इटहरी । इलामको सूर्योदय नगरपालिका–४ खड्का गाउँस्थित भित्री कच्ची सडकमा पिकअप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।बमजमडाँडातर्फ बाँस बोकेर जाँदै गरेको प्रदेश १–०१–००१ ज ३५३२ नम्बरको पिकअप गाडी अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा गाडी चालक सूर्योदय नगरपालिका–४ बमजमडाँडा निवासी ४५ वर्षीय विलास राई गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि फिक्कल अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।दुर्घटनामा सहचालक सूर्योदय–४ श्रीबुङका २० वर्षीय कुन्दन वाइबा घाइते भएका छन्। उनको कम्मरको बायाँ भागमा चोट लागेको छ र श्रीनिधि अस्प
इटहरी । उदयपुरको कटारीमा खानेपानीको अभाव भएको छ । कटारी नयाँ खानेपानी तथा उपभोक्ता संस्थाले एक हप्तादेखि मोटरमा समस्या आएको भन्दै पानी दिन नसकेपछि पिउने पानीको समस्या भएको हो ।कटारी नगरपालिका–३, ४ र ५ मा पानीको समस्या देखिएको हो । हिजो बिहान कटारी–४ डाँडाटोलका स्थानीय पानी अभाव भएको भन्दै रित्तो गाग्रीसहित पानी माग्न मेयरको घरमा पुगेपछि कटारी नगरपालिकाले हिजोदेखि दमकलबाट पानी वितरण शुरू गरेको छ ।पानी नभएर शौचालय जान, दैनिक कार्य गर्न, खाना पकाउन तथा पिउन पनि समस्या हुन थालेपछि मेयरको घर पुगेको स्थानीय केदार रानामगरले बताउनुभयो । अटो रिक्सामार्फत खोलाबाट पानी ल्याएर अन्य काम चलाउनुप
इटहरी । मोरङको पथरी शनिश्चरेमा दुई दिवसीय शहिद रत्न कुमार बान्तवा राष्ट्रव्यापी खुल्ला फिडे रेटेड रेपिड चेस प्रतियोगिता सुरु भएको छ । आजदेखि पथरी शनिश्चरेस्थित सीन भिलेज पार्टी प्यालेसमा ‘सृजनशील र स्वास्थ्य दिमागका लागि बुद्धिचाल, शहिद रत्न कुमार बान्तवाको सम्झनामा समर्पित’ भन्ने नारा सहित प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको प्रथम पुरस्कार पाँचौँ मिस्टर काठमाडौंका विजेता स्वर्गीय प्रकाश राईको स्मृतिमा स्थापित प्रकाश राई स्मृति प्रतिष्ठानले प्रायोजन गरेको छ । पथरी उद्योग वाणिज्य सङ्घका महासचिव अशोककुमार राईको प्रमुख आतिथ्यता तथा फ्रेण्ड सिप चेस क्लब पथरी शनिश्चरेका अध्यक्ष धनराज राई अमिरको
इटहरी । सुनसरीको इटहरी स्थित आपगाछी नजिकै शान्ति चोक अगाडि रहेको स्टेशन पब होटल पुनः नयाँ स्वरूपका साथि सञ्चालन गरिएको छ । इटहरी उपमहानगरपालिका–१, सोल्टी वेस्टएन्ड अगाडि रहेको होटल परिमार्जित र नयाँ स्वरूपका साथ औपचारिक रूपमा सञ्चालनमा आएको छ । उद्घाटन समारोहलाई थप विशेष र मनोरञ्जनात्मक बनाउन स्थापित गायिका जुनु प्रसाईंको विशेष साङ्गीतिक प्रस्तुति रहेको थियो। सुमधुर सङ्गीत र रमाइलो वातावरणका बीच ग्राहकहरूले स्वादिष्ट परिकारहरूको स्वाद लिँदै उद्घाटन उत्सवको भरपूर आनन्द उठाएका थिए । होटलका सञ्चालक गोपाल गिरिका अनुसार सुरुवातदेखि नै ग्राहकहरूको रोजाइ र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै सेवा
इटहरी । नेपाली कांग्रेस सुन्दरहरैंचाले सांगठनिक सुदृढीकरण र पार्टी विस्तार अभियानलाई तीव्र बनाउँदै वडा नं. १ र १२ को आयोजनामा वडास्तरीय भेटघाट तथा संगठनात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नेपाली कांग्रेस मोरङ्ग क्षेत्र नं ६ का सभापति देवराज तामाङका साथै नेपाली कांग्रेस मोरङ्ग जिल्लाका सचिव ललितबहादुर श्रेष्ठ, नेपाली कांग्रेस महासमिति सदस्य लोकप्रसाद संग्रौला, नेपाली कांग्रेस सुन्दर हरैंचाका सभापति भक्तिप्रसाद सिटौला लगायतका नेताहरूको उपस्थिति रहेको थियो । वडा समितिको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय तहमा पार्टीको उपस्थिति, आगामी कार्यदिशा, संगठन विस्तार तथा जनचासोका वि
