All Posts By कोशी प्रेस

    Showing २३१-२४० of १३,५७३ items.
  • युएन–नवोदय कलेजमा स्वागत तथा सम्मान कार्यक्रम

    इटहरी । धरान–१५ स्थित युएन–नवोदय कलेजको स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कक्षा–११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्नुका साथै विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो। कक्षा–१२ का विज्ञानतर्फ प्रशन्न श्रेष्ठ, कम्प्युटर साइन्सतर्फ रेसिका शर्मा, होटल म्यानेजमेन्टतर्फ सलिना राई र म्यानेजमेन्टतर्फ देवीका राईलाई सम्मान गरिएको थियो। यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई पनि सम्मान गरियो। त्रिभुवन विश्वविद्यालयअन्तर्गत बीएचएममा उत्कृष्ट हुने सन्ध्या थेगिम, अलिश राई र मनोज राईलाई सम

    • प्रकाशित मितिः असोज १७, २०८३
    • ८७ पटक पढिएको
  • इटहरीमा ‘कर्पोरेट सुपर सिक्स इन्डोर क्रिकेट प्रतियोगिता २०८३’ आयोजना हुँदै

    इटहरी । इटहरी आदर्श जायन्ट्सको आयोजनामा ’कर्पोरेट सुपर सिक्स इन्डोर क्रिकेट प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ। प्रतियोगिताको औपचारिक घोषणा तथा विस्तृत जानकारी गराउने उद्देश्यले ‘रमाडा बाई विन्डम इटहरी’मा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । कर्पोरेट क्षेत्रका विभिन्न संस्था, व्यावसायिक प्रतिष्ठान तथा सङ्घ–संस्थामा कार्यरत कर्मचारीहरूलाई क्रिकेटमार्फत एउटै मञ्चमा जोड्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको हो। खेलकुदको माध्यमबाट आपसी सम्बन्ध, नेटवर्किङ विस्तार, टोली भावनाको विकास र स्वस्थ प्रतिस्पर्धात्मक खेलकुद संस्कृति प्रवद्र्धन गर्ने लक्ष्य आयोजकले राखेको छ। सुनसरी जिल्ल

    • प्रकाशित मितिः असोज १७, २०८३
    • १८३ पटक पढिएको
  • इटहरीमा ‘मिसेस जितिया २०२६’ को उपाधि प्रीती कुमारी चौधरीलाई

    इटहरी । थारु फिल्म एन्ड कल्चरल एसोसिएसन (टीएफसीए) नेपालको आयोजनामा इटहरीको बालग्रामस्थित इटहरी पार्टी प्यालेसमा ‘मिसेस जितिया २०२६’ को ग्राण्ड फिनाले सम्पन्न भएको छ । महिलाको नेतृत्व तथा व्यक्तित्व विकास र जितिया पर्वबारे जानकारी गराउने उद्देश्यले आयोजित प्रतियोगितामा प्रीती कुमारी चौधरीले उपाधि चुम्नुभएको छ। प्रतियोगितामा बिनिता चौधरी प्रथम रनरअप, लक्ष्मी चौधरी दोस्रो रनरअप तथा मुनिता चौधरीले पब्लिक च्वाइस अवार्ड प्राप्त गर्नुभयो। सहभागी १७ जना प्रतिस्पर्धीमध्ये ७ जनालाई विभिन्न सब–टाइटलसहित सबैलाई प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो। भदौ २९ को अडिसनपछि असोज २ गतेदेखि १२ दिनसम

    • प्रकाशित मितिः असोज १७, २०८३
    • ९९ पटक पढिएको
  • तरहरामा अशक्त र ज्येष्ठ नागरिकका लागि घरदैलोमै सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा

