All Posts By कोशी प्रेस

    Showing ७,३४१-७,३५० of १३,७३९ items.
  • इटहरीमा एमालेले बृहत जनजागरण सभा गर्दै

    इटहरी / नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनसरी जिल्ला कमिटिले इटहरीमा बृहत जनजागरण सभा गर्ने भएको छ ।पार्टी कार्यालयमा मंगलबार पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार पार्टीको केन्द्रिय सर्कुलरले चैत २० गते बुधबार सुनसरीको इटहरीमा एमालेले बृहत जनजागरण सभा गर्ने तयारी गरेको हो ।अस्ति चैत्र १५ गते पूर्व राजा ज्ञानेन्द्र साहको उक्साहटमा पूर्व राजावादीहरुको अराजक समुहले काठमाडौ तीनकुने, कोटेश्वर र जडिवुटी लगायतका क्षेत्रमा देखाएको उदण्डता, अराजकता र हिंसाको नेकपा (एमाले) सुनसरी जिल्ला कमिटी घोर भत्र्सना एवंम् विरोध गर्दै जनतालाई सचेतना र जागरणका लागि इटहरीमा बृहत जनजागरण सभा गर्ने जनाएको छ ।पा

    • प्रकाशित मितिः चैत १९, २०८१
    • ६२७ पटक पढिएको
  • कोशी प्रदेश सरकारले आगामी वैशाख १८ र १९ गते लगानी सम्मेलन गर्ने

    इटहरी । आगामी वैशाख १८ र १९ गते कोशी प्रदेश सरकारले लगानी सम्मेलन गर्ने सुनिश्चित भएपछि प्रदेशका पूर्व मुख्यमन्त्रीहरूसँग छलफल सुरू गरेको छ । गत माघ महिनामा लगानी सम्मेलन गर्ने गरी तयारी गरेको प्रदेश सरकारको लगानी सम्मेलन प्राविधिक कारणले पछि सरेको थियो । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार पूर्व मुख्यमन्त्रीहरूसँग कोशी प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलन, यसको सम्भावना, अवसर र चुनौतीका विषयमा छलफल गरे । प्रदेश सरकारका पूर्व मुख्यमन्त्री भीम आचार्य, उद्धव थापा लगायतको छलफलमा सहभागिता रहेको थियो । प्रदेश सरकारका मन्त्री, सचिव समेत सहभागी भएको सो छलफलमा पूर्व मुख्यम

    • प्रकाशित मितिः चैत १९, २०८१
    • ५२६ पटक पढिएको
  • किच्चकबधमा आठौँ चरणको उत्खननमा महाभारतकालीन 'दरबारको जग' भेटियो, पुरातात्विक महत्वका सामग्री र संरचनाहरू फेला

    इटहरी । महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका–३ स्थित किच्चकबधस्थलमा पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन गरेको छ । उत्खनन गर्दा पुरातात्विक महत्वको ‘दरबारको जग’ भेटिएको पुरातत्वविद् उद्धव आचार्यले जानकारी दिनुभयो । उहाँको नेतृत्वमा पुरातत्व विभागबाट आएको चार सदस्यीय टोलीले यही फागुन २५ गतेदेखि किच्चकबध स्थलमा उत्खनन तथा संरक्षणको कार्य निरन्तर गरिरहेको छ । विभागका अधिकृत नवराज अधिकारीले किच्चकबध स्थलमा विसं २०५८ देखि विभागले आचार्यको नेतृत्वमा उत्खनन गरिरहेको बताउनुभयो । उहाँका अनुसार यसपटक जारी उत्खननका क्रममा तीन मिटरभन्दा गहिरो जग र केही

    • प्रकाशित मितिः चैत १९, २०८१
    • ५३८ पटक पढिएको
  • धनकुटामा भरुवा बन्दुकसहित २ जना पक्राउ

