All Posts By कोशी प्रेस

    Showing ३२१-३३० of १२,६८८ items.
  • सुन्दरहरैँचामा बस्तीको बीचमा रहेको क्रसर र अलकत्रा प्लान्ट स्थानान्तरण गर्न स्थानीयको माग

    मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित डाँडागाउँमा बस्तीको बीचमा सञ्चालनमा रहेको क्रसर तथा अलकत्रा प्लान्ट बन्द वा स्थानान्तरण गर्न स्थानीयले माग गरेका छन्। एशियन हाइवे निर्माण गरिरहेको टुण्डी कम्पनीले बस्तीको बीचमा क्रसर तथा अलकत्रा प्लान्ट सञ्चालन गर्दा धुलो, धुवाँ र प्रदूषणका कारण जनस्वास्थ्य तथा वातावरणमा प्रत्यक्ष असर परेको भन्दै डाँडागाउँ टोलवासीले ध्यानाकर्षण गराएका हुन्।  करिब ५० घरपरिवार बसोबास गर्ने डाँडागाउँको पश्चिमतर्फ रोडा, ढुंगा उत्पादन तथा सम्बन्धित कारोबार गर्ने क्रसर र अलकत्रा प्लान्टसहितको उद्योग २०८१ सालदेखि सञ्चालनमा रहेको स्थानीयको भनाइ छ। उनीहरूका अनुसार उद्यो

    • प्रकाशित मितिः साउन २४, २०८३
    • ३८ पटक पढिएको
  • चार अर्ब ९३ करोड बढी राजस्व सङ्कलन

    इटहरी  । आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षमा रु चार अर्ब ९३ करोड ४६ लाख ८५ हजार राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयको रु छ अर्ब छ करोड ८६ लाख २२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । लक्ष्यको करिब ८१ दशमलव ३१ प्रतिशत राजस्व सङ्कलन भएको छ ।  उक्त कार्यालयका सूचना अधिकारी डिल्लीराम चौलागाईंका अनुसार सङ्कलित राजस्वमध्ये आयकर रु दुई अर्ब ४१ करोड ६१ लाख सात हजार, मूल्य अभिवृद्धि कर (भ्याट) रु एक अर्ब ६६ करोड २९ लाख ९५ हजार र अन्तःशुल्क रु ६७ करोड ८९ लाख पाँच हजार सङ्कलन भएको छ ।यसैगरी, भाडा आयकर रु पाँच करोड ६६ लाख ७८ हजार, ब्याज कर रु नौ करोड ३६ लाख ८० हजार तथा अन्य शीर्षक

    • प्रकाशित मितिः साउन २४, २०८३
    • ७६ पटक पढिएको
  • लेटाङ–राजारानी सडक स्तरोन्नति थपिएको म्यादभित्रै पूरा हुने

    मोरङ । मोरङको लेटाङ–राजारानी–साग्मा डाँडा सडक अन्तर्गत लेटाङ–१ को राजारानीसम्म मदन भण्डारी राजमार्ग जोड्ने सडक असोज मसान्तसम्ममा निर्माण सम्पन्न हुने भएको छ ।  मदन भण्डारी राजमार्गको लेटाङ–२, किराँत चोकदेखि लोखरासम्म दुई किलोमिटर सडक कालापत्रो भइसकेको छ भने बाँकी चुरेक्षेत्रमा धमाधम काम भइरहेको छ । २०७९ सालमा तत्कालीन सरकारले एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक योजना कार्यव्रmम अन्तर्गत यो सडक २०७९ वैशाख १९ गते सडक डिभिजन कार्यालय विराटनगरले ठेक्का लगाएको थियो ।   सडक डिभिजन कार्यालय विराटनगरका डिभिजनल इन्जिनियर नारायणप्रसाद निहुरेका अनुसार ५.७ किलोमिटर सडक ११ करोड ३२ लाख रुपियाँ

    • प्रकाशित मितिः साउन २४, २०८३
    • ५८ पटक पढिएको
  • खाना पकाउने ग्यासको डिलर तथा बिक्रि केन्द्र अनुगमन

