All Posts By कोशी प्रेस

    Showing २१-३० of १२,६४८ items.
  • कम्युनिस्ट आन्दोलनका योद्धा पुस्तक प्रकाशनबारे एमाले प्रचार विभाग सुनसरीको अन्तरक्रिया

    इनरुवा । नेकपा एमाले सुनसरी प्रचार तथा प्रकाशन विभागले कम्युनिस्ट आन्दोलनका योद्धाहरूको योगदान समेटेर पुस्तक प्रकाशन गर्ने विषयमा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।नेकपा एमाले सुनसरीको इनरुवा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा कम्युनिस्ट आन्दोलनमा योगदान पुर्‍याएका अग्रज नेता तथा कार्यकर्ताको संघर्ष, योगदान र राजनीतिक यात्रालाई दस्तावेजीकरण गर्दै पुस्तक प्रकाशन गर्ने विषयमा छलफल गरिएको हो।नेकपा एमाले सुनसरी प्रचार विभाग प्रमुख डेगराज फुयालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज जगदीशप्रसाद कुसियैत प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएक

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • ३०६ पटक पढिएको
  • हिलाम्मे सडकका कारण यातायात सेवा असहज

    इटहरी। निरन्तरको वर्षाका कारण ताप्लेजुङका ग्रामीण सडकहरु हिलाम्मे हुँदा यातायात सञ्चालनमा कठिनाइ भएको छ । वर्षाका कारण सडक हिलाम्मे र खाल्डाखुल्डी भएपछि यातायात सञ्चालनमा कठिनाइ भएको हो ।जिल्लाका अधिकांस ग्रामीण सडकहरु नयाँ ट्रयाक निर्माण गरिएका छन् । निरन्तर वर्षा भएपछि भर्खरै ट्रयाक निर्माण भएको कच्ची सडकहरु हिलाम्मे र खाल्डाखुल्डी भएपछि यातायात सञ्चालनमा असहजता भएको छ । हिलाम्मे र खाल्डाखुल्डी भएको सडकमा यातायातका साधन चलाउनलाई कठिन अवस्था रहेको यातायात व्यवसायी बताउँछन् । पहिले नै निर्माण भएका सडकहरु सञ्चालनमा रहे पनि नयाँ ट्रयाक र भर्खरै निर्माण गरिएका ग्रामीण सडकमा यातायात सञ्चालन गर्न क

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • ७० पटक पढिएको
  • काँकडभिट्टाबाट २४ अर्बको कृषि उपज आयात, चामलदेखि स्याउसम्म निर्भरता

    इटहरी : पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ ।प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहका अनुसार आव २०८२/८३ मा भारत, चीन, अष्ट्रेलिया र बङ्गलादेशबाट खाद्यान्न, दलहन, ताजा तरकारी तथा फलफूल गरी रु २४ अर्ब २६ करोड ७४ लाखको कृषि उपज सामग्री नेपाल भित्रिएको हो । आयातित कृषि वस्तुमध्ये सबैभन्दा ठुलो हिस्सा खाद्यान्न र दलहनको रहेको उहाँले बताउनुभयो । भारतबाट रु २४ करोड २३ लाख १३ हजारको चामल र कोदो रु १८ करोड ८३ लाखको आयात भएको छ । यस्तै, अष्ट्रेलिया र भारतबाट रु १८ करोड २७ लाख ९९ हजारको एक हजार ९९६ मेट्रिकटन चना, रु

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • ९२ पटक पढिएको
  • पूर्वी नाकाबाट भित्रियो २४ अर्बको कृषिजन्य वस्तु, चामलदेखि स्याउसम्मको आयात उच्च

    इटहरी : पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ।प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहका अनुसार आर्थिक वर्ष २०८२/८३ मा भारत, चीन, अष्ट्रेलिया र बङ्गलादेशबाट खाद्यान्न, दलहन, ताजा तरकारी तथा फलफूल गरी रु २४ अर्ब २६ करोड ७४ लाखको कृषिजन्य सामग्री नेपाल भित्रिएको हो। आयातीत कृषि वस्तुमध्ये सबैभन्दा ठूलो हिस्सा खाद्यान्न र दलहनको रहेको सिंहले बताउनुभयो। भारतबाट रु २४ करोड २३ लाख १३ हजारको चामल र रु १८ करोड ८३ लाखको कोदो आयात भएको छ। यस्तै, अष्ट्रेलिया र भारतबाट रु १८ करोड २७ लाख ९९ हजार बराबरको एक हजार ९९६ मेट्रिक टन च

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • ४२ पटक पढिएको
  • जीर्ण कटेरोदेखि सुरक्षित घरसम्म, खोटाङ हलेसीका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी नयाँ घर

    इटहरी : हलेसी तुवाचुङ नगरपालिकाका घरविहीन तीन विपन्न परिवारले नयाँ घर पाएका छन् ।गरिबीका कारण आफ्नै लगानीमा घर निर्माण गर्न नसक्ने तीन विपन्न परिवारलाई नगरपालिकाले प्रतिपरिवार रु पाँच लाख लगानी गरेर दुई कोठा भएको एकतले भूकम्प प्रतिरोधी घर निर्माण गरिदिएको हो । लामो समयदेखि जीर्ण घरमा बसोबास गर्दै आएका हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका देशवीर राई, हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारका भया दमाई तथा घरविहीन अवस्थाका वडा नं १० अर्खौले निवासी टेकबहादुर सार्कीलाई नगरपालिकाले घर निर्माण गरेर हस्तान्तरण गरेको छ । घर नभएका कारण लामो समयदेखि कष्टकर जीवन बिताइरहेका तीन विपन्न परिवारलाई नगरपालिकाले भूकम्प

