All Posts By कोशी प्रेस

    Showing ३,६२१-३,६३० of १२,८५७ items.
  • जलविद्युत आयोजनाविरुद्ध अतिप्रभावित क्षेत्रका बासिन्दा आन्दोलित

    इटहरी । इलामका दुई जलविद्युत् आयोजना कम्पनीले अतिप्रभावित क्षेत्रलाई बेवास्ता गरेको भन्दै इलाम नगरपालिका–८ का स्थानीयवासी आन्दोलित भएका छन् । इलामको माईखोलामा सञ्चालनमा रहेको साम्लिङ हाइड्रोपावर कम्पनीको माइबेनी जलविद्युत् आयोजना र माईखोला हाइड्रोपावर कम्पनीको सुपरमाई क्यास्केट आयोजनाको अति प्रभावित क्षेत्रमा रहेका बासिन्दा यी आयोजनाले स्थानीयको प्राथमिक आवश्यकता समेत पूरा नगरेको भन्दै आन्दोलित भएका हुन् । नौ दशमलव आठ मेगावाटको माईबेनी जलविद्युत् आयोजना र तीन मेगावाटको सुपरमाई क्यासकेटको एक किलोमिटर क्षेत्रभित्र रहेको गाउँका बासिन्दाले यी आयोजनाहरूले निर्माणपछि पनि अतिप्रभावित क्षेत्रका लागि क

    • प्रकाशित मितिः मंसिर १, २०८२
    • २६४ पटक पढिएको
  • दमकको उद्धार केन्द्रबाट तीन महिला फरार, एक फेला–दुईको खोजी जारी

    इटहरी । दमक नगरपालिका–२ स्थित मानव उद्धार सेवा केन्द्रबाट तीन महिला फरार भएको घटनाले उद्धार केन्द्रहरूको सुरक्षा र व्यवस्थापन पुनः चर्चामा आएको छ। कात्तिक ३० गते राति फरार भएका महिलाहरू मध्ये एक जना फेला परेकी छन् भने दुई जनाको खोजीकार्य जारी छ। उद्धार केन्द्रका कर्मचारीले महिलाहरू भागेको जानकारी इलाका प्रहरी कार्यालय दमकलाई तत्काल दिएका थिए। जानकारी पाएलगत्तै प्रनानी यज्ञ श्रेष्ठको कमान्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। फरार हुने महिलामा मिना तामाङ, शान्ति मगर र विनिशा गौतम रहेका थिए। तीमध्ये २४ वर्षीया विनिशा गौतमलाई इलाका प्रहरी चौकी ताराबारीबाट निस

    • प्रकाशित मितिः मंसिर १, २०८२
    • २३८ पटक पढिएको
  • पाथीभरामा एक महिनामा ३४ लाख ४८ हजारभन्दा बढि भेटी सङ्कलन

    इटहरी । प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुक्कुमलुङ) मा एक महिनामा ३४ लाख ४८ हजारभन्दा बढि भेटी सङ्कलन भएको छ । कात्तिक महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो । लपाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको मसान्तमा सार्वजनिक गर्दै आइरहेको विवरण अनुसार कात्तिक महिनामा भक्तजनहरूले ३४ लाख ४८ हजार ५०० रुपियाँ भेटी पाथीभरा मन्दिरमा चढाएका छन् । अहिले पाथीभरा दर्शनका लागि प्रमुख सिजन भएका कारण दर्शनार्थीको सङ्ख्यामा समेत वृद्धि भएकाले भेटी रकम पनि यो महिना वृद्धि भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका

    • प्रकाशित मितिः मंसिर १, २०८२
    • २६५ पटक पढिएको
  • झापामा सवारी दुर्घटनामा परी एकको मृत्यु

