All Posts By कोशी प्रेस

    Showing ७,१६१-७,१७० of १३,७३९ items.
  • प्रधानमन्त्री ओली द्वारा गैँडाकोट सडक खण्ड निरीक्षण

    नवलपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नवलपुरस्थित पूर्व–पश्चिम राजमार्गको गैँडाकोट खण्डमा निरीक्षण गरेका छ्न् । शुक्रबार प्रधानमन्त्री ओलीले निर्माण भइरहेको सो सडकखण्ड निरीक्षण गरेका हुन् ।निरीक्षणका क्रममा प्रधानमन्त्री ओलीले सडक निर्माण कम्पनी, सडक विभाग र आयोजना निर्देशनालयका कर्मचारीहरुसँग सडक निर्माणको प्रगतिको बारेमा जानकारी लिएका थिए ।प्रधानमन्त्री ओली चितवनको एक कार्यक्रममा शुक्रबार पुगेका थिए । उनले सोही क्रममा गैँडाको पनि पुगेर निर्माण कार्य भइरहेको उक्त सडाखण्ड निरीक्षण गरेका हुन्। 

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • ३६७ पटक पढिएको
  • ताप्लेजुङ फक्ताङ्लुङका तेजकुमार लिम्बू एघार वर्षपछि पक्राउ, जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा दोषी

    इटहरी । ताप्लेजुङ प्रहरीले चोरी, जबरजस्ती करणी र ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहरिएका एक व्यक्तिलाई एघार वर्षपछि पक्राउ गरेको छ। उक्त मुद्दामा ताप्लेजुङ जिल्ला अदालतबाट दोषी ठहरिएका जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–१ सावादिनका ४४ वर्षीय तेजकुमार लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार गाउँमै लुकिछिपी रहेको अवस्थामा लिम्बूलाई शनिबार पक्राउ गरिएको हो। पक्राउ परेका लिम्बूलाई आइतबार जिल्ला अदालतमा उपस्थिति गराइएको र अदालतको आदेशपछि फैसला कार्यान्वयनका लागि कारागार चलान गरिएको प्रहरी निरीक्षक बस्नेतले जानकारी

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • ४०२ पटक पढिएको
  • वाइसिएल नेपाल फुङ्लिङ नगर समिति अध्यक्षमा भूपाल मादेन चयन

    इटहरी। योङ कम्युनिस्ट लिग वाइसिएल नेपाल फुङ्लिङ नगर समिति अध्यक्षमा भूपाल मादेन चयन हुनुभएको छ। नेकपा ९माओवादी केन्द्र० को सहायक सङ्गठनका रूपमा रहेको वाइसीएल नेपाल फुङ्लिङको तेस्रो अधिवेशनले मादेन अध्यक्ष रहेको ४१ सदस्यीय नगर समिति सर्वसम्मत चयन गरेको हो। नगर समितिको उपाध्यक्षमा सन्तोष गुरुङ, मञ्जुल निरौला र सल्मा गुरुङ, सचिव भगिमान लिम्बू, सह(सचिवमा लक्ष्मी निरौला, मनकुमार भट्टराई, सञ्जिप रसाइली र कोषाध्यक्षमा हिम्मत लुहार चयन हुनुभएको छ। नगर अधिवेशन वाइसिएलकी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज होमकुमारी दियाली, जिल्ला अध्यक्ष कैलास माबो लगायतको उपस्थितिमा सम्पन्न भएको हो। जिल्ला अध्यक्ष माब

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • २७६ पटक पढिएको
  • पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन कुनै बन्देज नभएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइ

    इटहरी । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन कुनै बन्देज नभएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन संवैधानिक कानुन र अन्तरराष्ट्रिय परम्पराले पनि नरोक्ने बताउनुभयो । माओवादी केन्द्रका अध्यक्ष दाहालले शनिबार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आफूबिच भएको बैठक शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा केन्द्रित भएको जानकारी दिनुभयो । अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • ३७३ पटक पढिएको
  • ड्राइभिङ स्कुल संघ नेपाल कोशी प्रदेशको दोस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन

    इटहरी | ड्राइभिङ्ग स्कुल संघ नेपाल, कोशी प्रदेशको दोस्रो अधिवेशन तथा पाँचौँ वार्षिक साधारणसभा शनिबार एक भव्य समारोहका बीच इटहरीमा सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकालका लागि शिव श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय प्रदेशस्तरीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।संघको नवगठित समितिमा उपाध्यक्षद्वयको रूपमा साधुराम थापा र योगेन्द्र पोख्रेल चयन भएका छन् भने सचिवमा भूपेन्द्र बहादुर थापा, सहसचिवमा अनन्त घिमिरे र कोषाध्यक्षमा विकास राई चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा अर्जुन पनेरू, सुमित्रा चौधरी, पर्सुराम निरौला, वसन्त बुढाथोकी, धर्मराज शाही, मिनकुमार खवास र बुद्ध राई निर्वाचित भएका छन्। अ

