All Posts By कोशी प्रेस

    Showing ४,९९१-५,००० of १२,९१९ items.
  • अलैँची खेतीमा उत्साह, निर्यातबाट ७ अर्ब ६७ करोड आम्दानी

    इटहरी । निर्यात व्यापारमार्फत विदेशी मुद्रा आर्जनमा एक हिस्सा ओगटेको नेपाली अलैँचीले यतिबेला निकै उत्साह थपेको छ । पहाडी जिल्लाका किसानका लागि आम्दानीको मुख्य स्रोत बन्न थालेको अलैँचीलाई किसानले पछिल्लो समय निकै महत्व दिन थालेका छन् । प्रतिमन ९० देखि ९५ हजार रुपियाँमा कारोबार भइरहेको अलैँचीको अहिले बिरुवा लगाउने सिजन पनि हो । फल्न थालेको अलैँचीको गोडमेल गर्ने, बगान सरसफाइ गर्ने र फूल लागेका दानाको सुरक्षा गर्ने समय रहेको अलैँची किसान बताउँछन् । १० वर्षयताकै राम्रो मूल्य भएकाले यो साल किसानले अलैँचीमा उत्साह देखाएको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौड्याल बताउनुहुन्छ । अलैँचीलाई कम लाग

    • प्रकाशित मितिः साउन १३, २०८२
    • ३२२ पटक पढिएको
  • आइसिपीमा एक अर्ब छ करोड लागतमा दुई वटा नयाँ संरचना बन्दै

    इटहरी । एकीकृत जाँच चौकी (आइसिपी) मा थप एक अर्ब छ करोड लागतमा दुई वटा संरचना बन्ने भएका छन् । नेपाल इन्टरमोडल यातायात विकास समितिले आइसिपीपरिसरमा गोदाम र पार्किङ तथा आइसिपीसँग कोशी राजमार्गलाई जोड्ने सम्पर्क सडक निर्माणको प्रक्रिया अगाडि बढाएको हो । इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार विश्व बैङ्कसँगको ऋण सहयोगमा गोदाम र पार्किङ ४१ करोड रुपियाँमा निर्माण हुने जानकारी दिनुभयो । आइसिपीभित्र गोदाम ५४र२४ मिटरको निर्माण हुने छ । यसै गरी पार्किङ १० हजार वर्गमिटरको हुने छ । यसै गरी सम्पर्क सडक ६५ करोड लागतमा चार लेनमा विस्तार हुने छ । सम्पर्क सडकमा फुटपाथसहित मालवाह

    • प्रकाशित मितिः साउन १३, २०८२
    • २५४ पटक पढिएको
  • अरुण गाउँपालिकामा नवनिर्मित आधारभूत अस्पतालबाट सेवा सुरु

    इटहरी । यहाँको अरुण गाउँपालिकामा नवनिर्मित आधारभूत अस्पतालबाट सेवा सुरु भएको छ । स्थानीयलाई सहज स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले स्थापित १५ श्ययाको आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको हो । विसं २०७७ मा आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँचमा पुर्‍याउने उद्देश्यले तीन सय ९६ स्थानीय तहमा निर्माण सम्पन्न भएर सञ्चालनमा आएको यो पहिलो अस्पताल हो । सरकारले घोषणा गरेअनुसार करिब रु १६ करोड लागतमा चारतले भवन निर्माण सम्पन्न भएसँगै सेवा सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले बताउनुभयो । पन्ध्र श्ययामा अस्पताल सञ्चालन गर्ने लक्ष्यका साथ नवनिर्मित भवनबाट सेवा सुरु गरिएको उहाँको भनाइ छ । राज

    • प्रकाशित मितिः साउन १३, २०८२
    • २७६ पटक पढिएको
  • ताप्लेजुङमा हालसम्म करिव ६२ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न

