All Posts By कोशी प्रेस

    Showing ५,२६१-५,२७० of १२,९४२ items.
  • पथरी शनिश्चरे नगरपालिकाको निर्माणाधीन प्रशासनिक भवन सिडियोद्वारा अनुगमन

    इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको निर्माणाधीन प्रशासनिक भवनको मोरङ्गका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अनुगमन गर्नुभएको छ । मंगलबार पथरी शनिश्चरे नगरपालिका वडा नं. १० मा निर्माण भइरहेको नयाँ प्रशासनिक भवनको प्रमुख जिल्ला अधिकारी यादवले अनुगमन गर्नुभएको हो । सोही क्रममा उहाँले वडा नं. १० कै आर.सी.ओ. भवनको पनि अनुगमन गर्नुभएको थियो । गएको जेठ ५ गते एक कार्यक्रमका बीच उक्त प्रशासनिक भवनको शिलान्यास गरिएको थियो । निर्माणाधीन पाँच तले प्रशासनिक भवनको क्षेत्रफल ९ हजार २ सय ५२ स्क्वर फुट रहने छ । अपाङ्गमैत्री, जेष्ठ नागरिकमैत्री र बालबालिकामैत्री भवन निर्माण हुनेछ । भवन भ्याट र पिएस सहि

    • प्रकाशित मितिः असार २६, २०८२
    • १८८ पटक पढिएको
  • मजदुरको न्यूनतनम पारिश्रमिक वृद्धि गर्ने प्रतिबद्धता

    इटहरी । कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले मजुदरको जीवनयापनका लागि पुग्ने न्यूनतनम पारिश्रमिक वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रमार्फत ‘न्यूनतम पारिश्रमिक वृद्धि र श्रम कानुन कार्यान्वयन’सम्बन्धमा जिफन्टका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले आज बुझाउनुभएको चार बुँदे ज्ञापनपत्र बुझ्दै उहाँले मजदुरको सहज जीवनयापनका लागि पुग्ने पारिश्रमिक निर्धारण गर्नरगराउन प्रदेश सरकारले रोजगारदातासँग छलफल गरी कार्यान्वयन गराउने बताउनुभयो । मन्त्री राईले मजदुरहरूले मुलुकमा प्रजातन्त्र, लोकतन्त्रसहित सङ्घीयता स्थापनामा महत्त्वपूर्ण योगदान पुर्‍याएका चर्

    • प्रकाशित मितिः असार २६, २०८२
    • २७६ पटक पढिएको
  • विराटनगरबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

    इटहरी । भारतको जोगवनीदेखि लागुऔषध लिएर आउँदै गरेका २ जनालाई प्रहरीले विराटनगरबाट बुधबार साँझ पक्राउ गरेको छ । संखुवासभाको धर्मदेवी नगरपालिका–३ का ३३ वर्षीय श्यामबहादुर पौडेल र मोरङको बूढीगंगा गाउँपालिका–३ का ३७ वर्षीय बिन्दुराज महत्रा पक्राउ परेको प्रहरीले जनाएको छ । भारतको जोगवनीबाट पैदल नै नेपालतर्फ आउँदै गरेका उनीहरुलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले पक्राउ गरेको हो । दुवै जनालाई विराटनगर महानगरपालिका–१६ स्थित ३ नम्बर ढाटनजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाको साथबाट १३ ग्राम ८५ मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । पक्राउ परेकाविरुद्ध लाग

    • प्रकाशित मितिः असार २६, २०८२
    • २७१ पटक पढिएको
  • मोरङमा ठूलो परिमाणसहित गाँजा बरामद

    इटहरी । प्रहरीले मोरङको धनपालथान गाउँपालिका–१ गदिया खोलानजिकै उखुबारीबाट बुधबार साँझ ठूलो परिमाणमा गाँजा बरामद भएको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चोकी गडेरिया, प्रहरी चौकी अमाहिवरियाती र सशस्त्र प्रहरी बलको बीओपी नोचाबाट खटिएको संयुक्त टोलीले साँझ ६ः३५ बजेतिर गाँजा बरामद गरेको हो । गाँजा लुकाएर राखिएको विशेष सूचनाका आधारमा बरामद गर्न नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोली खटिएको थियो । संयुक्त टोलीले २६ वटा बोराभित्र प्याक गरेर राखेको अवस्थामा उखुबारीबाट गाँजा बरामद गरेको हो । बरामद गरेर तौल गर्दा गाँजा ८ सय २ किलो रहेको डीएसपी चुँडा

    • प्रकाशित मितिः असार २६, २०८२
    • २४० पटक पढिएको
  • विराटनगरमा श्रमिकहरूले दबावमूलक र्यालीको आयोजना

    इटहरी । न्यूनतम पारिश्रमिक बृद्धि र श्रम कानूनको प्रभावकारी कार्यान्वयनको माग गर्दै विराटनगरमा श्रमिकहरूले दबावमूलक र्यालीको आयोजना गरेका छन्। संयुक्त ट्रेड युनियन समन्वय केन्द्र, कोशी प्रदेशको अगुवाइमा आयोजित र्याली स्थानीय संसारीमाइस्थानबाट सुरु भई महेन्द्र चौकमा कोणसभासहित सम्पन्न भयो। कोणसभामा श्रमिक नेताहरूले श्रम ऐनको अक्षरस पालना र सामाजिक सुरक्षामा सबै श्रमिकको समावेशको माग गरे। अखिल नेपाल मजदुर संगठनका अध्यक्ष विनोद श्रेष्ठले श्रमिकको हकमा सरकार गम्भीर बन्नुपर्ने धारणा राखे। नेपाल ट्रेड युनियन कांग्रेस कोशीका अध्यक्ष नारायणबाबु कार्कीले न्यूनतम पारिश्रमिक ३० हजार ४ सय ४३ रूपैयाँ हुनुप

