All Posts By कोशी प्रेस

    Showing ४,०५१-४,०६० of १२,८६९ items.
  • सानोदुम्माका ९० प्रतिशत नागरिक विद्युतको पहुँचमा

    इटहरी। पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका करिब ९० प्रतिशत नागरिक अहिले केन्द्रीय विद्युतको पहुँचमा पुगेका छन् । भौगोलिक रूपमा विकट मानिने यस वडामा स्थानीय तहको पहलमा घरघरमा बत्ती बलेको हो ।  वडाध्यक्ष बोमप्रसाद राईका अनुसार विद्युत् विस्तारको शून्य अवस्थाबाट सुरु गरिएको अभियान अहिले अन्तिम चरणमा पुगेको छ । केही दुर्गम बस्तीमा पोल र तारको अभावमा विद्युत् विस्तारमा ढिलाइ भएको वडाध्यक्ष राईको भनाइ छ । बाँकी रहेका घरमा पनि विद्युत् विस्तार गरी वडालाई ‘पूर्ण उज्यालो वडा’ घोषणा गर्ने लक्ष्य राखिएको छ । विद्युत् विस्तारसँगै वर्षौँदेखि टुकी र सोलारमा निर्भर रहँदै आएका स्थानीयले सहजता अनुभव गरेका

    • प्रकाशित मितिः असोज २६, २०८२
    • २१६ पटक पढिएको
  • झुम्का र नख्खु कारागारबाट भागेका ११ जना पाँचथबाट पक्राउ

    इटहरी । जेनजी समूहले भदौ २३ र २४ गते गरेको आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका ११ जना कैदी पाँचथरमा पक्राउ परेका छन् । कारागारमा तोडफोड र आगजनी हुन थालेपछि भागेका उनीहरुलाई जिल्लाका विभिन्न प्रहरी चौकीबाट खटेका प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । हालसम्म पक्राउ परेका हरुमा जिल्लाको कुम्मायक १ का ४५ वर्षीय पनेन्द्र तामाङ, फिदिम नगरपालिका १ का ३६ वर्षीय बिनय नेम्वाङ, तुम्वेवा ५ मौवाका ४० वर्षीय गोपाल बोहोरा, फिदिम नगरपालिका ५का ३० वर्षीय मंगल सिं तुम्बापो, हिलीहाङ गाउँपालिका ७ का २९ वर्षीय चक्र तामाङ र मिक्लाजुङ गाउँपालिका ५का ५१ वर्षीय सन्तविर लावती रहेका छन्

    • प्रकाशित मितिः असोज २६, २०८२
    • २२० पटक पढिएको
  • ओखलढुङ्गामा खाना अड्किएर एक वृद्धको ज्यान गयो

    इटहरी। खाना खाने क्रममा अड्किएर एक वृद्धको ज्यान गएको छ । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–३ चित्रेका ७१ वर्षीय मिनबहादुर खड्काको घाँटीमा खाना अड्किएर ज्यान गएको हो । खाना खादै गर्दा खाना अड्किएर खड्काको मृत्यु भएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरबाट प्रहरी टोली खटिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

    • प्रकाशित मितिः असोज २६, २०८२
    • १३३ पटक पढिएको
  • इलामको सूर्योदयका सबै कर्मचारीको एक दिनको तलब बाढीपीडितलाई

    इटहरी । इलामको सूर्योदय नगरपालिकाले यही असोज १८ गते आएको बाढीपहिरोपछि उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका कार्यमा नमुना काम गर्दै आएको छ । १९ गते बिहानैदेखि मुख्य मेची राजमार्ग खुलाउन लागेको नगरले हालसम्ममा नगरका १४ वटै वडाको क्षतिगस्त सडक खुलाइसकेको छ । नगरले नगर क्षेत्रभित्र मृत्यु भएका परिवारका सदस्यलाई दुई लाखका दरले आर्थिक सहयोग गरिसकेको छ भने ४० बढी विस्थापितलाई प्रारम्भिक चरणको राहत वितरण गरिसकेको नगरका विपद् फोकल पर्सन सिर्जन गदालले जानकारी दिनुभयो । नगरले तत्कालै प्रकोप व्यवस्था कोष स्थापना गरेको छ । बाढीपहिरो प्रभावितलाई सहयोग गर्नका लागि सुरुमा नगरका कर्मचारी, वडा कर्मचारी र

