इटहरी । ताप्लेजुङमा निर्माणाधीन अपर मेवा जलविद्युत आयोजनाको सुरुङ मार्ग खन्ने कार्य सुरु गरिएको छ । मिक्वाखोला गाउँपालिकामा निर्माणाधीन ३१।९२ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाको सुरुङ मार्ग खन्ने कार्य सुरु गरिएको हो । आयोजनाका लागि मेन एक्सिस टनेल र भेन्टिलेसन मार्गका लागि ब्लास्टिङ गरी सुरुङ मार्ग निर्माण कार्य सुरु गरिएको आयोजनाका जनसम्पर्क अधिकृत कल्याण गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार करिव ४ किलोमिटर लामो सुरुङ मार्ग हुने छ । सुरुङ मार्ग प्रदेशसभा सदस्य तिलकुमार मेन्याङवो, जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा, मिक्वाखोला–४ र ५ का जनप्रति
इटहरी । धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र बन्दै गएको छ । इटहरी उपमहानगरपालिका–७ की रञ्जिता बस्नेतले हरेक वर्ष स्वस्थानी व्रत बस्दै आएको बताउनुभयो । स्वस्थानी व्रतको समयमा दुई पटक दन्तकाली मन्दिरमा पूजा गर्न आउने गरेकी उहाँको भनाइ छ । दन्तकाली मन्दिरमा शुद्ध मनले मागेका र चिताएका कुरा पूरा हुँने विश्वास रहीआएको छ । धरान उपमहानगरपालिका–१४ विजयपुरमा अवस्थित पौराणिक महत्व बोकेको दन्तकाली मन्दिरमा हाल दैनिक रूपमा दर्शनार्थीको घुइँचो लाग्ने गरेको मन्दिरका मूलपुजारी विश्वराज खनालले जानकारी दिनुभयो । उहाँका अनुसार पौष श
इटहरी । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने भएको छ । गाउँघरमै पुगेर सेवा प्रवाह गर्ने लक्ष्यसहित गाउँपालिकाले सबै वडामा शिविर सञ्चालन गर्न लागेको हो । गाउँपालिकाको समन्वयमा नवदृष्टि आँखा अस्पताल प्रालि खाँदबारी–१ तुम्लिङटार तथा सगुन आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिने भएको छ । स्थानीय बासिन्दालाई घरनजिकै गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले वडावडामा शिविर आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष किरण राईले बताउनुभयो ।
इटहरी (सुनसरी) — श्रीकृष्ण प्रणामी प्रतिष्ठान नेपालद्वारा सञ्चालित मंगल राधिक सदानन्द प्रणामी अस्पतालको आयोजनामा मानव कल्याण आरोग्य ज्ञान महायज्ञ–२०८२ कार्यक्रम इटहरीमा आयोजना हुने भएको छ। मुक्तिधाम इटहरी–४, सुनसरीमा अवस्थित उक्त अस्पतालले मानव कल्याण, स्वास्थ्य चेतना अभिवृद्धि तथा सर्वसुलभ स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले महायज्ञको आयोजना गर्न लागेको हो। कार्यक्रम आगामी २०८२ साल माघ १९ गतेदेखि माघ २८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।आयोजकका अनुसार महायज्ञअन्तर्गत निःशुल्क ओपीडी सेवा, स्वास्थ्य परीक्षण, विशेष स्वास्थ्य शिविर, स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन ग
इटहरी । झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरूबाट लागूऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधीसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका ३ केर्खाका राजु ढकाललाई ८ ग्राम २३० मिलिग्राम ब्राउनसुगर सहित, इलाका प्रहरी कार्यालय अनारमनीले पाँचथरको याङबरक ६ का अनिश राई र धरान १७ की लिला तामाङको साथबाट ३ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ । यसैगरी प्रतिबन्धित औषधी ९ ट्याब्लेटसहित र बिर्तामोड ४ का फणिन्द्र विश्वकर्माको साथबाट १ ग्राम १२० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । यता, मोरङको इलाका प्रहरी कार्यालय र
