All Posts By कोशी प्रेस

    Showing २,८४१-२,८५० of १२,८१४ items.
  • मोरङ प्रहरीद्वारा ब्राउन सुगर तथा प्रतिबन्धित औषधीसहित दुई जना नियन्त्रणमा

     इटहरी । मोरङको विराटनगर महानगरपालिका –४ क्षेत्रबाट लागूऔषध ब्राउन सुगर तथा प्रतिबन्धित औषधीसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङ र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले माघ ६ गते चेकजाँचको क्रममा ३७ प ३३६६ नम्बरको मोटरसाइकलमा शंकास्पद अवस्थामा रहेको सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–५ निवासी ३५ वर्षीय सुदिन मन्सुरीलाई १४० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । त्यसैगरी, प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–५ निवासी ५० वर्षीय रोहित कार्कीलाई उनकै कोठाबाट १४ ग्राम २३ मिलिग्राम ब्राउन सुगर, नाइट्राजाम ४६० ट्याब्लेट, कोरेक्स १८ बोतल र स्पास्म

    • प्रकाशित मितिः माघ ७, २०८२
    • १९६ पटक पढिएको
  • ताप्लेजुङमा ३८ देखि ६६ वर्षका उम्मेदवार, महिला र स्वतन्त्र शून्य

    इटहरी । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि महिला र स्वतन्त्र उम्मेदवार शून्य रहेको हिमाली जिल्ला ताप्लेजुङमा ३८ देखि ६६ वर्ष उमेर समूहका व्यक्ति चुनावी मैदानमा उत्रिएका छन् । १३ दलका १३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।निर्वाचन आयोगको कार्यालय ताप्लेजुङमा उम्मेदवारी दर्ता गराएका मध्ये सबैभन्दा कम उमेरका कान्छा उम्मेदवार नेकपा एमालेका क्षितिज थेबे छन् । उनी ३८ वर्षका छन् । एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष थेबे पहिलो पटक संसदीय राजनीतिमा प्रवेश गरेका हुन् । थेबे सिरिजङ्गा गाउँपालिका–१ सिनाममा जन्मिएका हुन् । सबैभन्दा बढी उमेरका भने संघीय समाजवादी पार्टी ने

    • प्रकाशित मितिः माघ ७, २०८२
    • १९२ पटक पढिएको
  • विराटनगरको कञ्चनबारीमा यात्रुवाहक बसले ठक्कर दिँदा एक जनाको मृत्यु

    इटहरी। विराटनगरको कञ्चनबारीमा यात्रुवाहक बसले ठक्कर दिँदा एक जना वृद्धा महिलाको ज्यान गएको छ । प्रहरीका अनुसार बुधबार दिउँसो कोशी लोकमार्ग अन्तर्गत विराटनगर महानगरपालिका–४ कञ्चनबारीमा प्रदेश ०३–००१ ख। ३३९९ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा ७५ वर्षीया डम्बरकुमारी नेपालको ज्यान गएको हो । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बसले बाटो क्रस गर्दै गरेका बेला ठक्कर दिएको हो । प्रहरीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते हुनुभएकी उहाँलाई उपचारका लागि कोशी अस्पताल लग्नासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।  प्रहरीले बस र चालक झापाको कनकाई नगरपालिका–३ का ३८ वर्षीय समीर लुइटेललाई प्रहरीले

    • प्रकाशित मितिः माघ ७, २०८२
    • २१७ पटक पढिएको
  • आजदेखि झापामा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव सुरु

    इटहरी । औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव–२०८२ आजदेखि जिल्ला सदरमुकाम चन्द्रगढीस्थित मेची रङ्गशालामा सुरु भएको छ । झापा उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि सुरु भएको महोत्सव यही माघ २१ गतेसम्म सञ्चालन हुनेछ । सङ्घका कार्यवाहक अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक राजकुमार राईले यहाँको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि महोत्सव आयोजना गरिएको जानकारी दिए । उनका अनुसार उद्योग, व्यापार, कृषि, पशुपछी, शिक्षा, स्वास्थ्य तथा पर्यटन क्षेत्रको प्रवर्द्धन गर्दै आन्तरिक बजार सबलीकरण, व्यावसायिक उत्थान र निकासीयोग्य वस्तुमा जोड दिन महोत्सव आयोजना गरिएको हो ।महोत्सवमा १३० वटा स्ट

    • प्रकाशित मितिः माघ ७, २०८२
    • २२६ पटक पढिएको
  • कोशी प्रदेश सरकार र कर्मचारी सञ्चय कोषबीच कर्मचारीहरूको पेन्सन व्यवस्थापनका लागि औपचारिक सम्झौता

    इटहरी । कोशी प्रदेश सरकार र कर्मचारी सञ्चय कोषबीच कर्मचारीहरूको पेन्सन व्यवस्थापनका लागि औपचारिक सम्झौता भएको छ । २०७६ साउन १ गतेयता कोशी प्रदेश सरकार अन्तर्गतका विभिन्न निकाय र प्रदेशभित्रका स्थानीय तहहरूमा नियुक्त भएका कर्मचारीहरूको योगदानमूलक निवृत्तिभरण ९पेन्सन० व्यवस्थापन गर्न आज दुई पक्षबीच सहमति भएको हो । सम्झौतामा प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोशहरि निरौला र सञ्चय कोषका तर्फबाट प्रशासक जितेन्द्र धितालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, सम्बन्धित कर्मचारीको मासिक आधारभूत तलबबाट ६ प्रतिशत रकम कट्टी गरी निवृत्तिभरण कोषमा जम्मा गरिनेछ । कर्मचारी

