All Posts By कोशी प्रेस

    Showing १५१-१६० of १२,६७१ items.
  • कोशी ब्यारेजबाट युवक बेपत्ता, खोजी तीव्र

    इटहरी। सुनसरी र सप्तरी जिल्लालाई जोड्ने सप्तकोशी नदीस्थित कोशी ब्यारेजको पुलबाट एक भारतीय युवक बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा भारतको अररिया, बिहारका २५ वर्षीय सञ्जीवकुमार शर्मा रहेको इलाका प्रहरी कार्यालय भण्टाबारीले जानकारी दिनुभयो । प्रारम्भिक जानकारीअनुसार शर्मा कोशी ब्यारेजको पुलबाट नदीतर्फ बेपत्ता हुनुभएको हो । घटनालगत्तै सुनसरी र सप्तरीतर्फका सुरक्षाकर्मीले खोजी तीव्र बनाएका छन् । खोजीका लागि विपद् व्यवस्थापन सुरक्षा बेस भारदहबाट सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमसागर बिष्टको नेतृत्वमा टोली परिचालन गरिएको छ । त्यस्तै, इलाका प्रहरी कार्यालय भण्टाबारीबाट प्रहरी नायब निरीक्षक सुरेश यादवको

    • प्रकाशित मितिः भदौ १, २०८३
    • ३५ पटक पढिएको
  • ग्यासले गाउँका भान्साबाट हराउँदै दाउरा

    इटहरी।  ग्रामीण क्षेत्रमा दाउराबाट खाना पकाउने चलन हराउँदै गएको छ । दैनिक जीवनमा खाना पकाउनदेखि भोजभतेर पकाउन प्रयोग हुँदै आएको दाउरा पछिल्लो समय ग्रामीण भान्साबाट हराउँदै गएको हो । एलपी ग्यासको पहुँच बढेसँगै गाउँघरका चुलोबाट दाउरा विस्थापित हुँदै गएको हो । चतराका स्थानीय युवराज भट्टराई भन्नुहुन्छ,दाउराको तुलनामा सजिलो, छिटो र धुवाँरहित हुने भएकाले गाउँघरमा दाउराको विकल्पमा एलपी ग्यासको प्रयोग बढ्दै गएको छ । घरमा खाना पकाउने कामदेखि विवाह, काजकिरिया, भोजभतेर तथा अन्य सामाजिक र सांस्कृतिक कार्यव्रmममा समेत ग्यासबाट चल्ने चुलो प्रयोग हुन थालेको उहाँ बताउनुहुन्छ । प्रकाशपुरका ग्यास डिलर

    • प्रकाशित मितिः भदौ १, २०८३
    • ७५ पटक पढिएको
  • पथरी शनिश्चरेमा प्याब्सन स्पेलिङ कन्टेस्ट: सुपर्व प्रथम, किराँत दोस्रो

    इटहरी । मोरङको पथरी शनिश्चरे–२ स्थित सिन भिलेज पार्टी प्यालेसमा आइतबार पालिका स्तरीय ’प्याब्सन स्पेलिङ कन्टेस्ट’ सम्पन्न भएको छ । नगरका १९ विद्यालय सहभागी प्रतियोगितामा सुपर्व मोडेल स्कुल प्रथम, किराँत एकेडेमी दोस्रो र एभरेस्ट बोर्डिङ स्कुल तेस्रो भए । बाल्मिकी मेमोरियल र भूपू सैनिक बोर्डिङ स्कुलले सान्त्वना स्थान हासिल गरेका छन् । बराबर अंक भएपछि टाइब्रेकर मार्फत प्रथम र दोस्रो स्थान छनोट गरिएको प्रतियोगिता जनरल, जम्बल र मिस स्पेलिङ करेक्सन गरी तीन चरणमा सञ्चालन भएको थियो। कार्यक्रमका विशिष्ट अतिथि प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतले विद्यार्थीको अंग्रेजी भाषाका चारै कौशल (सुनाइ, बोलाइ