इटहरी । लगातार तीन दिन अस्पताल बन्द रहेपछि विरामीको बढ्दो चापलाई व्यवस्थापन गर्न बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ले ओपीडी पुर्जा वितरणका लागि थप काउन्टर सञ्चालन गर्ने भएको छ । प्रतिष्ठानका निमित्त उपकुलपति डा. ईन्द्र लिम्बु का अनुसार स्वास्थ्य बीमामार्फत सेवा लिने विरामीका लागि जीओडी बीचको भवनमा १२ वटा काउन्टर सञ्चालन गरिनेछ। त्यसैगरी, अन्तिम भवनमा स्वास्थ्य बीमा नभएका तथा शुल्क तिरेर पुर्जा लिने सेवाग्राहीका लागि ५ वटा काउन्टर सञ्चालनमा ल्याइनेछ । शुक्रबार, शनिबार र आइतबारको बिदापछि सोमबार अस्पताल खुल्दा विरामीको अत्यधिक चाप हुने अनुमान गरिएको छ । उपचार सेवालाई सहज र व्यवस्थित बना
इटहरी । धरान फुटबलको गौरवपूर्ण पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन महत्वपूर्ण योगदान दिएका धरानका व्यावसायिक फुटबल खेलाडी मिलन राई सम्मानित भएका छन्। चौथो “हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता २०८३” को फाइनल खेलको विशेष अवसरमा हाम्रो धरान भेट्रान फुटबल क्लबले उनलाई नगद २१ हजार तथा सम्मानपत्र प्रदान गर्दै विशेष सम्मान गरेको हो। धरानको स्थानीय फुटबल मैदानबाट आफ्नो खेल जीवनको सुरुवात गरेका मिलन राई नेपाली फुटबलका स्थापित खेलाडीमध्ये एक हुन् । उनले स्थानीय क्लबदेखि ए डिभिजन क्लबहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू हुँदै नेपाली राष्ट्रिय टोलीसम्म आफ्नो प्रतिभा प
इटहरी। १८औँ संस्करणको शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बेलबारी फुटबल क्लब, मोरङले जितेको छ। धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा शनिबार सम्पन्न फाइनल खेलमा आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानलाई ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै बेलबारीले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो। ट्राइब्रेकरमा बेलबारीका विदेशी खेलाडी सोलोमान किङ, शिशिर लेखी, विदेशी खेलाडी मुतियु, विशाल थिङ र श्याम मुरमुरले गोल गर्नुभयो। बेलबारीका विवेक पौडेलको प्रहार भने आयोजकका गोलकिपर विदेशी खेलाडी प्रिसुले बचाउनुभयो।आयोजक शहीद भीमन
इटहरी। त्रियुगा नगरपालिका वडा नं। १२ फूलचोक क्षेत्रबाट जुवा खेलिरहेको अवस्थामा ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय महेन्द्र चौधरीको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले घरधनी चौधरिसहित ११ जनालाई पक्राउ गरेको हो । जुवाको खालबाट नगद एकलाख ८२ हजार ३८२ तथा १६ वटा कौडा, ११ थान मोबाइल फोन र ५ थान मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेहरूमा घरधनी ४५ वर्षीय महेन्द्र चौधरी, ५२ वर्षीय चिरन राई, ३४ वर्षीय जितन राई, २८ वर्षीय तिलक राई, ३५ वर्षीय जगदीश राई, ३३ वर्षीय नविन तामाङ, ५४ वर्षीय वसन्त राई, ६२
इटहरी। धनकुटा नगर क्षेत्रमा सार्वजनिक ट्याम्पु चलाउने एकमात्र महिला चालक तृष्णा राईलाई नगदसहित सम्मान गरिएको छ।आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना कार्यान्वयन इकाइ, धनकुटा नगरपालिकाले आयोजना गरेको अन्तरक्रिया तथा सम्मान कार्यक्रममा उहाँलाई नगद र सम्मानपत्रसहित सम्मान गरिएको हो। ‘महिला अधिकारको सम्मान आत्मनिर्भरता र समृद्धिको अभियान’ भन्ने मूल नाराका साथ मनाइएको दिवसका अवसरमा धनकुटा नगरपालिका–७ टोमुवाकी राईलाई नगद ६ हजार रुपियाँसहित सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति धनकुटाकी उपप्रमुख सावित्रा राई
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.