औजार तथा उपकरण हस्तान्तरण गरेको छ ।नगरपालिकाले ५० प्रतिशत लागत साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न कृषि सामग्री खरिद गरी किसानलाई उपलब्ध गराएको हो । नगरपालिकाको कृषि शाखाका अनुसार यस वर्ष कुल एक हजार २ सय ७४ थान कृषि सामग्री वितरण गरिएको छ । नगर प्रमुख मित्रप्रसाद काफ्लेका अनुसार नगरपालिकाले १ सय ८० थान मिनी टिलर, ३ सय ६१ थान कम्बाइन राइस मिल, चार थान कर्न थ्रेसर, दुई थान तेल पेल्ने मिल, पाँच थान ब्रस कटर, ३० थान प्लास्टिक टनेल, २ सय ७२ थान ग्रिनहाउस टनेल, सात थान प्लास्टिक पोखरी,
इटहरी । खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले प्रतिकिलो ग्राम ५ रुपैयाँ छुट दिएर चामल बिक्री गर्न थालेको छ।बिदाका दिनमा समेत कार्यालयमा फोन सम्पर्क गरी आउने सेवाग्राहीलाई चामल दिने व्यवस्था गरिएको खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले जनाएको छ। खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाका प्रबन्धक प्रकाश तिमल्सिनाका अनुसार क्विन्टल ५ सय रुपैयाँ छुट दिइ चामल बिक्री गरिरहेको छ। खाद्यले अहिले स्टिम जिरा र सोना मन्सुली गरी दुई प्रकृतिका चामल बिक्री गरिरहेको छ।तिमल्सिनाका अनुसार दुवै प्रकृतिका गरी अहिले दैनिक ३० देखि ४० बोरा चामल बिक्री भइरहेको छ
इटहरी । कृषि अनुदान वितरणमा हुने दुरुपयोग र झोले किसानको बिगबिगी रोक्न कोशी प्रदेश सरकारले ल्याएको ब्याज अनुदान कार्यक्रम कार्यान्वयनको प्रभाव कमजोर देखिएको छ । नगद अनुदानको सट्टा वास्तविक किसानको हातमा सरकारी सहुलियत पुगोस् भन्ने उद्देश्यले सुरु गरिएको ब्याज अनुदान कार्यक्रममा किसानको पहुँच कमजोर देखिएको र चालु आर्थिक वर्ष २०८२र८३ मा लक्ष्यको २५ प्रतिशतभन्दा कम मात्र कर्जा प्रवाह भएको पाइएको छ । कोशी प्रदेश सरकारले अघिल्लो आव २०८१र८२ देखि नै उत्पादनका नगद अनुदान दिने परिपाटी अन्त्य गरी कृषि कर्जामा ब्याज अनुदान दिने नीति अवलम्बन गरेको थियो । अघिल्लो वर्ष सात अर्ब ८२ करोड रुपियाँ कर्जा ब
इटहरी। दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथन प्रतियोगिताको उपाधि पाँचथरका विशाल राईले हात पार्नुभएको छ । दोस्रो सिरिजङ्घा पर्यटन महोत्सवको अवसरमा आयोजित उक्त साहसिक खुल्ला म्याराथनको उपाधि राईले हात पार्नुभएको हो ।२४ प्रतिस्पर्धीलाई पछि पार्दै राईले ५ घण्टा ३० मिनेट ८ सेकेण्डमा ४२ किलो लामो दूरी पार गर्नुभएको थियो । सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनको छुमादिनबाट ४ हजार २ सय मिटर उचाइको दुण्डु डाँडा पुगेर पुनःछुमादिनमा फर्किदा निर्धारित दूरी पूरा हुन्थ्यो । यस्तै ताप्लेजुङको पेदाङका बिभिषण लिम्बूले ५ घण्टा ३१ मिनेट २० सेकेन्डमा निर्धारित दूरी पार गर्नै दोस्रो बन्नुभएको म्याराथन संयोजक अमिर राईले जानक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.