    इटहरी । इटहरी उपमहानगरपालिका–२०, तरहरामा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि घरदैलो सेवा सुरु गरिएको छ।वडा कार्यालयसम्म आउन नसक्ने अति अशक्त तथा ज्येष्ठ नागरिक लाभग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले वडा सदस्य तनुज गुरुङ वडा कार्यालयको टोलीसहित लाभग्राहीको घर–घरमा पुग्नुभएको हो। वडा सदस्य गुरुङले जनप्रतिनिधिका रूपमा जिम्मेवारी सम्हालेदेखि नै वडा कार्यालयसम्म पुग्न कठिनाइ हुने ज्येष्ठ तथा अशक्त नागरिकलाई लक्षित गरी घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गराउँदै आउनुभएको बताइएको छ। विगतका वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको यो सेवाले यस वर्ष पनि निरन्तरता पाएको हो। वडा कार्यालय सम्म आउन

    • प्रकाशित मितिः असोज १७, २०८३
    • ८२ पटक पढिएको
  • दैनिक ६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने निगाले उद्योग आज सुनसान

    इटहरी । धनकुटाको छथर जोरपाटी गाउँपालिका–६, सिधुवा नाम्जाङमा रहेको निगाले सिमेन्ट उद्योग वर्षौंदेखि बन्द हुँदा उद्योगका मेसिनमा खिया लाग्न थालेको छ भने सयौँ परिवारको रोजगारीमा समेत असर परेको छ । २०६४ सालमा स्थापना भएको निगाले सिमेन्टले २०७८ सालदेखि व्यावसायिक रूपमा उत्पादन सुरु गरेको थियो । दैनिक ६ हजार बोरा अर्थात् करिब ३ सय टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको उद्योगले सञ्चालनका क्रममा धनकुटासहित तेह्रथुम, भोजपुर र सङ्खुवासभाको सिमेन्टको ठूलो माग धान्दै आएको थियो । तर आर्थिक संकट, सिमेन्ट बिक्रीमा आएको गिरावट तथा कोइला, बक्साइट, लेट राइट र जिप्सम लगायत कच्चा पदार्थको मूल्यवृद्धिले उद्योग समस

    • प्रकाशित मितिः असोज १७, २०८३
    • ५८ पटक पढिएको
  • लामो समयदेखि अलपत्र तेह्रथुम र पाँचथर जोड्ने लाम्बुघाट पुलको निर्माण अघि बढ्ने

    इटहरी। तेह्रथुम र पाँचथर जोड्ने तमोर खोला ९लाम्बुघाट० पुलको निर्माण करिब डेढ दशकपछि अघि बढ्ने भएको छ ।२०६९ असार २६ गते ठेक्का सम्झौता भएको पुलको निर्माण मूल विस्तृत आयोजना प्रतिवेदन र डिजाइनमा देखिएको प्राविधिक समस्याका कारण लामो समयदेखि अलपत्र थियो । समस्या पहिचान गरी प्रतिवेदन पेस भए पनि लामो समयसम्म प्राविधिक समाधान हुन नसक्दा आयोजना रुग्ण बनेको थियो । पूर्वाधार विकास मन्त्रालयको पहलमा असोज ७ गते निर्माण व्यवसायी, परामर्शदाता र सडक विभागअन्तर्गतको पुल महाशाखाबीच संयुक्त बैठक बसेर समस्या समाधानको प्रक्रिया अघि बढाइएको हो । मन्त्रालयले मूल विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने परामर्शदाताल

    • प्रकाशित मितिः असोज १७, २०८३
    • ८६ पटक पढिएको
  • विराटनगरको रंगमञ्चमा ‘समर लभ’ स् पहिलो शोमै दर्शकको उत्साहजनक साथ

    इटहरी। सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित नाटक शनिबारदेखि विराटनगरमा मञ्चन सुरु भएको छ । कान्तिपुर थिएटरले पहिलोपटक विराटनगर ल्याएको नाटकको पहिलो शोमै दर्शकको उत्साहजनक उपस्थिति देखिएको छ ।वीरेन्द्र सभागृहमा मञ्चन भइरहेको नाटकमा उपन्यासका चर्चित पात्र अतीत र सायालाई रंगमञ्चमा प्रत्यक्ष अभिनयमार्फत प्रस्तुत गरिएको छ । प्रेम, आकर्षण, प्रतीक्षा, दूरी र बिछोडका भावनालाई कलाकारको अभिनयसँगै प्रकाश, संगीत र दृश्य संयोजनमार्फत प्रस्तुत गरिएको छ । विराटनगरमा शनिबार र आइतबार दुई दिन नाटक मञ्चन हुनेछ । आयोजकका अनुसार दुवै दिन बिहान ११ बजे, दिउँसो २ बजे र साँझ ५ बजे गरी छ वटा शो तय गरिएको छ