    इटहरी । ताप्लेजुङमा हालसम्म करिव ६२ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार साउन दोस्रो साता बित्नलाग्दा अर्थात् साउन १३ गते सम्ममा ६१।९७ प्रतिशत रोपाइँ सम्पन्न भएको हो । जेठ महिनादेखि नै रोपाइँ सुरु गरिने हिमाली जिल्ला ताप्लेजुङमा पर्याप्त वर्षा नभएका कारण रोपाइँ कम भएको हो । कृषि ज्ञान केन्द्र ताप्लेजुङका कृषि प्रसार अधिकृत विजय श्रेष्ठका अनुसार यसवर्ष पानीको अभावका कारण समयमा रोपाइँ हुन नसकेको हो । धान खेतीका लागि पर्याप्त वर्षा नहुँदा गतवर्षको तुलनामा झण्डै २७ प्रतिशतले रोपाइँ कम भएको श्रेष्ठले जानकारी दिनुभयो ।उहाँका अनुसार गतवर्ष साउन दोस्रो साता स

    • प्रकाशित मितिः साउन १३, २०८२
    • २१८ पटक पढिएको
  • डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा १७ हजारको आँखा परीक्षण

    इटहरी । ताप्लेजुङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले १७ हजार जनाको आँखा परीक्षण तथा उपचार गरेको छ । आँखा उपचार केन्द्रले एक वर्षको अवधि अर्थात् गएको आर्थिक वर्ष २०८१र८२ मा उक्त सङ्ख्यामा सेवाग्राहीलाई आँखा परीक्षण तथा उपचार सेवा प्रवाह गरेको हो । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित आँखा उपचार केन्द्रले विभिन्न शिविर, घुम्ती आँखा परीक्षण कार्यक्रम र उपचार केन्द्रमार्फत आँखाका बिरामी तथा सेवाग्राहीलाई सेवा प्रवाह गरेको हो । डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका वरिष्ठ नेत्र अधिकृत काजी गुरुङका अनुसार गएको आवमा कुल १७ हजार ३४१ जनाको आँखा परीक्षणका साथै उपचार गरिएको छ । सदरमुकाम

    • प्रकाशित मितिः साउन १३, २०८२
    • २२३ पटक पढिएको
  • कोशी प्रदेश एथलेटिक्स संघको अध्यक्षमा राजकुमार थापा, १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन

    इटहरी | कोशी प्रदेश एथलेटिक्स संघको प्रथम अधिवेशनबाट अध्यक्षमा राजकुमार थापा चयन भएका छन्। अधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।संघका संयोजक राजकुमार थापाको सभाध्यक्षतामा सम्पन्न अधिवेशनमा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिव कृष्ण बस्नेत (पर्शुराम) प्रमुख अतिथि थिए।नवगठित कार्यसमितिमा उपाध्यक्षमा राजेशमान श्रेष्ठ र अमित गुरुङ, सचिवमा नारायण श्रेष्ठ, कोषाध्यक्षमा धनकुमारी लिम्बू चयन भएका छन्। त्यस्तै सदस्यमा मदन कुमार शाह, दिपेश बास्तोला, सुनिल कुमार लालवति, शान्ता श्रेष्ठ, देवराज चौधरी, सरोज सिंह लगायत १४ वटै जिल्लाबाट प्रतिनिधित्व हुने गरी समिति विस्तार गर

    • प्रकाशित मितिः साउन १२, २०८२
    • २७६ पटक पढिएको
  • कोशीमा तीन हजारभन्दा बढी डेङ्गु सङ्क्रमित, तीन जनाको मृत्यु

    इटहरी । कोशी प्रदेशका १४ जिल्लामै डेङ्गुको सङ्क्रमण फैलिएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । निर्देशनालयकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार कोशीमा तीन हजार १८१ जना डेङ्गु सङ्क्रमित रहेका छन् । जसमा तीन जनाको मृत्यु भएको उनले बताइन्। पहाडी जिल्लामा डेङ्गु सङ्क्रमित अत्यन्त न्यून रहे पनि तराईका चार जिल्लामा बढी रहेको निर्देशनालयको तथ्यांकले देखाएको छ । हालसम्म मोरङमा ९१३, झापा ८९७, सुनसरी ३७७, उदयपुरमा २७५, भोजपुर २२६, धनकुटा १४३, ओखलढुङ्गा १२१, पाँचथर ७०, खोटाङ १०, ताप्लेजुङ दुई, इलाम पाँच, सोलुखुम्बु ६ र तेह्रथुम दुई जनामा डेङ्गुको सङ्क्रमण देखिएको उनले जानकारी दिइन्। उनले वि