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • ३६७ पटक पढिएको
  • ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

    इटहरी। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो भएको दुर्घटनाबाट एक जनाको मृत्यु भएको फक्ताङलुङ गाउँपालिकाको उपाध्यक्ष रविन लिम्बु साम्राले जानकारी दिनुभयो । दुर्घटनामा फक्ताङलुङ गाउँपालिकाको लेलेप इलाडाँडाका २८ वर्षीय भुछिरिङ शेर्पाको मृत्यु भएको हो । लेलेपबाट सदरमुकामतर्फ आउने क्रममा लेलेपको चाँगामा ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनास्थलतर्फ सदरमुकामबाट प्रहरीको टोली खटाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक ९डिएसपी० रवि रावलले जानकारी दिनुभयो । गत बिहीबार सोही पालिकामा पिकअप दुर्घटना हुँदा चालक पाँचथर घर घएक

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • ३५७ पटक पढिएको
  • आठौँ संस्करणको भोजपुर गोल्डकप वैशाख १४ देखि २० गतेसम्म

    इटहरी ।  भोजपुरको प्रतिष्ठित आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप प्रतियोगितामा भारतको एक टिमसहित नेपालका सात टिमले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा जर्जियन फुटबल क्लब भारतसहित सशस्त्र प्रहरी बल नेपाल काठमाडौँ, चर्च ब्वाइज युनाइटेड काठमाडौँ, एलएक्स सिटी मोरङ, भगवती स्पोर्ट्स क्लब खोटाङ, नवोबुद्ध फुटबल क्लब सप्तरी, सलहेश फुटबल क्लब सिरहा र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले सहभागिता जनाउने आयोजकले जनाएको छ । जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक वर्ष जिल्ला सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिता यस वर्ष भने यही वैशाख १४ देखि २० गतेसम्म

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • ४०३ पटक पढिएको
  • खोटाङमा विद्युत् सेवा पटकपटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

    इटहरी । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले गरेको सर्वेक्षणअनुसार ८६ प्रतिशत उपभोक्ताको घरमा केन्द्रीय प्रसारण लाइन तथा १० प्रतिशतमा माइक्रो हाइड्रो र सोलार ग्रिडबाट विद्युत् बलेको पाइएको हो । केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको २५ वर्ष पूरा हुँदा पनि जिल्लामा अझै दुई हजारभन्दा बढी घरपरिवार उपभोक्तामा विद्युत् पुगेको छैन । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा २०५७ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दिक्तेल बजारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् औपचारिक रूपमा उद्घाटन गर्नुभएक

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • २२८ पटक पढिएको
  • धरान–इटहरीबीच चारकोसे जङ्गलमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

    इटहरी। धरान–इटहरीबीच चारकोसे जङ्गलमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने तीनजना घाइते भएका छन् । गएराति धरानबाट इटहरीतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ४६१८ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार कारमा चालकसहित चार जना सवार थिए ।  दुर्घटनामा गम्भीर घाइते इटहरी–१ का ४० वर्षीय विष्णु राउतको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार चालक सुनसरीको रामधुनी नगरपालिका–७ का ३० वर्षीय विवेक लामा, इटहरी–४ का ४३ वर्षीय गङ्गा बस्नेत र

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • २३८ पटक पढिएको
  • टेलिफोनको तार चोरी गर्ने चार जना भारतीय पक्राउ

    इटहरी।  टेलिफोनमा प्रयोग हुने केवलका तार चोरी गर्ने चार भारतीय नागरिक  पक्राउ परेका छन् । शनिवार  दिउँसो मेचीनगर नगरपालिका –७ इटाभट्टास्थित बस स्टेन्डमा शंकास्पद रुपमा ४ जना भारतीयलाई फेला पारी उनीहरूले बोकेको ७ वटा बोरा चेकजाँच गर्दा उक्त बोराभित्र टुक्रा– टुक्रा बनाई प्याकिङ गरेको टेलिफोनमा प्रयोग हुने केवल तार फेला परेको थियो । ती तार मोरङ बेलबारी बजार आसपासमा निर्माणाधीन अवस्थामा रहेको सडक तथा पुल भएको स्थानमा जमिनमुनि गाडेको ठाउँबाट उनीहरूले चोरी गरेको खुलेको छ । भारतको पानी ट्याङ्कीमा रहेको कवाडीको दोकानमा बिक्री गर्न उनीहरूले लैजान लागेका थिए । पक्राउ पर्नेहरूमा पश्चिम बङ

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • २३० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]