    • प्रकाशित मितिः असोज १७, २०८३
    • १०९ पटक पढिएको
  • धरान सिटी रनिङ कप फुटबल प्रतियोगिता मङ्सिर १२ देखि

    इटहरी स् दोस्रो धरान सिटी रनिङ कप अन्तरक्लब फुटबल प्रतियोगिता आगामी मङ्सिर १२ देखि १९ गतेसम्म धरानमा आयोजना हुने भएको छ ।धरान सिटी फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताका सम्पूर्ण खेल धरान–१६ स्थित धरान रङ्गशालामा सञ्चालन गरिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । प्रतियोगितामा आयोजकसहित धरानका आठ वटा फुटबल क्लब सहभागी हुनेछन् । नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टोलीले धरानकै खेलाडीलाई प्राथमिकता दिने क्लबका अध्यक्ष विवेक राईले जानकारी दिए । प्रतियोगिताको विजेता टोलीले नगद रु। १ लाख ५० हजार र उपविजेताले रु। ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।त्यस

    • प्रकाशित मितिः असोज १७, २०८३
    • ८५ पटक पढिएको
  • पूर्वमा स्क्रब टाइफसको जोखिम

    इटहरी। पूर्वी नेपालमा स्क्रब टाइफसको संक्रमण बढ्दै गएको छ । कोशी प्रदेशमा सन् २०२६ जनवरीयता एक हजार ६८ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ ।कोशी प्रदेशका १४ जिल्लामध्ये सबैभन्दा बढी सङ्खुवासभामा ५१३ जनामा संक्रमण देखिएको छ । त्यस्तै सुनसरीमा ११८, भोजपुरमा ११०, ओखलढुङ्गामा ९६, धनकुटा र खोटाङमा ४३ र ४३ तथा झापामा ३७ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।उपियाँ तथा सूक्ष्म किराको टोकाइबाट यो रोग सर्ने जिल्ला अस्पताल धनकुटाका प्रमुख डा। वैभव मल्लिकले जानकारी दिनुभयो । धेरै रोगसँग यसको लक्षण मिल्ने भए पनि सुरुमा ज्वरो आउने, हातखुट्टा दुख्ने, आलस्य बढ

    • प्रकाशित मितिः असोज १७, २०८३
    • ९२ पटक पढिएको
  • इलाका प्रशासन कार्यालयबाट डेढ महिनामै एक सय ९४ जनाले सेवा पाए

    इटहरी। ताप्लेजुङको तेल्लोकमा इलाका प्रशासन कार्यालय स्थापना भएको डेढ महिना नपुग्दै झण्डै दुई सय जना नागरिकले सेवा लिएका छन् । सिरिजङ्गा गाउँपालिका–४ तेल्लोकमा कार्यालय स्थापना भएको ४३ औँ दिनसम्म आइपुग्दा एक सय ९४ जना नागरिकले सेवा लिएका हुन् । गएको भदौ ५ गतेबाट सेवा प्रारम्भ गरेको छोटो अवधिमै उक्त सङ्ख्यामा स्थानीयले सेवा लिएको कार्यालय प्रमुख श्यामलाल पन्थीले बताउनुभयो । उहाँका अनुसार १ सय १८ जनाले नयाँ नागरिकता लिएका छन् भने ७१ जनालाई नागरिकताको प्रतिलिपि प्रदान गरिएको छ । त्यस्तै, ४ जनाको आदिवासी जनजाति सिफारिस र एउटा नाबालिका परिचय पत्र प्रदान गरिएको कार्यालय प्रमुख पन्थीको भनाइ छ । क

    • प्रकाशित मितिः असोज १७, २०८३
    • ७५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]