इटहरी। धनकुटामा आइतबारदेखि सुरु भएको १८औँ संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा मङ्गलबार आयोजक टोली सहिद भीमनारायण स्मृति प्रतिष्ठान, धनकुटा र भारतको जर्जियन फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । धनकुटा नगरपालिका–६ स्थित तल्लो टुँडिखेलमा सहिद भीमनारायण स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा आज दुई टोली आमनेसामने हुन लागेका हुन् । सोमबार भएको दोस्रो खेलमा गाईघाट युनाइटेड फुटबल क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै झापा विजयी भएको थियो । त्यसअघि आइतबार भएको उद्घाटन खेलमा राष्ट्रिय जागृति क्लब, सुनसरीलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै सलहेश युवा क्लब, सिराहा विजयी भएक
इटहरी । ताप्लेजुङमा महिलालाई ट्रयाकसुट सिलाउने तालिम प्रदान गरिएको छ । महिलाहरुलाई आयआर्जनमा सहयोग गर्ने र उनीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले ट्रयाकसुट सिलाउने तालिम प्रदान गरिएको हो । जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयले महिलालाई ट्रयाकसुट सिलाउने तालिम प्रदान गरेको हो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङसँगको समन्वयमा जिल्लामै पहिलोपटक ट्रयाकसुट सिलाउने सीप विकाससम्बन्धी तालिम सञ्चालन गरिएको हो । घरेलु तथा सानो उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत लक्ष्मी सुहाङले महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले नै ट्रयाकसुट सिलाइसम्बन्धी तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो
इटहरी। सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्ता रोक्का गरेपछि अटोमोबाइल्स व्यापारमा त्यसको ‘चेन इफेक्ट’ पर्ने व्यवसायीले बताएका छन् । सरकारले कानुनलाई छलेर सार्वजनिक सवारी आयात हुने गरेको आशङ्का गरेर दर्ता रोकेको हुन सक्ने व्यवसायीले अड्कल गरेका छन् । सरकारले दर्ता नै रोक्ने निर्णय गर्दा त्यसको प्रभावमा अटोमोबाइल्स क्षेत्र नराम्रोसँग फस्न सक्ने उनीहरूको गुनासो छ । यातायात व्यवस्था विभागले बिहीबार प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, यातायात व्यवस्था कार्यालयमा परिपत्र गरेसँगै सार्वजनिक नयाँ सवारीसाधन दर्ता रोकिएको अटोमोबाइल्स डिलर एसोसिएसन कोशीका उपाध्यक्ष मनोजविक्रम शाहले बताउनुभयो ।उपाध
इटहरी। उदयपुरको कटारी नगरपालिका वडा नं.२ गिद्धबर स्थित भित्री सडक खण्डमा गुडिरहेको स्कुल बसबाट खसेर सोही बसका सहचालकको मृत्यु भएको छ। सौगात एकेडेमी बोर्डिङ स्कुलको लु.प्र.०१–००१ ख ०९८५ नम्बरको बसबाट खस्दा सहचालकको मृत्यु भएको हो। प्रहरीका अनुसार विद्यार्थी लिनका लागि कटारी नगरपालिका वडा नं.१ बेलसोततर्फ जाँदै गरेको अवस्थामा अचानक बसको ढोकाबाट खस्दा कटारी नगरपालिका–२ बस्ने ३१ वर्षीय सहचालक उत्तम थापाको मृत्यु भएको हो। गुडिरहेको बसबाट अचानक सडकमा खसेका थापाको शरीरका विभिन्न भागमा गम्भीर चोटपटक लागेको थियो। दुर्घटनालगत्तै उहाँलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कटारी पुर्याइएको भए पनि उपचार
इटहरी। मोरङको उर्लाबारी–१ लक्ष्मीझारकी अन्दाजी ४५ वर्षीया सविता लिम्बूको शव बक्राहा खोला किनारमा फेला परेको छ। लिम्बू चार दिनदेखि हराइरहनु भएको थियो । उहाँको शव मङ्गलबार बिहान स्थानीयले गाईवस्तु चराउने क्रममा देखेपछि इलाका प्रहरी कार्यालय प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय उर्लाबारीको टोली घटनास्थल पुगेर मुचुल्का तथा अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ। स्थानीयका अनुसार शव फुलिएको अवस्थामा फेला परेको थियो । मृतकको पहिचान उहाँले लगाएको कपडाका आधारमा श्रीमानले गर्नुभएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको इ
