इटहरी । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरलाई ५५ श-यामा स्तरोन्नति गर्न सङ्घीय सरकारले सहयोग गर्ने बताउनुभएको छ । आकस्मिक रूपमा अस्पतालको अनुगमन तथा निरीक्षण गर्न पुगेकी मन्त्री मेहताले आवश्यक जनशक्ति र पूर्वाधार निर्माण गरी ५५ शøयामा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पर्याप्त दरबन्दी नभएका अस्पतालमा छात्रवृत्ति करारका डाक्टरलाई पठाउने व्यवस्थामा पनि नीतिगत सुधार गरिएको बताउनुभयो । कुन सरकारले कुन औषधी निःशुल्क वितरण गर्ने हो भन्ने विषयलाई नागरिकले थाहा पाउने गरी सूचना पाटीमा टाँस्न उहाँले आग्रह गर्नुभयो ।
इटहरी । धनकुटाको भेडेटारबाट डाँडैडाँडा मोरङ, पाँचथर र इलाम जोड्ने भेडेटार–रवि–राँके सडक निर्माण सुरु भएको आठ वर्ष बित्दा पनि बन्न सकेको छैन । कालोपत्रे गर्न २०७५ सालमा ठेक्का सम्झौता भएको यो सडकको हालसम्म ७१ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । आउँदो कात्तिकमा आठौँ पटक म्याद थपको समयसीमा सकिन लागेको छ । उक्त अवधिमा समेत सडक निर्माणको काम सकिने देखिएको छैन । कात्तिक ३ गतेसम्ममा ५० किलोमिटर कालोपत्रे गर्ने सक्ने गरी छ महिना म्याद थपिएको आयोजना कार्यालयको भनाइ छ । योजना प्रमुख आशुतोष कर्णका अनुसार धनकुटा खण्डमा बढी काम भए पनि पाँचथर र इलाम खण्डमा कम काम भएको छ । ४२ किलोमिटरमध्ये २२ किलोम
इटहरी। सुनसरीको कोशी गाउँपालिका–४, कोशी कटानबाट ११ किलो १२० ग्राम गाँजासहित एक जना पक्राउ परेका छन्। कटानस्थित पूर्व–पश्चिम राजमार्गमा रहेको अस्थायी प्रहरी चौकी शिवचोकबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा पैदल हिँडिरहेका एक व्यक्तिलाई लागुऔषध गाँजासहित पक्राउ गरेको हो।पूर्वबाट पश्चिमतर्फ पैदल आइरहेका धनकुटाको साँगुरीगढी गाउँपालिका–८ का २८ वर्षीय चरन राईलाई शंकाको आधारमा प्रहरीले रोकेर झोला खानतलासी तथा चेकजाँच गर्दा ११ किलो १२० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले राईलाई लागुऔषध गाँजासहित नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको प्रहरी नाय
इटहरी । बालबालिकाको खेलकुद क्षमता विकास, स्वास्थ्य प्रवद्र्धन तथा ग्रासरुट तहबाट खेल प्रतिभा पहिचान र विकास गर्ने उद्देश्यले आयोजना गरिएको लेट बुद्धरानी चेम्जोङ लिम्बु मेमोरियल सेभेन–ए–साइड इन्टर स्कुल फुट्सल टुर्नामेन्ट २०८३ आइतबार देखि इटहरीमा सुरु भएको छ । अल स्पोट्र्स कलेक्सनका अध्यक्ष विमल मगरको अध्यक्षता तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषको प्रमुख आतिथ्यतामा प्रतियोगिता सुरु भएको हो । इटहरी–५ स्थित पाथीभरा फुटसलमा सञ्चालन भइरहेको प्रतियोगितामा सुनसरी जिल्लाका ३२ वटा विद्यालय सहभागी छन् । प्रतियोगिता आज र भोली गते दुई दिन सञ्चालन हुनेछ । उद्घाटन कार्यक्रममा प्रमुख
इटहरी । इटहरीस्थित टिभिएसको आधिकारिक विक्रेता पारस अटोमोबाइल्समा टिभिएसमा अपग्रेड हुनलेलाई आफ्नै डील ’ विशेष एक्सचेन्ज मेला आइतबार देखि सुरु भएको छ । भदौ ७ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने मेलामा ग्राहकले आफ्नो पुरानो मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गरी नयाँ टिभिएस मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन्। मेलामा पुरानो सवारी साधनको उच्च मूल्यांकन, आकर्षक क्यास डिस्काउन्ट तथा सहज फाइनान्स सुविधा उपलब्ध गराइएको छ। मेलाको पहिलो दिन १२ वटा भन्दा बढी सवारीसाधन बिक्री वितरण भएको छ । मेला अन्तर्गत फाइनान्स सुविधामा नागरिकता भए पुग्ने व्यवस्था गरिएको छ भने ग्राहकले दैनिक १२४ देखि इएमआई मा नयाँ टिभि