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • १२६ पटक पढिएको
  • कोशीमा पहिलोपटक हुने ‘हिकभिजन एक्सपेरियन्स एक्स्पो २०२६’ समापन

    इटहरी । सुरक्षा प्रविधिको क्षेत्रमा काम गर्दै आएको हिकभिजनले कोशी प्रदेशमा पहिलोपटक आयोजना गरेको ‘हिकभिजन एक्सपेरियन्स एक्स्पो २०२६’ समापन भएको छ ।एक्स्पो विराटचोकस्थित नेपालिरिका होटलमा २ दिन सम्म आयोजना गरिएको थियो । कोशी प्रदेशमा पहिलोपटक आयोजना भएको एक्स्पोको व्यवस्थापन एल्प नाइन टेक्नोलोजीज विराटनगर, प्यारागन आईटी सोलुसन इटहरी, आरएस कम्प्युटर दमक र तेजस्वी कम्प्युटर सपोर्ट बिर्तामोडले गरेको थियो । हिकभिजन र म्याक्सिमा मल्टिनेसनल ट्रेडिङ प्रालिको संयुक्त आयोजनामा भएको एक्स्पोमा आर्टिफिसियल इन्टेलिजेन्स एआई सहित सुरक्षा प्रणालीका क्षेत्रमा प्रयोग भइरहेका नयाँ प्रविधि तथा हिकभिजनका नवीनतम उत

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • ९७ पटक पढिएको
  • रविन्द्र बरालको नेतृत्वमा नेल्टा कोशी प्रदेशको २१ सदस्यीय नयाँ कार्यसमिति चयन

    इटहरी । नेपाल इङ्लिस ल्याङ्ग्वेज टिचर्स एसोसिएसन नेल्टा कोशी प्रदेशको अध्यक्षमा रविन्द्र बराल सर्वसम्मत निर्वाचित हुनुभएको छ । मोरङको सुन्दरहरैँचा स्थित गोदावरी रिसोर्टमा आयोजित पाँचौँ नेल्टा कोशी प्रोभिन्स लिडरसिप सिम्पोजियम (नेतृत्व सम्मेलन) का क्रममा बरालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । बराल यसअघि  नेल्टा कोशी प्रदेशको महासचिवका रूपमा जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ओमप्रकाश सिंह, उपाध्यक्षमा राजेन्द्र बराल, महासचिवमा केशव उप्रेती, सचिवमा नारायण सुवेदी, सदस्य सचिवमा रुद्रबहादुर थापा र कोषाध्यक्षमा कमलराज दाहाल चयन हुनुभएको

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • १३२ पटक पढिएको
  • सोलुखुम्बुको पिके पिकमा ‘रेड पाण्डा म्याराथन’

    इटहरी। ‘रेड पाण्डा म्याराथन २०२६’ को तेस्रो संस्करण सोलुखुम्बुको सल्लेरीमा आयोजना हुने भएको छ । दुर्लभ वन्यजन्तु रेड पाण्डाको दीर्घकालीन संरक्षण र बासस्थान पुनर्गठनका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आगामी भदौ २० गते म्याराथन आयोजना गर्न लागिएको हो ।स्थानीय साझेदार संस्था हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा सोलुखुम्बुका अध्यक्ष ङिमा तेण्डुप शेर्पाका अनुसार रेड पाण्डा नेटवर्कको आयोजना र ‘प्ले फर नेचर’को मुख्य आर्थिक सहयोगमा प्रतियोगिता हुन लागेको हो । यसले पर्यटकीय जिल्ला सोलुखुम्बुको तल्लो सगरमाथा क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यका रूपमा अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत पुर्‍याउने ल

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • १०६ पटक पढिएको
  • देश बनाउन हिँडेका हौँ : अध्यक्ष ओली