    • प्रकाशित मितिः असार २६, २०८२
    • ३२९ पटक पढिएको
  • स्कुटर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

    इटहरी । झापाको बाह्रदर्शी गाउँपालिका–१, खैरबारीस्थित भित्री सडकखण्डमा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । बुधबार दिउँसो करिब ४ बजेतिर राजगढबाट कुटीतर्फ गइरहेको बीआर ३७ एजे ६४४० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको प्र १–०१–०१६ प ९२७० नम्बरको स्कुटर ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनापछि स्कुटर चालक र मोटरसाइकल चालकलाई तत्कालै उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो । तर उपचारका क्रममा कचनकवल गाउँपालिका–३ का स्कुटर चालक ६० वर्षीय श्रीप्रसाद राजवंशी र पहिचान खुल्न बाँकी मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्या

    • प्रकाशित मितिः असार २६, २०८२
    • २१० पटक पढिएको
  • दोस्रो तरहरा रन १० किलोमिटर दौड प्रतियोगिता सम्पन्न

    इटहरी । दोस्रो तरहरा अर्गानिक १० किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएसँगै आयव्यय सार्वजनिक गरिएको छ । आयोजक तरहरा रनले पत्रकार सम्मेलन गर्दै आयव्यय सार्वजनिक गरेको हो । गत फागुन २४ गते तरहरामा १० किलोमिटर दौड प्रतियोगिता भएको थियो । जसमा दुई हजार एक सय ९ जना धावक सहभागी भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । आयोजक क्लबका अध्यक्ष शिवु रुम्दाली राईका अनुसार यसपटकको दौड प्रतियोगितामा नौ लाख ८९ हजार ३९९ रुपैयाँ फाइदा भएको छ ।  जसमध्ये सात लाख १५ हजार ३४७ रुपैयाँ भने उठ्न बाँकी रहेको छ । कतिपय संघसंस्था र व्यक्तिले नै रकम दिने वचन दिएपनि दिन बाँकी रहेको उनले बताए । हाल बैँक खातामा तीन लाख ५७ हज

    • प्रकाशित मितिः असार २६, २०८२
    • ७८३ पटक पढिएको
  • धरानमा छुरा प्रहारबाट एक घाइते

    इटहरी । सुनसरीको धरान उपमहानगरपालिका–१७ साउने बस्तीमा पत्नीले घरायसी विवादका क्रममा श्रीमानलाई छुरा प्रहार गरेकी छन्। आइतबार राति करिब ९ः३० बजे सरिता राईले आफ्ना श्रीमान ५० वर्षीय वीर बहादुर राईमाथि तरकारी काट्ने छुरा प्रहार गर्दा घाइते भएका हुन्। छुरा प्रहारबाट वीर बहादुरको दाहिने हातको पञ्जा, छाती र पेटमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपामा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घटनापछि इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले ३१ वर्षीया सरिता राईलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा घट

    • प्रकाशित मितिः असार २६, २०८२
    • २२६ पटक पढिएको
  • जिल्ला प्रशासन कार्यालय पाँचथरले जोखिमयुक्त सडकमा यात्रा गर्दा सर्तकता अपनाउन आग्रह

    इटहरी । वर्षाका कारण पाँचथर जिल्लामा पर्ने प्रमुख राजमार्ग तथा स्थानीय सडक सञ्जाल प्रभावित भएका छन् । लगातारको वर्षासँगै बाढी र पहिरोको जोखिम उच्च रहेको भन्दै जिल्ला प्रशासन कार्यालय पाँचथरले जोखिमयुक्त सडक खण्डमा यात्रा गर्दा सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ । यसैबिच जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गर्दै नदी, खोला र भिर पाखा नजिकका सडक क्षेत्रमा बाढी र पहिरोका कारण थप जोखिम भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । दुर्घटना हुन सक्ने सम्भावना रहेकाले अत्यावश्यक बाहेकका यात्रा नगर्न आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यालय पाँचथरका शाखा अधिकृत डिक प्रसाद दाहालद्वारा विज्ञप्तिमा जिल्लास्थित ज

    • प्रकाशित मितिः असार २६, २०८२
    • २२३ पटक पढिएको
  • हेवाखोलामा डाइभर्सन मर्मत गरी खुलाउने तयारी

    इटहरी । मेची राजमार्ग अन्तर्गत पाँचथरको हिलिहाङ र फिदिमलाई सिमाना छुट्याएर बग्ने हेवाखोलामा निर्माण गरिएको डाइभर्सनमा बाढीले क्षति पु(याएपछि सडक अवरुद्ध भएको छ । मङ्गलबार अपराह्नदेखिको अविरल वर्षासँगै आएको बाढीले हेवाखोलामा निर्मित डाइभर्सनमा क्षति पुगेको थियो । जसका कारण मङ्गलबार साँझदेखि मेची राजमार्गको पाँचथर–ताप्लेजुङ खण्डमा यातायात अवरुद्व भएको छ । पानीको सतहले डाइभर्सन पार गरेर दुई वटा ह्युमपाइप हल्लाउनका साथै ह्युमपाइप थिचेका ढुङ्गा, बालुवा बगाएका कारण सडक अवरुद्व भएको सडक डिभिजन इलामका इन्जिनियर सीताराम गौतमले बताउनुभयो । उहाँका अनुसार खोलामा पानीको सतह घटेकाले बिहानैदेखि डाइभर्सन मर्म

    • प्रकाशित मितिः असार २६, २०८२
    • २४६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]