All Posts By कोशी प्रेस

    Showing ३१-४० of १३,५७२ items.
  • भत्ता पाएपछि खुसियाली

    इटहरी । पाँचथरको हिलिहाङ गाउँपालिकाका दुई हजार दुई सय सेवाग्राहीलाई गाउँमै सामाजिक सुरक्षा भत्ता दिइएको छ । ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई बैङ्कसम्म पुग्न कठिनाइ पर्ने भएकाले गाउँपालिकाले बैङ्क र सुरक्षा निकायलाई सम्बन्धित वडा कार्यालयमा खटाएर भत्ता वितरण गरेको हो । उहाँहरूलाई तीन महिनाको प्रतिव्यक्ति १२ हजार रुपियाँका दरले रकम वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।रकम बुझेका नागरिकले औषधी उपचार गर्ने, मिठोमसिनो खानेकुरा किन्ने, नातिनातिनाका लागि लत्ताकपडा जुटाउने र दसैँमा घर आउने आफन्तलाई दक्षिणा दिन रकम खर्च गर्ने योजना सुनाएका छन् । भौगोलिक विकटता र शारीरिक अशक्तताका कारण बैङ्कसम

    • प्रकाशित मितिः कार्तिक १, २०८३
    • २० पटक पढिएको
  • ताप्लेजुङमा तीन महिनामै एक करोडभन्दा बढीको खाद्यान्न बिक्री

    इटहरी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, ताप्लेजुङ शाखाले चालु आर्थिक वर्षको तीन महिनामै एक करोड दुई लाख रुपियाँभन्दा बढीको खाद्यान्न बिक्री गरेको छ। चालु आर्थिक वर्ष २०८३र०८४ को साउनदेखि असोजसम्म एक करोड दुई लाख ७५० रुपियाँको खाद्यान्न बिक्री भएको हो।गत आर्थिक वर्ष २०८२र०८३ मा एक करोड छ लाख रुपियाँको खाद्यान्न बिक्री गरेको कम्पनीले चालु आवको साउन, भदौ र असोजमा मात्रै एक करोड दुई लाख रुपियाँभन्दा बढीको खाद्यान्न बिक्री गरेको शाखा प्रमुख प्रकाश तिम्सिनाले जानकारी दिनुभयो। उहाँका अनुसार यस अवधिमा एक हजार १८२ क्विन्टलभन्दा बढी खाद्यान्न बिक्री भएको छ।कार्यालयका अनुसार सबैभन्दा बढी जिरा म

    • प्रकाशित मितिः कार्तिक १, २०८३
    • १९ पटक पढिएको
  • इटहरीमा पुष्कर थापाको पहिलो कृति ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

    इटहरी । युवा समाजसेवी तथा किप इटहरी क्लिन (KIC) का अभियन्ता पुष्कर थापाको पहिलो साहित्यिक कृति ‘प्रश्न अझै बाँकी छ’ इटहरीमा लोकार्पण गरिएको छ।संगीत साधना प्रतिष्ठान नेपालको सभाहलमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य सृष्टि भट्टराईको प्रमुख आतिथ्य तथा प्रतिष्ठानका अध्यक्ष प्रदीप रेग्मीको अध्यक्षतामा कृति लोकार्पण गरिएको हो। वरिष्ठ कवि मनु मञ्जिल र रेग्मीले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका थिए।संगीत साधना प्रतिष्ठान नेपालको आयोजना तथा किप इटहरी क्लिन (KIC) को सहआयोजनामा सम्पन्न कार्यक्रममा वरिष्ठ कवि मनु मञ्जिल, कवि तथा लेखक टीका आत्रेय र समीक्षक राम खरेलले कृतिबारे चर्चा गरेका थिए। उनीह

    • प्रकाशित मितिः कार्तिक १, २०८३
    • १४६ पटक पढिएको
  • धरान मन्टेस्वरी द्वारा दशैंको अवसरमा विद्यार्थीलाई टीका,जमरा , दक्षिणासहित आशीर्वाद शुभकामना

