इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिका–३ स्थित गछियामा व्यवस्थित र आधुनिक ‘एसएस फिटनेस’ सेन्टर सञ्चालनमा आएको छ। स्थानीय युवा तथा सबै उमेर समूहका नागरिकलाई स्वस्थ र सक्रिय जीवनशैलीतर्फ प्रेरित गर्ने उद्देश्यले यो सेन्टर सञ्चालनमा ल्याइएको हो। आइतबार आयोजित एक विशेष कार्यक्रमका बीच प्रमुख अतिथि एवम् राजनीतिक तथा सामाजिक व्यक्तित्व देवराज तामाङले रिबन काटेर फिटनेस सेन्टरको औपचारिक उद्घाटन गर्नुभयो। कार्यक्रममा बोल्दै तामाङले अस्वस्थ खानपान र शारीरिक गतिविधिको कमीले स्वास्थ्य समस्या बढिरहेका बेला नियमित व्यायामलाई जीवनशैलीको अभिन्न हिस्सा बनाउनुपर्नेमा जोड दिनुभयो। एसएस फिटनेसका सञ्चालक सुमन
इटहरी । मोरङको पथरी शनिश्चरेमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरी शनिश्चरे गोल्डकप अन्तर्गत भएको दोस्रो क्वार्टरफाइनल खेलमा एनआरटी काठमाडौँले डिफेन्डिङ च्याम्पियन सहलेस युवा क्लब सिरहालाई ३–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । पथरी शनिश्चरे–१ स्थित प्रस्तावित रङ्गशालामा भएको खेल सुरुदेखि नै प्रतिस्पर्धात्मक बनेको थियो। पहिलो हाफमा सहलेस युवा क्लबका जर्सी नम्बर १० का निङमा घिसिङले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि एनआरटीले १–० को अग्रता बनाएको थियो। दोस्रो हाफमा एनआरटीले आक्रमणलाई थप तीव्र बनाउँदै खेलको ७९ औँ मिनेटमा जर्सी नम्बर १४ का कृष्ण आलेले गोल गरे। उनको गोलसँगै एनआरटी
इटहरी स् प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड इटहरी शाखाले कम्पनीको यस वर्षको व्यावसायिक नारालाई केन्द्रमा राख्दै ‘तयारी जितको’ शीर्षकमा बृहत् अभिकर्ता तथा व्यावसायिक कार्यक्रम सम्पन्न गरेको छ।इटहरीस्थित होटल बरन्डामा आयोजित कार्यक्रममा गत आर्थिक वर्षको व्यावसायिक समीक्षा, अभिकर्ताको क्षमता अभिवृद्धि, व्यवसाय विस्तार तथा आगामी दिनमा कम्पनीको लक्ष्य हासिल गर्ने विषयमा छलफल गरिएको थियो। कार्यक्रममा बीमा व्यवसायसँग सम्बन्धित विभिन्न विषयमा प्रशिक्षण, अन्तरक्रिया तथा व्यावसायिक रणनीतिबारे छलफल भएको थियो। कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका कोशी प्रदेश प्रमुख जगतनाथ
इटहरी। सुनसरीको इनरुवामा काउलीभित्र लुकाएर लैजाँदै गरेको २ हजार ५ सय ६६ किलो ५ सय ६० ग्राम गाँजा प्रहरीले बरामद गरेको छ।इनरुवा नगरपालिका–३ स्थित सखुवागाछी चोकमा आइतबार राति ११ः५० बजेतिर चेकजाँच गर्ने क्रममा ना ७ ख १८२५ नम्बरको ट्रकबाट उक्त गाँजा बरामद गरिएको सुनसरी प्रहरीका निमित्त सूचना अधिकारी इन्स्पेक्टर हेमराज ओलीले बताए। उनका अनुसार धनकुटाको सहिदभूमि गाउँपालिका–२ का ३३ वर्षीय राजु राईले चलाएको ट्रक पूर्वबाट पश्चिमतर्फ जाँदै थियो। ट्रकको पछाडिको भागमा काउली राखिएको थियो भने काउलीको बीचमा लुकाएर ८३ वटा बोरामा प्याक गरिएको अवस्थामा गाँजा फेला परेको ओलीले बताए।प्रहरीले ट्रक नियन्त्रणमा लिएर च
इटहरी। विराटनगर महानगरपालिका–१४ रानीस्थित साविकको हाजी आँखा अस्पताल हाल रानी विराटनगर आँखा अस्पताल प्रालिको सेयर खरिद–बिक्रीलाई लिएर अध्यक्ष मन्नुकुमार गुप्ता र चार पूर्वसञ्चालकबीच विवाद चर्किएको छ ।अस्पताल अध्यक्ष गुप्ताले चार पूर्वसञ्चालकलाई सेयरबापतको रकम बैंक तथा नगदमार्फत भुक्तानी गरिसकेको दाबी गर्दै कारोबारका क्रममा सुरक्षाका लागि दिइएका ‘ग्यारेन्टी चेक’लाई आधार बनाएर पुनः रकम असुल्न खोजिएको आरोप लगाएका छन् । पूर्वसञ्चालकहरूले भने आफूहरूले सेयर बिक्रीबापत पाउनुपर्ने रकम नपाएको दाबी गर्दै अस्पतालले सार्वजनिक गरेको भुक्तानी विवरण अस्वीकार गरेका छन् ।२०७८ सालमा करिब ३ करोड रुपैयाँ लगानीमा १