    • प्रकाशित मितिः असोज २६, २०८२
    • १३८ पटक पढिएको
  • लायन्स क्लब इन्टरनेशनलद्वारा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

    इटहरी । लायन्स क्लब इन्टरनेशनलले विश्व मानसिक स्वास्थ्य सप्ताह (अक्टोबर ४–१२) को अवसरमा सम्पूर्ण क्लबहरूलाई सचेतना कार्यक्रम आयोजना गर्न निर्देशन दिएअनुसार न्यु भिजन एजुकेसन सोलुसन, इटहरीमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।लायन्स क्लब इन्टरनेशनल डिस्टृक्ट ३२५–सी, एरिया ४, रिजन ८ अन्तर्गत आयोजित उक्त कार्यक्रम रिजन चेयरपर्सन लायन भूपराज पुरीको अध्यक्षता तथा डिस्टृक्ट एडमिनिस्ट्रेटिभ चीफ लायन लोकेन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा डिस्टृक्ट पब्लिकेसन चिफ लायन मुक्तिनाथ घिमिरे, एरिया कोअर्डिनेटर लायन टङ्क फुयाललगायतका अन्य विशिष्ट अतिथिहरूको उपस

    • प्रकाशित मितिः असोज २५, २०८२
    • ३५० पटक पढिएको
  • जेन–जी आन्दोलनको वातावरण बिगार्न ‘TOB’ ‘फ्री तिब्बत’ समूहको संलग्नता

    काठमाडौं / भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको वातावरण बिगार्ने समूहका रूपमा ‘टिओबी ब्लड (TOB Blood)’ को नाम सार्वजनिक भएको छ।फेसबुकमा यसको अर्थ ‘Tibetan Original Blood’ लेखिएको छ र ‘फ्री तिब्बत’ समर्थन गर्ने समूहका रूपमा परिचित छ। इन्टाग्राममा पनि सो नाममा सक्रिय समूहले नेपोबेबी अभियानदेखि नै सक्रियता देखाएको प्रहरीले जनाएको छ।आन्दोलनमा सहभागी युवाहरूले टिओबी लेखिएको कालो टिसर्ट र कालो झन्डा बोकेका थिए। प्रहरीका अनुसार उनीहरू बाइक पड्काउँदै भीडमा प्रवेश गर्ने र माहौल बिगार्ने गतिविधिमा संलग्न देखिएका छन्।समूहको नेतृत्व तेन्जिङ दावा नामका ट्याटु आर्टिस्टले गरेका छन्। उनका सहकर्मी बिराज खड्का र

    • प्रकाशित मितिः असोज २५, २०८२
    • ३२३ पटक पढिएको
  • सरकारद्वारा इलाम सङ्कटग्रस्त जिल्ला घोषणा, पुनर्निर्माणमा सरकारको ध्यान केन्द्रित रहेको मन्त्री घिसिङको भनाइ

    इटहरी । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले इलाममा भएको विपद्का कारण त्यसको पुनर्निर्माण र पुनर्स्थापनाका लागि सरकारले इलामलाई सङ्कटग्रस्त जिल्ला घोषणा गरेको बताउनुुभएको छ । बाढी पहिरोका कारण विपद्को चपेटामा परेको इलामको निरीक्षणका लागि आइपुग्नभएका मन्त्री घिसिङले तीनै तहका सरकार, दातृ निकाय, नीजि क्षेत्र सबैको ध्यान यहाँ केन्द्रित होस् र इलामलाई पुुरानै स्थितिमा उभ्याउन सकियोस् भनेर सङ्कटग्रस्त जिल्ला घोषणा गरिएको बताउनुुभयो ।  मन्त्री घिसिङले मेची राजमार्गको राजदुवालीस्थित माईखोला माथिको पहिरोग्रस्त क्षेत्रको निरीक्षणपछि तत्कालका लागि सडक सुुचारु गराउने काम भइरहेको र यसको