    इटहरी ।  सवारी दुर्घटनामा परी झापामा एक जनाको मृत्यु भएको छ । गौरादह नगरपालिका–१ गैरिया चोक नजिक भएको ‘अटो’ दुर्घटनामा परी ३७ वर्षीया खुश्बु खातुनको मृत्यु भएको हो । गत कात्तिक २१ गते साँझ गैरीया चोकबाट गौरादहतर्फ जाँदै गरेको मे १–ह ५७५४ नं को अटो धानलोड गरिरहेको प्रदेश १–०२–००१ ख ९०९३ नं को मिनी ट्रकको पछाडि  ठक्कर दिएको थियो । दुर्घटनामा अटो चालक गौरादह–१ का ४८ वर्षीय मोहम्मद डोमा घाइते भएका थिए । उनको बायाँ हातमा चोट लागेको प्रहरी जनाएको छ । सोही अटोमा सवार उनकी ३७ वर्षीया श्रीमती खातुन गम्भीर घाइते भएको र उपचारका क्रममा गएराति जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्

    • प्रकाशित मितिः मंसिर १, २०८२
    • २०२ पटक पढिएको
  • कोशी प्रदेश अर्थ समितिद्वारा मुख्यमन्त्रीसहित मन्त्रीहरूसँग समसामयिक विषयमा छलफल

    इटहरी । कोशी प्रदेशसभाको अर्थ समितिले प्रदेश सरकारको कामकारबाही, बजेट कार्यान्वयन र सुशासनलगायत समसामयिक विषयमा मुख्यमन्त्रीसहित दुई जना मन्त्रीहरुसँग छलफल गरी जानकारी लिएको छ । कोशी प्रदेशसभा सचिवालय कटहरीमा बसेको समितिको बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्की, भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई र आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरसँग छलफल गरेको हो । सुशासन, भ्रष्टाचार नियन्त्रण, चालु वर्षका लागि विनियोजन गरिएको हालसम्मको बजेट खर्च र राजस्व संकलनको अवस्था, संविधानको कार्यान्वयनमा देखिएका चुनौतीहरू, र मुख्यमन्त्री तथा मन्त्रीहरूको काम, कर्तव्य र जिम्मेवारीका सम्बन्धमा भइरहे

    • प्रकाशित मितिः मंसिर १, २०८२
    • २६१ पटक पढिएको
  • उदयपुरगढी पुनर्निर्माण भएसँगै आकर्षणको केन्द्र बन्दै

    इटहरी ।  उदयपुरको उदयपुरगढी गाउँपालिका–५ स्थित २५० वर्ष पुरानो ऐतिहासिक धरोहर उदयपुरगढी पुनर्निर्माण भएसँगै पर्यटकीय स्थल बनेको छ । विगतमा भग्नावशेष मात्र रहेको यो गढीको कोशी प्रदेश र स्थानीय पालिकाको लगानीमा पुनर्निर्माण भएको हो । उदयपुरगढी गाउँपालिका र कोशी प्रदेश सरकारको करिब दुई करोड २५ लाख रुपियाँको लगानीमा गढीको पुनर्निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताउनुभयो । पन्ध्रौँ शताब्दीको अन्तिमतिर राजा उदयचन्द्र सेनले उदयपुरगढीबाट राज्य सञ्चालन गरेको इतिहास छ । नेपालका १०१ पर्यटकीय गन्तव्यमध्ये उदयपुरगढी पनि एक भएकाले प्रदेशकै उत्कृष्ट गन्तव्य बनाउने योजना रहेको

    • प्रकाशित मितिः मंसिर १, २०८२
    • २७३ पटक पढिएको
  • खाँदबारीमा हतियार खोस्न खोज्ने व्यक्तिमाथि प्रहरीद्वारा गोली प्रहार

    इटहरी ।  खाँदबारीमा एक व्यक्तिले खुकुरी देखाएर प्रहरीमाथि हातपात गर्दै हतियार खोस्न खोजेपछि प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । खाँदबारी नगरपालिका–१ स्थित बसपार्क क्षेत्रमा आइतबार दिउँसो खाँदबारी–६ निवासी ३१ वर्षीय रुद्रबहादुर विश्वकर्माले साधा पोसाकमा खटिएका प्रहरीमाथि खुकुरी देखाउँदै आक्रमण गर्न खोजेपछि बाध्य भई तिघ्रामा गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमारप्रसाद मैनालीका अनुसार विश्वकर्मा जबरजस्ती करणी मुद्दामा ६ वर्षको कैद सजाय काटेर हालै मात्र कारागारमुक्त भएका थिए । मुक्त भएपछ