    धरान, २९ असोज। धरानस्थित धरान मन्टेस्वरी बोर्डिङ स्कुलले बडादसैँको अवसरमा कक्षा १ का विद्यार्थीलाई टीका र जमरा लगाइदिँदै दक्षिणासहित दसैँको शुभकामना तथा आशीर्वाद प्रदान गरेको छ।दसैँको पाँचौँ दिन बिहीबार विद्यालयकी प्रिन्सिपल मैया राई अग्रवालसहित शिक्षिकाहरूले विद्यार्थीलाई टीका र जमरा लगाइदिएका हुन्। सो अवसरमा विद्यार्थीहरूको सुख, शान्ति, समृद्धि र सफलताको कामना गर्दै दसैँको शुभकामना व्यक्त गरिएको थियो।नेपाली मौलिक संस्कार, संस्कृति, रीतिरिवाज तथा परम्पराको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयकी प्रिन्सिपल मैया राई अग्रवालले बताउनुभयो।धरान मन

    • प्रकाशित मितिः असोज ३०, २०८३
    • १४९ पटक पढिएको
  • मूलखर्कमा प्रथम मझिया स्मृति कप महिला फुटबल प्रतियोगिता हुँदै, विजेतालाई ३ लाख

    संखुवासभा । संखुवासभाको मादी नगरपालिका–३, मूलखर्कमा प्रथम मझिया स्मृति कप–२०८३ आमन्त्रित ९-ए साइड महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। स्वर्गीय मझिया मानबहादुर जिमीको स्मृतिमा आयोजना हुन लागेको प्रतियोगिता कार्तिक ८ गतेदेखि १३ गतेसम्म मूलखर्क खेल मैदानमा सञ्चालन हुनेछ ।मझिया मानबहादुर जिमी स्मृति प्रतिष्ठानको आयोजनामा तथा हाङ्थुम क्लबको सह-आयोजनामा हुने प्रतियोगितामा विभिन्न जिल्लाका आठ महिला फुटबल टोली सहभागी हुनेछन्। प्रतियोगितामार्फत महिला फुटबलको विकास, स्थानीय खेलाडीलाई प्रोत्साहन तथा खेलकुदका माध्यमबाट मादी क्षेत्रको पहिचान स्थापित गर्ने लक्ष्य आयोजकले लिएको छ । प्रतिष्ठानका अध्यक

    • प्रकाशित मितिः असोज ३०, २०८३
    • २०८ पटक पढिएको
  • चित्रमा उतारिँदै मौलिकता, रङमा देखिँदै रोङको पहिचान

    इटहरी। रोङ गाउँपालिकाको प्राकृतिक सौन्दर्य, संस्कृति, मौलिक जीवनशैली र इतिहासलाई चित्रकलामार्फत राष्ट्रियस्तरमा चिनाउन ‘रोङनेसन्स–रोङदेखि रङसम्म’ चित्रकला योजना अघि सारिएको छ।रोङ गाउँपालिका–६ ले देही आर्ट ग्यालरी एन्ड एल्मामेटरसँगको सहकार्यमा रोङको मौलिकता चित्रमा उतार्न लागेको हो। रोङको प्राकृतिक तथा सांस्कृतिक पहिचानलाई अनुसन्धान, स्थलगत अध्ययन र समकालीन चित्रकलामार्फत अभिलेखीकरण गर्दै पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य रहेको वडाध्यक्ष सत्यम राई चौरासेले बताए। रोङका प्राकृतिक दृश्य मात्रै नभई त्यहाँका मानिस, संस्कृति, स्मृति, मिथक, परम्परा, स्थानीय ज्ञान र बदलिँदो ग्रामीण जीवनलाई समेत चित्रमार्फ

    • प्रकाशित मितिः असोज ३०, २०८३
    • १८६ पटक पढिएको
  • विराटनगरमा दुई मोटरसाइकल ठोक्किँदा प्रहरी जवानसहित दुई घाइते

    इटहरी स्  मोरङको विराटनगरमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा प्रहरी जवानसहित दुई जना घाइते भएका छन्।विराटनगर महानगरपालिका–७ स्थित शनिमन्दिर अगाडि कोशी राजमार्गमा बुधबार राति करिब ११स्३० बजे दुर्घटना भएको हो। बरगाछीबाट रोडशेषतर्फ जाँदै गरेको प्रदेश १–०२–०४८ प ६८४४ नम्बरको मोटरसाइकल र जलजला चोकबाट शनिमन्दिरतर्फ सडक पार गर्दै गरेको प्रदेश १–०२–०५६ प ५७१९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए। दुर्घटनामा पहिलो मोटरसाइकलका चालक सुनसरीको बर्जु गाउँपालिका–५ का २१ वर्षीय सुजित नारायण मेहता घाइते भएका छन्। उनको घाँटी र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। पारस अस्पताल विराटनगरमा सामान्य उपचारपछ