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • ३६ पटक पढिएको
  • जनजी आन्दोलनमा दमक प्रहरी कार्यालयबाट लुटिएको सटगनसहित २० वर्षीय युवक पक्राउ

    इटहरी : जनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको सटगनसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–६, आइतबारे घर भई दमक नगरपालिका–१, रातोपुलस्थित अक्षय इन्टरप्राइजेज मोटरसाइकल ग्यारेजमा काम गर्ने २० वर्षीय सुमन कर्ण रहेका छन्। शनिबार दमक नगरपालिका–४, त्रिवेणी चोकस्थित खयरबारीमा लुकाएर राखिएको अवस्थामा प्रहरीले उक्त हतियार बरामद गरेको हो। गत भदौ २३ र २४ गते भएको जनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको सटगन कर्णले लुकाएर राखेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले खोजतलास गरेको थियो।इलाका प्रहरी कार्यालय दमकबाट खटिए

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • ३६ पटक पढिएको
  • चार जना गोरखापत्रकर्मी सम्मानित

    इटहरी। पत्रकारिता पेसाको माध्यमबाट योगदान पु-याएकोमा चार जना गोरखापत्रकर्मीलाई सम्मान गरिएको छ । नेपाल प्रेस युनियन सुनसरीको १० औँ अधिवेशनमा इटहरीमा शनिबार गोरखापत्र दैनिक उपसम्पादक राधा चालिसेलाई गोविन्द ख्यामकुमारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो । उक्त पुरस्कारको राशि ७५ हजार १०१ रुपियाँ रहेको छ । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष विष्णु निष्ठुरीलाई पनि गोविन्द ख्यामकुमारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ । उक्त पुरस्कारको राशि पनि ७५ हजार १०१ रुपियाँ राशि रहेको छ । इटहरीका समाजसेवी राजेन्द्र पोखरेल र नारायण पोखरेलले स्थापना

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • ३१ पटक पढिएको
  • धनकुटा उद्योग वाणिज्य संघको अध्यक्षमा रामबहादुर राय विजयी

    इटहरी। धनकुटा उद्योग वाणिज्य संघको अध्यक्षमा रामबहादुर राय निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी कृष्णराज श्रेष्ठलाई ४३ मतान्तरले पराजित गर्दै राय अध्यक्षमा निर्वाचित हुनुभएको हो।शनिबार राति अबेर सम्पन्न मतगणनापछि रायलाई अध्यक्षमा विजयी घोषणा गरिएको थियो। रायले २०९ मत प्राप्त गर्दा श्रेष्ठले १६६ मत प्राप्त गर्नुभयो। त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा विक्रम प्रधान २०२ मतसहित निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी अम्बिकादेवी धमलाले १७१ मत प्राप्त गर्नुभयो।उपाध्यक्षमा रिदम श्रेष्ठ २५६ मतसहित निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी नगेन्द्रप्रसाद काफ्लेले १३१ मत प्राप्त

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • २५ पटक पढिएको
  • सिदिङ्वामा पर्माकल्चर फर्म तथा नर्सरी सञ्चालन

    इटहरी। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले पर्माकल्चर फर्म तथा नर्सरी सञ्चालन गरेको छ । कृषिको क्षेत्रमा नयाँ आयाम ल्याउने योजनासहित गाउँपालिकाले ‘पर्माकल्चर’ फर्म तथा नर्सरी सञ्चालनमा ल्याएको हो ।वातावरणमैत्री, दिगो र अर्गानिक खेती प्रणालीअन्तर्गतको पर्माकल्चर फर्म तथा नर्सरी गाउँपालिकाले गत आर्थिक वर्ष नै स्थापना गरेको हो । पारिस्थितिक प्रणालीअन्तर्गत विभिन्न सिद्धान्तमा आधारित रहेर गरिने खेती पद्धतिअनुसारको पर्माकल्चर फर्म तथा नर्सरी सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ । पालिकावासी कृषकलाई बिरुवा उपलब्ध गराउनेगरी पर्माकल्चर फर्म तथा नर्सरी सञ्चालनमा ल्याइएको सिदिङ्वा गाउँपालिका, आर्थिक वि

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • १८ पटक पढिएको
  • मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा हेल्लोक

    इटहरी। मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा मनिष हेल्लोक चयन हुनुभएको छ । शनिबार सम्पन्न प्रतिष्ठानको प्रथम साधारणसभा तथा अधिवेशनले हेल्लोकको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सीता पिरती, मणि सेम्बू र देवानसिंह मादेन चयन हुनुभएको छ । यस्तै महासचिवमा उदय भट्टराई, सचिवमा नवराज आचार्य, कोषाध्यक्षमा लीला आँसु, सहसचिवमा लक्ष्मी चुडाल र सहकोषाध्यक्षमा केबी किराँती चयन हुनुभएको निर्वाचन समितिका संयोजक युवराज गिरीले जानकारी दिनुभयो । साधारणसभाले साहित्यकार चन्द्र मादेन (आन्छन्) को संयोजकत्वमा नौ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • २६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]