    • प्रकाशित मितिः साउन १२, २०८२
    • २९७ पटक पढिएको
  • सङ्खुवासभाको मकालु गाउँपालिका–६ बास्थलास्थित ढुङ्गामाथि रहेको माङ्मा पोखरी ओझेलमा

    इटहरी । सङ्खुवासभाको मकालु गाउँपालिका–६ बास्थलास्थित ढुङ्गामाथि रहेको माङ्मा पोखरी प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । बास्थला गाउँभन्दा करिब तीन–चार किलोमिटर माथि डाँडामा बाक्लो जङ्गलको बीचमा रहेको ठूलो ढुङ्गाको बीचमा करिब ११ मिटर लामो, ६ मिटर चौडाइ र तीन मिटर गहिराइको पोखरी वर्षभरि कहिल्यै सुक्दैन । स्थानीय कुवेर राईका अनुसार यो पोखरीमा साक्षात देवताको बास रहेको विश्वास छ । राई, कुलुङ र मेवाहाङ समुदायको बसोबास रहेको यस क्षेत्रका गाउँलेले मबहान पर्वका अवसरमा यहाँ पूजाआजा, धूपबत्ती बाल्ने र प्रसाद ग्रहण गर्ने स्थानीय बज्रमान राईले बताउनुभयो । नागदेवतासँग सम्बन्धित मान्यताका कारण यहाँ बलि वा क

    • प्रकाशित मितिः साउन १२, २०८२
    • २७८ पटक पढिएको
  • मासिक तलबको माग गर्दै विद्युत प्राधिकरण कोशी प्रदेश कार्यालयमा श्रमिकहरुको धर्ना

    काठमाडौं । नेपाल विद्युत प्राधिकरण कोशी प्रदेश कार्यालयमा कार्यरत दैनिक ज्यालादारी श्रमिकहरूले मासिक तलबको माग गर्दै सोमबार कार्यालयमा धर्ना बसेका छन् । नेपाल विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारी संघर्ष समिति, कोशी प्रदेशको अगुवाइमा भएको धर्नामा उनीहरुले आफूहरूलाई मासिक तलबमा रूपान्तरण गर्न माग गरेका छन्। संघर्ष समितिका कोशी प्रदेश अध्यक्ष विनोद गनगाईंका अनुसार धर्ना दुई दिनसम्म जारी रहनेछ । उहाले आन्दोलन पूरा नहुञ्जेल थप संघर्षका कार्यक्रम निरन्तर चल्ने जानकारी दिए । २०७८ साउन ३१ गतेको प्राधिकरण सञ्चालक समितिको ९४९औं बैठकले सबै दैनिक ज्यालादारी श्रमिकलाई मासिक तलबमा रूपान्तरण गर्ने न

    • प्रकाशित मितिः साउन १२, २०८२
    • २४० पटक पढिएको
  • ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका द्धारा शिक्षकको निधनमा सोमबार शोक बिदा

    इटहरी । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले सवारी दुर्घटनामा परी शिक्षकको निधन भएपछि शोक बिदा दिएको छ । गाउँपालिकाले वडा नम्बर ३ सिकैँचास्थित सरस्वती माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भावना विश्वकर्माको सवारी दुर्घटनामा परी निधन भएकोमा दुःख व्यक्त गर्दै आज सोमबारका लागि शोक बिदा दिएको हो । गाउँपालिकाका लेखा अधिकृत श्यामप्रसाद खतिवडाका अनुसार सोमबार एकदिन पालिकाभरिका सामुदायिक तथा संस्थागत विद्यालयमा शोक बिदा दिइएको छ । शिक्षक विश्वकर्माको निधनप्रति दुःख व्यक्त गर्दै गाउँपालिका अध्यक्षस्तरीय निर्णयअनुसार शोक विदा दिएको लेखा अधिकृत खतिवडाद्वारा जारी शोक वक्तव्यमा उल्लेख गरिउको छ । आइतबार बिहान स

    • प्रकाशित मितिः साउन १२, २०८२
    • ३२२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]