इटहरी। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मरणोपरान्त आँखा दान गरेर दृष्टिविहीनलाई यो सुन्दर संसार देखाउने अभियान वर्तमान कोशी प्रदेश सरकारले अघि बढाएको बताउनुभएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित मदन भण्डारी आँखा अस्पताल उदयपुरले आयोजना गरेको ‘स्मृति वृक्षरोपणको सातौँ वार्षिक उत्सव’ कार्यक्रमलाई आइतबार सो अस्पतालपरिसरमा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताउनुभएको हो । कोशी प्रदेशका कम्तीमा एक हजार दृष्टिविहीनलाई आँखा प्रत्यारोपणमार्फत यो सुन्दर संसार देखाउने अभियान सुरु गरिएको र यसका लागि झापा जिल्लाको मेची अस्पताल र मोरङ जिल्लाको कोशी अस्पतालमा आँखाका
इटहरी। सुनसरीको इटहरीमा सञ्चालन भइरहेको सिप तथा रोजगार मेला–२०८३ मा स्थानीय उत्पादनका रूपमा जुटबाट निर्मित विभिन्न प्रकारका झोला प्रदर्शनमा राखिएका छन् । मेलामा राखिएको जुटका झोलाको स्टलमा युवादेखि सर्वसाधारणसम्मको आकर्षण देखिएको छ । सुनसरीको सोनापुरमा स्थापित अरिहन्त मल्टी फाइबर लिमिटेडले उत्पादन गरेका जुटका झोला मेलामा बिक्री तथा प्रदर्शनका लागि राखिएको छ । मेलाको स्टल नम्बर २२ मा राखिएको जुटका झोलाले सहभागीको ध्यान तानेको छ । अरिहन्तले परम्परागत रूपमा जुटका बोरा तथा सामग्री उत्पादन गर्दै आए पनि पछिल्लो समय बजारको माग अनुसार विभिन्न डिजाइनका झोलासमेत उत्पादन गर्न थालेको अरिहन्त मल्टी फाइबर क
इटहरी। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाले एक वर्षदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराउन सुरु गरेको छ। केन्द्रले पुष्य नक्षत्रको अवसर पारेर धनकुटामा स्वर्णबिन्दु प्राशन कार्यक्रम सुरु गरेको हो।स्वर्णबिन्दु प्राशन कार्यक्रमको शुभारम्भ कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले एक कार्यक्रममा बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराएर गर्नुभएको थियो। धनकुटामा पहिलो पटक सुरु गरिएको यो कार्यक्रमअन्तर्गत हरेक महिनाको पुष्य नक्षत्रका दिन बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराइनेछ।जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाकी प्रमुख डा। विद्या श्रेष्ठका अनुसार आयुर्व
इटहरी। पाँचथर जिल्लाका बालबालिकालाई पहिलो पटक स्वर्णबिन्दु प्राशन गराउन थालिएको छ। आयुर्वेद चिकित्सा पद्धतिअनुसार सुनको भस्मलाई घिउ र महमा घोलेर तयार पारिएको घोललाई स्वर्णबिन्दु भनिन्छ। यसको प्राशन गराउँदा बालबालिकाको सामाजिक, मानसिक, शारीरिक तथा बौद्धिक विकासमा प्रभावकारी हुने चिकित्सकहरू बताउँछन्।जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पाँचथरले सोमबार बिहानैदेखि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराउन थालेको हो। अब यो अभियान हरेक महिनाको पुष्य नक्षत्रका दिन सञ्चालन गरिनेछ। स्वर्णबिन्दु प्राशन गराउन बिहानैदेखि अभिभावकहरू आफ्ना बालबालिकालाई लिएर जिल्ला आयुर्वेद स्वास्थ्य
इटहरी। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा कार्यक्रमसँगै विद्यालय छाडेका विद्यार्थीलाई पुनः विद्यालय फर्काउने अभियान सुरु गरेको छ।गाउँपालिका शिक्षा समितिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष राजन लिम्बू ‘मुक्ति’ले फक्ताङलुङ–सिसवा गाउँका कक्षा ८ को पढाइ छाडेका मनिष राईलाई पुनः विद्यालय फर्काउने वातावरण बनेको जानकारी दिनुभयो। मनिष र उहाँका अभिभावकसँग छलफल गरेपछि पढाइलाई निरन्तरता दिने वातावरण बनेको उहाँले बताउनुभयो।पढाइको महत्त्व, अभिभावक शिक्षा तथा विद्यालय छाडेका विद्यार्थीलाई पुनः विद्यालय फर्काउन सहजीकरण गरेकोमा सामर्थ्य फाउन्डेसनका कार्यक्रम संयोजक राजेन्द्रप्रसाद पन्त र सरस
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.