    इटहरी ।  खाना पकाउने ग्यासको अभाव देखिएपछि धनकुटाका ग्यास डिलर तथा बिक्री केन्द्रहरुको अनुगमन गरिएको छ । ग्यासको अभाव भएका बेला बजारमा कालो बजारी हुनसक्ने भन्दा जिल्ला प्रशासन कार्यालय धनकुटाले बजारका डिलर तथा बिक्रि केन्द्रहरुको अनुगमन गरिएको हो ।  अनुगमन टोलिले धनकुटा बजारमा रहेका करिब आधा दर्जन ग्यास डिलरहरुको अनुगमन गरको थियो । धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपाने नेतृत्वमा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी हेमन्त भण्डारी क्षेत्रीसहितको टोलिले अनुगमन गरेको हो ।  अनुगमनका क्रममा डिलरहरुमा ग्यासको आपुर्तिक कम भएको, कम्पनीले आवश्यक भन्द

    • प्रकाशित मितिः साउन २४, २०८३
    • ५३ पटक पढिएको
  • महिलाले धानेको हाटबजार

    इटहरी । धनकुटा नगरपालिका–५ स्थित तल्लो र माथिल्लो कोप्चेछेउमा साप्ताहिक रूपमा बिहीबारे हटिया लाग्ने गर्छ । हटिया भर्न धनकुटा नगरपालिकालगायत अन्य छिमेकी पालिकाबाट समेत स्थानीय आउने गरेका छन् ।  हटियामा आउने अधिकांश महिला नै हुने गरेका छन् । धनकुटा नगरपालिका–५ स्थित खनियाँबासकी थाममती राई हरेक बिहीबारे हटिया भर्न आउनुहुन्छ । ११ वर्षको उमेरदेखि हटिया आउन थालेका राई उमेरले ८२ वर्ष पुग्नुभयो । उहाँ आफ्नो करेसाबारीमा सिजन अनुसार उत्पादन हुने दाल, साग, अम्बा, बोडी, सजिवन, सालका पात, दाउरा, फलफूल र अन्नपात बेच्नका लागि हप्तैपिच्छे बिहीबारे हाट पुग्नुहुन्छ । त्यसो त घरबाट ल्याएर बेचेको पैसाले घरखर

    • प्रकाशित मितिः साउन २४, २०८३
    • ४२ पटक पढिएको
  • जेनजी आन्दोलमा झुम्का कारागारबाट फरार कैदी धरानबाट पक्राउ

    इटहरी : जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका लागूऔषध मुद्दाका एक कैदीलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ।  पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–९ का ३५ वर्षीय भूपाल राई रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले शनिबार राति ११ः५० बजेतिर धरान उपमहानगरपालिका–११ स्थित सगरमाथा टोलबाट पक्राउ गरेको हो।  प्रहरीका अनुसार राई झुम्का कारागारको लगत नं. ४०६८ तथा मुद्दा नं. ०८१ (सीएल) १३५६ को लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका थिए। उनी २०८२ साल भदौ २४ गते जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका थिए।फरार राईको खोजी गर्ने क्रममा पक्राउ ग

    • प्रकाशित मितिः साउन २४, २०८३
    • ६१ पटक पढिएको
  • टाढा बग्थ्यो कोशी, अहिले बस्तीमै आइपुग्यो’ : श्रीलंका टापुमा ६ सय परिवार जोखिममा

    इटहरी :  सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित श्रीलंका टापुका स्थानीय पदम राई भन्छन् ।  विसं २०७४ देखि सपरिवार यहाँ बसोबास गर्दै आएका राईले एक बिघा जमिनमा धान र मकै खेती गर्नुका साथै केही गाई भैँसी पालेर जीविकोपार्जन गर्दै आएका छन् । वर्षभरि दुःख गरेर खेतीपाती गरेर आम्दानी गर्नुभन्दा पनि बर्सेनि नजिकिँदै आएको सप्तकोशीले उनलाई बढी चिन्तित बनाएको छ ।वर्षभरको खेतीपाती र पशुपालनबाट परिवारको गुजारा चल्ने भए पनि प्रत्येक बर्खामा बाढी तथा कटानले सबै मिहिनेत बगाइदिने चिन्ता भने उस्तै रहने गरेको उनी सुनाउँछन् । हरेक वर्ष बर्खा सुरु भएसँगै देशभर बाढी पहिरो र डुबानका घटना दोहोरिन्छन् । अ

