इटहरी। नेकपा ९एमाले० को ११ औं राष्ट्रिय महाधिवेशनका लागि धनकुटाबाट १३ जना प्रतिनिधि छनौट भएका छन् । सहमति जुट्न नसकेपछि मतदान प्रक्रियाबाट प्रतिनिधि छनौट गरिएको हो । खुल्लातर्फ शिव आङ्ला, चिन्तन तामाङ, पर्शुराम नेपाल, निरन राई, खजिन्द्र राई, शान्तिराम गौतम र अर्जुन छाराहाङ निर्वाचित भएका छन् । महिलातर्फ तुलसी राई, निर्मला इवाहाङ, गोमा कार्की र सम्झना आले निर्वाचित हुनुभयो। युवातर्फ सरोज राई निर्वाचित हुनुभयो भने दलिततर्फ नैन विश्वकर्मा सर्वसम्मत हुनुभएको एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिनुभयो । यसैबिच, निर्वाचित प्रतिनिधिहरूलाई आज साँझ प्रमाणपत्र वितरण गरिएको छ । एमाले
इटहरी । पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा १६ अर्ब रुपियाँ बढीको मालवस्तु आयात हुँदा ८ अर्बको निर्यात भएको छ । चालु आव २०८२(८३ को साउन महिनादेखि कात्तिक मसान्तसम्म १६ अर्ब दुई करोड पाँच लाख तीन हजार बराबरको मालवस्तु आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो । गत आवको सोही अवधिको तुलनमा आयातमा १२।१२ प्रतिशत वृद्धि भएको छ भने निर्यात ४।१२ प्रतिशतले घटेको छ । चालु आवको चार महिनामा ८ अर्ब ९६ करोड सात लाख ३३ हजार बराबरको मालवस्तु निर्यात भएको कार्यालयले जनाएको छ । गत आवमा सोही अवधिमा ८ अर्ब ३० करोड २७ लाख ८७ हजार बराबरको सामान
सुनसरी | भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध भूमि अधिकार तथा श्रमिक संगठन नेपाल, जिल्ला कमिटी सुनसरीले प्रधानमन्त्रीका नाममा जिल्ला प्रशासन कार्यलय सुनसरीलाई ज्ञानपत्र बुझाएको छ। संगठनका प्रतिनिधिहरूले आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मनत्रपरिषद् कार्यलयका लागि जिल्ला प्रशासन कार्यलय सुनसरी सिडिओ बासुदेश घिमिरेलाई ज्ञानपत्र हस्तान्तरण गरेका हुन्।२०८२ असोज २३ गते मन्त्रिपरिषद्ले आयोग खारेज गर्ने निर्णय गरेपछि भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको अधिकारमाथि प्रत्यक्ष प्रहार भएको संगठनको आरोप छ। संगठनका अनुसार आयोग खारेजी जनविरोधी, असंवै
इटहरी । नवप्रवर्तन, अनुसन्धान र उच्च शिक्षाको दिगोपनका लागि इटहरीमा सञ्चालित जनता बहुमुखी क्याम्पसले अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलन पुस ५ र ६ गते गर्ने भएको छ । अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको प्रचारप्रसारका लागि पूर्वको नाम चलेको धार्मिक स्थल बराहक्षेत्रसँगै आसपासका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रमा विद्यार्थीहरुले शनिबार बिहानदेखि साँझसम्म पदयात्रा गरे । जनता बहुमुखी क्याम्पस पूर्वकै महत्वपूर्ण शैक्षिक केन्द्रको रुपमा स्थापित भइरहँदा शैक्षिक, व्यवस्थापन, आर्थिक, सामाजिक, साँस्कृतिक, विज्ञान तथा प्रविधि क्षेत्रमा ज्ञानको खोजी गर्नका निम्ति सम्मेलन गर्न लागिएको हो । यसका
इटहरी । इलामको सूर्योदय नगरपालिका–१०, फिक्कल बजारमा कपडा बैँक स्थापना गरिएको छ । “हुनेले दिने, नहुनेले लिने” नारासहित आइतबार सिनियर टीम फिक्कलको पहलमा कपडा बैँक स्थापना गरी उद्घाटन गरिएको हो । कपडा बैँकको कार्यक्रमबिच सूर्योदय नगरपालिकाका नगर उपप्रमुख दुर्गाकुमार बरालले उद्घाटन गर्नुभयो । जाडोयाममा लुगा अभावमा कठिनाइ भोगिरहेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको बैँकमा घरमा प्रयोग नभएका कपडा डोनेसन गर्न आह्वान गरिएको छ । कार्यक्रममा नगर उपप्रमुख बरालले गरिबीको रेखामुनी रहेका नागरिकलाई कपडा बैँक स्थापना भएपछि सहज भएको बताउनुभयो । कार्यक्रमका संयोजक राजन प्रधानले बैँकलाई चाँडै कानुनी
इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र शान्ति–सुरक्षाका विषयमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा निकायका प्रमुखबीच गुफापोखरीमा छलफल भएको छ । ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभा जिल्लाका सुरक्षा निकायका प्रमुखबीच गुफापोखरीमा छलफल भएको हो ।फागुन २१ को निर्वाचन सम्पन्न गर्न सुरक्षाका हिसाबले अपनाउनुपर्ने रणनीतिका विषयमा तीनै जिल्लाका सुरक्षा अधिकारीबीच छलफल भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले बताउनुभयो । छलफलमा ताप्लेजुङबाट प्रमुख जिल्ला अधिकारीसहित सेनानी उमेश खड्का, सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोद प्रकाश पाठक, प्रमुख अनुसन्धान अधिक
१४ मंसिर २०८२धरान । धरानलाई लागुऔषध सेवन, ओसारपसार र बेचबिखन मुक्त सहर बनाउन काम गर्ने वडा प्रहरी कार्यालय धरानका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक राधाकृष्ण दाहालले बताएकाछन् । आइतबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानले आयोजना गरेको स्वागत कार्यक्रममा दाहालले धरान लागु औषधको हब बन्दै गइरहेको बताउँदै यसलाई भत्काउन प्रभावकारी काम गर्ने बताए । धरानको १० वटा वडाहरुको शान्ति सुरक्षा वडा प्रहरीको दायित्व भएपनि प्रहरी कार्यालय रहेको भानुचोकलाई व्यवस्थित गर्न सबैको साथ र सहयोगमा काम गर्ने बताए । बुधबार मात्रै धरान वडा प्रहरी कार्यालय सम्हाल्न आइपुगेका दाहाललाई नेपाल यातायात स्वतन्त्
इटहरी । उत्तरी मोरङको मिक्लाजुङ– १ ज्यामिरेका सन्तोष राईको बारीमा यतिबेला लटरम्म सुन्तला फलेका छन् । तीन वर्ष विदेश बसेर सन् २०१३ मा नेपाल फर्केपछि उहाँले गाउँमै व्यवसायीक सुन्तला खेती गर्ने योजना बनाउनुभयो । १२ वर्ष अघि गाउँमा कसै कसैले एक दुई बोट सुन्लला रोप्नु भएको थियो । तर व्यवसायीक खेती कसैले गरेको थिएनन् । उसबेला रमिते पुुग्ने सडक थिएन । मधुमल्ला र टाँडीबाट पैदल यात्रा गरेर रमिते पुुग्नुु पर्थ्यो । धनकुटाको पारिपात्लेबाट बढो दुुःखका साथ उहाँले दुई सय बिरुवा लगेर बारिमा रोप्नुुभयो । ११ वर्ष अघि रोपेका दुई सय बिरुवामध्ये डेढ सय बोटले सात वर्ष यता निरन्तर आम्दानी दिइरहेका छन् । विदेश
इटहरी । सङ्खुवासभाको चिचिला गाउँपालिका– ३ स्थित निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजनाको साइटमा दुई जना कामदारबिच भएको विवाद चक्कु प्रहारसम्म पुगेको छ। पटेल कम्पनीमार्फत निमा निर्माण सेवामा कार्यरत दुईजना बिच सामान्य भनाभन झगडामा बदलिँदा एक जना घाइते भएका छन्। भोजपुर साल्पा सिलिछो गाउँपालिका–०४, खाटाम्माका २४ वर्षीय विनोद कुमार राई र खाँदवारि नगरपालिका– ६, खानिडाँडाका ३७ वर्षीय देवबहादुर तामाङ बिच विवाद चर्किएपछि विनोदले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ। घाइते तामाङको दाहिने कान र टाउकोमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको र परियोजना परिसरकै मेडिकलमा प्रारम्भिक उपचारप
इटहरी । काबेली इनर्जी कम्पनी लिमिटेडले संस्थापक शेयर खुल्ला गरेको छ । कम्पनी लिमिटेडले एक अर्ब पाँच करोड रुपियाँ बराबरको संस्थापक शेयर खुल्ला गरेको हो । शुक्रबार फुङलिङ बजारमा पत्रकार सम्मेलनको आयोजना गरी कम्पनीले शेयर खुल्ला बारे जानकारी गराएको छ । जसमा आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ र पाँचथरका लाभग्राहीले न्यूनतम् १० हजार मूल्य बराबरको शेयर लगाउन पाउनेछन् । ति दुई जिल्ला बाहेक अन्य जिल्लाका नागरिकका लागि न्यूनतम् शेयर मूल्य एक लाख रुपियाँ बराबर कायम गरिएको छ । एक अर्ब पाँच करोड रुपियाँ बराबरको संस्थापक शेयर सङ्कलन भएपछि शेयर लगाउन पाउने दिन बन्द हुने काबेली इनर्जी कम्पनी लिमिटेडले जनाएको
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.