    • प्रकाशित मितिः माघ ७, २०८२
    • २६१ पटक पढिएको
  • बालेन शाहद्वारा झापा–२ की उम्मेदवार इन्दिरा रानामगरलाई घरमै पुगेर समर्थन घोषणा

    इटहरी। झापा–५ का उम्मेदवार बालेन शाहद्वारा झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन जनाउनुभएको छ ।  झापा–५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रस्तावित प्रधानमन्त्री बालेन शाहले झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको जितका लागि समर्थन र सहयोग जनाउनुभएको हो । बालेन बुधबार बिहानै रानामगरको घरमा पुगेर भेटघाट गर्दै चुनावी अभियानमा ऐक्यबद्धता व्यक्त गर्नुभएको हो । भेटका क्रममा दुवै नेताबीच परिवर्तनमुखी राजनीति, सुशासन र जनउत्तरदायी नेतृत्वबारे छलफल भएको  छ। बालेनको सचिवालयका अनुसार शाहले इन्दिरा रानामगरको उम्मेदवारीले झापा–२ मा सकारात्मक सन्देश जाने वि

    • प्रकाशित मितिः माघ ७, २०८२
    • २६१ पटक पढिएको
  • धनकुटामा अधिकांश नयाँ अनुहार, प्रत्यक्षमा दलित र महिला उम्मेदवार शून्य

    इटहरी। धनकुटामा प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्र गरी १८ जनाले मनोनयन दर्ता गराएका छन् । एक निर्वाचन क्षेत्र रहेको धनकुटामा नेकपा एमाले, नेपाली काँग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन गरी १४ दल र ४ स्वतन्त्र उम्मेदवार मनोनयन दर्ता गराएका थिए । नेपाली कांग्रेसबाट जिल्ला सभापति दिनेश राई मनोनयन दर्ता गराउनु भएको छ । प्रतिनिधिसभा निर्वाचनको लागि राई नयाँ अनुहार हो । नेकपा एमालेबाट यो पटक पनि एमालेका केन्द्रीय तथा धनकुटा इन्चार्ज राजेन्द्र राईले मनोनयन दर्ता गराउनु भएको छ । च

    • प्रकाशित मितिः माघ ७, २०८२
    • १८९ पटक पढिएको
  • जनतासँग भोट माग्न आफूहरुले झुटको साहारा लिनु नपर्ने अध्यक्ष ओलीको भनाइ

    इटहरी । नेकपा ९एमाले० का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनतासँग भोट माग्न आफूहरुले झुटको साहारा लिनु नपर्ने बताउनुभएको छ ।  उहाँले नीति, कार्यक्रम र बिचारले स्पष्ट भएर जनताको घरदैलोमा गएर जनताहरुको भावाना सुन्न आवश्यक रहेको भन्दै यस्तो बताउनुभएको हो । झापा क्षेत्र नं। ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहनुभएका अध्यक्ष ओलीले आफूहरुले गरेका विकासका काम, सुरु भएर अधुरो रहेका निर्माणको काम, बिभिन्न पूर्वाधारको बिषयमा जनातलाई बुझाउन आग्रह गर्नुभयो । प्रजातन्त्रिक अभ्यास सबैले गर्न पाउने र उम्मेदवार बन्न पाउने अधिकार संबिधानले दिएकाले स्वच्छ प्रतिस्पर्धा गर्न सबैलाई उहाँ

    • प्रकाशित मितिः माघ ७, २०८२
    • २२७ पटक पढिएको
  • प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा–५ मा सबैभन्दा बढी र १ मा सबैभन्दा कम उम्मेदवारी दर्ता

    इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नंं। ५ मा सबैभन्दा बढी उम्मेदवारी परेको छ । देशकै ध्यान केन्द्रित भएको झापा निर्वाचन क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी उम्मेदवारी दर्ता भएको हो । निर्वाचन अधिकृतको कार्यालय दमकमा मङ्गलबार नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा निवर्तमान काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन० सहित २५ जनाको उम्मेदवारी परेको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालय झापाका अनुुसार ५ वटा निर्वाचन क्षेत्र रहेको जिल्लाका निर्वाचन अधिकृतको कार्यालयमा ग

    • प्रकाशित मितिः माघ ७, २०८२
    • ४०३ पटक पढिएको
  • बाह्रदशी–५ बुधबारेमा ६० वर्षीया बुद्धमाया योङहाङ आफ्नै करेसाबारीमा मृत फेला

    इटहरी । बाह्रदशी गाउँपालिका–५ बुधबारे बस्ने चन्द्र योङहाङकी ६० वर्षीया श्रीमती बुद्धमाया योङहाङ आफ्नै घर नजिकैको करेसाबारीमा मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बुद्धमाया आफ्नै घर छेउको करेसाबारीमा मृत अवस्थामा रहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी चौकी फूलवारीबाट प्रहरी नायब निरीक्षक श्रवण राजवंशीको टोली तत्काल घटनास्थल खटिएको थियो। प्रहरी टोलीले घटनास्थल सुरक्षित राखी प्रारम्भिक अनुसन्धान सुरु गरेको छ । घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक प्रविण श्रेष्ठको कमाण्डमा एसओसीओ टोलीसहित पाँच जनाको विशेष टोली स

    • प्रकाशित मितिः माघ ७, २०८२
    • २६३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]