    • प्रकाशित मितिः साउन २४, २०८३
    • २१६ पटक पढिएको
  • फालेलुङमा दुई कृति विमोचन

    इटहरी ।  फालेलुङ गाउँपालिकामा स्थानीय कला, साहित्य र सङ्गीतको अभिलेख समेटिएका दुईवटा कृति (पुस्तक) विमोचन गरिएको छ । फालेलुङ गाउँपालिका–६ सेमिच्योङ भवनमा आयोजित कार्यक्रममा फालेलुङ वाङ्मय प्रतिष्ठान विद्वतसभाले प्रकाशन गरेको ‘फालेलुङका कला, साहित्य र सङ्गीतकर्मीहरू’ स्रष्टा अभिलेखीकरण पुस्तक र साहित्यकार पूर्ण परिचित जबेगूको गजल सङ्ग्रह ‘शब्दहरूको माङघेन्ना’ विमोचन गरिएको हो ।  पूर्वमन्त्री तथा कोशी प्रदेशका सांसद कमलप्रसाद जबेगू र फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगू फुङनिमाले संयुक्त रूपमा दुवै कृति विमोचन गर्नुभयो ।  ‘फालेलुङका कला, साहित्य र सङ्गीतकर्मीहरू’

    • प्रकाशित मितिः साउन २४, २०८३
    • ३१ पटक पढिएको
  • इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

    इटहरी। माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा बेचेर रु तीन लाख १५ हजार हात पार्नुभयो । अदुवाको मुख्य उत्पादन (बच्चा) प्रतिमन ९४० केजी० रु चार हजार ५०० का दरले बिक्री गर्नुभएको हो । “गत वर्ष अदुवाको मूल्य  थियो, उत्पादन पनि मनग्य भएकाले आम्दानी पनि प्रशस्त भयो,” उहाँले भन्नुभयो । पाँच रोपनीमा अदुवाखेती गरी ९० मन उत्पादन गर्नुभएका उहाँले २० मन बीउ राखेर बाँकी बेच्नुभयो । उहाँले १२० मन उत्पादन हुने अपेक्षाका साथ यस वर्ष  २० मन बीउ  रोप्नुभएको छ । उहाँले भन्नुभयो माङसेबुङ–२ का अर्का किसान राजकुमार राईले गत वर्ष अदुवा बेचेर रु दुई लाख बढी आम्दानी गर्नुभयो । पचास

    • प्रकाशित मितिः साउन २४, २०८३
    • ४१ पटक पढिएको
  • कप्तानगञ्ज घटनामा संलग्न हुनसक्ने आशंकामा पाँच जना पक्राउ

    इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न हुन सक्ने आशंकामा साउन २३ गते पाँच जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले दिनुभएको जानकारी अनुसार घटनामा संलग्न भएको हुनसक्ने आशंकामा सनिबार पाँच जनालाई पक्राउ गरेको हो ।  डिजे काण्डदेखि गोलीकाण्डसम्ममा र त्यस पछिल्लो परिस्थितिमा विभिन्न तोडफोडमा संलग्न भएको हुनसक्ने आशंकामा नेपाल–भारत सीमा पार गर्ने क्रममा चार जना र सीमावर्ती क्षेत्रमा लुकिछिपि बसेका एक जनालाई पक्राउ गरि सोधपुछ र अनुशंधान प्रारम्भ गरेको जानकारी दिनु भएको छ ।यस्तै, घटनामा

    • प्रकाशित मितिः साउन २४, २०८३
    • ५७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]