    • प्रकाशित मितिः मंसिर १, २०८२
    • १८९ पटक पढिएको
  • ताप्लेजुङका लिम्बू समुदायहरुले चासोक तङ्नाम पर्व मनाउन सुरु

    इटहरी ।  नयाँ उत्पादन भएको अन्नबालीको पूजा गर्न ताप्लेजुङका लिम्बू समुदायहरुले चासोक तङ्नाम पर्व मनाउन सुरु गरेका छन्  । लिम्बू समुदायका विभिन्न संस्थाहरुले समय अनकूल मिलाएर मङ्सिर अन्तिम सातासम्म चासोक तङ्नामको अवसरमा कार्यक्रम गर्ने गर्दछन् । किसानहरूले अन्नबाली घर भित्रयाएसँगै धिसोक चासोक (पाकेका अन्नबाट पहिले न्वागी) कुलदेवतालाई चढाउने कार्यलाई लिम्बू समुदायहरुले चासोक भन्ने गर्दछन् । लिम्बू जातिले खेतीपाती गरेको अन्नबाली घर भित्रयाएपछि अन्नको विभिन्न परिकार बनाएर पहिलो चोटी आफ्नो कुलदेवतालाई चढाउने परम्परा रहीआएको छ । किराँत समुदायले अन्नबाली मङ्सिर पूर्णिमा अगाडि नै घर भित्रयाइ

    • प्रकाशित मितिः मंसिर १, २०८२
    • २०७ पटक पढिएको
  • ताप्लेजुङका लिम्बू समुदायहरुले चासोक तङ्नाम पर्व मनाउन सुरु

    इटहरी ।  नयाँ उत्पादन भएको अन्नबालीको पूजा गर्न ताप्लेजुङका लिम्बू समुदायहरुले चासोक तङ्नाम पर्व मनाउन सुरु गरेका छन्  । लिम्बू समुदायका विभिन्न संस्थाहरुले समय अनकूल मिलाएर मङ्सिर अन्तिम सातासम्म चासोक तङ्नामको अवसरमा कार्यक्रम गर्ने गर्दछन् । किसानहरूले अन्नबाली घर भित्रयाएसँगै धिसोक चासोक (पाकेका अन्नबाट पहिले न्वागी) कुलदेवतालाई चढाउने कार्यलाई लिम्बू समुदायहरुले चासोक भन्ने गर्दछन् । लिम्बू जातिले खेतीपाती गरेको अन्नबाली घर भित्रयाएपछि अन्नको विभिन्न परिकार बनाएर पहिलो चोटी आफ्नो कुलदेवतालाई चढाउने परम्परा रहीआएको छ । किराँत समुदायले अन्नबाली मङ्सिर पूर्णिमा अगाडि नै घर भित्रयाइ

    • प्रकाशित मितिः मंसिर १, २०८२
    • १४८ पटक पढिएको
  • श्री महेन्द्र मा.विमा स्काउटहरूको हस्तकला र सीप प्रदर्शन ‘स्किल ओ रामा’ सफल

    इटहरी । इटहरी युथ ओपन क्र्युको आयोजनामा स्काउटका विद्यार्थीहरूको शारीरिक, मानसिक, बौद्धिक तथा व्यवहारिक सीप र हस्तकला क्षमताको विकास गर्ने उद्देश्यले आयोजना गरिएको “स्किल ओ रामा” कार्यक्रम इटहरी २ स्थित महेन्द्र माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । कार्यक्रम महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक मेदन कुमार घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल स्काउट कोशी प्रदेशका तालिम आयुक्त सुशील राई प्रमुख अतिथि रहनुभएको थियो । साथै इटहरी उपमहानगरपालिका–२ का वडा अध्यक्ष माधब कोइराला, धरान उपमहानगरपालिका स्थानीय प्रमुख आयुक्त मधुसूदन घिमिरे लगायतको आतिथ्यता रहेको थियो। कार्यक्रमका

    • प्रकाशित मितिः कार्तिक ३०, २०८२
    • ५८५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]