    इटहरी  । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले धनकुटाको साँगुरीगढी गाउँपालिकाबाट भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका ८, सिन्कुलामा उक्त टोलीले २ जनालाई बारुदसहित पक्राउ गरेको हो । प्रहरीले साँगुरीगढी गाउँपालिका ८, सिन्कुलाका ३२ वर्षीय तेज कुमार बिक र ३८ वर्षीय मनभा राईलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओम प्रकाश खनालले बताउनुभयो ।

    • प्रकाशित मितिः चैत १९, २०८१
    • ४३३ पटक पढिएको
  • मेची राजमार्ग वैकल्पिक मार्गमा बेलिब्रिज जडान सुरु

    इटहरी । पूर्वी पहाडलाई जोड्ने ‘लाइफ लाइन’ सडकका रूपमा रहेको मेची राजमार्गको बिग्रिएको स्थानको वैकल्पिक मार्ग सञ्चालन गर्न बेलिब्रिजको काम सुुरु गरिएको छ । मेची राजमार्ग अन्तर्गत गोदकको सिमलगोलाई–तिल्केनी सडकबिचमा पर्ने जोगमाई खोलामा बेलिब्रिज राख्ने काम थालिएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले बताउनुुभयो । करोडौँ रुपियाँ खर्चिंदा पनि सडक बग्ने व्रmम नरोकिएपछि मेची राजमार्ग अन्तर्गत पर्ने इलामको माईखोला राजदुवालीमाथिको सडकखण्डको वैकल्पिक सडकका रूपमा सिमलगोलाइबाट जोगमाई र माईखोला हुँदै तिल्केनी जोड्ने १२ किलोमिटर कच्ची सडकलाई तयारी गर्न थालिएको छ । बर्सातको समयमा पनि पूर्वी पहाड इ

    • प्रकाशित मितिः चैत १९, २०८१
    • ३४४ पटक पढिएको
  • ताप्लेजुङमा डढेलो निभाउने क्रममा जलेर दुई जनाको मृत्यु

    इटहरी । ताप्लेजुङमा जङ्गलमा लागेको डढेलो निभाउने क्रममा दुई जनाको मृत्यु भएको छ । छुट्टाछुट्टै डढेलो घटनामा दुई साताको अवधिमा दुई जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार जिल्लाको मेरिङ्देन गाउँपालिका–१ थिङ्लाबुमा एक युवक र आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारीमा वृद्धको मृत्यु भएको भएको हो । थिङ्लाबुस्थित लुङ्जा भीरमा लागेको डढेलो निभाउने क्रममा पाथीभरा याङ्वरक गाउँपालिका–६ थुम्बेदिन स्थायी ठेगाना भएका २७ वर्षीय भूपेन्द्र ल्वागुनको मृत्यु भएको हो । डढेलो निभाउने क्रममा एक्कासि आगोको ज्वालाले भेटेको र ल्वागुनको जलेर मृत्यु भएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिनु

    • प्रकाशित मितिः चैत १९, २०८१
    • २४१ पटक पढिएको
  • उदयपुरमा खानेपानी संकट, मुहान सुकेपछि बस्तीहरू प्रभावित

    इटहरी  । उदयपुरमा यसअघि कहिल्यै नसुकेका पानीका मुहान धमाधम सुक्न थालेपछि गाउँका मानिसलाई मात्र होइन सदरमुकामस्थित गाईघाट बजारका उपभोक्तालाई समेत खानेपानीको अभाव हुन थालेको छ । आम उपभोक्ताको आवश्यकता अनुसार यसअघि सञ्चालित साना सहरी खानेपानी आयोजनाले पानी उपलब्ध गराउन नसक्नु, गाईघाट खानेपानी आयोजनाको काम बिचैमा अलपत्र हुनु र इनार, कुवा तथा ट्युबेल जस्ता सतहमुनिको पानी निकाल्ने मुहान धमाधम सुक्दै गएपछि गाईघाट बजारका उपभोक्तालाई समेत खानेपानीको अभाव हुन थालेको हो । चुरे तथा महाभारत क्षेत्रमा हुने वन विनाश तथा भूक्षयीकरणसँगै प्राकृतिक स्रोतसाधनमाथि गरिने अत्यधिक दोहन, मानव अतिव्रmमण तथा जलवायु