    इटहरी। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता–कार्यकर्तालाई पद र व्यक्तिगत स्वार्थभन्दामाथि उठेर देश र जनताको हितमा काम गर्न आव्हान गर्नुभएको छ । झापाको बिर्तामोडमा आइतबार आयोजित ‘मिसन पार्टी जागरण अभियान–२०८३’ कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष ओलीले आफू प्रधानमन्त्री वा पार्टी अध्यक्ष बन्ने उद्देश्यले राजनीतिमा नआएको बताउनुभयो । “देश बनाउन हिँडेका हौँ । देशका लागि काम गर्न लागेका छौं । देश बनाउन हामी हिँड्नुपर्छ” पूर्व प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले राजनीतिमा व्यक्तिगत लाभ र पद प्राप्तिको सोच राख्न नहुने बताउँदै राष्ट्रिय हितलाई केन्द्रमा राख

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • ७५ पटक पढिएको
  • साढे चार लाख अर्लैचीको बिरुवा वितरण

    इटहरी।  ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका किसानलाई करिव साढे चार लाख अलैँचीको बिरुवा वितरण गरिएको छ । गाउँपालिकाले वडा ७ ओलाङ्चुङगोलाबाहेक अन्य छ वटा वडाका किसानलाई उक्त परिमाणमा अलैँचीको बिरुवा वितरण गरेको हो ।पालिकाका वडा १ देखि ६ सम्मका किसानलाई कूल चार लाख ४४ हजार ९०० अलैँचीको बिरुवा वितरण गरिएको हो । अर्लाङ, डम्बरसाई र रामसाई जातको अलैँची बिरुवा वितरण गरिएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले जानकारी दिनुभयो ।पालिकावासी किसानलाई वितरण गरिएको उक्त अलैँचीको बिरुवा इलामदेखि ल्याइएको अध्यक्ष लिम्बूले बताउनुभयो । उहाँका अनुसार ‘एक वडा, एक उत्पादन’ कार्यक्रमअन्तर्गत किसानलाई अलैँ

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • ९४ पटक पढिएको
  • बैंकिङ कसुरमा १७ लाख जरिवाना ठहर भएका फरार प्रतिवादी पक्राउ

    इटहरी: बैंकिङ कसुर मुद्दामा १७ लाख ३९ हजार ५०० जरिवाना ठहर भई फरार रहेका एक प्रतिवादीलाई झापा प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा झापाको शिवसताक्षी नगरपालिका–११ दुधे बस्ने ५६ वर्षीय हर्कधन सेवा रहेका छन् । उच्च अदालत विराटनगर, इलाम इजलासको चार वर्षअघि गरेको फैसलाअनुसार बैंकिङ कसुर मुद्दामा उनलाई जरिवाना सजाय सुनाएको थियो । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार घर नजिकैबाट उनलाई पक्राउ गरेको हो ।पक्राउ परेका सेवालाई फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय इलामसँग समन्वय गरी बुझाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय झापा

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • ५९ पटक पढिएको
  • धनकुटामा बस दुर्घटना, तीन जना घाइते

    इटहरी। धनकुटाको साँगुरीगढी गाउँपालिका वडा ६ चारखोले गोलाईस्थित कोशी लोकमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार बिहान धरानबाट तेह्रथुमतर्फ जाँदै गरेको को १ ख ५१०५ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकको छेउमा दुर्घटनामा परेको हो । दुर्घटनामा परि तेह्रथुमको छथर गाउँपालिका वडा १ का करिब ११ वर्षीया नुमा लिम्बु, छथर गाउँपालिका वडा ४ का करिब ६९ वर्षीय कविराज थापा र सोही स्थानकी करिब ५६ वर्षीया शुकमाया लिम्बु घाइते भएका छन् । घाइते तीनै जनाको शरीरमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।उनीहरूलाई थप उपचारका लागि बीपी

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • १३२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]