इटहरी । झापाको कमल गाउँपालिका–६ स्थित रतुवा खोलाको किनारमा रहेको खयरबारी टोल कुनै समय बाढीको स्थायी त्रासमा बाँचिरहेको बस्ती थियो । अघिल्लो दशकसम्म वर्षायाम लाग्नेबित्तिकै यहाँका बासिन्दाको रात निद्रामा बित्दैनथ्यो । स्थानीयका अनुसार रतुवाको बाढीले पटक–पटक खेतीयोग्य जमिन बगाएको छ, घरगोठ भत्काएको छ र कतिपय परिवार विस्थापित हुन बाध्य भएका छन् । यही कारण खयरबारीलाई ‘बाढीको छायाँमा रहेको बस्ती’ भनेर चिनिन्थ्यो । तर समयसँगै यहाँको अवस्थामा कायापलट भएको छ । रतुवा खोलामा मजबुत बाँध निर्माण भएपछि गाउँमा बाढी पस्ने क्रम पूर्णरूपमा रोकिएको स्थानीय टङ्कप्रसाद सापकोटाले बताउनुभयो । यससँगै खयरब
इटहरी । धनकुटाका सामाजिक अभियन्ता तथा शिक्षाप्रेमी स्व। गणेश कुमार कर्माचार्यको स्मृतिमा अर्धकदको मूर्ति स्थापना गरिएको छ। समाजसेवा, शिक्षा र व्यापारिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै परिवार तथा स्थानीयवासीको पहलमा मूर्ति स्थापना गरिएको हो। उक्त मूर्ति माघ १७ गते शनिबार अनावरण गरिएको छ। निर्पेन्द्र कुमार मल्लको प्रमुख आतिथ्यता एवं नाती अभिषेक कर्मचार्यको अध्यक्षतामा उक्त मूर्ति अनावरण गरिएको स्व। गणेश कुमारका का नाति आशिस कर्मचार्यले जानकारी दिनुभयो। शिक्षाको महत्त्वलाई विशेष प्राथमिकता दिएका कर्माचार्यले धनकुटा कलेज तथा बालमन्दिर प्राथमिक विद्यालय स्थापनामा महत्वपूर्ण भूमिका निर
इटहरी । धनकुटामा निर्वाचन सुरक्षाका लागि छनोट भएका निर्वाचन सुरक्षा प्रहरीलाई तालिम सुरु गरिएको छ । शनिबार धनकुटाको तल्लो टुँडिखेलमा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि छनोट भएका निर्वाचन प्रहरीलाई तालिम सुरु गरिएको हो। धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले निर्वाचन सुरक्षा प्रहरी दुर्गाबहादुर निरौलालाई लौरो प्रदान गरेर उद्घाटन गर्नुभएको थियो । माघ १८ गतेबाट मात्रै औपचारिक रूपमा तालीम सुरु गर्ने मिति तोकिए पनि भौगोलिक रूपमा टाढा खटाइनु पर्ने भएकाले आजै बाट तालिम सुरु गरिएको जनाइएको छ। निर्वाचन सुरक्षा प्रहरीले गर्नुपर्ने कामको प्रकृति, तालीम अवधि, उनीहरूले पाउने सेवा सुविधा तथा
इटहरी । इलामस्थित जिल्ला सुरक्षा समितिले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि तोकिएको मतदान केन्द्रहरूको स्थलगत अध्ययन थालेको छ । जिल्ला सुरक्षा समिति प्रमुख तथा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र भर्खरै सरुवा भई आउनुभएका नेपाल प्रहरी प्रमुख कुलदीप चन्दसहितको सुरक्षा समितिको टोलीले मतदान केन्द्रहरूको अवस्था बुझ्न थालेको हो । समितिको टोलीले जिल्लाको पश्चिमी क्षेत्रमा रहेका मतदान केन्द्रहरूको अवस्थाको स्थलगत अध्ययन गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । टोलीले इलाम निर्वाचन क्षेत्र २ मा पर्ने जनकल्याण मावि, जानकी मावि, राष्ट्रिय मावि, छायाँदेवी मावि, फलाँटे माविलगायत स्थानमा र
इटहरी । ताप्लेजुङ जिल्ला अदालतले मध्ये ४३ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । चालु आर्थिक वर्षको ६ महिनामा जिम्मेवारी सरी आएका र नयाँ लगतका रूपमा दर्ता भएका गरी जम्मा तीन सय ७० थान मुद्दामध्ये एक सय ६० थान मुद्दा फर्छ्यौट गरेको हो । जिम्मेवारी सरी आएका एक सय ५९ र नयाँ लगतका रूपमा दर्ता भएका दुई सय ११ मुद्दामध्ये क्रमशः ८६ थान जिम्मेवारी सरी आएका र ७४ थान नयाँ लगतका मुद्दा फर्छ्यौट भएको ताप्लेजुङ जिल्ला अदालतका श्रेष्तेदार शम्मीकपुर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार हाल अदालतमा बाँकी रहेका दुई सय १० थान मुद्दा कारबाहीको प्रक्रियामा रहेको छ । फर्छ्यौट भएका मुद्दामध्ये ८६ थान ६ महिना भित्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.