    • प्रकाशित मितिः असोज २५, २०८२
    • ३७७ पटक पढिएको
  • बाढीले पुल बगाएपछि पाँचथरमा स्थानीयद्वारा बाँसको फड्के निर्माण

    इटहरी। बाढीले पुल बगाएपछि पाँचथर सदरमुकाम फिदिम नगरपालिका –१ र ७ लाई जोड्ने नाम्दु खोलामा स्थानीयले फड्के निर्माण गरेका छन् । पूर्वाधार विकास कार्यालय पाँचथरको सक्रियतामा फिदिम १ र ७ का नागरिकले जनश्रमदान गरेर बाँसको फड्के बनाएका हुन् । यहाँ पूर्वाधार विकास कार्यालय पाँचथरले निर्माण गरेको पुल असोज १८ गते आएको बाढीले बगाएको थियो । त्यसपछि यो सडक भएर फिदिमदेखि रानिटार हुँदै लुङरुपासम्म जाने सवारी साधन चलिरहेका छैनन् । पुल र बाटो बगेपछि यात्रुलाई समेत आवागमनमा असहज भइरहेका बेला यहाँ बाँसको फड्के बनाइएको कार्यालय प्रमुख सैलेन्द्र सिंहले जानकारी दिनुभयो । फड्के बनेपछि पैदल यात्रुलाई सहज भएको छ ।

    • प्रकाशित मितिः असोज २५, २०८२
    • ३१२ पटक पढिएको
  • तौलिहवा–गोरुसिङ्गे सडकखण्डमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा परि झापाका एक युवाको मृत्यु

    इटहरी ।  तौलिहवा–गोरुसिङ्गे सडकखण्डमा आज बिहान भएको  मोटरसाइकल दुर्घटनामा परि झापाका एक युवाको ज्यान गएको छ । बुद्धभूमि नगरपालिका–२, गोरुसिङ्गे चोकमा इभी गाडीमा ठोक्किएको मोटरसाइकल पुनः स्कर्पियोमा ठक्कर खाएको थियो। दुर्घटनामा परि झापाको बुद्धशान्ति गाउँपालिका निवासी २७ वर्षीय लोचन पौडेल सवार प्रदेश १–०१–०१४ प १८६४ नम्बरको मोटरसाइकल गम्भीर रूपमा क्षतिग्रस्त बनेको छ। उनी सवार मोटरसाइकल पहिलो पटक इभीमा ठोक्किएपछि नियन्त्रण गुमाएर छेउमै रहेको स्कर्पियोमा ठोक्किएको बताइएको छ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार गम्भीर घाइते पौडेललाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोम

    • प्रकाशित मितिः असोज २५, २०८२
    • २४३ पटक पढिएको
  • इनरुवाबाट १९७ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

    इटहरी । सुनसरी प्रहरीले १ सय ९७ ग्राम ६ मिलिग्राम ब्राउन सुगरसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। इनरुवा नगरपालिका–४ बसपार्क चोकस्थित क्षेत्रबाट शुक्रबार साँझ प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकाको आधारमा चेकजाँच गर्दा इनरुवा–४ का ३३ वर्षीय कृष्ण कुमार मेहताको साथबाट सो लागूऔषध फेला पारेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका मेहतालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको छ। लागूऔषध दुव्र्यसन नियन्त्रणका लागि प्रहरीले पछिल्लो समय सुनसरीका विभिन्

    • प्रकाशित मितिः असोज २५, २०८२
    • २२७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]