इनरुवा, सुनसरी / इनरुवा नगरपालिकाले आगामी जेठ १५ गते पहिलो पटक “इनरुवा डे (दिवस)” उत्सवका रूपमा मनाउने तयारी गरेको छ। दिवसको अवसरमा झण्डोत्तोलन, सांस्कृतिक झाँकी प्रदर्शन, रक्तदान, स्वास्थ्य शिविर, खेलकुद प्रतियोगिता तथा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको नगरपालिकाले जनाएको छ।नगर प्रमुख केदार भण्डारीले “इनरुवा डे” ले इनरुवाको ऐतिहासिक पहिचान, सामाजिक एकता र विकासको सन्देश फैलाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले इनरुवालाई थप व्यवस्थित, सुन्दर र पहिचानयुक्त नगरका रूपमा विकास गर्ने लक्ष्यसहित दिवस मनाउन लागिएको बताउनुभयो।नगरपालिकाले विगतका तिता–मिठा
इटहरी । आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन मतदान केन्द्रको छनौट र व्यवस्थापनमा ध्यान दिन सरोकारवालाहरुले आग्रह गरेका छन् । सोमबार विराटनगरमा आयोजना गरिएको प्रतिनिधि सभा निर्वाचन २०८२ को प्रदेश स्तरीय समिक्षा कार्यक्रममा सहभागिहरुले निर्वाचन आयोगले मतदान स्थल र मतदान केन्द्रको छनौट गर्दा मतदाता संख्यालाई ध्यान दिनुपर्ने जिकिर गरेका थिए । उनीहरुले निर्वाचनलाई निष्पक्ष बनाउन आचारसंहिताको पालनामा कडाइ गर्न पनि आग्रह गरेका छन् । निर्वाचन आयोगले आयोजना गरेको सो कार्यक्रममा बोल्दै निर्वाचन आयोगका सचिव मधुसूदन बुर्लाकोटीले गत फागुन २१ गते भएको निर्वाचन शान्तिर्पूण,
इटहरी । इन्द्रपुर समस्त भजन संजालको आयोजना तथा स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाको सहयोगमा आठ दिने विशेष तालिम सुरु भएको छ। सुन्दरहरैंचा नगरपालिका–१० खोर्सानेस्थित ज्येष्ठ नागरिक सभाहलमा जेठ ११ गतेदेखि ’उद्घोषण, निर्णयपुस्तिका अभिलेखीकरण, लेखा व्यवस्थापन एवं क्षमता अभिवृद्धि तालिम’ सुरु भएको हो। स्थानीय धार्मिक तथा सामाजिक संघ–संस्थाका पदाधिकारी एवं सदस्यहरूको क्षमता विकास गर्ने उद्देश्यले आयोजित उक्त तालिमको उद्घाटन संजालकी अध्यक्ष गीता लम्साल गौतमको अध्यक्षता र शिवप्रसाद दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उद्घाटन कार्यक्रममा अध्यक्ष गौतमले धार्मिक तथा सामाजिक संस्थाहरूलाई व्यवस्थित
इटहरी । सुनसरी (आई.टि.एफ.) तेक्वान्दो संघको आयोजना, द शान्तिनगर युथ क्लबको सह–आयोजना तथा इटहरी उपमहानगरपालिका वडा नं. २ को समन्वयमा “प्रथम जुनियर इटहरी नगरस्तरीय आई.टि.एफ. तेक्वान्दो प्रतियोगिता–२०८३” बुढासुब्बा खेल मैदानमा सम्पन्न भएको छ । प्रतियोगितामा महर्षी इङ्लिस स्कुल प्रथम स्थान हासिल गर्न सफल भएको छ । महर्षीले १३ गोल्ड, ५ सिल्भर र १ ब्राउन्ज पदक हात पार्दै उपाधि आफ्नो नाममा लेखाउन सफल भयो। त्यसैगरी, प्याराडाइज इङ्लिस स्कुल ११ गोल्ड, ६ सिल्भर र ३ ब्राउन्ज पदक सहित दोस्रो स्थानमा रह्यो भने एप्पल ट्रि मन्टेश्वरी ९ सिल्भर र ४ ब्राउन्ज पदक सहित तेस्रो स्थान हासिल गर्न सफल भयो। व्यक्ति
सृजना ठाकुर इटहरी । कार्यस्थलमा हुन सक्ने महिला हिंसा, यौनजन्य दुव्र्यवहार, र एचआईभी÷एड्सको जोखिम न्यूनीकरणका लागि इटहरीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । महिला सहयोगी समूह इटहरीको आयोजना तथा टेवा संस्थाको सहकार्यमा आयोजित उक्त सचेतना कार्यक्रममा करिब १५ जना महिला सहभागिता रहेको थियो । कार्यक्रममा विशेष गरी होटल, क्याबिन र रेस्टुरेन्ट जस्ता अनौपचारिक क्षेत्रमा काम गर्दा हुन सक्ने सम्भावित हिंसा, दुव्र्यवहार, शारीरिक तथा मानसिक तनाव र त्यसका असरहरूबारे विस्तृत जानकारी गराउँदै कानुनी उपचार र बच्ने उपायहरू सिकाइएको थियो। कार्यक्रममा विज्ञ तथा अभियन्ताहरूले कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.