इटहरी । कम्फे लिङ्थेप लिम्बु वंश सेवा समाजको आयोजनामा इटहरीको दुर्गापाटी प्यालेसमा ‘याक्थुम दोस्रो लिहाङ वंशी कम्फे लिङ्थेप लिम्बु वंशको वंशावली तथा संक्षिप्त इतिहास’ पुस्तक विमोचन गरिएको छ।कोशी प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्य तथा आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपको वरिष्ठ आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष बुद्धवीर कम्फे लिङ्थेपले गनुृभएको थियो । कार्यक्रममा मुन्धुम विद्, बौद्धिक व्यक्तित्व, अग्रज तथा ज्येष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो भने वंशका ज्येष्ठ नागरिकहरूलाई सम्मान समेत गरिएको थियो। पुस्तकमा वंशको उत्पत्ति, ऐतिहासिक पहिचान, यक तथा थातथ
इटहरी । नेपाल प्रेस युनियन सुनसरीको अध्यक्षमा मात्रिका प्रसाद नेपाल र उषाकिरण घिमिरे निर्विरोध निर्वाचित हुनुभएको छ । नेतृत्वका लागि भएको सहमति अनुसार दुवै जनाले आलोपालो युनियनको नेतृत्व गर्ने हुनुभएको छ । सहमति अनुसार पहिलो डेढ वर्ष मात्रिका प्रसाद नेपालले अध्यक्षको जिम्मेवारी सम्हाल्नुहुने छ भने त्यसपछिको डेढ वर्ष उषाकिरण घिमिरेले नेतृत्व गर्नुहुने छ । नेतृत्वमा सहमति जुटेपछि दुवै जना अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । अधिवेशनबाट खुला उपाध्यक्षमा सुरेशचन्द्र दाहाल, महिला उपाध्यक्षमा सरस्वती चौधरी, समावेशी उपाध्यक्षमा वीरेन्द्र साह तथा सचिवमा संगम विष्ट चयन हुनुभएका छ । यस्तै, स
इटहरी । वीरगञ्जमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनाको विरोध गर्दै पथरी शनिश्चरेमा शान्तिपूर्ण विरोध ¥याली निकालिएको छ । पथरी शनिश्चरे–१ स्थित पञ्चायत माध्यमिक विद्यालयका विद्यार्थीहरू स्वतःस्फूर्त रूपमा ¥यालीमा सहभागी भएका थिए । विद्यालय परिसरबाट सुरु भएको ¥याली शिखर चोक, लोकतान्त्रिक गणतन्त्र चोक ,सब्जी लाइन हुँदै नगरपालिका कार्यालय अगाडि पुगेको थियो। त्यसपछि ¥याली पुनः सब्जी लाइन हुँदै वडा नम्बर १ क्षेत्रबाट बुद्ध चोकमा पुगेर समापन भएको थियो। ¥यालीमा विद्यार्थी, महिला, बालबालिका तथा विभिन्न अभियन्ताहरूको सहभागिता रहेको थियो। सहभागीहरूले ‘हामीलाई न्याय देऊ सर
इटहरी । राजयोगिनी दादी प्रकाशमणिजीको १९ औँ पुण्य स्मृति दिवसको अवसरमा ब्रह्माकुमारीज समाज सेवा प्रभाग एवं युथ विङ इटहरीको आयोजनामा इटहरी–४ स्थित ॐ शान्ति भवनमा विशाल ‘विश्व बन्धुत्व रक्तदान महाअभियान’ तथा विशेष मानसिक स्वास्थ्य कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा उत्साहजनक सहभागिता रहँदै कुल २ सय ३९ पिन्ट रगत सङ्कलन गरिएको छ। नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग तथा पूर्वेली क्लब इटहरी, लायन्स÷लियो क्लब अफ इटहरी क्रिएटिभ लेडी, लायन्स क्लब अफ इटहरी एक्जि क्युटिभ र लायन्स÷लियो क्लब अफ इटहरी एक्टिभको सह–आयोजनामा उक्त कार्यक्रम सञ्चालन भएको हो। इटहरी उपमहानगरपालिकाका प्रमुख (मेयर) हेमकर्
इटहरी। अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको भाग्यशाली एक जना दर्शकले स्कुटर उपहार पाउने भएको छ। टिकट काटेर खेल हेर्ने भाग्यशाली एक जना दर्शकले टीभीएस कम्पनी नयाँ स्कुटर उपहारस्वरूप प्राप्त गर्ने भएको हुन् ।लाखेजात्राको अवसरमा लाखेजात्रा सञ्चालन समितिले आगामी भदौ १२ गतेदेखि १९ गतेसम्म सञ्चालन गर्न लागेको प्रतियोगितामा धेरैभन्दा धरै दर्शकको सहभागिता गराउन स्कुटर उपहार अफर सार्वजनिक गरेको हो । समितिका अध्यक्ष मादेनका अनुसार क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेलको टिकटलाई संयुक्त रुपमा भेला गरी गोलाप्रथा गरिनेछ । गोलाप्रथा फाइनलको दिन गरिने र भाग्यशाली विजेतालाई उपहारस्वरुप टीभीएस कम्पनी
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.