    • प्रकाशित मितिः चैत १९, २०८१
    • १३९ पटक पढिएको
  • धनकुटाका दर्जनौँ वनमा आगलागी, घाँस पलाउने बहानामा ठूलो क्षति

    इटहरी । घाँस पलाउने बहानामा धनकुटाका दर्जनौँ बनमा आगो लगाएको पाइएको छ । आगो निभाउन सुरक्षाकर्मीलाई हम्मेहम्मे भएको थियो । स्थानीयवासीले पातले पुरिएका भुइँमा आगो लगाएपछि नयाँ घाँसका पालुवा पलाउने  भन्दै आगो लगाउने गरेको पाइएको हो । सामुदायिक वनका उपभोक्ता समितिहरूले सचेतनाका कार्यक्रमहरू नल्याएकाले वर्षेनी यस्ता समस्या आउने गरेको पाइएको छ ।  आगोका कारण लाखौँ धनजनको क्षतिसमेत भएको थियो । आगलागीबारे जनचेतनाको अभावका कारण यसरी आगो लगाउने प्रचलन नै छ । यसरी आगो लगाउँदा जिल्लामा आगलागीका घटना बढ्न थालेका छन् । सोमबार मात्रै दर्जनौँ ठाउँमा आगलागी भएका छन् । आगलागी हुने वनहरूमा धनकुटा नगरपाल

    • प्रकाशित मितिः चैत १९, २०८१
    • १९७ पटक पढिएको
  • इलामको अन्तुमा नयाँ वर्षका अवसरमा २७ देशका राजदूतले विशेष भ्रमण गर्ने

    इटहरी। नयाँ वर्ष २०८२ को अवसरमा नेपालका लागि विभिन्न २७ बढी देशका राजदूत इलामको अन्तु आउने कार्यक्रम तय भएको छ । परराष्ट्र मन्त्रालय र नेपाल टुरिजम बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमण अन्तर्गत  अन्तु आउने भएको हो । मन्त्रालयले वार्षिक रूपमा विभिन्न देशका नेपालमा रहनुभएका राजदूतलाई नयाँ वर्षको अवसरमा नयाँ पर्यटकीय गन्तव्यमा भ्रमण गराइने कार्यक्रम अनुसार यस पटक सूर्योदय नगरपालिकाको अन्तुमा कार्यक्रम तय भएको सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले जानकारी दिनुभयो। कार्यक्रममा परराष्ट्र मन्त्री डा। आरजु राणा देउवाको नेतृत्वमा , मन्त्रालयका सचिवसहितका

    • प्रकाशित मितिः चैत १९, २०८१
    • २४९ पटक पढिएको
  • भोजपुरमा लोपोन्मुख रेडपान्डा संरक्षण अभियान सुरु

    इटहरी । भोजपुरमा पनि लोपोन्मुख हाब्रे ‘रेडपान्डा’ भेटिन थालेपछि त्यसको संरक्षण अभियान सुरु गरिएको छ । रेडपाण्डा संरक्षणका लागि जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिका र साल्पासिलिछो गाउँपालिकाको एक–एक वडामा रेडपान्डा संरक्षण कार्यक्रम सुरु गरिएको हो । विश्वमा नै दुर्लभ मानिएको रेडपान्डा जिल्लामा पनि देखिन थालेकाले यसको संरक्षणका लागि दुई पालिकामा कार्यक्रम सुरु भएको सामूहिक अभियानका अध्यक्ष गणेश श्रेष्ठले बताउनुभयो । रेडपान्डा नेटवर्कसँगको समन्वयमा सामूहिक अभियानले टेम्केमैयुङ–१ र साल्पासिलिछो–५ मा रेडपान्डा संरक्षण अभियान थालिएको छ । टेम्केमैयुङको मुन्दुम पदमार्ग आसपासका वन क्षेत्रमा दुर्लभ तथ

    • प्रकाशित मितिः चैत १९, २०८१
    • २५२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]