    • प्रकाशित मितिः असोज ३०, २०८३
    • १२३ पटक पढिएको
  • मोरङमा गाँजा तस्करमाथि गोली प्रहार, दुई भारतीय पक्राउ

    इटहरी स् मोरङको रतुवामाई नगरपालिका–५ स्थित बक्रा खोला बगरमा गाँजा ओसारपसारमा संलग्न भएको आशंकामा प्रहरीले गोली चलाउँदा एक भारतीय नागरिक घाइते भएका छन्। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिकलाई पक्राउ गर्नुका साथै दुई चरणमा गरी ३६४ किलोभन्दा बढी गाँजा बरामद गरेको छ।पक्राउ पर्नेमा भारतको अररिया जिल्ला, जोगबनी निवासी अन्दाजी ३९ वर्षीय प्रमोद चौधरी र अररिया जिल्लाकै महगामा ग्राम पञ्चायत, थाना नम्बर ४ निवासी अन्दाजी ५० वर्षीय राजेन्द्रप्रसाद यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असोज १२ गते राति करिब ११ः३० बजे रतुवामाई नगरपालिका–५, गोविन्दपुरस्थित बक्रा खोला बगरमा सेत

    • प्रकाशित मितिः असोज ३०, २०८३
    • १६३ पटक पढिएको
  • ‘मञ्जरी’ कथा संग्रह लोकार्पण

    इटहरी स् झापाली साहित्य समाज र ऊर्जाशील साहित्य कला प्रतिष्ठान, चारपानेको संयुक्त आयोजनामा कथा संग्रह ‘मञ्जरी’ विहिवार  लोकार्पण गरिएको छ।बिर्तामोडस्थित सरगम सङ्गीतालयको सभाहलमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेलको प्रमुख आतिथ्यमा कृति लोकार्पण गरिएको हो। कार्यक्रममा सहभागी साहित्यकारहरूले ‘मञ्जरी’लाई नेपाली साहित्यको महत्वपूर्ण दस्तावेजका रूपमा चर्चा गरेका थिए। ऊर्जाशील साहित्य कला प्रतिष्ठानका अध्यक्ष साहित्यकार डिपी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा झापाली साहित्य समाजका अध्यक्ष हरि बरालले सञ्चालन गरेका थिए। लोकार्पित कृतिमाथि डा। गोपीकृष्ण खतिवडाले समीक्षा गर्दै

    • प्रकाशित मितिः असोज ३०, २०८३
    • ६२ पटक पढिएको
  • एक लाखको छात्रवृत्ति कोषबाट सात विद्यार्थी पुरस्कृत, गोविन्द बस्नेतको सम्झना शिक्षासँग जोडियो

    इटहरी । स्वर्गीय व्यक्तिको सम्झनालाई सामाजिक सेवासँग जोड्न सकियो भने उहाँको योगदान पुस्तौँसम्म जीवित रहन सक्छ। उदयपुरको बेलका नगरपालिका–९ रामपुरस्थित ज्योति आधारभूत विद्यालय भचुवामा स्थापना गरिएको गोविन्द बालुका छात्रवृत्ति कोषले यस्तै उदाहरण प्रस्तुत गरेको छ। कोषबाट सात जना विद्यार्थी पुरस्कृत भएका छन् भने विद्यालयलाई खेलकुद सामग्रीसमेत प्रदान गरिएको छ।स्वर्गीय गोविन्द बस्नेतको स्मृतिमा स्थापना गरिएको गोविन्द बालुका छात्रवृत्ति कोषबाट सात जना विद्यार्थी पुरस्कृत भएका छन्।असोज २९ गते आयोजित कार्यक्रममा कक्षा २ देखि ८ सम्मका प्रथम विद्यार्थीलाई पुरस्कार वितरण गरिएको हो। कक्षा २ का रिजन राई, कक्

    • प्रकाशित मितिः असोज ३०, २०८३
    • १९१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]